मुख्य समाचार :


Showing posts with label सेलिब्रिटी. Show all posts
Showing posts with label सेलिब्रिटी. Show all posts

अच्छा राई रसिक-को औंठी कथाकी नायिका बुद्धिमायाको बिहे


मनोज वोगटी
10 मई, कालेबुङ।


अच्छा राई रसिक-को औंठी कथाको बुद्धिमाया हिजो लगनगॉंठोमा बॉंधिइन्‌। अच्छा राई रसिकको औंठी-कथालाई बिक्रम पराजुलीले चलचित्रमा उतारेका थिए, जसको मूल नायिका बुद्धिमाया बनेकी थिइन्‌ चर्चित चलचित्र अनि नाटककर्मी ललित गोलेकी छोरी लक्षणा गोले। तिनै बुद्धिमाया उर्फ लक्षणा हिजोदेखि गोलेबाट गुरूङ भइन्‌। आफैले छानेको केटोसित लक्षणाको बिहे भयो। नेपाली चलचित्र जगत्‌मा सुपरडुपर बनेको चलचित्र दर्पण छॉंयामा निरूता सिंहको सहेली थिइन्‌ लक्षणा। चलचित्र जगतमा पाइला हालिसकेकी लक्षणाले कालेबुङकै अशोक गुरूङलाई बेहुला छानिन्‌। क्षेत्रीय चलचित्रको क्षेत्रमा लक्षणाको प्रतीभाले धेरै नै बाववाही कमाइसकेको छ। होटल ट्रेसमा सोमबार बेहुली लक्षणालाई सबैभन्दा खुशी देखिएको थियो। तिनको पिता नाटककार ललित गोले पाहुनाहरूको स्वागतमा व्यस्त थिए। बिहेमा क्षेत्रीय चलचित्र, नाटक कर्मीहरू मात्र होइन नेता, पत्रकार, सबैवर्गका कलाकार अनि समाजका विशिष्ट व्यक्तिहरूदेखि साधरण व्यक्तिहरूसम्मको जमघट ठूलै थियो। गायक थुप्देन भोटियादेखि नायक विक्रम पराजुलीसम्म, नाटककार महेन्द्र बागदास, मदन भुजेलदेखि उपमा पब्लिकेशनका उमेशसम्म बिहेमा रमेका थिए। कलाकारै कलाकारको जमघट भएछ-अभिभाव च्यानलको निर्देशक सुरेन लोहोरोङले यसो भन्दा हिलच्यानलका निर्देशक जिलास गहतराजले हो मा हैसे दिइरहेका थिए। लक्षणालाई अब चलचित्रको क्षेत्रलाई छोड़ेर गहस्थ नै बन्ने भनेर प्रश्न गर्दा भनिन्‌, गहस्थ भुमिका त निभाउनै पर्छ तरै पनि पाइए अनुसारको भुमिका चलचित्रहरूमा पनि निभाउने नै छु, यसको निम्ति परिवारले साथ दिनेछन्‌ मलाई।
read more...

प्रशान्तले कसे लगनगॉंठो

अभिनेता तथा गायक प्रशान्त तामाङले शनिबार दार्जिलिङस्थित एक पाँचतारे होटलमा भव्य विवाह गरेका छन्। नेपाल, भारत र बैंककबाट आएका झन्डै नौसय निम्तालुलाई साक्षी राखेर 'गोर्खापल्टन' स्टारले गर्लफ्रेन्ड गीता थापामगरलाई दार्जिलिङको चलनअनुसार सेतो चामलको टीका, खादा र उपहार दिएर लगनगाँठो कसे। दुईमहिनाअघि उनीहरुबीच इन्गेजमेन्ट भएको थियो। दार्जिलिङको पाँचतारे होटल मेफेएर पूर्व इन्डियन आइडलको विहेले रङ्गीयो।



पाँचसय जनालाई निम्तो दिएपनि झन्डै नौसय निम्तालु विहेमा थिए। आफू निकटका आफन्त र साथीभाईलाई मात्र डाकिएको थियो। थरीथरीका परिकारहरु भोजमा थिए। विहे रिसेप्सनमा सहभागि एक निम्तालुका अनुसार खानपिन अत्यन्तै राम्रो र सुविधाजनक थियो। 'विहे हेर्दा १० लाख खर्च भएको छ' उनले भने। विहेमा सहभागि हुन नेपालबाट निर्माता राजेश घतानी, गायक डम्बर नेपाली, गायिका प्रकृति गिरी, नील डेभिड, कर्मा शेर्पा, मन्त्र ब्यान्डलगायत गएका थिए।

विहे रिसेप्सनमा प्रशान्त अभिनित सुपरहिट चलचित्र 'गोर्खापल्टन'का गीतहरु लाउडस्पिकरमा घन्काइएका थिए भने उनीद्धारा स्वरबद्ध फास्टट्रयाकका गीत पनि बजाइएको थियो। बेहुली पक्षका तर्फबाट गीताकी आमामात्र उपस्थित थिइन्। नेपालबाट निम्ताइएका पाहुनालाई पनि प्रशान्तले दार्जिलिङका राम्रँ होटलहरुमा कोठा बुक गराएका थिए। गायक डम्बर नेपालीले आमन्त्रितहरुलाई हँसाएर मनोरन्जन दिलाएका थिए। रोचक कुरा त विहेको भोलिपल्ट अर्थात आइतबारबाटै दार्जिलिङको आइनेस थिएटरमा प्रशान्त स्टारर चलचित्र 'अँगालो यो मायाको' रिलिज गरिएको छ। आगामी मे १५ सिङ्गापुरमा हुने एक कन्सर्टपछि प्रशान्तको नेपाल जाने कार्यक्रम छ।
read more...

खालिखुट्टे हुसेन

कुनै बेला 'भारतका पिकासो' भनिएका एमएफ हुसेन (मकबुल फिदा हुसेन) धेरै वर्षदेखि प्रवासमा थिए । कहिले माधुरी दीक्षित, कहिले अमृता राव हुँदै अहिले अनुश्का शर्माका प्रति 'फिदा' यी ९६ वषर्ीय मकबुल फिदाले गत वर्ष कतारको नागरिकता लिए ।

प्राय: विवादमा परिरहने हुसेनले हिन्दी फिल्मका पोस्टरका लागि चित्र बनाएर आपनो करिअर सुरु गरेका थिए । भारतका सबभन्दा महँगा कलाकारका रूपमा प्रसिद्ध हुसेनले केही फिल्म बनाएका छन् भन्ने तपाईंलाई थाहा होला । तर, उनको फिल्मले विश्वको प्रसिद्ध बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जितेको छ भन्नेचाहिँ थाहा नहुन सक्छ । सन् १९६७ मा उनले बनाएको पहिलो फिल्म 'थु्र द आइज अफ पेन्टर'ले बर्लिन फिल्मफेस्टिभलमा 'गोल्डन वियर' जितेको थियो ।

पछिल्लोपटक भने उनले बनाएको फिल्म थियो, 'मिनाक्षी : टेल अफ थ्री सिटिज' । यो फिल्ममा तब्बुले तीन फरक ठाउँका युवतीको भूमिका निर्वाह गरेकी थिइन् । यी तीनमध्ये एउटा प्राग सहरकी केटीको भूमिका थियो । वास्तवमा यी युवती हुसेनकी प्रेमिका थिइन् । मारिया नाम गरेकी आपनी यी प्रेमिकालाई हुसेनले थुप्रै चित्र बनाएर उपहार दिएका थिए । केही वर्षअघि उनले 'अब मैले यी बहुमूल्य चित्रको संरक्षण गर्न सक्दिनँ,' भनेर सबै चित्र हुसेनलाई फिर्ता दिएकी थिइन् । ती चित्र राख्नका लागि मात्रै हुसेनले दुबईमा एउटा घर किनेर 'रेडलाइट ग्यालरी' बनाएका छन्, जसमा प्रकाश र तापक्रम मिलाएर चित्र राखिएका छन् ।

हिन्दु भावनासँग छेडखानी गर्ने किसिमका चित्र बनाएको आरोपमा लामो समय मुद्दा मामिला खेपेका हुसेनका चित्र प्रदर्शनीमाथि भारतमा परोक्ष किसिमको प्रतिबन्ध नै छ । सेतै फूलेका दाह्री कपालले भयाप्प अनुहार भएका हुसेनको एउटा विशेषता छ उनी खाली खुट्टै हिँड्छन् ।

संसारका धनी कलाकारमध्ये पर्ने हुसेनसँग जुत्ता-चप्पल किन्ने पैसा नहुने भन्ने कुरै आउँदैन । तैपनि उनी खाली खुट्टा हिँड्छन्, किन होला ? केहीअघि एउटा पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले यसको कारण खोलेका थिए । प्रख्यात भारतीय कवि गजानन माधव मुक्तिबोधका उनी प्रशंसक थिए । लामो समय रोगव्याध, गरिबी र अभाव झेलेका मुक्तिबोधको ४६ वर्षको उमेरमा सन् १९६४ मा मृत्यु भयो । मुक्तिबोधको संगत गरेका हुसेनले उनको मलामीमा हिँड्दा कविको पीडा महसुस गर्नका लागि भनेर आफूले लगाएको जुत्ता फुकालेका थिए । त्यो मलामीमा खाली खुट्टा हिँडेदेखि नै हुसेनले जुत्ता-चप्पल लगाउन छोडेका हुन् ।

उनका आलोचकहरू भने खाली खुट्टा हिँड्ने उनको यो बानीलाई 'पब्लिसिटी स्टन्ट' भन्छन् । केही वर्षअघि मुम्बईको एउटा ठूलो रेस्टुरेन्टको पार्टीमा उनलाई खाली खुट्टा आएको भनी प्रवेश गर्न दिइएको थिइएन । भारतीय संसद्को उपल्लो सदन राज्यसभाको सदस्य हुँदा उनी खाली खुट्टै ससंद् गएका थिए । सामाजिक विषयमा टिप्पणी गर्ने लेखिका शोभा डेले पनि आपना लेखमा हुसेनको खाली खुट्टा हिँड्ने बानीको आलोचना गर्दै लेखेकी थिइन्, 'हुसेन यता भएका बेला खाली खुट्टा हिँड्ने हुन् तर न्युयोर्कजस्तो चिसो सहरमा भने उनी गजबका बुट लगाएर हिँड्छन् ।'
read more...

राजेशले पाए केटी

एउटा मान्छेको मायाले कति फरक पर्दछ, जिन्दगीमा,

एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा'

नेपाली चलचित्र उद्योगका महानायक राजेश हमाल हिजोआज यही गीत गुनगुनाउन थालेका छन्। जीवन र वैवाहिक सम्बन्धका बारेमा सधैं पृथक् दृष्टिकोण राख्दै आएका यी नायकले स्वर सम्राट नारायण गोपालले गाएको यो गीत गाउनुमा रहस्य लुकेको अनुमान लगाउन कसैलाई गार्‍हो पर्दैन।

'जीवन चलाउन विवाह आवश्यक छैन, तर त्यसो भन्दैमा सबै अविवाहित नै हुनुपर्छ भन्नेचाहिँ होइन, म आफैंले विवाह गर्नैपर्छ भन्ने सोच्दिनँ, तर मेरो विवाहको सम्भावना नै छैन पनि भन्दिनँ' केही समय अघिसम्म यस्तै मान्यता राख्ने नायक हमाल ४८ वर्षको उमेरमा आइपुग्दा भने विवाहप्रति बढी नै सकारात्मक देखिएका छन्।

दर्शनका कुरा एक हदसम्म सही छन्, जसले मलाई विवाह आवश्यक होइन भन्ने बुझायो, तर नारायण गोपालको यो गीत दर्शनभन्दा पनि यथार्थ रहेछ भन्ने अहिले आएर बुझें। जीवनको एउटा कालखण्डमा आएर मैले महसुस गरे, विवाह र जीवनसाथीको महत्व— हमालले साप्ताहिकलाई विशेष जानकारी दिने क्रममा भने।



'राजेश हमालले अब विवाह गर्दैछ, यो कुरा लगभग तय भैसकेको छ।' उनले आफूले विवाह गर्ने मुड बनाएको विषयमा पहिलो पटक औपचारिक कुराकानी गर्दै साप्ताहिकसँग भने- 'अधिकतम डेढ वर्षभित्र मेरो विवाह हुनेछ।' विवाहका लागि उपयुक्त बधू पाइसकेको बताउँदै नायक हमालले विवाहको औपचारिक घोषणा केही समयभित्रै गर्ने जानकारी दिए। राजेशले भने- 'विवाहको घोषणा भएको अधिकतम छ-सात महिनाभित्र विवाह गर्नेछु।'

केही दिनअघि एक कार्यक्रममा अभिनेता सुनिल थापाले अक्टुबरमा राजेश हमालले विवाह गर्ने बताएको कुरा सुनाएका थिए। सुनिलका अनुसार 'सप्राइज भन्दै राजेशले अक्टुबरमा विवाह गर्ने कुरा सुनाएका थिए,' तर राजेशले त्यति छिटो विवाह गर्ने योजना नभएको बताए। राजेशले भने- 'विवाह गर्नका लागि हाम्रो प्रेम अलिक परिपक्व भैसकेको छैन कि जस्तो लाग्छ। परिपक्व भएको महशुस गरेपछि हामी विवाह गर्नेछौं।'

पहिलेजस्तो एक-दुई वर्षपछि विवाह गर्छु भन्ने जस्तो कुरा गरेको होइन, यो वास्तविकता हो, अहिले मेरो मस्तिष्कमै विवाह गर्नुपर्छ भन्ने कुरा आइसकेको छ। मेरो उमेर भैसक्यो, तर उनको अझै उमेर बाँकी छ, त्यसैले हतार गरेर पछुताउने पक्षमा म छैन, उनले भने। आफ्नो पक्षबाट विवाह गर्ने निर्णयमा पुगिसकेको भए पनि हतारमा निर्णय लिँदा भविष्यमा वैवाहिक सम्बन्ध सुखद नहुने हो कि भनेर ढिलाइ गरेको राजेशले बताए।

राजेश हमालकी दुलही बन्ने सौभाग्य कसले पाउने भइन् त ? राजेश एकछिन मौन रहे, उनको परिचय बताउने बेला पनि अलिक भएको छैन कि ? उनले भने- 'उनी चलचित्र क्षेत्रभन्दा बाहिरकी युवती हुन्, अहिलेलाई यति मात्र भनौं।'

विवाह गर्ने निर्णयमा राजेश हमाल कसरी पुगे ? राजेशका अनुसार जीवनको एउटा मोडमा आइपुग्दा आफ्नो नजिकको आफन्त भनिएका दिदी, भाइलगायत परिवारका सदस्यहरूको आ-आफ्नै संसार हुने रहेछ, घनिष्ठता वा एकअर्कामा प्रिय भए पनि उनीहरूले आफ्नै न्युक्लियर फ्यामिलीमा चल्नुपर्ने बाध्यताले हमाललाई विवाहको आवश्यकता महसुस भयो। राजेशले भने- 'मन मिलेको परिवार भए पनि सबै आ-आफ्नै ध्याउन्नमा हुने भएकाले मैले पनि आफ्नो छुट्टै संसार बसाउन चाहे।'

मामा, फुपू आदिसँग भनेर विवाहका लागि युवती खोज्ने सोच पनि आएन, अहिलेसम्मको जीवन पुर्ण सन्तुष्टिका साथ बिताएको बताउँदै राजेशले भने- 'मैले, २०, ३०, ४० को दशक आफ्नै ढंगले पूर्ण रमाइलोका साथ जीवन बिताए, अब ५०, ६०, ७० को दशक पनि सोही ढंगले बिताउने योजना हो, त्यही अनुरूप अहिले आएर विवाहको निर्णय लिएको हुँ।

राजधानीकै शिक्षित परिवारकी युवती राजेश हमालकी अर्धाङ्िगनी बन्दैछिन्। नायक हमालका अनुसार उनीहरूको प्रेम चलेको पनि दुइ वर्ष बितिसकेको छ। सजातीय क्षेत्री परिवारकी ती युवती हाल औपचारिक अध्ययनमा व्यस्त छिन्। प्रेमिका अध्ययनमै व्यस्त भएकाले पनि विवाह गरिहाल्ने स्थिति नभएको हमालले बताए। केही वर्षअघि एउटा ग्यादरिङमा भेट भएका राजेश तथा उनकी प्रेमिकालाई निरन्तरको भेट र सम्पर्कले नजिक्याएको हो। हामीले एक-अर्कालाई बुझिसकेपछि, एक अर्काको टाइप मिल्ने देख्यौं, नायक हमालले भने- 'वास्तवमा उनलाई मैले आफ्नो जीवनसाथी बन्न लायक पाएँ।'

दूध बल्ल दहीको स्वरूप लिएर जम्न थालेको छ। यसलाई हल्लाइदियो भने नजम्न सक्छ, उनले भने- जमिसकेको छैन, तर दही बन्ने प्रक्रिया लगभग पूरा भैसकेको छ। राजेशको प्रेमसम्बन्ध उनकै भाषामा पि्रम्याचोर्ड जस्तो छ, त्यसैले गर्लफ्रेन्डका बारेमा अहिले नै विस्तृत बताउन अफ्ठयारो छ। आफूभन्दा लगभग आधा उमेर नै कान्छी युवतीसँग राजेशले विवाह गर्ने भएका छन्, २५ वर्षीया आफ्नी गर्लफ्रेन्ड र आफ्नो सोच भने मिल्दो भएको उनी बताउँछन्। राजेश भन्छन्- 'म पानी तातो चिसो नजाँची हात हाल्ने मानिस होइन।' चलचित्र 'चिनिकम' मा जस्तो अमिताभले मन पराएकी तब्बुका पिता अमिताभभन्दा कान्छो भएको अवस्था त छैन भन्ने प्रश्नमा राजेशले हाँस्दै भने- 'हैन यार, त्यस्तो छैन।'

सहयोगीहरूको साथमा लाजिम्पाटस्थित निवासमा बस्दै आएका नायक हमाल सहयोगीहरू भए पनि पारिवारिक पक्ष चाहिन्छ भन्ने कुराले पनि विवाहको सोच आएको बताउँछन्। मानिसको सोचाइ समयअनुसार परिवर्तन हुने रहेछ, उनले भने- 'त्यसको परिणाम स्वरूप नै मैले विवाहको बाटो रोजेको हुँ।'
read more...