मुख्य समाचार :


Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

माचिस र छेपारो

प्रवीण खालिङ
गान्तोक।


ऐना फुटे जस्तो

चर्को जिन्दावादले

बस्तीको निन्द्रा डिस्टर्ब भएपछि

गॉंउले सिरानीमा राखेको माचिस छाम्छ।


थाहा छ,

आगोको बिउ जोगाउन कति साह्रो छ ?

उ सतर्क छ

विजय जुलुसको झरीमा

माचिस ओस्सिनु हुँदैन

अनि

उ छामिबस्छ खल्ती घरि घरि

र ढुक्क हुन्छ

आगोको अनिकाल परेको गॉंउमा

जोगिएको एक बाकस माचिस छामेर।



गल्लीहरूमा

क्यामोफ्लाईज छेपाराहरू

विकासको घाम ताप्न आइपुगेका छन्‌

समयको गति रोक्न

एन्टीक्लग सम्झौताको धजा हल्लाउँदै

देउरालीमा उभिएर

फेरि ऱङ परिवर्तन गर्दै झुक्काइरहेका छन्‌।


तर

अझै उठेको छैन शान्ति,

शब्दहरू ब्युतिएका छैनन्‌

एक दिन

बुटले कुल्चीएका रगताम्मे अक्षरहरू

विस्तारै उठ्‌नेछन्‌

अनि

देशको संविधानलाई माटोको टिका लगाई माग्नेछन्‌

त्यतिबेला विकासको घाम डुबिसकेको हुनेछ

गल्लीमा छेपाराहरू चिसिने छन्‌

तर

गाउँले जोगाएको आगोको बीउ रोप्नेछ

खल्तीको माचिस पार्ने छ

फेरि आगो बाल्नेछ।
read more...

सुन्नु भो, दुइ पनि बजेछ

राजा पुनियानी

दुइ पनि बजेछ। सबै सुतिसकेछन्। कोठामात्र लिङ्गविहीन भित्तामा झुण्डिएको कुँजे क्यालेण्डरका गुमनाम तारिखहरूबाट मूक लाटकोसेरोझैँ प्यासी आँखा फुकाल्दै जागिरहेको छ यतिखेर।

टुहुरो नि:श्वासहरू टाउको ठोक्काउँदै भित्तामा शहीद बन्छन्। फेरि-फेरि बौरिन्छन्। क्रमश:। सुकेनास लागेर चाउरिएको समय, हेर्नोस्न, घुँड़ा टेक्दै, थर्थर काम्दै मलाई अहिले नै सुतिनहाल्ने बिन्ती गर्दैछ। यसलाई त डर लाग्छ रे एक्लोपनदेखि।

पल्लो घरमा ती बूढ़ी तामाङनी बज्यै धरि एक्लै छिन्। फोक्सो नै निक्लेलाजस्तो खोक्छिन्। निदाउनै सकेकी छैनन्। सराप्दैछिन्। (कसलाई हँ?) नि:सन्तान सपनाका झरिला रातो बाणहरूझैँ उनका खोकीहरू, सुस्केराहरू, गालीहरू लश्करै हानिन्छन् व्याकुल वेगमा। सतहहरू छेँड़्दै। मनको फेदमा गाड़िँदै। आबाद हुँदै त्यहीँनेर।

बाँच्नु गाड़ीको हर्न बज्नु हो- कानैमा यो मन्त्रवाक्य फुस्फुस्याइराखेर एउटा बूढ़ो-बूढ़ो उत्ताउलो छायाँ मूलधाराको मुद्दाबाट तर्किन्छ। किनारिँदै आफै। कसैले सुन्दैन उसको घोर्ले आवाज। लख काटिहेरेँ- नबज्नु नखोक्नुझैँ त हुन्छ। नकराउनुझैँ। आइय्या नभन्नुझैँ। नचिथोर् नभन्नुझैँ। गाड़ीको एक्सिडेण्ट हुनु फलत:।

कोठामा लेख्दैछु, पढ़्दैछु। छिचोल्ने आँट जुटाएको हुँ कि एउटा नवजात संसारको मुटु? च्यात्ने कोशिश गरेको हुँ कि एउटा मरणासन्न व्याकरणको धरती? पुरानो टेबलमा छताछुल्ल किताबहरू हल्ला गरिरहन्छन्। म चाहिँ माग-गीत गाइरहेको हुन्छु- ज्ञानको स्टक-एक्सचेञ्जमा। इतिहासबाट परिचय, भोक र स्वाभिमानको जुलूस आइरहेको छ बिलिएर-बिलिएर निभ्न-निभ्न लागेको वर्तमानको सर्वहारा मैनबत्तीतिर। यतिखेर थाकेका कमजोर धुवाँलाई सोध्छु- कतै म चाहिँ गाड़ीको खोजीमा त छैन? जुन गाड़ीको हर्न बज्दा बाँचिएको सङ्केत हुन्छ। बाँच्नुको अर्थ बोकेर गुड़िरहने त्यो गाड़ी यो इलाकामा आउँछ कि आउँदैन हँ? अझ ठूलो आवाजमा सोध्छु- त्यो गाड़ीको नाम के हो? कुनै उत्तर नपाएपछि म आफैलाई भनिहेर्छु- खै, खै म पनि खोक्ने, आइय्या भन्ने, कराउने सीप सिकुँ। हर्न बज्ने कशिश गरिहेरुँ। एक खेप बस।

सुन्नोस्न, अहिले यो गाढ़ा रातमा पो बाहिर गएर निर्निमेष बदमाश हेराइले एकपल्ट आकाश हेर्ने तलतलको घाम मेरो व्यग्र मनको डाँड़ामा उदाउँछ। उदेकलाग्दो। झर्कोलाग्दो। सम्भवत: पराजित इतिहासका झिक्राहरू बलेको अगेनाको रापमा आङको ठिही टकटक्याउँदै फुच्चे ताराहरू भेला पारेर यो जाड़ोमा जिद्दी जून जिब्रो पड़्काउँदै आगत हरियालीको भविष्यकथा सुनाइरहेको हुन्छ। चर्किएकोमात्र देख्छु आकाश। ढुक्क पनि लाग्छ, त्यो झरिहालेको त छैन नि।

नयाँ दिनका बीउहरू कोर्न नपाएर यतिखेर बाँझो कागजमाथि उत्तानो लड़िरहेको रित्तो कलम नयाँ विचारको मसीको आदिम तिर्खाले छटपटिरहेको छ। गर्भमा ज्वार लिएर बसेको ए मसीको बन्द डिब्बा, बन्द दैलोको चुक्कुल तान्न जाउँ म उठेर? बाहिरबाट (भित्रबाट) बोलाहट हुँदैछ। छाँट त छ तर तेरो बिर्को खोलिने। आदिवासीबाट खोसेको जमीनमा उभ्याइएका सम्भ्रान्तहरूको पिरामिडमा संविधानको ममी छ। रकेट प्रक्षेपणको उल्टा गन्ती गन्दैछ टिभीमा समाचार च्यानलको सीधा प्रसारणले। मान्छेको भोको भुँड़ी, शिक्षाच्युत मस्तिष्क, चिकित्साच्युत शरीरमाथि टक्कटक्क उभिएका रीसका रकेटहरू तयार छन् प्रक्षेपणको निम्ति। हुनसक्छ, ती रकेटहरू संसदमै गएर पड़्किएलान्। नभए, ती यो कोल्टे व्यवस्थाको चिसो मुटुमै गएर पड़्किएलान्।

राति कुकुरहरू रुँदैछन्। कराउँदैछन् जोड़जोड़ले। तर रोएका छैनन् लुटिनेहरू। तर कराएकै छैनन् चिथोरिएकाहरू। र यो सुनसान रात खुल्ला खिड़कीबाट एक किसिमको तिक्खर गन्ध पसिरहेको छ। लगातार।

सुन्नु भो, दुइ पनि बजेछ। तर यो गन्ध कस्तो? केही डढ़िरहेको छ शायद युगौँदेखि।
read more...

विसङ्गतिवादमा










देश सुब्बा, हङकङ


(रेखा कविता—३७)

कामुको मान्छे

यो संसार एउटा कोठा

कोठामा घुम्दै वास बस्न

आइपुगेको ‘म’ मान्छे

पहाडको बाटो

घुम्ती र नागबेली खोला

आँधीबतास काट्दै

भाग्दै—भाग्दै हिंस्रक पशुबाट

जीउ उम्लिने गर्मी र

खुट्टा खाने जाडो

तरेर यहाँ आइपुगेको छु

मिलेका छैनन कोठाका

झ्यालढोका

मिलेको छैन बिस्तारा

आँखालाई पुग्दैन उज्यालो

मेरो अगाडि

तेर्सिएको लामो रात छ

कहिले जाडोले कठिङग्रिन्छु

कहिले गर्मीले बाफिन्छु

उडुस, उपियाँ र मच्छर

मिलाइ-मिलाइ टोक्छन्

कति घिनलाग्दो कोठा

म चाहेर बदल्न सक्दिनँ

यो स्वरूप

न मारेर सक्छु रक्तपिपासु

न रोक्नु सक्छु उम्लिने हावा

म बाहिरबाट आएको एक ‘पाहुना’

पाहुनाको कुनै अधिकार हुँदैन

न भनेजति कर्तव्य नै हुन्छ

सबै मेरो विरुद्ध छन्

विसङ्गत छन्

रातमा आरामदायी निदाउन

मैले आफै बिस्तारा मिलाउँदै

टकटकाउनु छ

झ्यालबाट जीवन दिने हावा छिराउन

एकपाटा झ्याल खोल्नुछ

त्यो भन्दा उता म

केही पनि गर्न सक्दिनँ

किनभने म

बाहिरबाट आएको एक ‘मान्छे’ हुँ

read more...

गजल

सञ्जीव छेत्री

यो सन्नाटा , यो अन्योल्लाई एउटा हुरी दिनुपर्यो‍
चिर्नसक्ने समयलाई एउटा छुरी दिनुपर्‍यो ।।

सप्पैकुरा बेपार हुने चलन एता चल्दैगरोस्
भावना र यथार्थ माझ सुरक्षित् दुरी दिनुपर्‍यो ।।

बुझ पचाउन जानि नजानि नाटक गर्नेहर्लाइ
सजायको रुपमा थोरै कुरी कुरी दिनुपर्‍यो ।।

आए पनि नआएनि उनकै खुशी अब
अरु एक छिन् त्यही बाटो कुरिदिनुपर्‍यो ।।

सिद्धिएछन सद् भावना, सदिच्छा र सम्वेदना
सोच्दैथिएँ उनेरुलाई दुइ-चार् मुरी दिनुपर्‍यो ।।
read more...

गजल

सञ्जीव छेत्री

अहिले केही ल्याउन पाइनँ मैले सुनाउन
कहिले केही ल्याउन पाइनँ मैले सुनाउन ।।

अलिक घरमा छोडिएँ र अलिक बजारमा
जहिलै केही ल्याउन पाइनँ मैले सुनाउन ।।

गजलमा'नि संक्रमण छ आजभोलि साथी
उसैले केही ल्याउन पाइनँ मैले सुनाउन ।।

जिन्दगीले फर्माइस त गरिबस्यो सधैँ
कहिले केही ल्याउन पाइनँ मैले सुनाउन ।।

आज आएँ 'सन्जु'लाई मन- गीत् सुनाउन
पहिले केही ल्याउन पाइनँ मैले सुनाउन ।।
read more...

आशा हराएको खबर...!



रुपेश राई



बिहान

मेरा मित्रले भनेका थिए-

कवितामा अटाउँदैन कमान, उपन्यास लेख्नपर्छ, उपन्यास।

हिजो बिहान

दर्पणको अनुहारमा

आशा हराएको खबरले

मलाई त्यो बिहानको

स्मरण गराइरहेथ्यो।

जुन बिहान पूर्वबाट भानूले

ममताको चूल्हो, छिचोल्दै

गरेको। पावनको कामुक

स्पर्शले उत्साहित बन्दै गरेकी

आशा।

तितेपातीका दाउरामा,

ढिँड़ो हुँडँल्दै गरेकी आमालाई

आफ्नो इच्छा प्रकट गर्छे-

आमा, हामी पनि ग्यास चुला ल्याए... हुन्न?’

कति सानो प्रश्‍न, कति ठूलो प्रहार...

आमाको वाक्ये फुटेन। भित्रबाट भक्कानिएर

आएका पीड़ाका लेदाहरू

बल्झफ्ती थुकसँग भित्रै निली पठाएर...

भन्छे- छोरी, तिम्रै आशा छ। तिम्रो पापा

पर्देश गएको खबरै छैन। म, एकमात्रको

कमान खर्च, जाउलो धान्नमै सकिन्छ।

कड़्साराबाट बाँचेको पैसा, तिमीलाई पढ़ाउनु छ।

आशामा यस्ता इच्छा कयौँ छ्न्

आमामा यस्ता समस्या कयौँ छन्।

तर त्यहाँ

एउटा सम्झौता छ

एउटा वाध्यता, सन्तोक

गर्ने आदत पनि बसेको छ!

कमानलाई

अझै, पूर्वको भानूले

छिचोल्न सकेको छैन। शुखको बतासले

अङ्गाल्न सकेको छैन।

तर कुन बतासले अङ्गाल्दा

आशामा एक इच्छा कम भयो होला?

र आमामा एक समस्या ज्यादा।

म, सोँच्दै छु,

आज मलाई पनि

चित्त दुखेको छ, आमा प्रति।

चः चः चः चः

हो साथी...

कवितामा नअटाएर

अटाएको कमान, गरीबको एक

गाँसमा नअटाएर अटाएको कयौँ भोक होला। – मैले

भनेको थिएँ।

read more...