मुख्य समाचार :


Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

सपिङ कम्प्लेक्सको सपना तुहियो बढ्‌दो पैह्रोले नगरपालिका ऐंठनमा

प्रज्ज्वल छेत्री
कालेबुङ, 21 जून।
नोभेल्टी परिसरमा आज फेरि पैह्रो गयो। नगरपालिकाले सपिङ कम्प्लेक्स बनाउन भगवान भरोसामा भित्ता खन्न शुरू गरेकोले नै पैह्रो बढ्‌न शुरु भएको हो। पैह्रो जति-जति बढ्‌दै जॉंदैछ नगरपालिका उति-उति ऐंठनमा पर्दैछ। नगरपालिकालाई ऐंठनमा पार्दैछ पुलिस प्रशाासनले। भित्ता खन्न शुरु हुँदादेखि नै जमिनलाई लिएर नगरपालिका अनि पुलिस प्रशासनको विवाद शुरु भएको थियो। तर अहिले पुलिसको जमिन त पैह्रोले सक्यो नै दुइवटा पुलिस आवास, एक सरकारी भवन अनि महकुमा पुस्तकालयलाई पैह्रोले सोहर्नै आँटेपछि नगरपालिकालाई पुलिस प्रशासनले चेपारोमा पारिदिएको छ। 10 दिनअघि गएको पैह्रौ आज फेरि बढेपछि यसले नगरपालिकाकको घाउमा नून छर्ने काम गरेको छ। कैयौंपल्ट पुलिस प्रशासनले नगरपालिकालाई ‘मनपरि भित्ता नखन्नु, राम्रो इन्जिनियर लगाउनु, हाम्रो जमिन नष्ट नहोस्‌, पुलिस आवासलाई खतरामा नपारोस, ठेस देवाल लगाएर काम गर्नु’ भनिरहेको भएपनि नगरपालिकाले पत्यारो नदिएर मनपरि भित्ता खन्ने काम गरेको आरोप पुलिस प्रशासनको छ।
 यसको जवाब नगरपालिकासित छैन। यस्तो परिस्थितिमा पत्रकारहरूले नगराध्यक्ष एलबी परियरसित प्रश्न गर्दा उनको रिसाउनु बाहेक अन्य विकल्प रहने। रिसाउँदै भएपनि उनले भने, अब सपिङ कम्प्लेक्सको बिल्ङिङ बनाउने काम हुँदैन। सुरक्षा देवाल लगाउने काम गर्छौं। वर्खा सकेपछि अर्को  वर्षतिर परिस्थिति हेर्छौं अनि काम थाल्ने नथाल्ने विचार गर्छौं।
 क्षेत्रको बढ्‌दो परिस्थितिलाई हेरेर आज नगराध्यक्षले अब सपिङ कम्प्लेक्स बनाउने कार्य बन्द गर्ने बताएपनि क्षेत्रमा बढ्‌दो पैह्रोलाई रोकथाम गर्न नगरपालिकाको टाउको दुखाइ आलै छ। सपिङ कम्प्लेक्स बनाउन नगरपालिकाले देखाएको हतारोको कारण आजको परिस्थिति सृजना भएको छ जसको  कारण नगरपालिका पूर्ण रूपमा जवाबदेही हुनपर्ने देखिएको छ। नगरपालिकाले मनपरि वर्खा लाग्ने बेलामा भित्ता खन्न शुरु गरेकोले आजको परिस्थिति देखा परेको कुरामा नगरपाध्यक्ष एलबी परियारले पत्रकारहरूलाई उल्टै प्रश्न गर्दै ‘काम बिग्रिएपछि मात्र दोष दिनुभन्दा अघि नै नगरपालिकालाई सुझाउन किन नराखेको?’ भन्दै गैरजिम्मेवारीपूर्ण वक्तव्य दिए। किनभने मिडियाले नगरपालिकालाई यसबारे बारम्बार खबरदार गरेको थियो। मिडियालाई नगरपालिकाले त्यसकारण सुनेन किन भने नगरपालिकाको नियत कम्प्लेक्स बनाउने नै थिएन। त्यहॉंका नागरिकहरूलाई हटाउने नियतमा हतारो गरेकोले नै अहिलेको समस्या उत्पन्न भएको हो। यसकारण नैै नगरपालिकाले कसैको सुझाव सुनेन। 2 करोडभन्दा अधिक लागतमा सपिङ कम्प्लेक्स बनिने कुरा नगरपालिका उपाध्यक्ष गंगामाया गुरुङले बताएकै हुन्‌। यत्रो लागतमा निर्माण हुनलागेको कामलाई नगरपालिकाले किन राम भरोसामा गर्दैछ भन्ने प्रश्नमा ‘यो प्रजेक्ट दुइ करोडको होइन’ भन्दै नगराध्यक्षले ‘लागतबारे जान्ने इच्छा लागे कार्यालयमा आउनु’ भने। जबकी नगराध्यक्ष र नगर उपाध्यक्षको बेग्ला बेग्लै बयानले पनि सपिङ कम्पलेक्स बनाउने कार्य सही योजनासित नगरपालिकाले नगरेको कुराको खुलासा गरेको छ। यसभन्दा अघि जिल्ला पुलिस अधिक्षकले पनि भ्रमण गरिसकेको पैह्रो आज फेरि बढेर गएकोले एएसपी सोङि्‌मत लेप्चा, महकुमा अधिकारी एलएन शेर्पा अनि विधायक डा. हर्कबहादुर छेत्रीले पनि निरिक्षण गर्दै पैह्रोले खतरा बढ्‌नसक्ने स्थितिमाथि चिन्ता व्यक्त गर्दै चॉंडै नगरपालिकालाई यसको सामाधनसूत्र निकाल्नुपर्ने बताएको छ। वर्खाको शुरूमा नै दिनोदिन पैह्रो बढ्‌दै गइरहेकोले क्षेत्रको एक दर्जन जति भवनहरूलाई खतरामा पारेको छ भने पैह्रोको भयले नोभेल्टी परिसरमा मानिसहरू पनि अत्यन्तै चिन्तित छन्‌।
read more...

बुद्धिजीवीहरूमाथि लागेको आरोपमा प्रवक्ताको नो कमेन्ट्‌स

मनोज वोगटी
कालेबुङ, 21 जून।
गोर्खा जनमुक्ति मोर्चाभित्र सल्किएको अन्तरद्वन्द्वलाई मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीले ठाडै नकारेका छन्‌। तिनको भनाइ अनुसार मोर्चाभित्र कुनै अन्तरद्वन्द्व छैन। तर जब हाइपावर कमिटीको रिपोर्ट मोर्चालाई हानि गर्ने उद्देश्यमा आउनुमा मोर्चाभित्र कै बुद्धिजीवीहरू दायी रहेको कुरा मोर्चा अध्यक्ष विमल गुरूङले नै बैठकहरूमा गरेको सम्बन्धमा तिनले ‘नो कमेन्ट्‌स’ भने। सफाईमा तिनले यति मात्र भने, हाइपावर कमिटीको त्यस्तो रिपोर्ट आउँछ भनेर हाइपावर कमिटीका सदस्यहरूलाई थाहा नै थिएन। जब थाहा भयो तब यसको विरोध गर्ने काम गरेका छौं। त्यस उता म केही भन्न चहान्न। तिनको यो भनाईले हाइपावर कमिटीका सदस्यहरूले 11 महिना के हेरिरहेका थिए त? भन्ने प्रश्न उठाएको छ। पॉंचवटा मौजाको रिपोर्ट बुझाउन यो कमिटीलाई 11 महिना लाग्यो। तर कुनै पनि दिन यसको ‘रिपोर्ट बनाउनमा हाम्रो कुनै भूमिका छैन’ भनेर हाइपावर कमिटीका मोर्चाका प्रतिनिधिहरूले बोलेनन्‌। किन? जब रिपोर्ट नकरात्मक आयो तब मात्र ‘हाम्रो कुनै भूमिका छैन’ भन्नुको के अर्थ निस्कन्छ? यसको जवाब डा. हर्कबहादुर छेत्रीसित पनि छैन। यसै कारण तिनले हतार हतार ‘नो कमेन्ट्‌स’ भनेर कुरा टारे। मोर्चा अध्यक्ष विमल गुरूङले दुइवटा बैठकमा हाइपावर कमिटीका मोर्चाका प्रतिनिधिहरूप्रति सोझै शंसय व्यक्त नगरेपनि संकेतमा शंसय व्यक्त गरेका थिए। जसबारे डा. हर्कबहादुर छेत्रीसित कुनै भनाइ नरहेको आज कालेबुङमा पत्रकारहरूलाई बताएका छन्‌। यद्धपि मोर्चाभित्रका बुद्धिजीवीहरूमाथि बारम्बार विभिन्न प्रश्नहरू उठिरहेको छ। जीटीए सम्झौता हस्ताक्षर गर्दा हतार गरेको अनि भविष्यमा यो सम्झौताले गर्ने असुविधाहरू केही नहेरेको आरोप यसै पनि यी बद्धिजीवीहरूमाथि छ। त्यहीँमाथि हाइपावर कमिटीको रिपोर्ट निस्केपछि ‘हाम्रो हात छैन’ भनेर पत्यार गर्न नसक्ने टप्पणी विशेष गरेर मोर्चा महासचिव रोशन गिरी अनि प्रवक्ता डा. हर्कबहादुर छेत्रीबाट आउनुलाई पनि शंकाको दृष्टिले मोर्चाले नै हेरेको छ। 11 महिना हात बॉंधेर बस्नु अनि अहिले श्यामल सेनले ‘छक्यायो’ भन्ने बुद्धिजीवीहरूको बुद्धित्ता स्पष्ट भएपछि मोर्चाभित्र नै अन्तरकलह चलेको मोर्चाका समर्थकहरूमात्र होइन मोर्चा बाहिरकाहरूले पनि छर्लङ्ग देखे पनि प्रवक्ता डा. छेत्रीले मोर्चाभित्र कुनै झमेला नरहेको बताए। तर बुद्धिजीवीहरूलाई मोर्चाभित्रबाटै नै लागेको आरोपबारे भने नो कमेन्ट्‌स भनेर मोर्चाभित्र कलह रहेको  स्पष्ट पारेका छन्‌। यसै पनि डुवर्सका सममर्थकहरुले मोर्चाको कलह मिडियामा सार्वजनिक गर्दै आइरहेका छन्‌।
घोषित कार्यक्रम के हुन्छ?
मोर्चाका प्रतिनिधिहरू लगायतका हाइपावर कमिटीले डुवर्सको दुइवटा र तराई तीनवटा मौजा दिएर मोर्चालाई ह्युमुलेशन गरेको आरोपमा मोर्चाले विभिन्न कार्यक्रमहरूको घोषणा गरेको छ। त्यसलाई फिर्ता लिइएको छैन। यस्तोमा फेरि मोर्चाले 24 जूनमा थप कार्यक्रम घोषणा गर्ने मोर्चा महासचिव रोशन गिरीले बताएका छन्‌। के मोर्चाले अघिल्ला घोषित कार्यक्रमहरू फिर्ता लिन्छ? के मोर्चाका कार्यक्रमहरू अघिजस्तै सबै फिर्ता लिएर जीटीएको चुनाउमा जान्छ? भन्ने सम्बन्धमा मोर्चाले देखाएको राजनैतिक व्यवहारलाई ध्यानमा राख्दै विभिन्न अडकलबाजी भइरहेको छ। मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीले कोठामा बसेर अडकलबाजी गर्नुु सजिलो रहेको तर कुनै पनि निर्णय गर्नु मोर्चालाई कठिन रहेको भन्दै तिनले ढिलो होस्‌ छोरा होस्‌ भनेर नै झट्ट निर्णय नगरेको बताएका छन्‌। तिनले भने अनुसार मोर्चा 24 मा यस्तो निर्णय गर्न चहान्छ, जुन निर्णयलाई फेरि फिर्ता गर्न नपरोस्‌। तिनले भने, आलोचकहरूले विभिन्न अडकलबाजी गर्छन्‌, तर हामी यस्तो निर्णय गर्ने तयारी गरिरहेका छौं कि त्यसैमा अडिग रहनसकौं। यसैको तयारी चलिरहेकोले मोर्चाले झट्ट निर्णय गर्न नसकेको हो। तिनले कुराबाट कस्तो आशय निकाल्न सकिन्छ भने नयॉं निर्णयले पुरानो निर्णयलाई खारेज गर्नसक्छ। अथवा मोर्चाले विभिन्न कार्यक्रमहरूमध्ये जीटीए चुनाउ नमान्ने, 17 जुलाईमा जीटीए सम्झौता जलाउने अनि 27 जुलाईमा विधायकहरूले राजिनामा दिने घोषणा गरिसकेको छ। यो घोषणालाई फिर्ता लिएर 24 मा यस्तो निर्णय मोर्चा गर्न चहान्छ कि त्यसलाई पनि फिर्ता गर्न नपरोस्‌।
 अगिड निर्णयको तयारीमा रहेको मोर्चाले अघिल्ला घोषित कार्यक्रमहरू ममता सरकारले हाइपावर कमिटीको रिपोर्टमाथि फ्याक्ट फाइण्डिङ कमिटी बसाउने भएकोले फिर्ता लिन सक्ने सम्भावना देखिएको छ। 24 सम्ममा घोषित पूर्व कार्यक्रमहरू फिर्ता लिइने हो कि नलिने हो वा मोर्चा चुनाउमा जाने हो कि होइन स्पष्ट हुने संकेत प्रवक्ता छेत्रीले दिएका छन्‌।
घिसिङको मुद्दाबाट मोर्चा चेपारोमा छैन
सुबास घिसिङले जीटीएको वैद्धतामाथि सवाल उठाउँदै कोलकाता उच्चन्यायलयमा दर्ता गरेक याचिकालाई न्यायलयले मान्य गर्दै केन्द्र, राज्य र मोर्चालाई हलफनामा बुझाउने निर्देश दिइसकेको छ। डा. छेत्रीले कानूनबारे सुबास घिसिङ जान्ने कि सरकारको कानून विभाग? भन्ने प्रश्न उठाएका छन्‌। तिनले भने, जीटीएको सम्झौतामा हस्ताक्षर गर्न अघि यो सम्झौतापत्र भारत सरकारको कानून विभागमा 6 महिना बस्यो। यसको अर्थ के हो भने जीटीएमा कहॉंकहॉं कानूनी अडचन छ भनेर हेर्नु हो। अड्‌चनहरू केलाइएपछि नै यो सम्झौतामा आएको हो। यसकारण घिसिङको मुद्दा दर्ताले मोर्चा कुनै चेपारोमा छैन। ड्राफ्ट बनाउने राज्य र केन्द्र सरकार हो, यसकारण कानूनीरुपको कुनै पनि विवादको जवाबदेही पनि राज्य  र केन्द्र नै हो।
 डा. छेत्रीले सजिलै पन्सिने कुरा गरेपनि मोर्चा पनि सम्झौताकर्ताकोरुपमा यसको जवाबदेही रहेको छ। यद्धपि विधायक छेत्रीले घिसिङको बौद्धिकतामाथि प्रश्न चिह्न खडा गर्दै  भने, घिसिङ ठीक हो भने सरकारको कानून विभाग लाटाको धोती हो। लाटाको धोती हो भने देश कसरी चल्दैछ? तिनले सुबास घिसिङको यो मुद्दालाई पनि ‘सेकेण्ड हेग भर्सन’ बताएका छन्‌। तिनले भने, भारत सरकारको कानून विभागले समस्या नदेख्नु र घिसिङले समस्या देख्नु ताज्जुबको कुरा छ। यो मुद्दासित मोर्चालाई लुतो न कनाई छ।
read more...

चुनाउ लड्‌नको निम्ति नै मोर्चाले शुरु गर्‍यो मौनताको राजनीति

मनोज वोगटी
कालेबुङ, 20 जून।
लगातार बैठकपछि बैठक चलिरहेको छ। तर मोर्चा बोलेको छैन।
कालेबुङमा मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीले पत्रकारहरुसित कुराकानी गर्न मानेनन्‌। भने- ‘सब्से भला चुप।’ अहिले केन्द्रिय समितिका कुनै पनि सदस्यले कुनै प्रकारको मुख खोलेका छैनन्‌। पत्रकारहरूले बारम्बार बैठक गरेको पत्तो पाए पनि पत्रकारहरूले प्रश्न गर्दा ‘भन्ने कुरा अहिले केही छैन’ भनेर टारेको तीनदिन बित्यो।

फ्याक्ट पाइण्डिङ कमिटी
देखाउने दॉंत
 कोलाकातामा श्यामल सेनको रिपोर्टलाई जॉंच गर्न फ्याक्ट फाइण्डिङ कमिटी बसाउने त भयो तर उत्तरबङ्गालका विकास सचिवहरू कमिटीमा बस्ने भएपछि आम नागरिक झैं विमल गुरूङले यो पनि  ‘देखाउने दॉंत नै हो’ भन्ने बुझेर ‘कुनै आशा’ नरहेको स्पष्ट पारिसकेका छन्‌। तिनले ‘आशा’ गरेको कुरा पनि खासै महत्वपूर्ण छैन। तिनले मागेको कुरा भनेको नै कमसेकम 19/20 मौजा हो।
 डुवर्स र तराईँबाट श्यामल सेनको रिपोर्टले मोर्चाको खिल्ली नै उडाउँदै 5 वटा मात्र मौजा दिएपछिको रन्कोमा विमल गुरूङले मुख फुस्काइ पठाएका थिए। तिनले भनेका थिए-19/20 मौजा त दिन्छ पो होला भनेको त। 5 मौजा पो दिन्छ। यो हामीलाई ह्युमुलेशन गरेको हो।

मौजाः मोर्चाको नाटक
तिनको यो कुराबाट तिनलाई तिनका केन्द्रिय कमिटीका सदस्यहरूले तिनले चाहेको जति मौजा(19/20) त पाउँछ भनेर आश्वास्त गराएका थिए। तर मोर्चाकै प्रतिनिधिहरूलाई प्रयोग गरेर श्यामल सेनले दिएको 5 मौजाले मंोर्चालाई पुगेन। मोर्चाले मागेको 396 मौजा थियो। त्यसमा मोर्चाले आशा गरेको 50 मौजा थियो तर पायो पॉंच। मोर्चाले सरकारमा गरेको सम्झौता अनुसार श्यामल सेनले दिएको मौजा पनि पर्याप्त हो।
 किन भने जीटीए सम्झौतामा शुरुमा नै भनिएको छ-अतएवं केही समयदेखि गोर्खा जनमुक्ति मोर्चाले सिलगढी, तराई र डुवर्सका केही क्षेत्रहरू लगायत दार्जीलिङ जिल्लाको पार्वत्य क्षेत्र लिएर छुट्टै राज्यको माग गरिरहेको छ।
केही क्षेत्र मागेकोले जीटीएमा पार्वत्य क्षेत्रमा कोलकाता ग्याजेट वा वेस्ट बेङ्गल एक्ट-20 अफ 2011ले सिलगढी क्षेत्रबाट 18 वटा मौजा थपिदिएको छ। नाम सहित उल्लेख यी मौजाहरू सम्झौतापत्रमा उल्लेख छैन। यो 18 वटा मौजा छैटौं अनुसूचीको सम्झौताबाट नै निकालिएको छ। सुबास घिसिङले नमागी सरकारले दिइसकेका मौजाहरू हुन्‌ यी। यसमा थप अतिरिक्त मौजा थप्नको निम्ति कमिशन बसाइएकोे थियो, जसले पॉंचवटा मौजा मोर्चालाई दियो।

 शुरुबाटै सम्पूर्ण तराई डुवर्स छोडेको थियो
जीटीए सम्झौताको शुरुमा नै लेखिएको-मोर्चाले सिलगढी, तराई र डुवर्सका केही क्षेत्रहरू-ले नै स्पष्ट पारेको छ मोर्चाले सम्पूर्ण तराई डुवर्स मागेको कहिल्यै थिएन। 396 मौजा माग्नु र जोन बारलासित सम्झौता गर्नु मोर्चाको राजनैतिक नाटक मात्र थियो। जो अहिलेसम्म चलिरहेको छ। डुवर्सले विमल गुरूङलाई ‘धोकेबाज’ भनिसकेको छ। यता डा. हर्कबहादुर छेत्री बाग्राकोट पुगेका थिए-‘पहाडबाट आशा नगर्नू’भन्दै। यसको पनि व्यापक विरोध डुवर्सले गरिसकेको छ। यति भइसकेर पनि विमल गुरूङले भने डुवर्सलाई पटक्क छोड्‌न सकेका छैनन्‌ जब कि तिनको पार्टीले सैद्धान्तिकरुपले नै डुवर्स छोडिसकेको छ। मोर्चाका केन्द्रिय समितिका बुद्धिजीवीहरूले विमल गुरूङलाई सम्झाउनको निम्ति अनेकौं उपाय निकालिरहेका छन्‌। यसै कारण विमल गुरूङ आफ्ना भातृ सङ्गठनहरूलाई ‘अहिले जीटीए चुनाउ हुँदै गरोस्‌ डुवर्सको निम्ति पछि लड्‌नुपर्छ’ भन्नेसम्म पुगेका छन्‌। तर अर्कोतिर सार्वजनिकरुपले तिनले जबसम्म डुवर्सको भविष्य निश्चित हुँदैन तबसम्म चुनाउ नलड्‌ने घोषणा गरिसकेकोले मोर्चा आफै आपतमा परेको छ।

 मोर्चा तृणमूलको नियन्त्रणमा
तृणमूल सरकारले जीटीए एकल पार्टी गोर्खा जनमुक्ति मोर्चाको हातमा दिन चहॉंदैन। किन भने वाम फ्रण्टको सरकारले दागोपाप गोरामुमोको हातमा दिँदा जनतामा जुन असन्तुष्टी जन्मिएको थियो, त्यसलाई ममता व्यानर्जीले नजिकबाट हेरेकी छन्‌। ममता व्यानर्जीले मोर्चाकै बुद्दिजीवीहरूलाई प्रयोग गरेर मोर्चालाई भङ्ग गर्ने खेल शुरु गरिसकेकी छन्‌। यो कुरा बुझेर विमल गुरूङले विधायकहरूले राजिनामा दिने कार्यक्रमको घोषणा गरेर बुद्दिमत्ता त देखाएका छन्‌ तर विधायकहरूले राजिनामा गर्ने कुरामा सन्देह छ।

विधायकहरूको राजिनामालाई बँचाउन पनि चुनाउ
आफ्नो पक्षमा काम गर्ने मोर्चाका केही बुद्दिजीवीहरूलाई बँचाउनको निम्ति नै सरकारले जीटीए चुनाउको नोटिफिकेशन गर्ने हतारो देखाइरहेको छ। 27 जुलाईको दिन विधायकहरूले राजिनामा दिनुपर्ने घोषणा गरिएको छ भने सरकार 29 जुलाईको दिन नै जीटीएको चुनाउ गर्न चहान्छ। 29 मा नै जीटीएको चुनाउ भयो भने 27 मा विधायकहरूले राजिनामा गर्न पर्दैन। यतिबेला कोड अफ कन्डक्ट लागू भएको हुन्छ। डुवर्सको भविष्य संकटमा पारेपछि मोर्चाले जीटीएको चुनाउ लड्‌न सक्दैन।

मोर्चाको बाध्यताको फाइदा उठाउँदै राज्य
विमल गुरूङलेे सुबास घिसिङले झैं डुवर्सलाई धोका नै दिने हो भने चुनाउ लड्‌न सक्छन्‌ तर विमल गुरूङ आफूलाई ऐतिहासिक कलङ्‌क लागोस्‌ भन्ने पक्षमा छैनन्‌। यसै कारण नै तिनले सरकारसित गर्नुपर्ने सम्झौताहरू रोशन गिरीलाई गर्न लगाएका छन्‌ ताकी पछिबाट हस्ताक्षर र सम्झौता ‘मैले गरेको होइन’ भनेर कलङ्‌कबाट बॉंच्न तिनलाई सजिलो हुन्छ। तर विमल गुरूङको कमजोरीको फाइदा तृणमूल सरकारले उठाउन शुरु गरेको छ। बिमल गुरूङले आफूलाई सुबास घिसिङले झैं धोकेबाजको आरोपलाई पचाएर पैसा र चौकीको निम्ति जीटीए चुनाउ लड्यो भने पनि तृणमूल सरकारलाई फाइदा नै हुन्छ, लडेन भने पनि फाइदा नै। यसकारण नै तृणमूललाई पहाडमा स्थापित गरिसकेको छ। किन भने मोर्चाको हातमा सम्पूर्ण पावर दिन ममता चहॉंदैन। यसै कारण विमल गुरूङलाई बाध्य बनाउने काम ममता व्यानर्जीले गरिरहेकी छन्‌। विमल गुरूङको कमजोरीबारे सरकारलाई बताउने मोर्चाभित्र कै मन्त्रीको सपना देख्ने विधायकहरू रहेको पनि विस्तारै स्पष्ट बन्दै आइरहेको छ। जीटीए चुनाउमा तृणमूलले सबै सीटमा प्रतिद्वन्द्विता गर्ने भइसकेको छ।

विमललाई घरैमा साह्रो
मोर्चाले तृणमूलसित त जुझ्न पर्छ नै आफ्नै घरभित्रकासित पनि जुझ्नपर्ने देखिएको छ। मोर्चाले पार्टीको स्वार्थमा विभिन्न ठाउँमा समष्टी सिमाङ्‌कनमा गरेको अन्यायको जवाब त्यस क्षेत्रवासीले निर्दलीय उम्मेद्वारले दिने तयारी पनि चलिरहेको छ। जसलाई मोर्चाका विपक्षमा रहेका विभिन्न राजनैतिक दलहरुले आन्तरिक समर्थन दिएर मोर्चालाई हराउने खेल खेल्ने लक्षण पाइएको छ। जीटीए विकास एजेन्सी मात्र भएकोले विपक्ष पनि चुनाउ लड्‌न त सक्छ तर यसबारे कुनै पनि दलले खुलेर केही भनेको छैन।
एकातिर सरकारलाई हाइकमान मान्ने बुद्धिजीवीहरूबाट पनि विमल गुरूङलाई गाह्रो भइसकेको छ भने अर्कोतिर जीटीए चुनाउमा घरैभित्रबाट मोर्चासित प्रतिद्वन्द्विता गर्ने व्यापक सम्भावना बढेको छ।

मोर्चाले लाटो होइन बाठै उठाउने चुनाउमा
यसकारण मोर्चाले यसपल्ट जीटीएको चुनाउ लड्‌नै पर्ने स्थिति बनेको छ। चुनाउ लडेन भने यसै चुनाउबाट मोर्चाको अन्त्य निश्चित छ। यदि विमल गुरूङले तिनको पार्टी चुनाउ लड्‌दैन भनेर घोषणा गर्ने वित्तिकै जीएलपी लिएर जङ्गल पस्नुपर्ने परिस्थिति निर्माण हुनेछ। तिनी जीएलपी लिएर जङ्गल पसेमा तिनको पनि अवस्था छत्र सुब्बाको झैं हुने पनि निश्चित छ। किन भने मोर्चालाई ममताको सरकारले चारैतिरबाट प्रहार गरिसकेको छ। हज्जारौं थप्पड खाएर पनि सम्बन्ध बिगार्दिन भन्नु मोर्चाको बाध्यता मात्र हो।
 यसकारण मोर्चाले लाटा-लङ्गडो होइन बाटा र सङ्गलो नै जीटीए चुनाउमा उठाउन बाध्य भन्ने सम्भावना व्यापक छ। मोर्चा चुनाउमा आए डुवर्सलाई धोका दिएको सबैभन्दा स्पष्ट घोषणा हुनेछ। यसै पनि लाटा-लङ्गडोलाई उम्मेद्वारकोरुपमा चुनाउ आयोगले स्वीकृति दिने कुरामा संशय नै छ। यदि मोर्चा चुनाउ लडेमा मोर्चाको अर्को जीटीए खेमा पूर्ण तयारीमा रहेको छ। जो शुरुदेखि नै पार्टीभित्र लबी बनाएर बसेको छ। यी सम्पूर्ण समस्याहरू एकैसाथ मोर्चालाई आइपरेको छ। यस्तोमा टिप्पणी र घोषणा गरिरहनु मोर्चालाई अझ समस्या निम्त्याउनु मात्र हो। यसै कारण मोर्चाले मौनताको राजनीति सुबास घिसिङबाट सापटी लिएर अहिले चलाइरहेको छ। सुबास घिसिङ पनि कठिन परिस्थितिमा मौन रहन्थे, जस्तो अहिले विमल गुरूङ रहेका छन्‌।
read more...

घिसिङको लडाईँ आजदेखि शुरु -प्रतिपक्षलाई एफिडेफिट दर्ता गर्ने निर्देश

मनोज वोगटी
कालेबुङ, 19 जून।
एउटा संवैधानिक इकाईलाई अर्को असंवैधानिक इकाईले च्यालेञ्ज गरेपछि यसै पनि मुद्दाको सवाल त आउँछ नै, यस्तै भएको छ अहिले दार्जीलिङमा। जीटीएजस्तो संवैधानिक सुरक्षा नदिइएको व्यवस्था दार्जीलिङ पहाडमा थोप्न राज्य सरकारले यसको नोटिफिकेशन गर्ने वित्तिकै गोरामुमो सुप्रिमो सुबास घिसिङले यसको विरुद्धमा न्यायलयमा मुद्दा दर्ता गरे। जीटीए सिमानाको निम्ति फ्याक्ट भेेरिफिकेशन कमिटी गठन गर्न दुइदिन अघि अथवा 14 जूनको दिन सुवास घिसिङले कोलकाता उच्च न्यायलयमा मुद्दा दर्ता गरेका हुन्‌। तिनको मुद्दा जीटीए अथवा असंवैधानिक इकाईको विरुद्ध रहेको छ। तिनको मुद्दा न्यायधीस दीपङ्‌कर दत्तको इजलासमा चलेको छ जसको पहिलो हेयरिङ आज भयो। गोरामुमोका वकिल अरिनाभ दत्तले जनाकारी दिए अनुसार प्रतिपक्षीलाई न्यायलयले एफिडेेफिट दर्ता गर्ने कडारुपको सूचना पठाएको छ। प्रतिपक्षी वा केन्द्र, राज्य सरकार अनि मोर्चा( जीटीए सम्झौताकर्ताहरूलाई) आफ्नो पक्षको सफाईमा एफिडेफिट फाइल गर्ने सूचना पठाइएको छ। उनीहरूलाई यसको निम्ति तीन हप्ताको समय दिइएको छ। एफिडेफिट पाइल गरेपछि 18 जुलाइको दिन दोस्रो हेयरिङ हुनेछ। समयभित्र नै जीटीएको सम्झौतामाथि सम्पूर्ण कैफियत राख्दै एफिडेफिट फाइल गर्नुपर्ने निर्देश दिइएको छ। सुबास घिसिङको पक्षमा 14 जूनमा नै मुद्दा दर्ता गरिएको छ। जसको आधारमा न्यायलयले प्रतिपक्षलाई यो सूचना दिएको हो। घिसिङको मुद्दालाई न्यायलयले पञ्जिकृत गर्दै पहिलोे हेयरिङ शुरु गरेको छ। न्यायिकरुपमा यो मुद्दा कन्टेम्प्ट अफ कोर्ट हुनुपर्छ। गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्डको माग गरेर सुबास घिसिङलाई पहाडबाट निर्वासित गरेको थियो। तिनले यस विरुद्ध पनि मुद्दा हाल्न सक्थे तर तिनले मोर्चाले छुट्टै राज्य ल्याउने भनेकोले नै मौन बसे। घिसिङसित नै तिनका नेताहरू पनि निर्वासित गरिइयो। गोरामुमो नेताहरूका सम्पति जलाउने काम पनि गोजमुमोले गरेको भए पनि यसको विरुद्ध प्रभावकारी ढङ्गले विरोध गरिएन। गोरामुमो नेताहरू भन्छन्‌, छुट्टैराज्य गठन गर्ने भनिएकोले नै अशान्ति हुने कुनै पनि काम गोरामुमोले गरेन। ती क्षयक्षति छुट्टैराज्यको नाममा हामीले समर्पण नै गरिदियौं। यता जब जीटीएको सम्झौता भयो तब पनि घिसिङ बोलेनन्‌। जीटीएको कानून बनियो जब पनि बोलेनन्‌ तर जीटीएको नोटिफिकेशन जारी हुने वित्तिकै तिनले मुद्दा हाल्ने निश्चित गरे। घिसिङ अनुसार असंवैधानिक जीटीएले संवैधानिक दागोपापलाई च्यालेञ्ज गरिएको छ। 18 जुलाईको जीटीए सम्झौता अनि 21 मार्चको जीटीए कानून दुवै असंवैधानिक छ। संविधान संशोधन नगरी जीटीए स्थापन असंवैधानिक हो।
 1988 मा राष्ट्रपतिको सहमतिमा दागोपाप कानून लागू गरिएको हो। 1993 मा 73 अनि 74 औं संविधान संशोधन मार्फत 243 एम नम्बर धारामा एक विशेष अंश थपिएको छ। जो अन्तर्गत पहाडमा पञ्चायतीराज र नगरपालिका व्यवस्थालाई संवैधानिक स्वीकृति दिइएको थियो। त्यसमा भनिएको छः-कानूनद्वारा प्रतिष्ठित दार्जीलिङ गोर्खा पार्वत्य परिषद् रहिञ्जेल यहॉं संविधानको धारा लागू हुन्छ। दागोपाप विलुप्त नै भए पनि अन्य राष्ट्रका भागहरूमा झैं पञ्चायतीराज र नगरपालिका व्यवस्था कायम नै रहन्छ। एउटा कानूनलाई अर्को इकाईले छोप्न नमिल्ने भएकोले नै घिसिङले मुद्दा दर्ता गरेका हुन्‌। सुबास घिसिङ अनुसार पहाडमा जीटीए लागू गर्नुपर्छ भने 1993 मा 73 र 74 औं संविधान संशोधन अनुसार दागोपापलाई संवैधानिक सुरक्षा दिएर राखिएको धारा 243 एमलाई कि त संशोधन गरिनुपर्छ कि त स्क्राच गरिनुपर्छ। तर यो दुवैमा कुनै एक गरेमा दागोपाप रद्द भएपछि पहाडमा त्रिस्तरीय पञ्चायती राज लागू हुन्छ। त्रिस्तरीय पञ्चायतीराज हटाएर नै दागोपाप स्थापन गरिएकोले दागोपाप ऐन रद्द भएपछि त्रिस्तरीय ग्रामपञ्चायत लागू स्वत हुनेछ। यसो भएको खण्डमा सिलगढीको महकुमा परिषद पनि भङ्ग हुने छ अनि दार्जीलिङ जिल्लाले आफ्नो सिलगडी महकुमा सहितको स्वरुप प्राप्त गर्ने छ, जसको निम्ति मोर्चाले लडाईँ गरिरहेको छ। 2006 मा गोरामुमो, केन्द्र र राज्य सरकारबीच भएको सम्झौताले दागोपापलाई संविधानको छैटौं अनुसूची अनुसार क्षमता र प्रशासनिक अधिकार दिने कुरा भएको थियो।
 सम्झौता भए अनुसार नै माकपा सरकारले संविधानको धारा 243 एस अनि 243 जेडी अन्तर्गत विधानसभामा त्यो विधेयक पारित गरेको थियो।
संसदीय स्ट्याण्डिङ कमिटीसमेतले यो विधेयक शीघ्र पारित गर्नु पर्ने सुझाव दिएको भए पनि  केन्द्र र राज्य सरकारले यसलाई समयमा पारित गरेन। यसबीच नै गोजमुमो लगायत अन्य पार्टीहरूले छैटौं अनुसूचीको  विरोध गरेको थियो। सुबास घिसिङको मुद्दाले मोर्चाको जीटीए गठनमा शंसय उत्पन्न गराएको छ। 18 जुलाईसम्ममा एफिडेफिट दर्ता गरेपछि चारैपक्षबीच सुनवाईको क्रम चल्नेछ। सुबास घिसिङ कोलकाता न्यायलयबाट न्याय नपाएमा सुप्रिम कोर्टसम्म जाने चेतावनी दिइसकेका छन्‌।
read more...

गोर्खा जनमुक्ति मोर्चाभित्र फाटोको संकेत

अहिले गोर्खा जनमुक्ति मोर्चाभित्र साङ्गठानिक एकता अक्षुण्ण रहेपनि केन्द्रिय समितिमा व्यापकरुपमा फाटो बढ्‌दै गएको एक विश्वस्त सूत्रले बताएको छ।
यसको छनक दार्जीलिङको भा-तकभर मालिधुरामा भएको 10 जुनको बैठकमा पाइएको बताइएको छ। शुरुदेखि नै मोर्चाभित्र दुइवटा खेमा छर्लङ्ग देखिएको थियो। एकले जीटीए होइन छुट्टैराज्य भनिरहेको छ अनि अर्कोले जीटीए भनिरहेको छ। तर पार्टीका असुविधाहरूलाई ध्यानमा राख्दै पनि तराई र डुवर्स सहितको जीटीए स्वीकार गर्न सकिन्छ भन्ने मतमा बसेकाहरूले जब जीटीएमा तराई र डुवर्स नपस्ने स्पष्ट बुझे तबदेखि नै असन्तुष्टि प्रकट गर्दै आइरहेका थिए। यो असन्तुष्ट जमातले शुरुदेखि नै जीटीएमा भएका भूलहरू पनि अनुभव गर्दै आइरहेको थियो। केन्द्रिय समितिमा बुद्धिजीवीहरू हाबी भएपछि नै मोर्चाको राजनैतिक उद्देश्य धमिलो हुनथालेको छ भने मुद्दाले अर्को दिशा पक्रिन थालेपछि मोर्चाभित्र रहेका इमान्दार र मुद्दाप्रति समर्पितहरू दलबाट बिस्तारै निस्कन थाले। पार्टीको उद्देश्य जब छुट्टै राज्य नै होइन भन्ने बुझ्नेहरूले पार्टीमा नै बसेर कमाउन सकिने भनेर नै समर्थन गरिराखेको पनि स्पष्ट छ। तर जीटीएमाथि मोर्चाले धेरै आशा राखेको भए पनि तराई र डुवर्सको सवालले धेरैवटा असुविधा निम्ताएपछि मोर्चाभित्र नै यसको विवाद बढ्‌न थालेको छ। 6 जूनमा जिमखानामा भएको बैठकमा डुवर्सका प्रतिनिधिहरूले विमल गुरूङलाई औंला उठाएर धोकेबाजको संज्ञा दिएपछि भने मोर्चा सॉंच्ची नै असुविधामा परेको छ।
 मोर्चालाई जोन बारलादेखि त डर छैन तर डुवर्सका गोर्खा समर्थकहरूको नजरमा विमलको छबि पनि घिसिङकै जस्तो देखिन थालेपछि जीटीएलाई लिएर मोर्चा दोधारमा छ। विमल गुरूङले तराई र डुवर्सका समर्थकहरूलाई बुझाउने कोशिश गरेपनि जीटीएमा तराई डुवर्स अन्तरभुक्ति नहुनेभएपछि डुवर्सका प्रतिनिधिहरूले विमलको कुरालाई तर्कले जितेपछि विमल गुरूङ नै निःशब्द बनेका थिए। तरै पनि हाइपावर कमिटीको रिपोर्टसम्म पर्खिएर हेर्ने आश्वासन विमल गुरूङले दिएपछि तराई र डुवर्सका समर्थकहरूले तिनको बचनलाई कदर गरिदिएका थिए। हाइपावरको रिपोर्ट नकरात्मका आएपछि मोर्चाको असुविधा अझ बढ्यो। केन्द्रिय समितिका बुद्धिजीवीहरूले विमल गुरूङलाई यसको पनि समाधान निकाल्ने त बतायो तर न्यायधीश श्यामलको रिपोर्ट जॉंच्न उत्तर बङ्गाल विकास विभागका मनोज अग्रवालहरूकोे कमिटी बनाउने भएपछि जनतामा सन्देश राम्रो गएन। तर यो कमिटी बनिने भएपछि मोर्चाले राहतको सास भने फेरिरहेको छ। केही ढिलो होस्‌ तर जीटीए नै हुनुपर्छ भन्ने पक्षमा मोर्चाका महासचिव रोशन गिरी अनि प्रौड बुद्धिजीवी एलबी परियार रहेका छन्‌। यसको निम्ति सम्पूर्ण तालमेल सरकारसित मिलाउन भने विधायक डा. हर्कबहादुर छेेत्रीले बलियो भूमिका निर्वाह गरिरहेको सूत्रको दाबी छ। मोर्चाभित्रका बुद्धिजीवीहरूले विमल गुरूङलाई धेरैवटा चलाकी गरेको बुझ्न थालेपछि विमल गुरूङले तराई र डुवर्सबिना जीटीए सीटीए मारो गोली भनेकोले मोर्चाका केन्द्रिय बुद्धिजीवीहरू पनि ऐंठनमा परेका छन्‌। विमल गुरूङले राज्य सरकारसित हेमखेम राख्ने बुद्धिजीवीहरूलाई धेर सम्पर्क नराख्ने निर्देश दिए पनि विधायकहरू कोलकाता धाउन छोडेका छैनन्‌। यता डा. हर्कबहादुर छेत्रीले रिभेरिफिकेशन कमिटी बसाउनुपर्छ भन्ने उपाय निकाल्ने वित्तिकै राज्य सरकारले वास्तविकता जॉंच समिति बनाउने कुरालाई तुरुन्तै स्वीकृति दिइन्‌। डा. छेत्रीको भनाई श्यामल सेन यही राज्यका प्रतिनिधि रहेकोले अबको कमिटी राज्य बाहिरका प्रतिनिहरूबाट राखिनुपर्छ भन्ने थियो तर मुख्यमन्त्रीसित यसको माग तिनले गरेनन्‌। फलस्वरुप मनोज अग्रवालहरूको कमिटी बसाइने भएको छ। भा-तकभर मालिधुरामा भएको बैठकमा मोर्चा अध्यक्ष विमल गुरूङले श्यामल सेनको रिपोटले धोका दिनुमा रोशन गिरी अनि एलबी परियारलाई दोष्याएको खबर छ। यस बैठकमा विमल गुरूङले रोशन गिरीले नै जीटीएमा हस्ताक्षर गर्न हतार गरेको अनि श्यामल सेनको रिपोर्ट मान्नुपर्छ भनेर हस्ताक्षर गर्नुपर्छ भनेर कागजसमेत ल्याएको कुरा खुलाएको गोप्य सूत्रले बताएको छ। तर यसमा विमल गुरूङले हस्ताक्षर नगरेको अनि हस्ताक्षरकर्ताहरूमा रोशन गिरी र एलबी परियार रहेको पनि बताइएको छ। यसै बैठकमा रोशन गिरीलाई महासचिवको पद्बाट हटाउनुपर्छ भन्ने नाराबाजी पनि भएको सूत्रको दाबी छ। सूत्रको दाबी अनुसार यसै बैठकमा आशा गुरूङले राम्रो मान्छेहरू निकालेर पार्टीमा ढाडे विरालोहरू पसेको कुरा गरेकी थिइन्‌। यसै बैठकमा विमल गुरूङले विधायकहरूको पनि हाइकमान अर्कै रहेको संकेत गरेका थिए। यो बैठकबारे कुनै सूचना मिडियालाई दिइएन किन भने विमल गुरूङले नै मिडियामा कसैले पनि ब्रीफ नगर्ने निर्देश गरेको पनि सूत्रको भनाइ छ। यो घटनाले मोर्चाभित्र अविश्वासको वातावरण व्याप्त बनिसकेको स्पष्ट पारेको छ। आफ्नै बुद्धिजीवीहरुले विमल गुरूङलाई यो अवस्थामा पारेको कुरा विमल गुरूङ स्वंयले अनुभव गरिसकेकोले नै तिनले धेरैवटा कार्यक्रम घोषणा गरेको पनि बताइएको छ। जसमा विधायकहरूको राजिनामा अनि जीटीएको खेस्रा जलाउने कुरा प्रमुख छ। तिनको यो घषणा यथार्थमा बद्लियो भने मोर्चाका बुद्धिजीवीहरूको मनमा घन्टी बज्न शुरु हुनेछ। विमल गुरूङले स्पष्ट भनेका छन्‌, ममताले हॉंसीहॉंसी धोका दियो। अब जीटीए मान्दैनौं। धेरै जबरजस्ती गर्‍यो भने जङ्गल पस्छु। के संकेत पाइएको छ भने विमल गुरूङले आफ्ना बुद्धिजीवीहरूमाथि विश्वास गर्न छोडेका छन्‌। केन्द्रिय समितिमा राम्रो मेलमिलाप छैन। मेलमिलापको कारण जीटीए भर्सेस गोर्खाल्याण्ड नै रहेको थाहा लागेको छ। विमल गुरूङको एकल निर्णय र कार्यक्रमहरूको घोषणाले केन्द्रिय समितिका कतिपय सदस्यहरूलाई असुविधा पर्ने देखिएको छ। यसकारण उनीहरूलाई सरकारसित मिलेर मोर्चालाई दवाबमा पार्ने सरकारी पहल गराइमाग्ने अनि जीटीएको चुनाउ गर्ने विचार राखेको पनि सूत्रको दाबी छ। यसै कारण नै तृणमूलको पार्टी विस्तार यसमा डा. हर्कबहादुर छेत्रीको सहानुभूति प्रकाशमा आएको लख काटिएको छ। विमल गुरूङले यसको पनि आभाष पाएकोले नै बैठकहरूमा बारम्बार नै जबरजस्ती गरेमा जङ्गलपस्ने घोषणा गरिरहेका छन्‌। यसै कारण नै जबरजस्ती गरेमा कोही पनि बुद्दिजीवीहरूलाई जीटीए चुनाउमा खडा नगर्ने अनि लाटा लङ्गडोहरू उठाउने कुरा गरेर सरकारको पक्षमा काम गरिरहेका बुद्धिजीवीहरूलाई खबरदारी गरेको पनि सूत्रको भनाइ छ।
read more...

भेरिफिकेशन कमिटी बसाउनेः मोर्चा टोलीले मान्यो शर्त जुलाईमा जीटीए चुनाउ हुने निश्चित

कोलकाता, 16 जून,।
राइटर्सको दोस्रो तल्लामा मुख्यमन्त्री ममता व्यानर्जी अनि पहाडबाट गएको अनि गोर्खा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीले प्रतिनिधित्व गरेको टोलीबीच भएको बैठकमा जुलाईमा चुनाउ गर्ने सम्बन्धमा सहमती भएको राज्य सरकारको सूत्रले बताएका छन्‌।
मोर्चाले तराई डुवर्सको मौजाबारे श्यामल सेनको कमिशनले सार्वजनिक गरेको रिपोर्टलाई दुत्कार्ने अनि यसको निम्ति रिभेरिफिकेशन कमिटी बसाउने माग गरेपछि मुख्यमन्त्रीले मोर्चाको मागलाई स्वीकृति दिइन्‌। राज्य सरकारले मोर्चाको कुरा मान्दै तीन सदस्यीय भेरिफिकेशन कमिटी बसाउने भएको छ। तर ती सदस्यहरू सरकारले नै नियुक्त गर्नेछन्‌। मोर्चाले श्यामल सेन सरकारको मान्छे रहेकोले सरकारको पक्षमा रिपोर्ट दिएको आरोप लगाए पनि मुख्यमन्त्री ममता व्यनर्जीले भेरिफिकेशन कमिटीमा सरकारकै प्रतिनिधिहरू बस्ने भनेर दिएको सुझावलाई भने मोर्चाले स्वीकार गरेको छ। वैठकमा मोर्चालाई जुलाईमा जीटीएको चुनाउ हुने स्पष्ट पारिदिएको छ। यस सम्बन्धमा राज्य सरकारको गृह विभागबाट विज्ञप्ती पनि जारी गरिएको छ। जहॉं जुलाईमा जीटीएको चुनाउ हुने बताएको छ। आज नै जारी गरिएको विज्ञप्तिमा जुलाईमा चुनाउ हुने भनेकोले मोर्चाले बैठकमा चुनाउ गर्ने सम्बन्धमा स्वीकृति दिएको स्पष्ट भएको छ। रोशन गिरीले बैठकपछि चुनाउ सम्बन्ध पत्रकारहरूलाई बताए अनुसार चुनाउ हुनु नहुनु विमल गुरूङको हातमा छ। यता दार्जीलिङ सूत्रले जनाए अनुसार जबसम्म भेरिफिकेशन कमिटीले मोर्चाले सर्वेक्षण गरेर बुझाएको रिपोर्टको आधारमा तराई र डुवर्सका क्षेत्रहरूको निरीक्षण हुँदैन अनि जीटीएमा पस्दैन तबसम्म जीटीएको चुनाउ नहुने कुरा विमल गुरूङले बताएका छन्‌। उता रोशन गिरीले विमल गुरूङलाई देखाएपछि पत्रकारहरूले विमल गुरूङसित प्रश्न गर्दा तिनले नरम व्यवहार देखाउँदै कार्यक्रमहरू घोषणा भइसकेको अनि चुनाउ पटक्क नमान्ने स्पष्ट पारेका छन्‌। तर कोलकाता सूत्रले बताए अनुसार मोर्चा दवाबमा छ। मोर्चा दवाबमा रहेको कुरा बुझाउनको निम्ति नै मोर्चाले फ्रण्टल अर्गनाइजेशनका प्रतिनिधिहरूलाई कोलकाता पठाएको थियो, मुख्यमन्त्रीको सुझावमा। ताकी मोर्चाको केन्द्रिय समितिलाई सधैँ चाप दिने तल्लो अर्गनाइजेशनले पनि पार्टीको बाध्यता राम्रोसित बुझ्न सकून्‌। गिरीले भने, बैठकमा श्यामल सेनको रिपोर्टलाई खारेज गर्ने माग गरियो। मौजाहरू सिफारिस गर्न अनि श्यामल सेनको रिपोर्टको आधारभूत वास्तविकताहरू खुट्याउन भेरिफिकेशन कमिटीको माग पनि गरियो। सरकारले मोर्चाको माग मानेको छ। तिनी चुनाउ सम्बन्धमा बारम्बारको प्रश्नमा पनि जीटीए चुनाउबारे खुलेर बोलेनन्‌। तराई डुवर्सका मानिसहरू आजको निर्णयले खुशी होला भन्ने प्रश्नको उत्तर दिएनन्‌। बैठकको निर्णय अनि मोर्चाको वर्ताव अनुसार मोर्चा आजको बैठकमा चुनाउ गराउने बाध्यतामा छ। जुन कमिटी बसाइएको छ, त्यसमा पनि सरकारी प्रतिनिधि हुने हुनाले मोर्चाले दाबी गरेको मौजा पस्न सक्ने छॉंटकॉंट छैन। यस्तोमा नै मोर्चा जीटीएको चुनाउमा जाने सुरसारमा छ। दार्जीलिङमा विमल गुरूङले यो कमिटीमा कुनै आशा नरहेको बताएका छन्‌। यता 27 जुलाईको दिन मोर्चाले जीटीएको खेस्रा जलाउने घोषणा गरेको छ भने अर्कोतिर आजको बैठकमा जीटीएको चुनाउ गर्ने सहमति दिएको छ। सरकारले कमिटी बसाउने भएपछि मोर्चा चुनाउ गर्ने पक्षमा सहमति दिन बाध्य परेको कोलकाता सूत्रको भनाइ छ। यता 17 जुलाईको दिन विधायकहरूले राजीनामा दिने घोषणा पनि छ। तर कोलकाता सूत्रले विधायक सूत्रबाट नै पाएको जानकारी अनुसार विधायकहरूले राजिनामा दिने सम्बन्धमा मोर्चाको केन्द्रिय कमिटीको बैठकमा चर्चा भएको छैन। यता मोर्चाले नगरपालिका पार्षदहरूको राजिनामा नगर्ने अथवा नगरापालिका आन्दोलनमा सहभागी नहुने बताएर घोषित कार्यक्रम फिर्ता गर्ने क्रम शुरु गरेको छ। जुन महिनाभित्रमा मोर्चाले घोषणा गरेको सबै कार्यक्रम फिर्ता भइसक्ने छॉंटकॉंट पनि आज कोलकातामा पाइएको कोलकाता सूत्रको बनाइ छ। यता राइटर्समा नै नागरिक मञ्चको व्यानरमा गएका पहाडका केही संस्थाका प्रतिनिधिहरूले कोलकाताका पत्रकारहरूलाई जीटीएको चुनाउ हुनुपर्छ अनि विकास हुनुपर्छ भन्ने माग मुख्यमन्त्रीसित गरेको बताइएको छ। कोलकाता सूत्रले थाहा पाए अनुसार कालेबुङबाट उदय कुमाइले प्रतिनिधित्व गरेको टोलीले आज मुख्यमन्त्री ममता व्यानर्जीको निम्तोलाई स्वीकार गर्दै बैठक गरेको छ।
read more...

तृणमूल-लिगको डेड घण्टा बैठकः मदन तामङ हत्याराहरू पक्राउ गरे पहाडमा शान्ति फर्किने सम्बन्धमा कुराकानी

सिलगढी सर्किट हाउसमा उत्तरबङ्गाल उन्नयन मन्त्री गौतम देवले अखिल भारतीय गोर्खालिग नेतृत्वहरूसित डेड घण्टा बैठक गरे।
पहाडमा शान्तिको सूत्र खोज्न अनि गणतान्त्रिक बहालीमाथि बैठकमा बहस चल्यो। गौतम देवसित तृणमूल जिल्ला सचिव सुजित कुण्डु लगायक अन्य तीनजना नेताहरू पनि साथमा थिए भने लिगबाट अध्यक्ष भारती तामङ, महासचिव प्रताप खाती अनि केन्द्रिय सदस्य लक्ष्मण प्रधान र थेबा तामङको उपस्थिति रहेको थियो। गोर्खालिगको पक्षमा भारती तामङले पहाडमा शान्ति र गणतन्त्र बहालीको निम्ति मदन तामङ हत्याकाण्डसित जडित गोर्खा जनमुक्ति मोर्चाका नेताहरू विमल गुरूङ, रोशन गिरी लगायत अन्य केन्द्रिय नेताहरूलाई पक्राउ गर्नुपर्ने कुरा गौतम देवसित राखिन्‌। गौतम देवले मदन तामङ हत्याकाण्डबारे आफूहरूलाई सम्पूर्णरुपले अवगत रहेको जनाए। भारती तामङले सीबीआईले लिगलाई दिएको असुविधाबारे गौतम देवलाई अवगत गराउँदै राज्य सरकारले मदन तामङको हत्या सम्बन्धमा कुनै सहयोग नगरेको कुरा बताइन्‌। तिनले मुख्यमन्त्रीसित रहेको मदन तामङ हत्याकाण्डसित संलग्न मोर्चाका नेताहरूले हत्याको जाल बुन्दा गरेको फोन ट्यापिङको डिजिटल फाइल सीबीआईको हातमा दिने अपील पनि गरिन्‌। गौतम देवले यस सम्बन्धमा कोलकातामा मुख्यमन्त्रीसित 15 जूनको निम्ति बैठक गर्ने बताएका छन्‌। यता 16 जुनको दिन मुख्यमन्त्रीले मोर्चाका नेताहरूलाई कुराकानी गर्न बोलाएकी छन्‌। गौतम देवले लिग नेताहरूलाई 17 जुनको दिन फोन गरेर सम्पूर्ण कुरा बताउने आश्वासन दिएका छन्‌। लिगले गौतम देवलाई पहाडमा मदन तामङ हत्यासित संलग्न भगौडेहरू पुलिससित मिलेको अनि स्वतन्त्ररुपले घुमिरहेको कुरा पनि अवगत गराएको छ। यस सम्बन्धमा प्रताप खातीले बताए, आईसी थानामा बस्छन्‌ अनि उनीहरूको श्रीमती मोर्चाको नारी मोर्चामा कुद्‌छन्‌। ओसीको छोरा विद्यार्थी मोर्चामा खट्‌छन्‌। यस्ता प्रशासनिक अधिकारीहरूबाट न्यायको आशा गर्न सकिन्न। गौतम देवलाई पहाडको दागोपाप प्रशासक अनिल बर्मा, जो युकेबाट आफ्नो स्वास्नीलाई प्रताडना गरेको काण्डबाट खेदाइएको छ, जसले मोर्चा अध्यक्ष विमल गुरूङलाई विकासको योजनाहरू बॉंड्‌न पठाउने, कुनै अधिकारीले होइन पहाडमा विमल गुरूङले सरकारी योजनाका शिलान्यास गर्ने, राशिन बॉंड्‌ने, सरकारी भवनमा जीएलपी राख्ने, जीएलपीलाई सैनिकको पोशाक लगाएर भित्रभित्रै विभिन्न किसिमका ट्रेनिङ दिने अनि यसो गर्नमा प्रशासकले सहयोग गर्ने गरेको कुरा पनि लिगले मन्त्रीलाई बताएको छ। उच्च न्यायलयले मदन तामङ, गिरी र कर्णल रमेश आले लगायत अन्यको बेल रिजेक्ट गरेको भए पनि उनीहरूलाई किन पक्राउ गरिएन? भन्ने प्रश्न पनि गौतम देवसित लिगका नेताहरूले गरेका छन्‌। पहाडका जिल्ला शासक, महकुमा शासक, विभिन्न कार्यालयका अधिकारीहरू, इञ्जिनियरहरूको कारण पहाडमा मोर्चाले व्यापक भ्रष्टचार गरेको पोल पनि लिगले खोलेको छ। यस्ता जम्मै अधिकारीहरूलाई पहाडबाट निकालेर स्वस्थ प्रशासनिक व्यवस्थाको निर्माण गर्नुपर्ने माग पनि लिगले राखेको बताइएको छ। अर्कोतिर मुख्यमन्त्री ममता व्यानर्जीले पहाडमा शान्ति ल्याएको राष्ट्रिय गोषणा गरेपनि पहाड भने दिनोदिन अशान्ति रहेको अनि यसको जड मदन तामङका हत्याराहरू खुल्ला घुम्नुले भएको कुरा गर्दै हत्याको डरले नै मोर्चा विरुद्ध कुनै कुरा जनताले गर्न नसक्ने स्थिति रहेको पनि बताइएको छ। गौतम देवलाई लिगले पहाडमा शान्ति र गणतन्त्र स्थापनाको निम्ति मुख्यमन्त्री ममता व्यानर्जीले सम्पूर्ण राजनैतिक पार्टीहरूसित कुराकानी गर्नुपर्ने अनि यसो नगरेर केवल मोर्चाका नेताहरूसित मात्र कुराकानी गरेकोले जनता मुख्यमन्त्रीसित खुशी नरहेको बताइएको पनि प्रताप खातीले बताएका छन्‌। पहाडमा जुन आन्तरिक अशान्ति र अगणतान्त्रिक परिस्थिति छ, ममता व्यानर्जीले यसमा खुशी नरहेको बताउँदै 15 जूनमा मुख्यमन्त्रीसित भएका कुराहरूबारे बैठक गर्ने अनि बैठकमा लिइएका निर्णय 17 जुनको दिन लिगका नेताहरूलाई बताइने आश्वासन दिइएको पनि बताइएको छ।
read more...

हाइ पावर कमिटीले मोर्चालाई खुवायो लोप्पा

मोर्चाले मागेको 196, आशा गरेको 150 तर पायो 5 मौजा

read more...

तराई-डुवर्समा बन्दको कुनै औचित्य छैन



गोर्खाल्याण्ड छोडिए गोजमुमो जिम्मेवार हुनेछ-क्रामाकपा
प्रज्ज्वल छेत्री
कालेबुङ, 22 अप्रेल।
एकातिर 24 अप्रेलमा संसदमा यूपिए सरकारले तेलेङ्गना राज्य निर्माण सम्बन्धी विशेष आधिकारीक घोषणा गर्ने कुरा अघि आइरेको छ भने अर्कोतिर गोर्खाल्याण्डको बागडौर सम्हाल्ने गोजमुमोले जीटीएमा तराई-डुवर्स अन्तर्भुक्तिको लागी जोइन्ट एक्सन कोअर्डिनेशन कमिटीसित मिलेर आजदेखि अनिश्चितकालीन डुवर्स बन्द डाकेको छ।
अहिलेलाई दार्जीलिङ पहाडको ध्यान तराई-डुवर्समा नै केन्द्रित रहेको छ तर 24 अप्रेलमा पनि पहाडबासीको नजर अडेको छ। जीटीएमा तराई-डुवर्स अन्तर्भुक्तिको लागी गोजमुमोले कसरत गरिरहेको समय तेलेङ्गना राज्य गठन भए यहॉंको राजनीतिमा फेरि एकपल्ट हलचल मच्चिने सम्भावना छ। यदि अहिले तेलेङ्गना राज्य हुन्छ भने गोर्खाल्याण्ड छोडिने प्रबल सम्भावना छ।
यदि गोर्खाल्याण्ड छोडिए यसको पूर्ण जिम्मेवार  गोजमुमो हुने क्रामाकपाले बताएको छ। आज क्रामाकपा केन्द्रिय उपाध्यक्ष जेबी राईले भनेअनुसार भारतीय गोर्खाहरूले गोर्खाल्याण्ड प्राप्तिकै लागी गोजमुमोलाई समर्थन गरेको हो। गोजमुमोले पनि गोर्खाल्याण्ड ल्याउँछौं भन्ने प्रतिवद्धता जाहेर गरेको हो। 
तर गोजमुमो किन मूल मुद्दाबाट पछि हट्‌नपर्‍यो र सुविधा, सहुलियतमा हतार गरेर किन हस्ताक्षर गर्नपर्‍यो यसको उत्तर आजसम्म स्पष्ट रूपमा नआएको राईले बताए। तिनलेे भनेअनुसार गोजमुमोले केन्द्र सरकार अहिले नै राज्य दिने पक्षमा छैन भन्दै अनि मूल मुद्दादेखि भङ्गालिएर जीटीएमा सम्झौता गरेको हो।
 ‘के केन्द्रमा तेलेङ्गना र अन्य राज्यहरू मात्र दिनसक्ने परिस्थिति छ? गोर्खाल्याण्ड मात्र दिन नसक्ने परिस्थितिमा केन्द्र रहेको कुरा अनि इन्द्रेको बाउ चन्द्रे आएपनि गोर्खाल्याण्ड हुँदैन भन्ने कुरा मोर्चाका बुद्धीवीहरूलाई कसरी थाहा भयो? यहीँभित्र षङ्‌यन्त्र लुकेको छ’- अहिले तेलेङ्गना गठन हुनसक्ने  देखापरेको परस्थितिमाथि बोल्दै राईले भने। छुट्टै राज्य हुननसक्ने परिस्थिति केन्द्र सरकारले आफैले भन्नुको सट्टा गोजमुमोले भन्नु लज्जास्पद रहेको राईको भनाइ छ।

अहिले जीटीएमा तराई-डुवर्स अन्तर्भुक्तिको लागी गोजमुमो अनि जोन वारला समर्थित जोइन्‌ एक्सन को-अर्डिनेशन कमिटीद्वारा डाकिएको अनिश्चितलाकीन डुवर्स बन्दको कुनै औचित्य नरहेको क्रामाकपाले ठानेकोे छ। क्रामाकपा अनुसार यो बन्द यदि जीटीए गठनअघि नै तराई-डुवर्स अन्तभुक्तिको लागी भएको भए  केही सार्थकता हुनेथियो।
तर तराई-डुवर्सको अन्तर्भुक्तिको जिम्मेवारी हाइपावर कमिटीलाई छोडिदिएर डाकिएको यो बन्द जीटीए सम्झौताको विपरित रहेकोले नै यो औचित्यहीन रहेको जेबी राईले दावी गरे। वास्तवमा जीटीए अनि तराई-डुवर्स अन्तर्भुक्तिको कुरा मोर्चाको पार्टीगत अडान रहेकोले यसबारे केही बोलिरहने आवश्यकता क्रामाकाले नठान्ने जेबी राईले बताए।
 तिनीअनुसार हाइपावर कमिटीले जुन-जुन मौजाहरू दिन्छ त्यही थाप्छौं भनेर हस्ताक्षर गर्नु अनि अर्कोतिर जीटीएमा तराई-डुवर्स अन्तर्भुक्ति भन्दै डवर्समा अनिश्चितकालीन बन्द गर्नु मोर्चाको खलाइँचीपूर्ण अनि काल्पनिक कुरा मात्र हो।
यदि अहिले तलेङ्गनाराज्य गठन हुन्छ भने गोजमुमोले पनि आन्दोलन शुरू गर्ने कुरा तिनले अपत्यारो ठान्दै मोर्चाले वारम्बार भाका फेर्ने गरेकोले मोर्चालाई विश्वास गरिहाल्न नसक्ने बताए। यसैले अनि छुट्टै राज्यको लागी समस्त भारतीय गोर्खाहरू एक भएर अघि आउनुपर्ने आह्वान गर्दै क्रामाकपाले यही दिशामा कार्यक्रमहरू गर्ने भएको तिनले अवगत गराए।
read more...

53 असाहय नानीहरूको बाबु अबनेर

‘नानीहरूले भरपेट खाएर पढेको देख्दा आनन्द मिल्छ’

प्रज्ज्वल छेत्री

कालेबुङ, 11 अप्रेल।
‘यी नानीहरूको सुर्तामा राती पटक्क निन्द्रा लाग्दैन। तरैपनि सम्झन्छु यी नानीहरूले राम्ररी शिक्षा आर्जन गर्दैछन्‌, उनीहरूले भरपेट खाएर सुतिरहेका छन्‌, जसले गर्दा आत्मासन्तुष्टि मिल्छ। आनन्द लाग्छ, केही गरिरहेको छु भन्ने ठानेर आफैआफ सन्तुष्ट हुन्छु’-अबनेर राई भन्छन्‌। आफ्नो बाल्यकालको तितो अनुभव भोगेका अबनेरलाई लाग्छ-हाम्रो समाज धेरै विकसित भयो भनेर हामी भन्छौं, तर हाम्रो समाजको एकपाटो अझपनि दयनीय अवस्थामा छ। हाम्रै समाजका एकपाटोका नानीहरूले शिक्षा लिन पाइरहेका छैनन्‌।
लिटल एञ्जेल्स चिल्ड्रन्स होमका असाहय नानीहरू

उनीहरूले बस्न, लाउन खान, पाइरहेका छैनन्‌। डुवर्समा चियाकमानहरू बन्द हुँदा उनीहरू आफ्नै आमा बाबुबाट बेचिन पुग्छन्‌। स-साना नानीहरूको दुखदायी अवस्था पटक्क हेर्न नसक्ने अबनेरले अहिले 53 जना यस्ता असाहय नानीहरूलाई लिएर व्यक्तिगत प्रयासमा अंग्रेजी माध्यमको शिक्षा दिँदै लिटल एन्जेल्स चिल्ड्रेन्स होममा बाबु आमा दुवैको प्रेम दिँदै भरण पोषण गरिरहेका छन्‌। पेशाले प्राथमिक शिक्षक रहेका पेदोङ निवासी पास्टर अबनेर राई आफ्नो बाल्यकाल दुखदायीपूर्ण बितेको कारण असाहय नानीहरूको दुःख पटक्क सहन गर्न नसक्ने बताउँछन्‌। यी होममा रहने 53 जना नानीहरूको निम्ति तिनले 2010 देखि नै बजारमा लिटल एन्जेल्स एकाडेमी खोलेर उच्च स्तरीय अंग्रेजी माध्यमको शिक्षा पनि दिँदैछन्‌। छैटौं श्रेणीसम्म रहेको यस स्कूललाई 10 औं श्रेणीसम्म बढोत्तरी गरेर सीबीएसई बोर्डसित जोड्‌ने तिनको चाहना छ। हाल यस च्यारेटी स्कूलमा होमका 53 जना लगाएर मोठ 115 जना विद्यार्थीहरू अध्ययनरत छन्‌। ‘2001 तिर नै मलाई यस्ता नानीहरूलाई भरण पोषण गरी शिशित बनाउने इच्छा जाग्नथाल्यो’-अबनेरले भने, ‘खरसाङ सिमलबारीमा कार्यरत छँदा एक विकलाङ्ग नानीलाई भेटेर घर ल्याएँ।
पछिबाट डुवर्सतिरबाट अनेकौं बेचिन लागेका नानीहरूलाई पनि मैले घर ल्याएँ।
पहिले 10 जनासम्मलाई घरमा राखेर पढाउँछु भन्नै सोँच राखेको थिएँ। तर पछिबाट यी नानीहरू बढ्‌दै गए अनि डेरा र पानीको अभावमा मैलै पुर्ख्यौली अलैँचीबारी जमिनलाई फॉंडेर नानीहरूलाई यहॉं राख्न शुरू गरे।’ यहॉं बस्ने नानीहरूलाई भरणपोषणको लागि तिनले 3 जना कर्मचारी पनि नियुक्त गरेका छन्‌। नानीहरूलाई दूध खुवाउन यहॉं गाईहरू पालिएको छ। मासु खुवाउन सुङ्गुर अनि बाख्राहरू पालिएको छ। विशेष यहॉंका नानीहरूलाई नैतिक शिक्षा प्रदान गरिएको छ। जसले गर्दा यिनीहरू ठुलोले सानालाई माया गर्नुपर्छ भन्ने जान्दछन्‌। ठूला नानीहरूले स-साना नानीहरूलाई दोह्रयाउँदै स्कूल लैजान्छन्‌, विरामी छँदा हेरचाह गर्छन्‌ अनि एकाअर्कामा खुब हेलमेल हुन्छन्‌। यहॉं पालिएका कुकुर, हॉंस, कुखुरा, गाई, ब्राख्रा खरायोसित नानीहरू रम्छन्‌।
‘खुबै अनुशासित रहने यी नानीहरूले गाउँमा परेको बिहे मरौमा पनि खुब काम सघााउँछन्‌-’ स्थानीय ड्राइभरले भने। यहॉं बेसहारा नानीहरू मात्र नभएर आमा बाबुले छोडेर बेहाल भएका नानीहरूलाई पनि राखिएको छ।
‘आमा अर्कोसित गइछन्‌, बाबुले अर्को ल्याएछन्‌’ -एक आखॉं बाहिर निस्किसकेका एक नानीलाई देखाउँदै अबनेरले भने। तिनीअनुसार कोइलाखानीमा लडिराखेको अवस्थामा यी नानीलाई मानिसहरूले भेटेछन्‌। नानीको आँखा दुखेको देख्दा आँखामा केही बिझ्यो भन्ने मानिसहरूले ठानेछन्‌।
तर ती नानीले खान नपाउन भिटामिनको कमिले आँखा विस्तारैै बन्द हुने अवस्थामा पुगिसकेकोले नानीलाई उनले होममा ल्याएर अहिलेसम्म थुप्रै उपाचरहरू गराइसकेको भएपनि केही फाइदा नभएको बताउँछन्‌ अबनेर।
‘मलाई सुर्ता लाग्छ, यी केही नानीहरू पढेर डाक्टर, इन्जिनियर बन्ने क्षमता बोक्दैनन्‌’-अबनेरले भने, ‘तरैपनि म यी नानीहरूलाई केही न केही गरेर स्वनिर्भर बनाउनेछु।’ होम अनि एकाडेमी सञ्चालनमा आफ्नो पत्नीले पनि आफूलाई खुब सहयोग गर्ने गरेको पनि अबनेरले बताए। तिनले भने, ‘यी नानीहरूले मलाई सर होइन बाबा भन्छन्‌, म यी नानीहरूलाई आफ्नै बाबुको झै माया दिन चाहन्छु।
नानीहरूलाई राम्रो बाटोमा हिनाउन केहीबेला पिट्‌न अनि गाली गर्न परेपनि उनीहरूलाई आफूमाथि अत्याचार भएको भान हुन म दिँदिन।’
7 जना ट्रस्टीरहेको रहेको संस्था आशादीप चेरिटेबल ट्रससित यो जोडिएको जानकारी गराउँदै तिनले अहिलेसम्म ठोस रूपमा सरकारी गैर-सरकारी संस्था कसैबाट आफूले सहयोग नपाएको बताए।
कसैले व्यक्तिगत रूपमा केही सहयोग पुर्‍याउने गरेको बताउँदै तिनले आफूलाई आंशिक रूपमा भएपनि सहयोग पुर्‍याउने केही नामहरू लिए।
गान्तोकबाट स्थानीय केही चालकहरू साथै हेब्सीबा चर्च, रेभ. आरएस योञ्जन, चालक जोसिया राई, अलगढाबाट लक्ष्मी, माया राई, यहॉं बसेका सेनाहरूले पनि कहिलेकॉंही होमलाई सहयोग पु़र्‍याउने गरेको छ। सामान्य तरिकाराले यी नानीहरूलाई राख्दा, एकाडेमीमा 12 जना शिक्षकहरू, होमका तीन कर्मचारी आदिलाई कमभन्दा कम राशि दिँदा पनि 35 हजारभन्दा अधिक आफ्नो खर्च हुनेगरेको अबनेर राईले बताए। नानीहरूलाई लाग्ने खर्च जोहो गर्न अवरेनरले पेदोङमा होस्टेल नै खोलेका छन्‌।
जहॉंबाट आएको पैसा तिनले यी नै नानीहरूको निम्ति खर्च गर्छन्‌। सडक छेउमा आफ्नो घर भएकोले हास्टेलबाट आएको राशि, आफ्नो कमाइ आदि जम्मै लगाएर यी नानीहरूलाई तिनले भरणपोशण सितै शिक्षा दिइरहेको भएपनि जतिजति नानीहरूले उच्च शिक्षा लिँदै जान्छन्‌ उतिउति आफ्नो जिम्मेवारी बढ्‌दै जाने चिन्ता तिनीसित रहेको छ। अबनेर राईका अघिल्ला बाटाहरू सहज नरहेको भएपनि तिनी यी नानीहरूको उज्ज्वल भविष्यको निम्ति हताश नबनी निस्वार्थ सेवाको भावमा अघि बढ्‌दै समाजलाई मानवताको पाठ सिकाइरहेका छन्‌।
read more...

गोरामुमोदेखि गोजमुमोसम्म :फेरि मल्टिकम्प्लेक्स, हाइटेक स्ट्याण्ड र उच्छेदको सवाल

मनोज वोगटी
कालेबुङ नगरको तीन पिलो हो, नगरको मैला, अव्यवस्थित ट्राफिक र मल्टिकम्प्लेक्स-हाइटेक स्ट्याण्ड। मैला टिस्टामा फ्यॉंकेर समाधान गरिएको छ। ट्राफिक, त्यसरी नै चलिरहेको छ, जसरी चलेको थियो। अहिले मल्टिकम्प्लेक्स-हाइटेक स्ट्याण्ड र नोभेल्टी परिसरका 35 परिवारको उच्छेदको प्रश्नबिचको समस्या बोकेर उभिएको छ प्रशासन र जनप्रतिनिधिहरू।

हिजो प्रशासनिकपक्ष बसेर नोभेेल्टीसामु मॉं सन्तोषी टोलमा मल्टिकम्प्लेकस बनाउने र आजदेखि कामै थाल्ने निर्णय गरिएको थियो।  आज झरीको कारण काम भएन। विधायक डा. हर्कबहादुर छेत्रीले भनेका छन्‌, मल्टिकम्प्लेक्स र हाइटेक स्ट्याण्ड कालेबुङको आवश्यकता हो। कालेबुङको विकासको निम्ति टोलबासीले प्रशासनिक निर्णयलाई मान्नैपर्छ।
 यस्तो निर्णय गर्ने प्रशासनले तर टोलवासीको करएा भने सुनेको छैन। टोलबासीले भनिरहेको छ, ठाउँ छोड्‌नैपर्ने हो भने उच्चाधिकारीले 37 परिवारलाई पुनर्वास गर्ने सरकरीरुपको लिखित पत्र हामीलाई दिनुपर्छ। तर यो कुरादेखि पर पर परेको प्रशासनले विधायक, नगरपालिका र महकुमा प्रशासनले घरिघरि बैठक गरेर कामै थाल्ने निर्णय गरेको छ। यो निर्णयलाई हुकूमजत्ति नै घोषणा गरिएकोले अब मल्टिकम्प्लेक्सको मल्टिसमस्या सार्वजनिक हुने पुरापुरी सम्भावना बढेको छ। प्रशासनले जुन घरहरूलाई हटाउने भन्दैछ, ती घरका सदस्यहरूलाई लिएर कुनै बैठक गरेको छैन। सबैभन्दा ठूलो समस्या यहीँ छ। यहीँ छ प्रशासनिक ढलिमलि पनि। अहिले टोलवासी भन्दैछन्‌, कहॉं मल्टिकम्प्लेक्स र स्ट्याण्ड बनाउने हो हामीलाई थाहा नै छैन। हल्ला मात्र सुनिँदैछ। प्रशासनले आजदेखि काम थाल्ने भनेको कुरा पनि उनीहरूलाई थाहा छैन। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले दुइपल्ट टोलवासीसित कुराकानी गरेका हुन्‌। तिनले टोलवासीको समस्या अघि चुडान्त निर्णय गर्न सकेनन्‌। तिनले मोर्चाको महकुमा समितिलाई कुरा मिलाउने जिम्मा दिएका थिए। महकुमा समितिले अनेकौंपल्ट बैठक गर्‍यो। तर उच्चाधिकारीले सरकारीरुपको पुनर्वासको लिखित आश्वासन दिने कुरा आएपछि सेलायो। यसै पनि टोलवासीले न्यायलयमा जमीनको मालिकाना अधिकारको दाबीमा मुद्दा दर्ता गरेका छन्‌। जबसम्म न्यायलयले कुनै निर्णय सुनाउँदैन तबसम्म कुनै पनि जण्डा प्रशासन, बुद्धिजीवी विधायक र प्रौड नगरपालिका अध्यक्षले हस्त7ेप गर्न मिल्दैन। जबरजस्ती गरिएमा धेरै असुविधाहरू उपार्जन हुनसक्ने सम्भावना व्यापक छ। किन भने 37 परिवारको उच्छेदन र पुनर्वासको सवाल यो विकाससित जोडिएको छ। यति ठूलो परिवारलाई उच्छेद गरेर कालेबुङको विकास गरिने हो कि ठोस समाधानको बाटो निकालिने हो, निश्चित छैन। तर कुनै पनि हुकूमी निर्णयले भने मल्टिक्प्लेक्स र स्ट्याण्ड बनिने सम्भावना छैन। निम्ति गोर्खा जनमुक्ति मोर्चाले तयार पारेको यो एउटा ठूलो योजना हो, जसको लागत 27 करोड रहेको छ। तर त्यसलाई कार्यान्वयनमा ल्याउनु हो भने लगभग 37 परिवारलाई हटाइनुपर्छ।  नहटाइए योजना शुरू हुन सक्दैन अनि योजना शुरू नभए मोर्चाको योजना काम लाग्दैन। नोभेल्टी छेउको मॉं सन्तोषी टोल, जहॉं गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालका नगराध्यक्ष सीके कुमाइले शुरू गरेको थियो मोटर स्ट्याण्ड। पुरा नभएको स्ट्याण्ड त्यहीँ छ। स्ट्याण्ट त पूर्ण हुन पाएन तर मोठ तीन परिवार भने त्यही स्ट्याण्डको कारणले त्यसबेला नै उच्छेद हुनुपरेको थियो। कुमाई कालमा बनिएको कम्प्लेक्स आधा कल्चो छ अनि त्यसै ठाउँलाई देखाएर गोर्खा जनमुक्ति मोर्चाले पनि तयार पारेको छ मल्टिकम्प्लेक्स अनि उच्चस्तरीय स्ट्याण्डको योजना।
न्यायपालिको निर्णय नै सर्वोपरी-टोलबासी
कालेबुङ, 10 अप्रेल।
महकुमा पुस्तकालयको तल्लोपट्टि नोभेल्टी परिसरका 37 परिवारलाई सार्न मल्टिकम्प्लेक्स स्टोरेजको निम्ति आजदेखि भित्ता खन्ने काम शुरू हुने भनेको भएपनि मौसमको कारण आज काम शुरू भएन। ‘हामीलाई उच्छेद गर्नु परमेश्वरलाई पनि मञ्जुर छैन’-क्षेत्रबासीहरूले भने। 35 परिवारलाई मल्टिस्टोरेजमा सारेर उक्त क्षेत्र खाली गराइकन 27 करोडको लागतमा मोटरस्ट्‌याण्ड निर्माण गर्ने विभागले पहल शुरू गरिसकेको छ। यो निर्णय क्षेत्रबासीले मान्नैपर्छ भनेर विधायक डा. हर्कबहादुर छेत्रीले भनेकाले क्षेत्रबासीहरूले साह्रै मन दुखाएका छन्‌। ‘बल्ल यसपल्ट बुद्धिजीवि नेता भेटियो र उनले हामीलाई हाम्रो मालिकाना हक दिलाइदिन्छन्‌ भन्ने हामीले सोँचेका थियौं। तर यस्तो भएन। उनले हाम्रो आशाको ठीक विपरित कार्य गर्दै जमिन छोड्‌ने निर्णय मान्नैपर्छ भने।’-क्षेत्रबासीहरूले आज विधायकप्रति यसरी गुनासो पोखे।
अब विभाग अनि विधायकबाट आशा मारिसकेको क्षेत्रबासीहरुले केवल न्यायपालिको निर्णय नै सर्वोपरी रहने बताए। विधायक डा. हर्कबहादुर छेत्रीले उनीहरूको कागजपत्र न्यायसङ्गत नरहेको हिजो बताएका थिए। ‘हामी यहॉं 70-80 वषर्र्अघिदेखि रहँदै आएका छौं। तरपनि हाम्रो कागजपत्र नहुँदा नै हामीले उच्च न्यायलयमा जमिनको मालिकाना हकको निम्ति मुद्दा दर्ता गरेका हौं-क्षत्रबासीहरूले नाम नलेखिदिने शर्तमा भने। उनीहरूले भने, यदि न्यायपालिकाको निर्णय हाम्रो पक्षमा आएन भने हामी बिनाशर्त जमिन खाली गरिदिन्छौं। तर यदि न्यायपालिकाको निर्णय आफूहरूको पक्षमा आए उनीहरू एक इञ्च पनि जमिन छोड्‌ने पक्षमा छैनन्‌। स्मरण गराइन्छ, गत वर्षको जून महिनामा मॉं सन्तोषि टोलका 37 परिवारलाई जमिन खाली गर्ने नोटिस नगरपालिकाले दिएको थियो। त्यसैबेला उनीहरूले आफूहरूलाई जमिनको मालिकाना हक दिनुपर्ने भन्दै उच्च न्यायलयमा मुद्दा दर्ता गरेका छन्‌। यसैले मुद्दा छिनाफाना नभइकन आफूहरूलाई उठाए यो गैरकानुनी हुने क्षेत्रबासीहरू बताउँछन्‌। विधायकले कालेबुङको मूल द्वारमा नै झोपडपट्टी भन्दै कालेबुङको सुन्दरतामाथि पनि प्रश्न उठाएका थिए।
‘यदि हामीलाई यहॉं पक्का घर बनाउने अनुमति भएको भए सायदै हामी पक्का घर बनाउने थियौं’-उनीहरूले भने। किचडबाट थुप्रै कमलहरू फुलिसकेको क्षेत्रबासीले उदाहरण दिँदै यहीँबाट विद्यार्थीहरू पाइलट, इन्जिनियर, कालेबुङ टप्पर आदि भइसकेको बताए। उनीहरूले झोपडपट्टीमै बसेर पनि अवैद्य धन्दा नगरेको भन्दै स-सानो व्यवसायबाट जीविका चलाइरहेको बताए। घुम्दै फिर्दै रुम्झेटार भन्दै मोटर स्ट्‌याण्डको निम्ति विभागले नोभेल्टी परिसर नै देखेकोमा पनि क्षेत्रवासीहरू आशचर्यचकित छन्‌। नोभेल्टी परिसरमा मोटर स्याण्ड निर्माण गरेर कालेबुङको ट्राफिकको समस्या पूर्ण रूपमा सामाधान नहुने दावी गर्दै उनीहरूले भने, विभागले यस्तो ठाउँ खोज्नुपर्छ जहॉं मोटर स्ट्‌याण्ड बनाएपछि कम्तिको पनि 50-60 वर्ष टाउको दुखाउन नपरोस्‌।

पीडब्ल्यूडीलाई जमिन माग्दै पत्रचार
कालेबुङ, 10 अप्रेल।
महुकुमा पुस्तकालयको तल्लोपट्टिको जमिन कालेबुङको जनहीतको निम्ति भन्दै मल्टिस्टोरेज कम्पल्ेक्स बनाउ कालेबुङ नगपालिकाले पीडबल्यूडीलाई मागेको छ। उक्त 0.125 एकेर जमिन माग्दै कालेबुङ नगरपालिकाले सचिव पीडब्ल्यूडी कोलकातामा पत्रचार गरेको छ। नगरपालिका पब्लिक वर्क्स डिपार्टमेन्टबाट नगर पार्षदिका ज्योति राईले कालेबुङको ट्राफिक समस्या समाधानार्थ नोभेल्टी परिसरमा मोटर स्याण्ड निर्माणको निम्ति अघिबाटै राशि अडि्‌कएर बसेको बताइन्‌। मौसम सही हुनेबित्तिकै यहॉं मल्टिस्टोरेज निर्माण कार्य थालिने बताउँदै मोटर स्ट्‌याण्ड अनि मल्टीस्टोरेज कम्प्लेक्स दुवै दागोपाप अधिनस्त बनिने अनि पछिबाट नगरपालिकालाई हस्तान्तरण गरिने बताइन्‌। नोभेल्टी परिसरामा केवल 33 वटा दोकानहरू भएपनि चारतल्ले मल्टिस्टोरेजमा 60 वटा दोकानहरू हुने नगर पार्षद रवि प्रधानले बताए। यी दोकानहरू नोभेल्टी परिसरका 33 परिवारलाई कागजपत्रसहित हस्तान्तरण गरिने पनि तिनले बताए। यी परिवारहरूलाई उच्चेद गर्न नचाहेको अनि यो सम्पूर्ण कालेबुङको हीतको निम्ति उनीहरूलाई आफ्नो दोकान माथिल्लोतिर राम्रो व्यवस्था मिलाएर स्थान्तरण गरिने प्रधानले बताए।

गोरामुमोको पालामा बनिएको आधाकल्चो स्ट्याण्ड र कम्प्लेक्सलाई भत्काएर गोर्खा जनमुक्ति मोर्चाले नयॉं कम्प्लेक्स र स्ट्याण्ड बनाउने हो कि त्यसैमाथि थपथाप गर्ने हो खुलिएको छैन। तर 27 करोडको योजना रहेको भने खुलिएको छ। टोलवासीसित यो विकासको निम्ति प्रसासनिक सहमति भएको छैन। सहमति बिना नै कार्यथाल्ने हो भने विवाद चर्किने व्यापक सम्भावना छ। अहिले जुन मल्टिकम्प्लेक्स र उच्चस्तरीय स्ट्याण्ड बनाउने कुरा चलिरहेको छ, त्यस क्षेत्रका सचेतहरू अनुसार यो खपाउ योजना होइन। किन भने कालेबुङमा बढिरहेको वाहनहरूको संख्यालाई याद गर्नु हो भने सानो ठाउँमा सॉंघुरोरुपले बनाइएको मोटर स्ट्याण्ड र कम्प्लेक्स पर्याप्त हुने छैन। अहिलेको जुन संख्या वाहनहरूको देखिएको छ, ती वाहनहरूलाई व्यवस्थित गर्न पनि स्ट्याण्डको ठाउँ पर्याप्त हुने छैन। यसो हो भने यो योजना भविष्यको निम्ति कसरी भयो त? प्रश्र्न क्षेत्रवासीसित यस्तो रहेको छ। उनीहरू अनुसार कुनै ठूलो क्षेत्रमा यो योजनालाई कार्यान्वयनमा ल्याइनुपर्छ ता कि त्यो योजना भविष्यको निम्ति उपयोगी होस्‌। जे होस्‌, क्षेत्रवासीसित आएको सहमतिले नै मोर्चाको योजनाको भविष्य पनि तोक्ने देखिएको छ। अहिलेसम्म सहमति हुन नसक्नुमा क्षेत्रवासीको सुरक्षा र उनीहरूलाई प्रदान गरिनुपर्ने सहुलियतहरूबारे आइरहेको नितान्तै अस्पष्ट कुरा पनि मान्न सकिन्छ क्षेत्रवासीलाई लाग्न पर्‍यो कि जुन सहमति र सम्झौता हुन्छ त्यो अक्षरस्‌ पालन गरिनेछ। यता यसै मामिलामा  यसै क्षेत्रबाट उच्छेद भएका गोरामुमोबाट तीन र गोजमुमोबाट एक परिवारलाई हेर्दा भने क्षेत्रवासीले प्रशासन र पार्टीलाई ढुक्कले विस्वास गरिहाल्न सक्दैनन्‌। कारण के परेको छ भने चार परिवार यस क्षेत्रबाट पार्टी र प्रशासनको आश्र्वासनहरूको कारण नै उच्छेद भइसकेको छन्‌। उनीहरूलाई दिइएको कुनै पनि आश्र्वासनलाई न त गोरामुमोले न त गोजमुमोले नै पुरा गरेको छ, प्रशासनको त कुरै छैन। बरू प्रशासनले गोरामुमोकालमा बनिएको कम्प्लेक्स एउटा कोठा आठ लाखमा बिक्रि गरेको अपुष्ट समाचार पाइएको छ। 2006 मा गोरामुमोका नगराध्यक्ष सीके कुमाइले पनि यसै ठाउँमा स्ट्याण्ड र कम्प्लेक्स बनाउने योजना बनाएका थिए। तर योजना शुरू गर्न अघि त्यस क्षेत्रमा रहेका केही परिवारको घर बाधा बन्यो। फलस्वरुप उनीहरुलाई अन्यत्र सार्ने अथवा बनिएको कम्प्लेक्समा कोठा दिने आश्र्वासनमा कमला प्रधान, जीवन राम अनि पूर्णिमा राईको घर भत्काइयो। हामी त उच्छेद मात्र भयौं, यसकारण यो समस्या आश्वासनले समाधान हुँदैन-उच्छेद मध्येको एकले यस्तो गुनासो गरेका छन्‌। उनीहरू अनुसार 6 वर्ष बित्यो आश्र्वासनलाई न त पार्टीले पुरा गर्‍यो न त प्रशासनले। अहिले ती चार परिवार नगरपालिका प्रशासनद्वारा उच्छेदित भएर अन्यत्र आफ्नै बन्दोबस्तमा बसोबासो गरिरहेका छन्‌। क्षेत्रवासीले पार्टी र प्रशासन मिलेर तीन परिवारमाथि भएको अन्याय राम्ररी भुल्न पनि पाएका थिएनन्‌ गोर्खा जनमुक्ति मोर्चा र नगरप्रशासनले स्ट्याण्डको मुखैमा रहेको एसयुएमआईका पूर्व शिक्षक रामाशङ्‌कर प्रसादको घर नै भत्काइदियो।
कारण थियो जङ्गबीर सापकोटाका सालिग निर्माण। एउटा परिवारलाई उच्छेद गरेर अहिले जङ्गबीर सापकोटाको सालिग त्यहॉं उभिएको छ। रामाशङ्‌करलाई सापकोटाको सालिग उद्घाटनको दिनसम्म पनि घर भत्काइएको घरको साटो कही व्यवस्था मिलाइने आश्र्वासन दिइएको थियो। पार्टी र प्रशासनले दिएको त्यो आश्र्वासन पुरा भएको हेर्न नपाई रामाशङ्‌कर  बिते। तिनको छोरा निरज प्रसादको दाबी अनुसार पार्टी र प्रशासनको अन्यायले उपार्जन गरेको मानसिक प्रताडनाको कारण नै तीनको पिताको मृत्यु भएको हो।
अहिले निरज प्रसाद पनि आफ्नै व्यवस्थामा अन्यत्र नै बसोबासो गरिरहेका छन्‌। यी चार परिवारसित बितेको अन्यायपरक घटना भुल्न नसकेका मॉं सन्तोषी टोलका 37 परिवार मध्ये चार परिवारलाई घर हटाउने नोटिश पीडब्ल्यु विभागबाट आयो। जुन विभागबाट नोटिश आयो त्यो विभागलाई नै थाहा थिएन कि जमीन कसको हो। जमीन  नगरपालिका र पीडब्ल्युडीको नभएर बन विभागको रहेको छ। गोरामुमो कालमा होम्स नजिक लिचिग्राउण्डमा वन विभागलाई त्यसको साटो जमीन दिएर त्यहॉं स्ट्याण्ड वा कम्प्लेक्स बनाइने कार्य गोरामुमोद्वारा गरिएको थियो। पुस्तौंदेखि त्यस क्षेत्रका मानिसहरूले एकै खाले परिस्थितिको सामना गर्न परिरहेको छ त्यो हो उच्छेदन। जुनै पार्टी आए पनि आखिर उनीहरूलाई नै उच्छेदनको दवाब आइरहेको छ। अहिले मोर्चालाई बारम्बार क्षेत्रवासीले टार्ने कार्य गरिरहेको छ अनि उनीहरू कुनै पनि निर्णय दिन नसक्ने परिस्थितिमा देखापरेका छन्‌।  किन भने क्षेत्रवासी पुर्खौंदेखि स्दै आएको जमीनको मालिकाना हकको निम्ति अहिले लडिरहेका छन्‌। एक विशेष अधिकार अनुसार उनीहरूको माग जायज रहेको छ। तरै पनि प्रशासनले नीहरमाथि कस्तो दवाब दिने हो वा समस्याको समाधान कस्तो निकाल्ने हो, त्यो भने गर्भको विषय नै बनेको छ।
read more...

मुद्दा खेप्दै विधायक

कालेबुङ, 9 अप्रेल।
एक जमानाका प्रशिद्ध राजनैतिक आलोचक राजनीतिमा नै लागेर विधायक भएपछि खुरुखुरु मुद्दा खेपिरहेका छन्‌। तिनी हुन्‌ डा. हर्कबहादुर छेत्री। यिनी गोरामुमोकालीन राजनैतिक आलोचक हुन्‌।
तिनको आलोचनाले नै गोरामुमोलाई धरायसी बनाउने कार्य गरेको ठान्नेहरू अहिले दुविधामा रहेको भए पनि डा. छेत्रीलाई पछि फर्केर हेर्नु छैन। तिनी तिनका पाठक जो अहिले जनता छन्‌, उनीहरूकको निम्ति नै राजनीतिमा आएको बताउँछन्‌। तिनी आज स्ट्याण्डिङ कमिटी (होम)को जरुरी बैठकको निम्ति कोलकाता जानुपर्ने थियो। तिनी यसको एक सक्रियसदस्य हुन्‌ तर तिनी गए कालेबुङ न्यायलय। गोजमुमोको आन्दोलनलाई छोडेर पहाडमा शान्ति ल्याउने सम्झौता गर्दै पहाडको निम्ति जीटीए सञ्चालनमा आउने भएपछि मोर्चाले सरकारसित आन्दोलनकालमा लागेका सबै मुद्दाहरू माफ हुनुपर्छ भन्ने माग गरेको थियो। हत्याको मुद्दा बाहेक अरु मुद्दा माफ गरिदिने सरकारी बचन पनि थियो। यी नै विधायकले केही महिना अघि भनेका थिए, मैले मुख्यमन्त्रीसित कुराकानी गरेको छु, 10 दिनभित्रमा नै सरकारी मुद्दाहरू खारेज हुनेछ। तर चार महिना बित्यो सरकारी मुद्दा खारेज हुनु त परैको कुरा तिनी आफैले मुद्दा धाउनु परिरहेको छ। तिनले भने, एकपल्ट भनेर कहॉं हुन्छ, सरकारमा त बारम्बार चाप दिइरहनुपर्छ। जनवरीमा नै सरकारी मुद्दा माफ हुन्छ भनिएको थियो। मैले मुख्यमन्त्रीसित कुराकानी गर्दा नडराई बस्दा हुन्छ, विस्तारै सबै काम हुन्छ भनेकी थिइन्‌। तर विभाग त अल्छे छँदैछ, सरकारले पनि उति चासो देखाएको जस्तो छैन। तर पनि दवाब दिइनरहुपर्छ। भारतमा कहॉं एकैपल्टमा कुरा सुन्छ र दिएको बचन पुरा गर्छ? तिनलाई दुइप्रकारको मुद्दा लगाएको छ सरकारी र व्यक्तिगत। सरकारी मुद्दा र सरकारीरुपले नै माफ हुन्छ तर व्यक्तिगत मुद्दाले समय खान्छ। तिनले भने, कसले मुद्दा लगाएको हो, उनै देखिएको छैन। केवल मुद्दा संख्या मात्र थाहा भइरहेको छ। मुद्दा नलगाउने नआएकोले एउटा ट्रायल हुँदा नै जम्मै मुदा छिनाफान भइहाल्छ।
read more...

गोर्खा बाहुल, सम्पूर्ण तराई डुवर्स र 396 को अन्योलता

कालेबुङ, 9 अप्रेल।
वास्तवमा गोर्खा जनमुक्ति मोर्चाले के मागेको हो, त्यहीँ अन्योलता छाएको छ। हिजो एक दैनिकसित बोल्दै मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीले भनेका थिए, जीटीएमा गोर्खाबाहुल क्षेत्रहरू निश्चितरुपमा अन्तरभुक्ति हुनेछ।
यदि गोर्खाहरू अल्पसंख्यक छन्‌ भने त्यो क्षेत्र जीटीएमा गाभ्नैपर्छ भन्नु अगणतान्त्रिक हुनेछ। जीटीएमा नपरेका गोर्खाहरू अल्पसंख्यक रहेको  क्षेत्रको विकासको निम्ति सरकारसित कुराकानी गरिनेछ। तिनै डा. छेत्रीले आज भने, हामीले गोर्खा बाहुल क्षेत्र पस्नुपर्छ भनेका छैनौं। 396 मौजा पस्नुपर्छ भनेका छौं। अर्कोतिर मोर्चाले आदिवासी विकास परिषद् (बारला पन्थी)सित सम्झौता गरेको छ, जुन सम्झौता अनुसार जीटीएमा सम्पूर्ण तराई डुवर्सको अन्तरभुक्ति हुनुपर्छ अनि यसरी अन्तरभुक्तिपछि जीटीए सभाले जीटीएको नाम परिवर्तन गरि जीएटीए (गोर्खाल्याण्ड-आदिवासी टेरिटोरियल एड्‌मिनिष्ट्रेशन) बनाइने छ।
 मोर्चाको यो अन्योलपरक टिप्पणीले वास्तविकरुपको तराई-डुवर्सको अन्तरभुक्तिको मुद्दालाई नै छायामा पार्दै लगेको छ। किन भने मोर्चाले तराई र डुवर्सको अन्तरभुक्तिको करा गरेको गोर्खाल्याण्डको मानचित्र बनाउनु हो, गोर्खाबाहुल मौजाहरू संग्रह गर्नु होइन। मोर्चाले छुट्टै राज्य तराई, डुवर्स र दार्जीलिङ मिलाएर गठन हुनुपर्छ भन्ने मागमा आन्दोलन गरेको थियो। तर अहिले तराई र डुवर्सको गोर्खा बाहुल क्षेत्रको दाबीमा आइपुग्दा मोर्चाको आन्दोलन जनाकांक्षाको सीमा बाहिरको कुरामा पुगेको छ। मोर्चामाथि कस्तो प्रश्न उठेको छ भने जीटीएमा तराई र डुवर्सको गोर्खा बाहुल क्षेत्र अन्तरभुक्ति हुने हो भने आदिवासी विकास परिषद्सित भएको सम्झौता के को निम्ति हो? आज मोर्चा प्रवक्ता डा. हर्कबहादुर छेत्रीले कुरा सच्याउँदै के भनेका छन्‌ भने, मोर्चाले दाबी गरेको कुरा 396 मौजा हो। यो दाबी मौजामा आदिवासी-गोर्खाबाहुल क्षेत्रहरू रहेका छन्‌। हिज तिनैले भनेका थिए कि जीटीएमा गोर्खाबाहुल क्षेत्र निश्चितरुपमा अन्तरभुक्ति हुनेछ। जीटीएको सम्झौता अनुसार हाइपावर कमिटीले सिलगढी, तराई र डुवर्सका अतिरिक्त क्षेत्रहरूको कसिलोपन, समीपता, एकरुपता, जमीनीस्तरस्थिति र अन्य सान्दर्भिक घटकहरूको सन्दर्भमा परिचयको प्रश्नमाथि हेरबिचार गर्ने छ।
 यसबाट के स्पष्ट हुन्छ भने मोर्चाले दाबी गरेको 396 वटा मौजाहरूमाथि हाइपावर कमिटीले हेर बिचार गर्नेछैन। हाइपावर कमिटीले जीटीएमा हस्तान्तरित हुन सक्ने सान्दर्भिक घटकहरूबारे हेरबिचार गर्नेछ। यसो हुँदा हाइपावर कमिटीले मोर्चाले दाबी गरेको मौजाहरूमाथि नै निर्णय गर्छ भन्ने होइन। हाइपावर स्वतन्त्र छ अनि मोर्चाको 396 को दावबमा हाइपावर आउने छैन। यसैकारण भोलिको असुविधालाई हेरेर मोर्चाले केवल गोर्खाबाहुल क्षेत्रमात्र पस्न सक्छ र अल्पसंख्यक क्षेत्र छोडिनसक्छ भनिरहेको छ। डा. छेत्रीको कुराको आशय पनि यही रहेको छ। जीटीएमा गोर्खा बाहुल क्षेत्र मात्र पस्ने हो भने मोर्चालाई असुविधा पर्ने छ किन भने मोर्चाले आविपसित पनि सम्झौता गरेको छ, जुन सम्झौता अनुसार जीटीएमा सम्पूर्ण तराई डुवर्सको अन्तरभुक्ति हुनुपर्छ। तराई र डुवर्सको अन्तरभुक्ति जीटीएमा भएपछि जीटीएलाई जीएटीए बनाइने छ अनि पहाडमा मोर्चाले र तराईमा आविपले जीएटीए चलाउनेछ। तर मोर्चाको फरक फरक टिप्पणीले आविपसितको सम्झौता र हाइपावर कमिटीको कार्यभारमाथि नै अन्योलता छाइसकेको छ। हाइपावर कमिटीले तथ्यको आधारमा रिपोर्ट बुझाउनुपर्ने मोर्चाको दवाब छ। यद्धपि हाइपावर कमिटीले कसैको दवाबमा रिपोर्ट बनाउने छैन। कमिटीले जस्तो रिपोर्ट बनाउने छ, त्यसैलाई नै सरकार र मोर्चाले मान्नुपर्छ।
 हाइपावर कमिटीले 16 वटा मौजा सिफारिस्‌ गरेमा पनि मोर्चा यसलाई मान्न बाध्य हुनेछ अनि 100 वटा मौजा गाभे पनि मोर्चा बाध्य बन्नेछ। तर हाइपावर कमिटीले सिफारिस गरेको कम्ति मौजामा नै मोर्चाले सन्तुष्टि लिने हो भने मोर्चाले गोर्खाल्याण्डको मानचित्रमा सम्झौता गरेको बुझिनेछ अनि मोर्चाले छुट्टै राज्यको मानचित्र सॉंघुरो बनाएको हुनेछ। आज डा. छेत्रीले भने, हामीले 396 वटा आदिवासी-गोर्खा बाहुल क्षेत्रको दाबी गरेका छौं। आदिवासीहरू पनि जीटीएमा बस्न चाहे सरकारले मान्नुपर्छ। 396मा पनि आविपले अझ मौजा थप्नुपर्छ भन्दैछ, यो उनीहरूको लडाईँ हो। हाइपावर कमिटीलाई बुझाउन सकेमा आदिवासी क्षेत्र पनि जीटीएमा पस्न सक्छ। यो असम्भव छैन। तर आदिवासीहरू यसको निम्ति एकमत हुनुपर्छ। सरकारले जनताले भनेको मान्नु नै पर्छ। आज दिएको डा. छेत्रीको टिप्पणी पनि विवादास्पद नै छ। तिनले दाबी गरिएको भनिएको 396 मौजामा आदिवासी क्षेत्र पनि जोड्‌नुपर्ने आविपको पनि माग छ। आदिवासीले चाहेमा जीटीएमा बस्न सक्छ। अर्थात मोर्चाले हाइपावरले तथ्यको आधारमा रिपोर्ट बुझाउनुपर्छ भन्ने कुरा गोर्खाबाहुल आधारित हो कि गोर्खा-आदिवासी आधारित हो? यहीं पनि अन्योलता छाएको छ। मोर्चाले गरिरहेको सम्पूर्ण अन्योलताको जवाब भने हाइपावर कमिटीले नै जुन महिनाको पहिलो सातामा दिने निश्चित छ।
read more...

बन्ने नै भयो मल्टिकम्प्लेक्स

कालेबुङ, 9 अप्रेल।
अन्ततःनोभेल्टी परिसरमा अत्याधुनिक, वृहत बहुतल्ले मोटर स्ट्याण्ड बनिने नै भयो।
भोलिदेखि नोभेल्टी परिसरमा कालेबुङ नगरपालिकाले मल्टीस्टोरेज कम्प्लेक्सको लागि भित्ता खन्ने कार्य शुरू गर्ने भएको छ। कालेबुङ महकुमा पुस्तकालय तल्तिरको भित्तामा मल्टिस्टोरेज कम्पलेक्स बनाइएर नोभेल्टी परिसरमा वर्षौदेखि रहिआएका मॉं सन्तोषी टोलका 35 परिवारलाई स्थान्तरण गरेर उक्त क्षेत्र खाली गरिने भएको छ। यो आज बसेको प्रशासनिक स्तरीय बैठकले गरेको निर्णय रहेको मोर्चा प्रवक्ता एवं विधायक डा. हर्कबहादुर छेत्री अनि महकुमा अधिकारी एलएन शेर्पाले बताए। यो निर्णय नोभेल्टी परिसरका 35 परिवारले मान्नैपर्छ भन्ने अडान विधायकको छ। कालेबुङको सम्पूर्ण जनताको हीत अनि कालेबुङको भविष्यको निम्ति भन्दै पहाडका शक्तिशाली दल गोर्खा जनमुक्ति मोर्चा अनि विधायकको हिसाबले आज डा. छेत्रीले  नयॉं मोटर स्याण्डमा रहेका 35 परिवारलाई मल्टीस्टोरेज कम्प्लेक्समा सर्नैपर्ने चाप सृजना गरिदिएका छन्‌। नोभेल्टी परिसरमा रहिआएका 35 परिवारको न्यायसङ्गत कागजपत्र नरहेको पनि डा. छेत्रीले बताए। कालेबुङ नगरपालिकाले अघिल्लो हप्ता नोभेल्टी परिसरमा सर्वेक्षण गर्दा सडकको माथिल्लो भाग पुलिस प्रशासनको रहेको दावी गरिएको थियो। यसै विषयमाथि आज कालेबुङ महकुमा अधिकारी, पुलिस प्रशासन, कालेबुङ नगरपालिका, भूमि अनि भूमि सुधार विभाग, पीडब्ल्यूडी अनि विधायकबीच महकुमा अधिकारी कार्यालयमा बैठक भयो। बैठकमा पुलिसले दावी रहेको उक्त जमिन पीडब्लूडीकै रहेको तय भयो। यैसैले नोभेल्टी परिसरमा रहेको जमिनलाई  सर्वसाधरणको पक्षमा पछिबाट कालेबुङ नगरपालिकाई सुम्पिने भएको महकुमा अधिकारी एलएन शेर्पाले बताए। जुन ठाउँका मानिसहरुको निम्ति बैठक भयो उनीहरूलाई भने बैठकमा बोलाइएन। समस्या नै मॉं सन्तोषी टोलका मानिसहरू हुन्‌, जसले कुनै उच्चाधिकारीले लिखितरुपमा उनीहरूलाई स्थान्तरण गर्ने र पुनर्वास गर्ने आश्वासन दिए मात्र ठाउँ छोड्‌ने बताइरहेका छन्‌। तर आज भएको बैठकमा क्षेत्रवासीको यो मागबारे कुन चर्चा नभएको महकुमा अधिकारी एलएन शेर्पाले बताएका छन्‌। गोरामुमोकालमा पनि यस क्षेत्रमा मानिसहरूलाई मल्टिकम्प्लेक्स बनाउनको निम्ति यसरी नै उच्छेद गर्ने प्रयास गरिएको थियो तर त्यसबेला क्षेत्रवासीले न्यायलयमा मुद्दा हालेपछि गोरामुमो ठेगानामा आएको थियो। अहिले पनि क्षेत्रवासीले पुर्खौंदेखिको रैथानेहरूलाई जमिनको मालिकाना हक दिइनुपर्छ भन्ने सम्बन्धमा मुद्दा हालिएको छ। मोर्चाले क्षेत्रवासीसित अनेकौंपल्ट बैठक गरिसकेको छ तर अहिलेसम्म कुनै पनि समाधानको बाटो निस्किएको थिएन। किन भने क्षेत्रवासीको एउटै माग छ, उच्छेद गर्ने नै हो भने पुनर्वासको निम्ति उच्चप्रशासनिक अधिकारीले लिखितरुपमा आश्वासन दिनुपर्छ। नत्र यसै कुनै पनि पार्टी र कुनै पनि लोकल प्रशासनले भन्दैमा क्षेत्रवासीहरू ठॉंउ छोड्‌ने पक्षमा छैन। तर क्षेत्रवासीको यो एकैवटा मागबारे भने कसैले पनि ध्यान नै दिएको छैैन। आज भएको बैठकमा पनि यो कुरा निस्किएन भने बैठकमा क्षेत्रका कुनै प्रतिनिधिलाई समेत बोलाइएन। यस्तोमा क्षेत्रवासीको समस्याको कारण मल्टिकम्लेक्स निर्माण कार्य सम्भव छ के त? भन्ने प्रश्न गर्दा विधायकले सम्भाव रहेको बताए भने क्षेत्रवासीहरूको अडानबारे होइन आज भएको बैठकको निर्णय क्षेत्रवासीले मान्ने पर्ने बताएका छन्‌।
read more...

‘हाइपावरमाथि भर पर्नु कुकुरलाई मासु पैचो दिनु बराबर’

कालेबुङ, 6 मार्च।
गोर्खाल्याण्ड टास्क फोर्स मोर्चामाथि गजबले बर्सियो। मोर्चाले दिइरहेको जम्मै स्पष्टीकरणको जवाबमा गोर्खाल्याण्ड टास्क फोर्सले मोर्चालाई यस्तो चुनौती दिएको छ, जो मोर्चाको निम्ति धेरै संवेदनशील कुरा बनेको छ।

यस सम्बन्धमा आर मोक्तानले भने, मोर्चाले गोर्खाल्याण्डको मुद्दा छोडेको छैन भन्छ भने सात दिनभित्रमा जीटीए होइन गोर्खाल्याण्ड चाहिन्छ भनेर राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीलाई दिल्ली गएर ज्ञापन दियोस्‌। मोर्चा कति पानीमा छ सबै छर्लङ्ग हुन्छ। तिनले दाबी गरे, मोर्चाले कुनै पनि वार्तामा गोर्खाल्याण्डको कुरा गरेको छैन। पहिलो बैठकमा मात्र गोर्खाल्याण्डको कुरा भयो, जसको साक्षी म आफै हुँ। पहिलो बैठकपछि मोर्चाले अल पार्टी च्याप्टर क्लोज गरेपछि दोस्रो बैठकमा गोर्खाल्याण्ड होइन प्राधिकरण चाहिन्छ भन्ने माग गरेको छ। यसै कारण नै तेस्रो त्रिपक्षीय वैठकमा मोर्चाले सात सुत्री मागमा सम्झौता गर्‍यो। 11 अगस्त 2009मा मोर्चाले गरेको सात सुत्री सम्झौताको धारा 2 को उपधारा 2 अनुसार मोर्चाले माग गरेको प्राधिकरणको अधिकार र विभागमाथि आठवटा वैठक भयो। यसैको छलफलपछि 18 जुलाई 2011मा मोर्चाले जीटीएमा सम्झौता गर्दै हस्ताक्षर गरेको हो। मोक्तान अनुसार गोर्खाल्याण्डको मुद्दासित जीटीए साट्‌नको निम्ति नै वास्तवमा मोर्चाले अल पार्टी च्याप्टर क्लोज गरेको हो। च्याप्टर क्लोज गरेपछि मोर्चाले दिल्ली गएर कहिल्यै गोर्खाल्याण्डको कुरा गरेन। आठवटा त्रिपक्षीय वार्तामा गोर्खाल्याण्डको नभएर प्राधिकरणको कुरा गर्‍यो। किन भने सबैपार्टीले पहिलो वार्तामा नै गोर्खाल्याण्डको कुरा गरेको थियो। पार्टीहरूले गोर्खाल्याण्डको कुरा गरेकोले नै मोर्चाले अल पार्टी च्याप्टर क्लोज गरेको हो। यसो गर्दा मोर्चालाई प्राधिकरणको कुरा गर्न सजिलो भयो। अझ पनि मोर्चाले गोर्खाल्याण्डको मुद्दा छोडेको छैन भन्छ भने त्यसलाई प्रमाणित गरेर देखाउनुपर्छ। यसको निम्ति टास्क फोर्सले मोर्चालाई सात दिनको समय दिएको छ। सात दिन भित्रमा मोर्चाको प्रतिनिधि टोलीले दिल्ली गएर राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीलाई जीटीएको सम्झौता खारेज गर्नुपर्छ र छुट्टै राज्य दिनुपर्छ भनेर माग गरेर देखाओस्‌। मोर्चाले तर यो काम गर्नै नसक्ने पनि टास्क फोेर्सले स्पष्ट पारेको छ। मोर्चाले बङ्गालबाहिरको छुट्टैराज्यको मुद्दालाई छोडेर बङ्गालभित्रको जीटीए स्वीकार गरिसकेको छ। टास्क फोर्स अनुसार कुनै राजनैतिक बाध्यता र असुविधा बिना नै  गोर्खाल्याण्डको मुद्दासित जीटीए साट्‌नु मोर्चाको मुर्खता हो। मोक्तानले भने, हतारमा जीटीएमा सम्झौता गर्ने मोर्चा हो। किन भने बङ्गाल बाहिर राज्य हुनुपर्छ भन्ने आन्दोलनलाई रोकेर बङ्गालभित्रको जीटीए ग्रहण गर्दै पहाडमा शान्ति राख्ने सम्झौता भइसकेको छ। तिनले अझ भने, मोर्चालाई यतिबेला तराई र डुवर्सको याद आउनु र हाइपावर कमिटीमाथि भर पर्नु कुकरलाई मासु पैंचो दिनु बराबर हो। किन भने मोर्चाले हाइपावर कमिटीको निर्णय मानिनेछ भन्ने निर्णय सरकारलाई दिनु गतिलो भूल भइसकेको छ। मोक्तान अनुसार हाइपावर कमिटीले जुन निर्णय गर्छ यो नै सर्वोपरि हुन्छ भन्नुमा सरकारलाई होइन मोर्चालाई नै हानिकारक छ। हाइपावर कमिटीले गर्ने निर्णय सरकारको पक्षमा नै हुने छ कि भने यो सरकारी कमिशन हो। तिनले बताए अनुसार तराई र डुवर्सको एकै इञ्च भूभाग पनि नछोड्‌ने कुरा गर्ने मोर्चा नै हो। यसकारण मोर्चाले नै आफ्नो बचन पुरा गर्नुपर्छ। गोर्खाल्याण्ड टास्क फोर्स कुनै पनि कोअर्डिनेशन कमिटीमा सामेल हुँदैन किन भने फोर्स बङ्गालभित्रको व्यवस्था माग्ने बङ्गालको एजेन्सी होइन। मोर्चा बङ्गालभित्र बस्छु भन्दैछ, टास्क फोेर्स बङ्गाल बाहिर पहाड र डुवर्सलाई लिएर छुट्टै राज्य हुनुपर्छ भन्ने माग गरिरहेको छ। मोक्तानले भने, गोर्खाल्याण्ड टास्क फोर्सको आफ्नै राजनैतिक मापदण्ड र रणनीति छ। यसैलाई लिएर बङ्गाल बाहिर छुट्टै राज्य हुनुपर्छ भन्ने दाबी फोर्सले गर्ने छ। फोर्सलाई बङ्गालभित्रको जीटीए स्वीकार्य छैन।
read more...

सिर्जना र अभिष्टमा ह्याट्रिक गर्दै पहिलो साहित्य युवा साहित्य एकाडेमी विजेता कवि रेग्मी

कालेबुङ, 6 मार्च।
सिर्जना र अभिष्टबाट भारतीय नेपाली साहित्यिको क्षेत्रमा पहिलो युवा साहित्य एकादमी पुरस्कार बिजेता कवि कमल रेग्मीको निम्ति तिनको कविता संग्रह सिर्जना र अभिष्ट ‘लक्की’बनेको छ।

लक्की यसकारण कि यो पुस्तकले दुइटा ह्याट्रिक गरेको छ। तिनकी स्वास्नीको नाम सिर्जना अनि छोरोको नाम अभिष्ट। स्वास्नी र छोरोको नामबाट कविता पुस्तकको नाम जुराउने कवि रेग्मीको यो पहिलो ह्याट्रिक थियो। सिर्जना र अभिष्टभित्र कै दुइ कविता पढ्‌न कमल रेग्मीलाई साहित्य एकाडेमीको सर्वभारतीय कवि सम्मेलन अनि आकाशवाणीको सर्वभाषा कवि सम्मेलन पुर्‍याएपछि अब पहिलो युवा एकाडेमी पुरस्कार ग्रहण गर्नको निम्ति अब दिल्ली पनि पुर्‍याउने भएको छ। कमल रेग्मीको ह्याट्रिक गर्ने बानी गाउँदेखि नै हो। तिनले 1995 देखि 1997सम्म झोलुङको भानु जयन्तीको कविता गोष्ठीमा पहिलो पुरस्कारमा ह्याट्रिक गरेका थिए।
 एक भेटमा तिनले आज भने, बिहान फोन अन गर्ने वत्तिकै एक शुभचिन्तकले म्यासेज पठाएका थिए। त्यहींबाट थाहा पाएँ पहिलो युवा साहित्य एकाडेमी मैले पाएको रहेछु। मलाई लाग्यो कविकोरुपमा मलाई जुन मान्यता प्रदान गरियो, त्यसलाई इमान्दाररुपले निर्वाह गर्ने भार आयो।
 वास्तवमा शुरुमा कमल रेग्मी कवि नै थिए। जब तिनको गीत नेपाल भारतका नेपाली श्रोताहरूले सुन्न थाले तिनी गीतकारकोरुपमा परिचित बने। सन्‌ 1996मा कमल रेग्मीका कविताहरू प्रकाशित र्ने रेग्मीले 2006 मा गीत संग्रह कॉंड़ाफूल प्रकाशित गरे। यही संग्रहले तिनको सिर्जनात्मक जीवनमा नयॉं दिशा थप्यो किन भने गीत संग्रहले दुइ संस्करण प्रकाशित भएको इतिहास कॉंड़ाफूलको मात्र छ। कॉंड़ाफूल पढ्‌नेहरूलाई किताब दिएर मात्र तिनलाई पुगेन।
 अर्को वर्ष तप्कना गीति सिडी नै निकाले। रेग्मीको सिर्जनशक्तिलाई छेउबाट चिनेका दार्जीलिङको प्रकाशन संस्था श्याम ब्रदर्शले रेग्मीका कृतिहरू वर्सेनी प्रकाशित गर्दै आइरहेको छ। तप्कनापछि तिनले पुरस्कृत कविता संग्रह सिर्जना र अभिष्ट प्रकाशित गरेका हुन्‌‌‌।


यहीँबाट तिनका सातवटा कविताहरू हिन्दी र अंग्रेजीमा अनुवाद समेत भइसकेको छ।
 अघिल्लोवर्ष गजल संग्रह ऋृतु गीत प्रकाशित गर्ने रेग्मीले 2011 मा पनि कमलकोठी नामक गजल संग्रह नै प्रकाशित गरेका छन्‌। प्रत्येक वर्ष एउटा पुस्तक प्रकाशित गर्ने संकल्प नै लिएका रेग्मीको 2012 मा हिउँको आगो नामक गीत संग्रह प्रकाशित हुने भएको छ। 1993 मा गाउँमा पर्यावरण दिवस मनाएको केही दिनपछि कमल रेग्मीको पर्यावरण दिवस शीर्षकको कविता सरमाथामा प्रकाशित भयो। त्यसैदिनदेखि कवि भएको कमल रेग्मीले कालेबुङ कलेजमा कमल शर्मा रेग्मी भएर कविताहरू लेखे। कलेजपछि गोरुबथानमा शिक्षक बनेर गएपछि नै तिनको सिर्जशीलता खुुलेको हो।
 रोङ्गो सिन्कोना बगानको गैरीबास डिभिजनका कमल रेग्मीले प्राप्त गरेको पुरस्कार यो भेगको सबैभन्दा ठूलो पुरस्कार रहेको छ।
read more...

कालेबुङमा गोरामुमो अस्तित्वबिहिन?

कालेबुङ, 5 अप्रेल।
एक समय गोरामुमोको गढ मानिने कालेबुङमा अब गोरामुमो अस्तित्वबिहिन बनिसकेको हो त भन्ने प्रश्न उठ्‌न थालेको छ।

कालेबुङमा गोरामुमोले आज स्थापाना दिवस पालन गर्ने हल्ला थियो।  तर आज पार्टीको स्थापना दिवसमा पनि गोरामुमो समर्थकहरू निस्किएनन्‌। गत विधानसभा चुनाउसम्म पनि पहाडको दह्रो विपक्षी दलको रूपमा परिचय दिने गोरामुमो समर्थकहरू आफ्नो नेताहरू पहाडमा नरहेकै कारण अघि आउन नसकेको नाम नबताउने सर्तमा एक गोरामुमो कार्यकर्ताले बताए। उक्त कार्यकर्ताअनुसार वर्तमान राजनैतिक परिस्थितिलाई केन्द्र गरेर गोरामुमो सडकमा निस्कँदा पहाडमा अशान्ति हुने भय लछेप्रे रहेको कारण उनीहरू अघि आउन सकेनन्‌। पहाडमा अझपनि गणतन्त्र नरहेको गोरामुमो कार्यकर्ताहरूले दावी गरेका छन्‌। आज कालेबुङमा पनि गोरामुमोले स्थापना दिवस पालन गर्ने हल्लाले नगरमा गोजमुमो कार्यकर्ताहरूको चलपहल निक्कै देखियो। गोरामुमोमाथि गुप्तचर विभागले पनि गिद्दे नजर राखिरहेको भएपनि आज कालेबुङको कुनै पनि क्षेत्रमा गोरामुमोले स्थापना दिवस पालन गरेन। कालेबुङमा गोरामुमो प्रायः अस्तिवबिहन बनिसकेको हो कि भन्ने शङ्‌का गर्न स्वभाविक बन्छ। किनभने, कालेबुङका पूर्व गोरामुमो अध्यक्ष दावा पाख्रिनले गरामुमोलाई त्यागेर आफ्नै नयॉं दल गोर्खा राष्ट्रिय निर्माण मोर्चा गठन गरिसकेका छन्‌ भने गोरामोमो अग्र    पङि्‌क्तका नेताहरू मौरिश कालिकोटे, प्रकाश दाहाल, छिरिङ शेर्पा आदि अझ पनि समतलमा निर्वासित जीवन बिताइरहेका छन्‌। लगभग 5 वर्षसम्म पार्टीका नेताहरूले समतलबाट रमिता मात्र हेरिरहेकोले पहाडका गोरामुमो समर्थकहरू हताश बनिसकेको पनि राजनैतिक पर्यवेक्षकहरू ठान्छन्‌। स्मरण गराइन्छ, छैटौं अनुसूचीको माग गर्दा नै पहाडबाट लखेटिनु परेका गोरामुमो सुप्रिमो सुवास घिसिङ आजपर्यन्त पनि छैटौं अनुसूचिकै वकालती गरिरहेका छन्‌। समतलमा नै बसेर पनि छैटौं अनुसूचीकै वकालती गरिरहने सुवास घिसिङको अहिलेको मौनता सबैमा एक जिज्ञासा नै बनेर रहेको छ। एकातिर गोरामुमोलाई सत्ताच्यूत गरेर सुवास घिसिङलाई पहाड छोड्‌न बाध्य बनाउने गोजमुमोले अहिले जीटीएको निम्ति करसत गरिरहेको समय छैटौं अनुसूची अनि जीटीएको क्षमतालाई तुलना गरेर हेरिने कार्य पनि भइरहेको छ।  
read more...

टास्क फोर्स र मोर्चाबिचको वाक युद्ध -को कति पानीमा?

कालेबुङ, 5 अप्रेल।
गोर्खाल्याण्ड टास्क फोर्सले भन्यो, मोर्चाले गोर्खाल्याण्डको कुरा गर्दै गरेन।

किन भने राष्ट्रपतिले गोर्खाहरुले गरिरहेको लामो आन्दोलनको समस्याको मेरो सरकारले समाधान गर्‍यो, भनेकी छन्‌। राष्ट्रपतिले गोर्खाल्याण्डको समाधान होइन जीटीएको समाधान भनेकी हुन्‌। यसै कुरालाई लिएर मोर्चाको असहमति व्यापक छ। यता मोर्चाले भनेको छ, राष्ट्रपतिले समाधान भयो भन्दैमा गोर्खाल्याण्डको कुरा सकिएको हुन्छ र? हामीले गोर्खाल्याण्डको माग स्थगित गरेका छैनौं। ड्रप पनि गरेका छैनौं। यो वाक युद्ध टास्क फोर्स र मोर्चाबिच चलिरहेको छ अनि यसको साक्षी छन्‌ जनता। जनताले कसको कुरा सुन्नुपर्ने अन्योलता बिचमा छ। गोर्खाल्याण्ड टास्क फोेर्सले शुरुमा जीटीएको विरोध गरेको थिएन। भनेको थियो, जीटीए क्षेत्रीय विकास एजेन्सी हो, यसले गोर्खाल्याण्डको मुद्दालाई कुनै असर गर्दैन। जब जब गोर्खाल्याण्ड टास्क फोर्स छुट्टै राज्यबारे केन्द्रिय नेताहरूलाई अवगत गर्न दिल्ली लाग्यो तब दिल्लीबाट नै टास्क फोर्सले जीटीएको विरोध गर्‍यो।  हिजोसम्म जीटीएले गोर्खाल्याण्डको मुद्दालाई कुनै असर गर्दैन भन्ने टास्क फोर्सले दिल्ली पुग्ने वित्तिकै किन जीटीएको विरोध गरेको? यो प्रश्नको उत्तरमा टास्क फोर्सले भन्यो, हामीले ठानेका थियौं, जीटीए दार्जीलिङको तीनवटा महकुमाको निम्ति दागोपाप जस्तै एउटा विकास एजेन्सी हो। यसले विकास गर्छ। तर दिल्ली पुगेर केन्द्रिय नेताहरूसित भेट गर्दै गोर्खाल्याण्डको कुरामा सहमति जुटाउने काम गर्दा यस्तो कोही नेता थिएनन्‌, जसले गोर्खाहरूको समस्याको समाधान भयो नभनेको होस्‌। सबैले नै गोर्खाहरूको आन्दोलन र दाबीलाई सरकारले मानिलिएको बताए। यसको अर्थ यही भयो कि मोर्चाले जीटीए नै गोर्खाहरूको समस्याको समाधान हो भन्ने कुरा केन्द्रलाई बुझाएको छ। यसै कारण केन्द्रिय नेताहरूले जीटीए नै गोर्खाहरूको समस्याको समाधानकोरुपमा बुझेका छन्‌। यही कुरा मुद्दाको निम्ति घातक हो। हामीले थाहा पायौं कि मोर्चाले दार्जीलिङ पहाडको विकास गर्न मुद्दालाई दाउमा हालेको छ। जीटीए नै गोर्खाहरूको समस्याको समाधान हो भनेको छ। यसै कारण टास्क फोर्सले विरोध गर्न शुरु गरेको हो। अहिले जीटीएको चुनाउ सीमाङ्‌कन अघि नै हुने अनि 16 वटा मौजा लगाएर चुनाउ गर्ने कुरा मोर्चाले मानिलिएको छ। फोर्स अनुसार मोर्चाले जनतालाई धोका दिएको छ। टास्क फोर्सले जुन आरोप मोर्चालाई लगाइरहेको थियो त्यसलाई पुष्टि गर्ने कुरा राष्ट्रपतिको सम्भाषण रहेको छ। किन भने राष्ट्रपतिले पनि गोर्खाहरूको समस्याको समाधान तिनको सरकारले गरेको बताइसकेकी छन्‌। अथवा जीटीएबाट गोर्खाल्याण्डको समस्या समाधान भयो भनी सकेकी छन्‌। यही सम्भाषणले टास्क फोर्सले लगाएको आरोप सही रहेको कुरा अहिले व्यापकरुपले गरिरहेको छ। तर यही कुराको खण्डन मोर्चाले गरिरहेको छ। यसै विषयमा टास्क फोर्स र मोर्चाबिच वाक युद्ध छेडिएको छ। तर गोर्खा जनमुक्ति मोर्चाका केन्द्रिय समितिका बलिया नेताहरू भने टास्क फोर्सको आरोपबारे मौन छन्‌। केवल सामुएल गुरूङले मात्र टास्क फोर्सको आरोपको खण्डन गरिरहेका छन्‌। कुरा कहॉंनेर गम्भीर छ भने दिल्लीका नेताहरूले जीटीएलाई कसरी बुझेका छन्‌ अनि केन्द्र सरकारले पनि कसरी बुझेेका छन्‌ भन्ने कुराको जानकारी मोर्चाले कहिले दिएको छैन। टास्क फोर्सले दिल्लीका नेताहरूसित कुराकानी गर्दा नै जीटीएलाई नै गोर्खाल्याण्ड आन्दोलनको समाधान बुझेको कुरा छापामा आएको छ। यो कुरा कति गम्भीर हो, यो कुरा बुद्दिजीवीहरूले नै केलाउलान्‌ तर गोर्खाल्याण्डप्रतिको मोर्चाको दृष्टिकोण बुझ्न मोर्चाले यसबारे दिएका टिप्पणीहरूलाई अध्ययन गर्न भने सकिन्छ। मोर्चाले भनेको छ, छुट्टै राज्य अहिले नै हुन नसक्ने देखिएपछि अनि राज्य निर्माणको निम्ति लामो आन्दोलन मात्र गरिरहन नसकेपछि जनताको आर्थिक पक्ष र क्षेत्रको विकासलाई ध्यानमा राखेर सरकारको सुझावस्वरुप जीटीए स्वीकार गरिएको हो। मोर्चाले यो विकास एजेन्सीलाई डिफेक्टो स्टेटको रुपमा व्याख्या गरेको छ भने नाम मात्र राज्य छैन जम्मै सुविधा राज्यकै रहेको बताएको छ। मोर्चा आफ्नो भनाइमा इमान्दार छ कि राज्य नहुने देखेपछि मात्र मोर्चाले विकासतिर ध्यान मोडेको हो। मोर्चाको यस्तो वयानले स्पष्ट पार्छ कि मोर्चाले राज्य निर्माणको परिस्थिति तयार पार्न सक्दैन। किन भने तेलङ्गना जस्तो राज्य र निर्माण हुन सकेको छैन भने तीन विधायक र केवल एक सांसद रहेको दार्जीलिङमा छुट्टै राज्य भइहाल्ने कुरा कतैबाट पनि अहिले सम्भाव छैन। सम्भव नरहेको जान्दा जान्दै पनि आन्दोलन गरिरहनु भनेको आफ्नै संसाधन नष्ट गर्नु हो अनि पहाडमा गरिबी निर्माण गर्नु हो। यस कारण मोर्चाले वार्तामा पनि जीटीए कै कुरा गर्‍यो अनि केन्द्र र राज्यलाई पनि जीटीएकै कुरा गर्‍यो। 11 वटा वार्ताको फलाफल नै जीटीए हो भनेर मोर्चाले नै बताइसकेको छ। यता टास्क फोर्सले भनेको छ, तेलङ्गना आन्दोलनकारीहरूअघि पनि कमिशन बसाइयो। धेरै विकासका व्यवस्थाहरू देखाइयो तरै पनि उनीहरू मानेनन्‌ अनि आन्दोलनमा अडिग रहेका छन्‌। उनीहरूलाई कुनै सम्झौता गर्नु छैन किन भने छुट्टै राज्यको आन्दोलनकारीहरूलाई कुनै पनि निकृष्ट कुराको निम्ति सम्झौता गर्नु छैन। नेतृत्व र जनता छुट्टै राज्यको मुद्दाप्रति इमान्दार छन्‌ र अझसम्म पनि डटिरहेका छन्‌। यो निरन्तरताले नै छुट्टै राज्य निर्माणको परिस्थिति केन्द्रमा निर्माण गर्छ। तर गोर्खाल्याण्डको आन्दोलनमा भने किन फेरि अर्को सम्झौता? के राज्य नभइ पनि जनता बॉंचिरहेका छैनन्‌ र? पहाडको विकास गर्ने काम राज्य सरकारको होइन र? के आन्दोलन गर्दा राज्यले विकास कार्य नै छोड्‌छ? आन्दोलनक्षेत्रमा सरकारी काम हुँदैन? आन्दोलनको ढॉंचा गतल छ भने पो समस्या उत्पन्न हुन्छ। बौद्धिक र इमान्दाररुपले आन्दोलन गरिरहनुपर्छ, जब कि छुट्टै राज्य निर्माणको परिस्थिति हुँदा गोर्खाल्याण्ड छोडिनु हुँदैन। तर मोर्चाले जीटीए नै गोर्खाहरूको समस्याको समाधान बताएकोले अब कुनै पनि राज्य निर्माणको प्रक्रिया हुँदा गोर्खाल्याण्ड छोड्‌ने निश्चित भयो। यसै कारण नै जीटीएको विरोध भन्दा पनि धेर जीटीए गोर्खाहरूको समस्याको समाधान होइन भन्ने कुराको प्रचार र छुट्टै राज्यले नै गोर्खाहरूको समस्याको समाधान गर्छ भन्ने कुराको प्रचार गरिएको हो। मोर्चा र टास्क फोर्सबिच यही अन्तर छ। यो अन्तर हुँदाहुँदै पनि दुइ सङ्गठनबिच वाक युद्धको के अर्थ हुन्छ? यो प्रश्नको उत्तर अध्येयताहरूले नै बताउन सक्ने छन्‌।
read more...