मुख्य समाचार :


Showing posts with label विचार. Show all posts
Showing posts with label विचार. Show all posts

हिज्जेमा भ्रमको खेती

शरच्चन्द्र वस्ती
नागरिकन्यूज डटकम

हिज्जे वा वर्णविन्यास भाषा होइन तर नेपालीमा गुरुहरूले यस्तो छाप पार्दै आएका छन् मानौं भाषा भनेकै ह्रस्व-दीर्घ, श-ष-स, ब-व आदिको प्रपञ्च बाहेक केही होइन।

बितेका चार दशकमा नेपालमा सम्पन्न नेपाली भाषा सम्बन्धी सानाठूला सबैजसो गोष्ठी र कार्यशालाहरू मूलतः हिज्जे र व्याकरणकै सेरोफेरोमा केन्द्रित देखिएका छन्। पत्रपत्रिकामा छापिने गुरुवर्गका लेखहरूको विषयवस्तु मुख्यतः यसैमा सीमित रहने गरेको छ।
दुःखलाग्दो कुरा के भने यति गहन र सुदीर्घ गोरखधन्दाका बावजूद हिज्जेका समस्या भने घट्नु वा सुल्भि्कनुको सट्टा बढ्दै, विस्तारित हुँदै र झन् झन् जेलिंदै मात्र गएका छन्। भाषामा भिजिसकेका, प्रयोगकर्ताले पचाइसकेका, देशभित्र-बाहिर एकनासले प्रचलित, शुद्ध-स्वाभाविक हिज्जेलाई थोकको भाउमा जबरजस्ती परिवर्तन गर्न खोज्ने अनधिकार चेष्टाले भाषामाथि अन्याय भएको छ र प्रयोगकर्ताहरू अन्योलको भुमरीमा परेका छन्। परम्परागत लेखन प्रणालीमा अकस्मात् हस्तक्षेप गरी बलपूर्वक लागू गर्न खोजिएका कतिपय कृत्रिम नियमले नेपाली भाषामा बृहत् अव्यवस्था निम्त्याएका मात्र होइन, यसलाई संकुचित र कमजोर समेत बनाउँदै लगेका छन्। यो भुमरी र यो अव्यवस्थाबाट मुक्त हुन अब प्रयोगकर्ताले आफैं पहल गर्नुपर्ने भएको छ।

हाँडीगाउँको जात्रा
अव्यवस्थाको एउटा बान्की हेरौं। कुश, कोश, अंश, वंश, शेष, शैली, कुशल, शिविर, शिशिर जस्ता शब्दमा लेखिंदै आएको मोटो श जस्ताको तस्तै छ तर जोश, होश, खुशी, शेखी, शर्त, शहर, शिकार, कोशिश, शेयर, फेशन, शोरूम, शेक्सपियर जस्ता शब्दमा रहेको मोटो श लाई जबरजस्ती पातलो बनाइएको छ। नीति, सीमा, नीर, तीर, समीप, गम्भीर, असीम, कुलीन अनि पूर्व, मूर्ख, चूर्ण, सूत्र, उन्मूलन, राजदूत जस्ता शब्दमा रहेका इकार-उकार यथावत् छन्। परन्तु ठीक, बीच, भीड, जीत, जीप, सीट, चीट, टीम, मीटिङ, करीब, गरीब, जमीन, वकील, अपील अनि छूट, लूट, झूट, बूट, तूफान, फूटपाथ, फूटबल, नमूना, सपूत, कानून, स्कूल, मजदूर, कार्टून जस्ता शब्दमा लेखिंदै आएका दीर्घ इकार-उकारलाई बलजफ्ती ह्रस्व बनाइएको छ। 'भूल' लाई अस्वीकार गरेर ('भुल' लेख्नुपर्ने अरे!) 'मूर्खता' लाई शिरोपर गरिएको छ।
प्रश्न उठ्छ, पुस्तौंदेखि एक प्रकारले लेखिंदै आएका हजारौं शब्दमध्ये केहीलाई त्यसैगरी लेख्दा ठीक हुने, केहीलाई चाहिं हिज्जे बिगारेर मात्र लेख्न पाइने यो 'हाँडीगाउँको जात्रा' किन? भाषाको भंगिमा त त्यसका प्रयोगकर्ताहरूद्वारा निर्धारित हुन्छ; नेपाली भाषाको चरित्रमा यसका प्रयोगकर्ताहरूले सुइँकै नपाई रातारात त्यस्तो के परिवर्तन भएछ जसका कारण यो जात्रा शुरू गर्नुपर्‍यो? जवाफका रूपमा, लोकमतसँग सरोकार नराख्ने शाही अध्यादेश जस्तो प्रतीत हुने एउटा जंगी नियम उभिएको छ जसले उर्दी गर्छ- ''संस्कृतबाट आएका तत्सम शब्दलाई जस्ताको तस्तै लेख्ने तर अन्य भाषाबाट आएका त्यस्तै शब्दमा चाहिं शुरू र बीचमा रहेको दीर्घ इकार-उकार हटाएर ह्रस्व मात्र लेख्ने, श-ष हटाएर पातलो स मात्र लेख्ने।'' यो जात्रा, यो अव्यवस्था यसैको करामत हो। यसले भन्छ- 'शरीर' शब्द संस्कृतबाट आएको हो त्यसैले यसमा रहेको मोटो श र दीर्घ इकारलाई ससम्मान स्वीकार गर्नुपर्छ ; 'शहीद' शब्द संस्कृतबाट आएको होइन त्यसैले यसमा रहेको मोटो श लाई पातलो अनि दीर्घ इकारलाई ह्रस्व बनाएर 'सहिद' मा विरूपीकरण गरेपछि मात्र मान्यता दिन सकिन्छ। यही हो नेपाली भाषाको मौलिकता र विशेषता!

जातिवादी चाँजोपाँजो
साँच्चै यही हो त नेपाली भाषाको परिचय? यो संकीर्ण र विभेदमुखी चरित्रको, जड भाषा हो त? कदापि होइन। यो त एकदमै जीवन्त, गतिशील र उदार भाषा हो। माउ भाषा संस्कृत भए पनि यसमा देशभित्र र बाहिरका, छरछिमेक र सात समुद्र पारिका समेत अनेकौं भाषाका शब्द आएका छन् र भविष्यमा त झन् बढी आउनेछन्। संस्कृतबाट आएका शब्दलाई काखमा र अन्य भाषाबाट आएका शब्दलाई पाखामा राख्नुपर्ने क्षुद्र, छुवाछुतवादी, साम्प्रदायिक मान्यता बोकेको भाषा होइन यो। समावेशिता र सबैको पहिचानलाई सम्मान गर्ने प्रवृत्ति नेपाली भाषाको नैसर्गिक गुण हो, राज्य त भर्खर मात्र यसमा प्रवेश गर्न खोज्दैछ।
तर, जानेर हो वा नजानेर, 'विज्ञ'हरूको फाँटबाट नेपाली भाषालाई जातिवादी कित्तातिर धकेल्ने दुश्चेष्टा भएको छ। संस्कृतबाट आएका शब्दलाई 'तत्सम' र 'तद्भव' को वर्गमा अनि अन्य भाषाबाट आएका शब्दलाई 'आगन्तुक' को छुट्टै वर्गमा राख्ने चाँजोपाँजो मिलाउनु यसैको प्रमाण हो। तत्सम र तद्भवलाई 'उच्च जातको चुलोचौको' घोषित गर्दै संस्कृत-इतर भाषाबाट आएका शब्दलाई त्यहाँ प्रवेश निषेध गरिएको छ। अनि, छरछिमेक र समुद्रपारिबाट आएका मात्र होइन मैथिली, अवधी, भोजपुरी, 'नेपाल', राई, लिम्बू, तामाङ, मगर, गुरुङ लगायत हामै्र राष्ट्रिय भाषाबाट आएका र भविष्यमा आउने शब्दलाई समेत (चाहे ती जस्ताको तस्तै आऊन् अथवा रूप फेरिएर) आगन्तुक अर्थात् बाहिरिया घोषित गरेर तिनको ठाउँ तल अगेनाछेउ वा दलानमा तोकिएको छ। (जातिवादी नियत नराख्ने हो भने संस्कृत लगायत सबै भाषाबाट आएका शब्दलाई तत्सम र तद्भव अन्तर्गत समेट्न सकिन्छ। पंचायतकाल शुरू भएपछि बनाइएको आगन्तुक भन्ने बेग्लै वर्ग आवश्यक पर्दैन।) र, यही वर्गीकरणलाई मुख्य आधार बनाएर नेपाली भाषामाथि यसको प्रकृति, प्रवृत्ति र चरित्र विपरीत जातिवादी प्रकृतिका अनेकौं नियम-उपनियमहरू लाद्ने प्रचेष्टा गरिएको छ। हिज्जे सम्बन्धी अन्योल र भद्रगोल सृजना गर्न सर्वाधिक भूमिका खेल्ने भर्खरै उल्लिखित जंगी नियम तिनैमध्ये एक हो। त्यसैले, यो चर्चा यसैको सेरोफेरोमा केन्द्रित छ।

भ्रमको खेती
विभेदमुखी जगमा खडा गरिएको यो नियम नेपालीमा श-ष र दीर्घ इकार-उकार उच्चारण नै हुँदैनन् भन्ने उदेकको मान्यता बोकेर उभिएको छ। उच्चारण नहुने भएकाले (उच्च जातको चुलो-चौकोमा पस्न पाउने शब्दमा बाहेक) नेपाली भाषाको कुनै पनि शब्दमा यी वर्ण र मात्रा नलेख्नू भन्ने यसको आदेश छ। यसको निष्कर्ष छ- एउटै पातलो स ले काम चल्छ भने श-ष को भारी किन बोकिरहने? ह्रस्व इकार-उकारले नै पुग्छ भने दीर्घको झमेला किन बेसाइरहने?
प्रश्न स्वाभाविक छ : कति सही र तर्कसंगत छन् त यी कुरा?
पहिलो कुरा, शतप्रतिशत उच्चारणकै आधारमा लेख्नुपर्छ र लेखिन्छ भन्नु गलत हो। भाषामा लेखन र उच्चारणका बेग्लाबेग्लै परम्परा हुन्छन्। एउटाका आधारमा अर्कालाई बिथोल्न पाइँदैन। त्यसमाथि, हाम्रो उच्चारण प्रणाली त्यति बोधो र त्यति कमजोर छैन जसमा श-ष र दीर्घ इकार-उकार उच्चारण नै हुने नगरेको होस्। उदाहरणका लागि निश्छल, दुष्ट र पुस्तक शब्द उच्चारण गरी हेर्नोस्, तीन प्रकारका स अनायास बेग्लाबेग्लै किसिमले उच्चारण भइरहेको स्वयम् अनुभव गर्नुहुनेछ। जिब्रो स्वतः अलग-अलग ठाउँमा ठोकिनेछ, हावाको घर्षण बेग्लाबेग्लै तवरले हुनेछ अनि अलिकति ध्यान दिनासाथ तीनवटै स को फरक व्यक्तित्व तपार्इंको कानले सहजै ठम्याउनेछ। ह्रस्व-दीर्घको मामिला झन् स्पष्ट छ। सामान्य अवस्थामा 'चिसोचिसै छ' भनिरहेका हामी सिरेटो चलेर काम्न थालेपछि त्यही इकारलाई दीर्घ बनाएर 'चीसो भयो' भन्न थालिहाल्छौं। देवकोटाको पंक्ति 'जरूर साथी, म पागल!' वाचन गर्नेले जरूर को रू लाई ह्रस्व उच्चारण गर्नै सक्तैन, किनभने सिंगो कविताको तेज समेटिएको त्यस पंक्तिको ओज र दम त्यही एउटा दीर्घ रू मा संकेन्द्रित छ। उच्चारण भइरहेका, सुनिइरहेका वर्ण र मात्राहरू कसैले छैनन् भनिदिंदैमा 'शून्यमा शून्यसरी' बिलाउने त होइनन् होला!
दोस्रो कुरा, 'उच्चारण नहुने' देखिएछ नै भने पनि त्यत्तिको निहुँमा कुनै वर्ण वा मात्रा लेख्न छोडिंदैन। बेहुलो मा ह को उच्चारण नगरेर धेरैले 'बेउलो' किन नभनून्, त्यहाँ ह लेख्न पाइँदैन भन्ने उर्दी कसैले दिन सक्तैन। ह्रस्वमुखी उन्मादमा आधारित यही नियमले पनि सर्दी, गर्मी, रोजगारी, इमानदारी जस्ता शब्दको अन्त्यमा आउने दीर्घ इकार-उकारलाई ह्रस्व बनाउने आँट गर्दैन, जस्ताको तस्तै छोड्छ। उच्चारण नहुने भनिएको वर्ण र मात्रा अन्त्यमा लेख्न हुने, शुरू र बीचमा चाहिं नहुने भन्ने लंगडो तर्क के खाएर पचाउने? पदान्त दीर्घलाई परम्परा मानेर मान्यता दिने हो भने शुरू र बीचका दीर्घ इकार-उकार अनि श-ष पनि त्यही परम्पराका अंग होइनन्? तिनलाई लेख्न के आधारमा बन्देज गर्ने?
रह्यो तेस्रो कुरा। एउटै पातलो स अनि ह्रस्व इ-उ मात्रले काम चल्छ भने श-ष र दीर्घ इकार-उकारको बोझ किन बोकिरहने भन्ने जिकिर, एउटै आँखो र एउटै कानले काम चल्छ भने अर्को आँखो फुटाएर र कान काटेर तिनको बोझबाट किन मुक्त नहुने भन्ने तर्क जस्तै हो। यस्तो 'बुद्धिमत्तापूर्ण' प्रयोग आफ्नो नितान्त व्यक्तिगत शरीरमा त कसैले गर्न चाहँदैन भने वर्णमाला जस्तो महत्तम सार्वजनिक सम्पदाका अमूल्य अवयवलाई नृशंसतापूर्वक काटेर कसरी फ्याँक्न सकिन्छ?

कमजोर तर्क
'उच्चारण हुँदैनन्' भन्ने तर्क भुत्ते भएपछि 'अर्थभेदक छैनन्' भन्ने भाइतर्क अघि सार्ने गरिएको छ। यसका अनुसार, श-ष र दीर्घ इकार-उकारले उच्चारणका आधारमा अर्थको भिन्नता दर्शाउन सक्तैनन् त्यसैले तिनको काम छैन अरे! क्या फसाद? उच्चारणबाट अर्थको फरक छुट्टिंदैन भने कम्तीमा लेखाइबाट मात्र भए पनि फरक छुट्टियोस् भन्नेतिर लाग्ने कि लेखाइमा पनि फरक मेटाइदिने? उच्चारणबाट फूल र फुल, शहर र सहर (माछा) बीचको फरक छुट्टिएन भनेर शहर र फूल नै लेख्न बन्द गर भन्ने फरमान जारी गर्नु भाषिक विवेक हो कि विवेकहीनता?
अर्को तर्क छ, सबैतिर पातलो स र ह्रस्व इ-उ मात्र चलाएपछि लेखाइमा एकरूपता आउँछ र भाषा राम्रो हुन्छ। भाषिक प्रकृति र परम्परा विरुद्ध कस्तो एकरूपताको खोजी हो यो? हात र खुट्टाका औंलाको लम्बाइ फरक छ भन्दैमा हातका औंलालाई पनि खुट्टाका सरह छोटा (ह्रस्व) बनाएर औंलाहरू बीच एकरूपता कायम गर्न अघि सर्नु कति बुद्धिमानी होला? अनि कोसँगको एकरूपता? टीम, जीप, करीब, गरीब जस्ता दुनियाँभरि दीर्घ लेखिने शब्दलाई नेपालीमा मात्र जबर्जस्ती ह्रस्व बनाउँछु भन्नु एकरूपताको खोजी हो कि अनेकरूपता तर्फको एकलकाँटे यात्रा? दुनियाँभरि सबैका ढोका सात फीट अग्ला भए पनि म चाहिं आफ्नो मौलिकता देखाउन घरका सबै ढोका चार फीट मात्र अग्ला बनाएर तीबीच एकरूपता कायम गर्छु भन्नु प्राज्ञिकता ठहर्छ कि बालहठ?
पातलो स र ह्रस्व मात्र चलाउँदा 'सरल हुन्छ' भन्ने तर्क पनि सुनिन्छ कहिलेकाहीं। तर सरल भनेको के? र, कसका लागि? नसिक्ता, नसिकाउँदा सबै कठिन; सिके-सिकाएपछि सबै सरल। सरलताका नाममा वर्ण र मात्रा नै हटाउनु जस्तो नादानी के हुन्छ? मुख धुन सरल हुन्छ भनेर कसैले नाकै काटेर मिल्काउँछ र?

बोझ होइन, सम्पत्ति
शब्दको अर्थ तरल हुन्छ। विषय, प्रसंग, परिस्थिति र बोल्ने-सुन्नेको मनस्थिति अनुसार शब्दले परस्परविपरीत अर्थ पनि दिन सक्छ। 'गोरु' ले कहिले चारखुट्टे बुझाउँछ, कहिले स्नेह त कहिले तुच्छता र गाली। शब्दको उच्चारण बहुरूपी हुन्छ, एक हदसम्म अस्थिर। देश-काल-समाज फरक पर्दा उही शब्द बेग्लाबेग्लै किसिमले उच्चरित भइरहेको हुन्छ। 'रहेछ' को उच्चारण रहेछ-रएछ-रछ-रैछ-रेछ जे पनि हुन सक्छ। ठोस र स्थिर त शब्दको लेखिने रूप अर्थात् हिज्जे मात्र हुन्छ। हिज्जे परम्परामा आधारित हुन्छ। यादृच्छिक। त्यहाँ तर्क चल्दैन। 'यो शब्द किन यसरी लेखिन्छ?' को सबैभन्दा सही र सार्वभौम जवाफ 'किनभने त्यो त्यसरी लेखिंदै आएको छ' भन्ने मात्र हो। व्याकरणले नियम बनाइदिएका कारण शब्दको हिज्जे त्यसरी लेखिएको होइन, त्यसरी लेखिने गरिआएकाले त्यहाँभित्र अन्तर्निहित नियम खोज्ने प्रयास मात्र व्याकरणले गरेको हो। त्यसैले, परम्परागत रूपमा चलिआएको हिज्जेलाई चलाउन मिल्दैन, सितिमिती कसैले चलाउँदैन। देशैपिच्छे असंख्य शब्दको उच्चारण फरक फरक भए पनि सर्वत्र एउटै हिज्जेमा लेखिने गरिएकाले नै अंग्रेजीलाई विश्वभाषाका रूपमा स्थापित हुन सजिलो भएको हो। एक ठाउँको मानिसले उसको शैलीमा बोलेको अंग्रेजी अर्को ठाउँकाले भलै नबुझोस्, दुबैको अंग्रेजी लिखितम्मा त एउटै हो!
श-ष, ई-ऊ आदिलाई बेवास्ता गर्न किन पनि मिल्दैन भने तिनले शब्द र त्यसको भावलाई निश्चित आकार, गहिराइ र व्यापकता प्रदान गरिरहेका हुन्छन्। ती हाम्रा सम्पत्ति हुन्, बोझ होइनन्। एउटै स अथवा ह्रस्व मात्रले पुग्ने भए श-ष र दीर्घ इकार-उकारको अस्तित्व नै हाम्रो भाषिक परम्परामा हुने थिएन, इतिहासदेखि आजसम्म लोकव्यवहारमा तिनले निरन्तर मान्यता र स्वीकृति पाउने थिएनन्। भाषा मूलतः बोलिने कुरा हो। वाणी मार्फत शब्दको नाद, ध्वनि, भाव, प्रभाव, गहिराइ, लचक, झड्का, कठोरता, कोमलता, तीक्ष्णता, तरंग, लय र प्रवाहसँग साक्षात्कार गर्नेलाई सम्यक् बोध हुन्छ वर्ण र मात्राहरूको वास्तविक मर्म। त्यो समर्पित रेडियोकर्मी हुन सक्छ, दमदार 'डायलग डेलिभरी' गर्ने कलाकार हुन सक्छ, संवेदनशील कवि, साधनाले खारिएको गायक अथवा एउटा उँचाइमा पुगेको योगी पनि हुन सक्छ। शब्दको स्पन्दन, परम्परा र वंशाणुसँग सरोकार राख्न नचाहने, कागजको सतहमा लेखिएका सपाट अक्षरसँग शुष्क, सतही र यान्त्रिक परिचय मात्र भएकाहरूले तिनको महत्व र प्रयोजन बुझ्न नसक्नु अस्वाभाविक होइन। त्यसबापत उल्टो वर्ण र मात्रालाई नै सजाय दिनु जस्तो विवेकहीनता र अराजकता के हुन सक्छ?

हिज्जे अर्थात् शरीर
अझ महत्वपूर्ण कुरा त के हो भने, हिज्जे शब्दको ढाँचा हो, दृश्य स्वरूप। लेखिएको शब्दसँग चक्षुरिन्द्रियद्वारा ग्रहण गरिने त्यही ढाँचा, त्यही दृश्य मार्फत प्रयोगकर्ताको परिचय भएको हुन्छ ; भावनात्मक संलग्नता विकसित भएको हुन्छ। त्यो ढाँचा हेरफेर गरिदिने हो भने उसका लागि शब्द बिरानो मात्र होइन, वास्तु बिग्रिएको घर जस्तो हुन पुग्छ। लेखिएको हरेक शब्द एउटा विशिष्ट चित्र हो जसले एक-एक अक्षर तथा मात्राका रेखा र आकारको समग्रतामा प्रतिबिम्बित हुने बहुआयामिक बिम्बको सिर्जना गर्छ, जससँग त्यस शब्दले बुझाउने वस्तुको बिम्ब र छवि एकाकार भएर हाम्रो मन-मस्तिष्कमा स्थापित भएको हुन्छ। एउटा अक्षर वा मात्रा मात्र फेरबदल गर्नासाथ त्यसको रूप, त्यसको लय, त्यसले सिर्जना गर्ने बिम्ब, त्यसले पार्ने प्रभाव र त्यससँगको तादात्म्य भताभुंग हुन पुग्छ। पातलो स को उन्मादमा शब्दकोश लाई कसैले 'सब्दकोस' लेखिदियो.भने त्यसको व्यक्तित्व, रूपसौन्दर्य र गरिमा मात्र समाप्त नभएर त्यसबाट प्राणै झिकिदिए जस्तो हुन्छ। शब्दको शरीर पनि हो हिज्जे। शरीरलाई लुगा त फरक फरक लगाइदिन सकिन्छ तर आदेशका भरमा कसैको अंग बदल्न सकिंदैन, काटेर फ्याँक्न पनि पाइँदैन। सामूहिक रूपमा कुनै वर्ग वा जातिविशेषको अंगभंग गर्ने नादिरशाही फरमान त झन् कदापि जारी गर्न पाइँदैन।

नोक्सानै नोक्सान
जे गर्न हुँदै हुँदैन त्यही गर्न अग्रसर बनेको छ यो नियम। श-ष र दीर्घ इकार-उकारको उच्छेद गर्न उत्सुक यस नियमबाट फाइदा एउटै देखिँदैन भने नोक्सानको कुनै गन्ती र सीमा छैन। चौतर्फी नोक्सानका प्रमुख पाँच पक्ष यस्ता छन् :
एक : यसले सरलताका नाममा नेपाली शब्दको हिज्जेलाई झन् झन् जटिल, अस्थिर, अव्यवस्थित, अन्योलग्रस्त र अराजक बनाउँदै लगेको छ। सहजतासाथ चलिरहेको, समस्या नभएको, सबैले स्वीकारेको हिज्जेमाथि एकाएक बर्बर धावा बोलेर यसले ती प्रयोगकर्ताको अपमान र अवमूल्यन गरेको छ जसमा भाषाको सम्प्रभुता निहित हुन्छ। एउटा गलत कदमले आफू स्थापित हुने प्रयासमा अनर्थको ताँती लगाउँछ। नेपाली भाषामा पनि त्यो क्रम प्रारम्भ भइसकेको छ। श-ष, ई-ऊ मात्र होइन ञ-ण, ऐ-औ जस्ता अनेकौं वर्णलाई समेत (उच्चार्य) वर्णमालाबाट हटाइसकिएको छ। दिवंगत साहित्यकारहरूका रचनामा तिनले प्रयोग गरेको हिज्जे 'नयाँ नियम' अनुसार बदलिदिने प्रच्छन्न अभियान शुरू भएको छ। साथै भक्तिलाई भक्ति, बुद्धलाई बुद्ध, विद्यालाई विद्या, विद्वानलाई विद्वान, प्रतिष्ठानलाई प्रतिष्ठान लेख्नु ठीक हो भन्ने 'सिद्धान्त' पारित भइसकेको छ, नियम बनेर लादिन मात्र बाँकी छ।
दुई : नेपाली भाषालाई यसले उल्टो बाटो अर्थात् प्रतिगमन तर्फ डोर्‍याएको छ। देवनागरी लिपिमा लेखिने खुशी, कोशिश, स्कूल, कानून, नजीर जस्ता शब्द विश्वका अनेक मुलुक र सबै महादेशमा एकै किसिमले लेखिन्छन्, हामीले मात्र कसैसँग नमिल्ने गरी अशुद्ध लेख्नुपर्ने भएको छ। पहिले 'ग्यांजेज्' लेखिरहेको विश्वभाषा अंग्रेजी समेत आफ्नो गल्ती सच्याएर सबैसँग मिल्ने शुद्ध रूप 'गंगा' लेख्न थालेको छ, हामी चाहिं त्यसको विपरीत छँदाखाँदाको खुशीलाई कसैले नचिन्ने 'खुसी' बनाउन अभिशप्त छौं। अरूभन्दा बेग्लै देखिनुपर्छ भन्ने हठमा सर्वप्रचलित शुद्ध रूपलाई तिरस्कार गरेर अशुद्ध रूपतर्फ लहसिने यो क्रम नरोकिने हो भने नेपालीहरू विश्वभर फैलिए पनि नेपाली भाषा चाहिं उत्तरोत्तर संकुचित, संकीर्ण र कमजोर हुँदै जानेछ। भाषाबाट भाषिका तर्फको यात्रा यस्तै हुन्छ।
तीन : एकरूपताको नारा लगाउने यस नियमका घातक कीटाणुहरूले संस्कृतबाट आएका तत्सम शब्दलाई पनि आफ्नो शिकार बनाउन शुरू गरेका छन्। पत्रपत्रिका र नयाँ किताबहरूमा स्रोता, सुन्य, सिल्प, सिर, सम्पुर्ण, मयुर, प्रतिसत, नविन, सिविर, अनसन, सिलालेख जस्ता गलत हिज्जे लेखिएका (अशुद्ध) शब्दहरू केही समय यता दनादन प्रयोग हुन थालेका छन् र यो क्रम बढ्दो छ। कसैले हिज्जे बिगारौं भनेर यसो गरेको होइन, 'पातलो स र ह्रस्व मात्र लेख्नुपर्छ' भन्ने बुझाइ विस्तारित हुँदै गएकाले यो प्रवृत्ति गतिमान भएको हो। सिकार, सायरी र फेसन लेख्न आदेश दिएपछि सिसिर, सारदा र निर्देसन लेख्न थाल्नु ; स्कुल, जागिर र बेलुन लेखाएपछि स्तुप, जिबन र पुरक लेखिन थाल्नु अस्वाभाविक हुँदै होइन। एकरूपताको घनचक्करमा प्रारम्भ भएको यो निर्बाध अराजकताले हाम्रो भाषालाई कुन दुर्गतिमा पुर्‍याउने हो, अनुमान गर्न पनि कठिन छ।
चार : नेपाली भाषाका प्रयोगकर्ताहरूमा यसले गाढा निराशा र हीनभावना सृजना गरिदिएको छ। आफूले पढेको, लेखेको, देखेको, सिकेको, जानेको, चलिआएको हिज्जे लेखौं- गल्ती हुने त्रास। नयाँ नियमको शरण परौं- कुन कुन शब्द संस्कृतबाट आएका हुन् भन्ने थाहा नभएसम्म नेपाली शुद्धसँग लेख्न सकिने सम्भावना नै रहेन। तर त्यो कहिले र कसरी थाहा पाउने? यसबाट सामान्य प्रयोगकर्ताको त कुरै छोडौं, सधैं शब्दसँग खेल्नुपर्ने लेखक, साहित्यकार र पत्रकार समेत यस जुनीमा आत्मविश्वास पूर्वक शुद्धसँग नेपाली लेख्न नसक्ने अवस्थामा पुगेका छन्। आफ्नै मातृभाषाका सामु नेपालीले आफूलाई असहाय, अकिंचन र लघुताभासपूर्ण महसूस गर्नुपर्ने यो स्थिति साँच्चै टीठदाग्दो छ। यस्तो कुण्ठा र हीनभावनाका कारण कति संवेदनशील प्रतिभाले आफूलाई अगाडि ल्याउन सकेनन् र त्यसबाट नेपाली साहित्यले कति नोक्सान बेहोर्नुपर्‍यो, त्यसको हिसाबकिताब कसले गरिदिने?
पाँच : थप पीडादायी कुरा के भने, भाषिक जातिवादको ध्वजावाहक यस नियमले राष्ट्रिय भाषाभाषीहरूमा नेपाली भाषाप्रतिको अपनत्व घटाउन र मानसिक दूरी बढाउन रणनीतिक योगदान गरिरहेको छ। देशका भाषिक समुदाय र जातिहरू आफ्नो पहिचान स्थापित गर्न संकल्पित छन्। पहिचानको एउटा मुख्य आधार भाषा नै हो। तर यस नियमले तिनका सबै भाषाहरूलाई पराई ठान्ने र ती भाषाबाट आएका शब्दलाई आगन्तुक घोषित गर्दै दोयम दर्जामा राख्ने प्रपञ्च स्थापित गरेको छ। यसका कारण उनीहरूले नेपाली भाषालाई सामन्ती एवं जातिवादी ठान्नु अस्वाभाविक होइन। राष्ट्रिय भाषाहरूप्रति हेपाहा व्यवहार गर्ने दम्भी प्रवृत्तिले जातीय तथा भौगोलिक समुदायहरूमा राष्ट्रभाषाप्रति पृथकताको भावना मात्र होइन, द्वेष र त्यसका साथसाथै घृणा समेत बढाउन सघाउ पुर्‍याउँछ। संवेदनशील भएर समयमै समुचित कदम चाल्न सकिएन भने यसले कालान्तरमा भाषिक टकराव र द्वन्द्वतर्फ डोर्‍याउन सक्ने सम्भावनालाई नकार्न सकिंदैन। त्यसवेला, भाषिक जातिवादका हिजोदेखि आजसम्मका महारथीहरूमध्ये कोही पनि जिम्मेदारी सकार्न अगाडि आउनेछैनन्, प्रयोगकर्ताहरू भ्रममा नपरे हुन्छ।

न इतिहास, न भविष्य
यो यस्तो भुइँफुट्टा नियम हो जसको न इतिहास छ, न वर्तमान, न त भविष्य नै। इतिहास छैन किनभने गरीब, शहर, कानून, कोशिश, शहीद जस्ता शब्द हाम्रा अग्रज लेखक-साहित्यकारहरूले शुद्ध रूपमै लेख्ने गरेका थिए। तिनकै साहित्य पढेर, त्यही हिज्जे लेखेर, त्यसैमा बानी परेर हामी हुर्क्यौं। वर्तमान छैन किनभने साढे तीन दशकदेखि राज्यको सारा शक्ति र संयन्त्र प्रयोग गरेर लागू गर्न खोज्दा पनि यो नियम लागू हुन सकेको छैन, प्रयोगकर्ताहरूले पचाउन सकेका छैनन्। लोक र समयले यसको अयोग्यता, अस्वीकार्यता स्वतः प्रमाणित गरिसकेको छ। भविष्य छैन किनभने अबको पुस्ता विवेकशील र तार्किक छ, ठोस कारण र व्यावहारिकताले चित्त नबुझेसम्म कसैले हठ गरेकै मात्र आधारमा कुनै नियम उसले स्वीकार्नेवाला छैन। न संस्कृतका शब्दलाई एउटा, अरूलाई अर्को व्यवहार भन्ने तर्क नयाँ पुस्तालाई पच्नेछ, न त दुनियाँभर एक प्रकारले बोलिने-सुनिने-लेखिने शब्दलाई ताल न सुरसँग बिगार्न नै ऊ तयार हुनेछ।
बुझ्नुपर्ने कुरा के हो भने, चार दशक पुरानो मनस्थिति बोकेर आज भाषालाई नियन्त्रित गर्न सकिंदैन। त्यसवेला संसार निकै 'ठूलो' थियो, एउटा देश र भाषाका शब्द घुम्दैफिर्दै, बास बस्द,ै मन्द गतिमा अर्को भाषामा आइपुग्दा तिनको उच्चारण फरक पर्‍र्थ्यो। त्यही अनुसार हिज्जे पनि बेग्लै बन्थ्यो। तर, संचार-प्रविधि र श्रव्य-दृश्य माध्यमको कल्पनातीत विकासले आज संसार निकै 'सानो' भइसकेको छ। हामी आफ्नै घरमा बसेर पूरै संसारलाई देख्न-सुन्न मात्र होइन, जहाँसुकैबाट विश्वसमुदायसँग आँखामा आँखा जुधाएर प्रत्यक्ष दोहोरो संवाद पनि गर्न सक्छौं। यस क्रममा, ज्ञानविज्ञान र लोकव्यवहारसँग सम्बन्धित अनन्त विधा, पेशा र व्यवसायलाई आवश्यक पर्ने शब्दहरू विश्वभरिबाट नेपालमा तत्काल आउन अनि प्रयोग हुन थालेका छन्। उसवेला जस्तो उच्चारण र हिज्जे फरक भएर होइन, जस्ताको तस्तै, शुद्ध, तत्सम रूपमा। यो वेग, यो प्रवाह कसैले रोकेर रोकिनेछैन बरु भविष्यमा झन् झन् तीव्र हुँदै जानेछ। यही मेसोमा पहिले उच्चारण/हिज्जे फरक पारेर बोलिने/लेखिने गरेका शब्दहरू पनि हिजोआज आफ्नो मूल रूपतर्फ अभिमुख बन्दै गएका छन्। कप्तान क्याप्टेन भएको छ, सितम्बर-नवम्बर-दिसम्बरहरू सेप्टेम्बर-नोभेम्बर-डिसेम्बर तिर फर्किरहेका छन्। शब्दको शुद्ध, तत्सम रूपसँग हिमचिम बढ्दै गएपछि प्रयोगकर्ताले त्यसैलाई अँगाल्नु स्वाभाविकै हो। यस्तो अवस्थामा, पहिलेदेखि नै शुद्ध रूपमा प्रचलित शब्दहरूको हिज्जे गिजोलेर 'नेपालीकरण' गर्ने प्रयास एउटा हास्यास्पद चेष्टा बाहेक केही ठहरिन सक्दैन।

भाषाशास्त्र होइन, भाषा
यी कुरा सुन्दा हाम्रा कतिपय भाषाशास्त्रीको कन्पारो तात्न सक्छ। उनीहरू नेपाली भाषालाई जातिवादी बनाउनैपर्छ, भाषा-भाषाबीच पक्षपात गर्नैपर्छ, राष्ट्रिय भाषाहरूलाई बाहिरिया र तिनबाट आएका शब्दलाई आगन्तुक मान्नैपर्छ, श-ष-ई-ऊ जस्ता वर्ण नेपालीमा कदापि उच्चरित हुँदैनन्, तिनलाई घोक्रेठ्याक नलगाएसम्म नेपाली भाषाको उन्नति हुँदैन, तिनको उच्चारण भएको देख्नु मूर्खता हो, ती वर्ण अथवा मात्रा नै होइनन्, व्याकरण र भाषाशास्त्रले यही भन्छ भन्दै बुरुकबुरुक उफ्रन सक्छन्। तर यो भाषाको कुरा हो, भाषाशास्त्रको होइन। भाषा लोकव्यवहारबाट निर्देशित हुन्छ, भाषाशास्त्रद्वारा होइन। यो छलफल, यो पीडाविरेचन, यो सरसल्लाह प्रयोगकर्ताद्वारा, प्रयोगकर्तासँग र प्रयोगकर्ताका लागि हो - भाषाशास्त्रीका लागि होइन। भाषाशास्त्री वा भाषावैज्ञानिकको काम 'मानवीय भाषाको वैज्ञानिक अध्ययन गर्नु' हो। त्यो उनीहरूले जति गरे पनि हुन्छ। जे-जे सिद्धान्त र परिभाषा बनाए पनि हुन्छ, शास्त्रार्थमा जति टाउको जुधाए पनि हुन्छ। त्यसमा प्रयोगकर्तालाई कुनै आपत्ति छैन। तर, त्यसो भन्दैमा, आफ्नो सीमा नाघेर भाषामाथि हस्तक्षेप गर्ने अधिकार भाषाशास्त्रीलाई हँुदैन। उसको काम भाषामाथि शासन गर्नु होइन। निरंकुश शासकीय उन्मादमा शब्दको अंगभंग र विरूपीकरण गर्नु त झन् किमार्थ होइन। कसैले त्यसो गर्न खोज्छ भने त्यो स्वीकार्य हुन सक्दैन। वेदान्त दर्शनले संसार र यसका समस्त कार्यव्यापारलाई एउटा भ्रम, एउटा मिथ्या मान्छ। लोकलाई त्यसमा आपत्ति छैन। तर, त्यसो भन्दैमा, वेदान्तशास्त्रीहरूले आफ्नो सीमा बिर्सेर 'चोरी, डकैती, हत्या, बलात्कार सबै मिथ्या हो, तसर्थ यसबापत दण्डसजाय दिने पद्धति खारेज गर्नुपर्छ' भन्न थाले भने लोकले त्यसलाई स्वीकार गर्ला त?
गतिशील भाषा जड भएर बस्दैन। भानुभक्त वा उनीभन्दा पहिलेको नेपाली भाषा आजसम्म आइपुग्दा धेरै बदलिइसकेको छ। यो स्वाभाविक हो। प्रयोगका क्रममा भाषा अनायास बदलिंदै जान्छ। शैली पनि, शब्द र शब्दार्थ पनि, यदाकदा हिज्जे नै पनि। अज्ञानतावश कुनै शब्दको हिज्जे गलत लेखिन थाल्यो भने त्यसलाई सायास सुधार्ने समेत चलन हुन्छ। तर लोकले आत्मसात् गरिसकेको एउटै पनि शुद्ध शब्दको हिज्जे कुनै पनि तर्क दिएर कसैले पनि परिवर्तन गर्न पाउँदैन। अझ एउटा फरमान जारी गरेर हजारौं शब्दको हिज्जे एकमुस्ट परिवर्तन गर्न खोज्नु त पूरापूर अनधिकार चेष्टा हो। विद्वानहरूको प्रचण्ड बहुमतबाट पनि यो काम गर्न मिल्दैन। यसले भाषिक विवाद र अराजकताको बाटो खोल्छ। भोलि अर्काले यस्तै बहुमत जुटाएर आजको निर्णय बदर गर्ने परम्परा चल्न थाल्छ। यस्तो कुचक्रमा परेपछि भाषा अन्ततः दुर्गतिको शिकार हुन पुग्छ। यसो गर्नु भाषामाथिको अन्याय र अत्याचार मात्र होइन भाषाविरुद्धको अपराध पनि हो।
प्रश्न कुन भाषाशास्त्रीले के भन्छ र कुन व्याकरणकारको मत के हो भन्ने होइन ; नेपाली भाषालाई जातिवाद, अव्यावहारिकता र अराजकताको दुश्चक्रबाट कसरी मुक्त गर्न सकिन्छ भन्ने हो। प्रयोगकर्ताको अवमूल्यन गरेर ल्याइएका अप्राकृतिक नियमको जंजालबाट उम्काएर सहज-स्वाभाविक गतिमा कसरी अघि बढाउन सकिन्छ भन्ने हो। विवेकशून्य विद्वत्ताले विनाशतर्फ डोर्‍याउँछ। निर्दोष-निरपराध हिज्जेमाथि स्वेेच्छाचारी अतिक्रमण गरेर भाषिक अन्योल र अराजकता बढाउनु अग्रगमन होइन प्रतिगमन हो। यसको मतियार हुन सकिंदैन।

गर्ने के त?
यो अन्योल, यो अराजकतालाई निस्तेज पार्न हामी प्रयोगकर्ताले गर्न सक्ने र गर्नुपर्ने काम एउटै छ। त्यो हो- सहीबाट गलत तर्फ, शुद्धबाट अशुद्ध तर्फ र उज्यालोबाट अन्धकार तर्फ डोर्‍याउने यो कथित नियम अस्वीकार गर्दै भाषामा भिजिसकेका, पचिसकेका, सर्वत्र प्रचलित शब्दहरूलाई हिज्जे नबिगारी, तोडमोड नगरी शुद्ध रूपमै लेख्न थाल्ने। जोश, होश, खुशी, शर्त, शहर, कोशिश, शायर, फेशन, शेक्सपियर आदि शब्दको मोटो श लाई नचलाउने। ठीक, बीच, सीट, टीम, करीब, गरीब, नमूना, कानून, स्कूल, कार्टून आदि शब्दका दीर्घ इकार-उकारलाई नबिगार्ने। मोटो श र दीर्घ इकार भएको 'शरीर' लेखेजस्तै 'शहीद' पनि लेख्ने।
हिज्जेका समस्या थुप्रैखाले छन् र तिनबाट मुक्ति पाउन गर्नुपर्ने काम पनि कम छैनन्। तर, हामीलाई कदम-कदममा सर्वाधिक पिरोलिरहेका अत्यधिक समस्याहरूको मुख्य उत्पत्तिस्रोत यही नियम हो। त्यसैले, यत्ति एउटा काम गरेर हामी नेपाली भाषालाई हिज्जेको अराजकताबाट ठूलो राहत दिलाउन समर्थ हुनेछौं। आफू स्वयम् हिज्जेको अन्योलबाट मुक्त हुने र शब्दलाई अन्यायबाट मुक्त गराएर गौरवान्वित हुने त छँदैछ। यस कदमले, कहींबाट स्वेच्छाचारी नियम लादिए पनि प्रयोगकर्ताले नेपाली भाषा भाँडिन दिंदैनन् भन्ने नजीर स्थापित गर्नेछ। साथै भाषाको सम्प्रभुता लोकमा हुन्छ, भाषाशास्त्री वा व्याकरणकारमा होइन भन्ने सत्यलाई पनि नवजीवन प्रदान गर्नेछ। हाम्रो भाषाको स्वाभाविक विकास, विस्तार र अग्रगामिताका लागि यो सानो उपलब्धि हुनेछैन।
read more...

पुरस्कार र सम्मानमा होम्मिनेहरू.....


छड्‌केदृष्टि-1

- मिस्टर जीटीए 'छद्मश्री'

समाजमा उ बॉंच्छ जो आफूलाई बचाउन सक्छ। विज्ञानअनुसार सर्भाइभल अफ द फिट्टेस्ट। जिसकी लाठी उसकी भैंस - हरू बॉंच्छन्‌। अझ अङ्‌ग्रेजीमा भनिने माइट इज राइट पनि कता-कता हुन्छ फिट। बट वाट इज इट?

कुरा गरूँ - पुरस्कार र सम्मानहरूको जो हाम्रा साहित्यकार र कलाकारहरूले बङ्‌गाल सरकारबाट थाप्न थालेका छन्‌ वा त भविष्यमा थाप्नेवाला छन्‌।

पुरस्कार र सम्मानको परिप्रेक्ष्यमा साहित्यकार वा कलाकारहरू चार प्रकारका हुन्छन्‌। पहिलो - पुरस्कार र सम्मानका लागि काम गर्ने, दोस्रो काम गरिरहने तर पुरस्कार र सम्मानको आशा नराख्ने। तेस्रो वर्गका हुन्छन्‌ काम गर्ने अनि पुरस्कार कतै पाइहाले थाप्ने, नपाए सन्तोक गरेर बस्ने अनि चौथो जातिका हुन्छन्‌ काम पनि भनेजस्तो नगर्ने तर पुरस्कार र सम्मान पाएन भने धुरुधुरु रुने, ममेरो मूल्याङ्‌कन भएनफ भनेर कम्प्लेन ठोक्ने। नेपाली साहित्यका एकजना मूर्धन्य साहित्यकार एकपल्ट अकादमी पुरस्कार नपाएकोमा अथवा आफ्नो उचित मूल्याङ्‌कन नभएकोमा डॉंको छोड़ेरै रुएको खबर थियो। पछि उनले पुरस्कार पाए। कोही कलाकार र साहित्यकार कस्ता हुन्छन्‌ भने पुरस्कार र सम्मान चाहिँ उनीहरूको हक र अधिकार नै हो ठान्छन्‌।

फेरि आजकल फेशन निस्केको छ आ... मा... मा... पुरस्कार, अभिनन्दन, अभ्यर्थना, संवर्द्धना, सम्मान खै के-के हो के-के। दार्जीलिङमा कुनि कुन सम्मान पायो भनेर कालेबुङमा अभिनन्दन हुन्छ। गान्तोकमा कुनि कसले अभिनन्दन गर्‍यो भनेर दार्जीलिङमा सम्मान जनाउने काम हुन्छ। कुनै यस्तो परिवार छैन जहॉंको कुनै एउटा सदस्य अभिनन्दित नभएको होस्‌। हरेक घरको सिटिङ रुममा आजभोलि टिभी, होम थेटर भएजस्तै सम्मानपत्र पनि सजिएकै हुनुपर्छ। जय हो तकनिकी क्रान्ति! जसले मुद्रण व्यवस्थालाई यति सस्तो बनाइदिएको छ कि आज एउटा सम्मान वा प्रशस्ति पत्र छाप्नुपरे 15 रुपियॉं पनि खर्च पर्दैन। साहित्यकार, सामाजिक कार्यकर्ता, कलाकारहरूको घरको गेटदेखि नै देखिन्छन्‌ यस्ता एफोर, एथ्री आकारका लेमिनेटेड वा त फ्रेममा सजाइएका मल्टीकलर प्रमाण-पत्रहरू। कतिजना त आफै छापेर .... होस्‌ त्यो कुरा अहिले नगरूँ... विषय भँगालिन्छ....।

अब मूल कुरा गरूँ न ममता दिदीको ममताको।

कुरा के भने - ममताको सरकार क्षमतामा आउने बित्तिकै पुरानो सरकारको समयमा भताभुङ्‌गै भएका साहित्य अकादमी, कला अकादमी अरू के-के सबै-सबै बौरेर उठ्‌न खोज्दैछन्‌। कत्ति राम्रो। यहॉंसम्म कि यसपालि त भानुजयन्ती पनि सरकारी पो भयो। धन्य हाजिरी लगाउने बही चाहिँ देखिएन। यसपालि हत्तार-हत्तार भयो अरे अर्कोपालिदेखि त महँगी भत्ता र यात्राभत्ताको पनि मेलोमेसो हुने होहल्ला छ। सरकारले यसरी नेपालीभाषीहरूलाई ममता देखाएको राम्रै हो भन्ने लाग्छ एकप्रकार सोंच्दा। आफ्नो सरकार भए त झन्‌ कत्ति राम्रो हुनेथियो। अब कान्छा बाबु भए पनि बाबु नै त भन्नुपर्‍यो।

तर पहाड़का तथाकथित कलाकार, साहित्यकार, सर्जक अथवा के-के विषेशण दिइन्छ नि यस्ताहरूलाई ती सबैलाई एकदुइ कुरा सुनाउन मन के लागेको छ भने नि...

सुवास घिसिङको समयमा पनि यस्तै हुन्थ्यो। नेपाली भाषाको अकादमी, कलाको अकादमी सबै थिए। यहॉंसम्म कि पुरानो सरकारले त आफ्नो राजनीतिक दलका हितैषीहरूलाई मात्रै यस्ता अकादमीमा विराजमान गराएको अथवा पुरस्कार र सम्मान प्रदान गरेको लाञ्छना पनि लाग्थ्यो। जसले पुरस्कार थाप्थे उ सीपीएम-को मान्छे भनिन्थ्यो। भानु पुरस्कार थाप्ने, संगीत नाटक अकादमी पुरस्कार गुटुमुट्याउने ती साहित्यकार र कलाकारहरू आज पनि धेरैजना जिँउदै छन्‌। पुरस्कार थाप्ने त भए नै साथै ती पुरस्कार प्रदान गर्ने संस्था, बोर्ड, अकादमी, गुठीतिर पनि सरकारले मनले खाएको मान्छेलाई मनोनित गर्ने गर्थ्यो। तर हजूरहरूलाई थाहै हुनुपर्ने समयकालमा घिसिङ र बसुको हनिमुन फ्लप हुँदा त्यो पुरस्कार र सम्मान फेरि गलामा अड़्‌केको माछाको कॉंड़ा भएको थियो ती साहित्यका महान्‌ हस्तीहरूलाई, कलाका पारंगतहरूलाई। ती पद र ओहोदाहरू पनि घॉंड़ो भएको थियो। डा. जी. एस. योञ्जनलाई राम्ररी अनुभव छ यसको। स्कूल सर्भिस कमिसनको कुरा गरेको नि ... बङ्‌गाल सरकारको एस.एस.सी.। त्यतिखेर बङ्‌गालको पुरस्कार चाहिँदैन भनेर घिसिङले पुरस्कार समारोह बहिष्कार त गरेकै थिए साथसाथै जतिले थापेर सिटिङ रुममा झुण्ड्याएका थिए उनीहरू पनि घिसिङका प्यारा बन्नका लागि त्यसलाई फर्काउन तम्सिएका थिए। घिसिङको प्यारा बन्नकै लागि त हो कुरा सीधै गर्नु हो भने। जातिको लागि हो भने के उनीहरूले घिसिङको आदेश पर्खिरहनुपर्ने थियो होला र? अझै भन्नु हो भने बङ्‌गाल सरकारले दिएको थाप्ने कुनै कारण पनि थियो होला र? तर भन्नेहरूले भने साहित्य, कला, सिर्जना जस्ता विषयमा राजनीति गर्नु हुँदैन। यसो भन्दै थापेका थिए थाप्नेहरूले, आफैलाई सान्त्वना दिँदै बराहरू!

हेर्नुहोस्‌, कलाकारहरू! साहित्यकारहरू! सर्जकहरू! संसारमा जत्ति पनि क्रान्तिको बिगुल फुक्ने काम भएको छ कसले गरेको छ? अब यति पनि बताइरहनुपर्छ? र पनि सुन्नुहोस्‌, सबै यस्तै स्रष्टाहरूले गरेका हुन्‌। किनभने स्रष्टाहरू द्रष्टा हुन्छन्‌। देख्छन्‌ उनीहरू। सुँघ्न सक्छन्‌ उनीहरू भोलि-पर्सि, आगुँ, आगामी साल, आउने सयौं वर्षमा के हुनसक्छ उनीहरूले देखिसकेका हुन्छन्‌। यसैले उनीहरूलाई विशेष दर्जा दिइन्छ, सम्मान दिइन्छ, मान-मर्यादासित राखिन्छ। यहॉंसम्म कि भारत सरकारले त संसदमा 12 -वटा आसनमा यस्ता स्रष्टाहरूलाई मनोनयन प्रक्रियाद्वारा अथवा कुनै चुनाउ बिनै ससम्मान बिराजमान गराउनुपर्छ संविधानको प्रावधानअनुसार। यस्ता व्यक्तित्वहरूले बोलेको हरेक विषयलाई उद्धृत गरिन्छ। उनीहरूको वाक्यलाई महावाणी मानिन्छ। उनीहरूको टिप्पणी देशको र समाजको हितको लागि मान्य हुँदछ अनि सरकारले पनि एकपल्ट उनीहरूले गरेको पर्यवेक्षणलाई ध्यान दिएर सोच्ने काम गर्छ कुनै महत्त्वपूर्ण कामको पहल गर्नअघि।
अब एकछिन्‌ यस्ता पुरुषहरू हाम्रो समाजमा को-को छन्‌ खोज्ने काम गरिहेरूँ त...? सबैभन्दा पहिला नाम आउँछ .... हजुर... हजुर... ठिक सोच्नुभयो.... डा. इन्द्रबहादुर राई। उहॉंको विषयमा धेरै बोल्नु दिउँसै मोमबत्ती बाल्नु जस्तै हुन्छ। उनले यस्ता पदक, तकमा, पुरस्कार, उपहार, प्रशस्ति, प्रमाण त कति पाएका छन्‌-छन्‌ त्यसको लेखाजोखा गर्नै मुश्किल पर्छ। यस्तै व्यक्तिहरूमा त्यसपछि आउनेहरूको नाम लिँदा अलिक बेर घोर्रिनुपर्ने अवस्था आउँछ...। अनि एकछिन्‌मा अर्को नाम आउँछ होइन.... होइन.... डा. कुमार प्रधान। कुमार प्रधानले पनि बङ्‌गाल सरकारको सम्मान मनग्गे थापेका छन्‌। त्यसपछि सानातिना साहित्यकार, कलाकारहरूको नाम थुप्रिन सक्छ। कतिजना आज पनि छन्‌, कति बितेर गए, कति जान लाग्दैछन्‌। बिचरा उनीहरूले बङ्‌गाल सरकारको विरोधमा मज्जाले कहिल्यै बोल्न पाएनन्‌। अब सर्जक भएर प्रतिक्रिया व्यक्त गर्न पाएनन्‌, समालोचना गर्न सकेनन्‌, समीक्षा गर्नमा अवरोध लाग्यो भने कस्तो हुन्छ? एकपल्ट सोच्नुहोस्‌ न कुकुर भएर भुक्नु पाएन भने कस्तो जुनी हुन्छ त्यो कुकुरको? तर उनीहरूले नराम्रोलाई नराम्रो भन्न सकेनन्‌ किनभने पुरस्कारको भारीले थिचेको जो थियो। कतिजनाले त घिसिङको करकापमा आएर मनले नमानी-नमानी फर्काए है तर! राशी फिर्ता नगरे पनि त्यो पदक र के-के चाहिँ फर्काएको निक्कै चर्चा भयो। पछि घिसिङ राज बन्द भएपछि वा बङ्‌गाल सरकार र घिसिङमाझ फेरि सुमधुर सम्बन्ध गॉंसिएपछि लुतो लागेको अकादमीलाई फेरि तङ्‌र्‍याउने काम भयो अनि पुनः शुरु भयो पुरस्कारको सिलसिला। यतिखेर घिसिङ डाउन भएको मौका छोपी फेरि घरि बुद्धदेवको हातबाट, घरि अशोक बाबुको बाहुलीबाट पुरस्कार थाप्न पुगे हाम्रा साहित्यकार, कलाकार, द्रष्टाहरू।

अब यसपालि यस्तै हुँदैछ। नेपाली अकादमी शुरु हुँदैछ नयॉं सरकारको प्रायोजनामा। लेखक-कविहरूको किताब धमाधम छाप्पिन्छन्‌ अब। कलाकारहरूले मौलिने मौका पाउँछन्‌। सरकारी मान्यता पाउँछन्‌। नर्तकहरू कम्मर मर्काई-मर्काई नाच्नेछन्‌। सांस्कृतिक झॉंकीहरू निस्किनेछ। बङ्‌गला भाषामा भानुजयन्ती पनि मनाइन्छ शायद। कत्ति राम्रो कुरा। तर अब यसमा राजनीति छैन भन्नु हुन्छ भने तपाईँ द्रष्टा होइन भनेर ठोकुवा दिनसकिन्छ। कलामा केको राजनीति भन्नु हुन्छ भने नि नोबेल पुरस्कारको चयन प्रक्रियाको इतिहास मात्रै इन्टरनेटतिर ब्राउज गर्नुभयो भने पाउनुहुनेछ त्यहॉं कस्तो राजनीति हुन्छ। अब इन्टरनेट चलाउन आउँदैन चाहिँ नभन्नुहोस्‌ है द्रष्टाहरू भएपछि, अरूको अगाड़ि लाज हुन्छ नि। फेसबुकमा नानाथरिको कुरा गर्न भ्याउने सर्जकहरूले यस्तो कुरा गर्नु पाप पो लाग्छ त।

आजकल सिद्धान्तहरू, उखानहरू उल्टा भएका छन्‌। अघइघि एउटा कोटेसन निक्कै प्रख्यात थियो - मकुनै एउटा जातिलाई नास्नु छ भने त्यसको संस्कृति, साहित्य र कलालाई मास्नुपर्छफ भन्ने। किनभने संस्कृति, साहित्य र कला बिनाको जाति पुच्छर बिनाको कुकुर जस्तै हुन्छ कि के-के भनिन्थ्यो। आजभोलि त्यस्तो छैन। कलियुग हो, सरापहरू आशिर्वाद बन्छन्‌। यसैले मकसैलाई जरैदेखि उखेल्नु छ भने त्यसलाई यति धेरै लोलोपोतोमा राख कि उ लाचार भएर पाल्तु कुकुर बन्नेछफ भन्ने सिद्धान्त निक्कै चल्न थालेको छ। अब नेपालीभाषीहरू भन्दा आठ पुस्ता अघि रहेको जातिलाई यस्तो कुरा थाहा छैन होला? यसैले शुरु गर्‍यो बङ्‌गाल सरकारले अकादमीको पुनर्स्थापना। हामीहरू चाहिँ दार्जीलिङमा हुनुपर्छ र मङ्‌पुमा हुनुहुँदैन भनेर हानाथाप। वाह! यो त मआ बैल मुझे मार्‌फ भनेको हो नि तर यति कुरा पनि बुझ्न नसक्ने, आँकलन गर्न नसक्ने, एसेसमेण्ट गर्न नसक्ने द्रष्टाहरू कसरी द्रष्टाको पगरी गुथेर बॉंचिरहेका छन्‌ त्यो एउटा अनौठो प्रश्न भएको छ। बङ्‌गालको स्लो पोइजन पिइरहेका छौं भन्ने स्वाद थाहा पाउन नसक्नेहरूले कसरी आफूलाई सर्जक र द्रष्टा कहलाउने काम गर्नु?

भोलिको दिनमा अहिलेको सर्वशक्तिसम्पन्न राजनीतिक पार्टीको हनिमुन तृणमूल सरकारसित बिग्रेर गयो भने अनि पार्टी हाइकमानज्यूले बङ्‌गालको दयामाया चाहिँदैन भन्नुभयो भने पुरस्कार थाप्नेहरू के गर्नुहुन्छ? एउटा सानो प्रश्न तपाईँहरूलाई। साहित्य अकादमीका भवनहरूमा उत्तेजित जनताद्वारा आगो ताप्ने काम भयो भने के गर्नुहुन्छ? पुरस्कार थाप्नेहरूको घरबारमाथि आक्रमण भयो भने कसो गर्नुहुन्छ? अनि यस्तो हुँदैन भनेर तपाईँ द्रष्टाहरू के ग्यारेण्टी दिनसक्नुहुन्छ?

उसै पनि त सौतेनी आमाले पिलाएको दूधमा बिख हालेको छैन भनेर कसरी पत्याउनु? जबसम्म आफ्नै आमाले, आफ्नै सरकारले सम्मान र मर्यादा दिँदैन तबसम्म यो अर्काकी आमाको बाट माया-ममता थाप्नु के सॉंच्चै कलाकार, साहित्यकार, समाजसेवी, खेलाड़ीहरूलाई सुहाउँछ। यदि स्वाभिमानी हुनुहुन्छ भने कदापि सुहाउँदैन। फेरि आफ्नो सिर्जनाशक्तिको लागि त यस्ता पुरस्कार-सम्मानहरू पाउनैपर्छ, थाप्नैपर्छ भन्ने कुनै अनिवार्य योग्यता पनि त छैन होइन। भोलिको दिनमा तपाईँले कतिवटा पुरस्कार पाउनुभएको थियो भन्ने कुराको गन्ती हुन्छ कि तपाईँले के काम गर्नुभएको थियो भन्ने कुराको चर्चा हुन्छ?

यसरी पुरस्कार र सम्मान पाउँदा प्रतिभाहरूले प्रेरणा र प्रोत्साहन पाउँछन्‌ भन्ने ठान्नुहुन्छ भने तपाईँहरू कलाकार होइन भन्न सकिन्छ। किनभने प्रेरणा र प्रोत्साहनको लागि पुरस्कार प्राथमिक आवश्यकता कदापि होइन। बाल्मीकिले कुन पुरस्कार पाए? सुकरातलाई कुन संस्थाले अभिनन्दन गर्‍यो? कालिदासले संस्कृत अकादमी पुरस्कार कुन साल पाएका थिए? बाबा फाल्केले फिल्मफेयर पुरस्कार पाएका थिए?

हामीले आफ्नै आँखाले नेपालीभाषी यस्ता प्रतिभावान्‌ साहित्यकार, कलाकार, सर्जकहरू देख्ने मौका पाएका छौं जसले कहिल्यै कुनै पुरस्कार र सम्मान पाएका छैनन्‌, आशा पनि गरेनन्‌ तर उनीहरूको योगदान मरुञ्जेलसम्म रहिरहेको छ।

अब सर्जकहरू एकपल्ट सोच्नुहोस्‌। अरूले दिएको पूर्वाधारमा साहित्य सिर्जिन सकिन्छ भन्ने तपाईँहरूलाई लाग्छ भने छिमेकी राज्य सिक्किमको साहित्य अकादमीको उदाहरण हेर्नुहोस्‌। सिँगै राज्य नै नेपालीभाषी भएको ठाउँमा नेपाली भाषाको प्रगति कत्तिको भइरहेको छ सो त्यहॉंको अन द स्पट भिजिट गर्दा मात्रै थाहा हुन्छ। सारा भारतमा आज सिक्किम नेपाली साहित्य र कलाको अगुवा बन्नुपर्ने होइन? किन बन्न सकेको छैन? सिर्जनाको लागि सरकारी संरक्षणको आवश्यकता प्रथम आवश्यकता कहिल्यै पनि हुनसक्तैन। सङ्‌गठनको दरकार पर्दैन प्रतिभाको लागि। काला वर्णको जातिले कसको संरक्षण पाएको थियो र आज ब्रेक डांस विश्वविख्यात भयो? कुन पुरस्कार पाएका थिए र खेलकुदमा सदैव अघि छन्‌ उनीहरू? विश्वका थुप्रै महान्‌ पुरस्कारहरूको चयन गरिँदा चीनी र अन्य एसियालीहरूलाई छुट्याउने काम गरिन्छ। तब के उनीहरूले पुरस्कार पाएनन्‌ भनेर आफ्नो काम गर्न छाड़ेका छन्‌? अझ दोब्बर काम गरेर देखाइरहेका छन्‌।

स्रष्टाहरूलाई त यस्ता पुरस्कार थाप्दै गर्दा कुरीकुरी लाग्नुपर्ने। सर्जकहरूले त पुरस्कारतिर ध्यानै नदिनुपर्ने। मपुरस्कार पाएपछि मेरो कॉंधमा अझै धेर जिम्मेवारी बढ़ेर गएको छफ भन्ने दुइशब्द भाषण दिन लाज लाग्नुपर्ने सर्जकहरूलाई, स्रष्टाहरूलाई। उसो भए पुरस्कार नपाएको भए चाहिँ आफ्नो जिम्मेवारी होइन त्यो? पुरस्कार प्रदान गरेर त परोक्ष रुपमा मअब भयो, थान्को लागेर बस्‌फ भनेजस्तो पो लाग्नुपर्ने होइन? लाइफटाइम एचिभमेन्ट भनेर पुरस्कार दिन्छन्‌। मतिमीले सब गरिसक्यौ, अब बिसाऊफ भनेको हो। मरेको माथि कात्रो हो यो। सर्जकहरू कहिल्यै पनि थाक्दैनन्‌। मप्रतिभाहरूलाई जिउँदैमा सम्मान र कदर गरिनुपर्छ नत्र उनीहरूको मूल्याङ्‌कन हुँदैन र उनीहरू मुर्झाएर जान्छन्‌फ भन्ने गफ धेरैले हॉंक्ने गर्छन्‌। प्रतिभा कहिल्यै पनि मुर्झाउँदैन। उ कहिल्यै पनि मूल्याङ्‌कनको पछाड़ि दौड़ँदैन। खुशवन्त सिंहले धेरै सम्मान र पुरस्कार पाए तर उनको लेखनको जिम्मेवारी सधैँ एकनासे नै रहेको छ। पुरस्कार पाउनअघि पनि उनले त्यही जिम्मेवारी निर्वाह गरेर लेखे जुन पुरस्कार पाएपछि गर्दैछन्‌। आफ्नो जीवनको अन्तिम श्वास फेरिरहेको समयमा पनि उनी आफ्नो शारीरिक ताकतले भ्याएजत्ति लेख्ने काम गरिरहेका छन्‌।

हाम्राहरूले कहिले सिक्ने यस्ता कुराहरू? हामी त अहिले पनि पुरस्कारकै लागि लेख्छौं, आफ्नो सम्मान भएन भनेर गनगन गर्छौं। आफ्नो प्रतिभाको सही मूल्याङ्‌कन भएन भनेर रिसाउँछौं। अनि कुन दिन कसले कुन स्वार्थपूर्ण उद्देश्यले 15 रुपियॉंमा पाउने सम्मान-पत्र चड़ाउँछ त्यो थाप्न पुग्छौं 15 सय खर्च गरेर। यहॉंसम्म कि कतिजना त पैसा तिरेर पनि पुरस्कार थाप्छन्‌ भन्ने सुनिएको छ ... यसबारे आउने अङ्‌कमा है...।
read more...

खेलिबस्छु खेल कति: एक पठन


इन्द्रबहादुर राई

समालोचकले लेखकले लेखेको कथा कहिल्यै पढ्दैनन्। पढ्न सक्तैनन्। कुनै दुइ समालोचकले कसै लेखकले एउटै कथाको समालोचना गर्दैननन्। समालोचकले कुनै कथालाई जस्तो बुझ्छन् उनले त्यसै बुझाइको कथाको समालोचना लेख्छन्, आफूले पढेको (बुझेको) कथाको समालोचना। पाठकवर्गले त्यसै गर्छन्। कथाका तटस्थ तथ्यहरु पात्रका नाम, काम, कथानक आदि सबले साझा बुझ्छन्। तीबाट प्रसृत तथा तीसँग सम्पृक्त पठनानन्द, बोध, भावानुभव, सौन्दर्यग्रहणादि तर पाठकवर्गका आआफ्ना हुन्छन्। पाठकीय ग्रहण वा सर्जन नभई पठित कथा बन्दैन। लेखिएको एक कथा यसरी दस पाठक वा समालोचकद्वारा पढिएका दस अवतारमा दस भिन्न कथा बन्छ। सिक्किमका प्रवीण राई जुमेलीको तेस्रो कथासङ्ग्रह ‘ऋतुखेल’को पहिले कथा ‘खेलिबस्छु खेल कति’-को व्याख्यात्मक समीक्षा (‘पठन’ भन्न उपयुक्त होला) यहाँ राखिन्छ। सम्भव अनेक पठनहरुमा एक पठन।

कथाको थालनीमा कथाकारको घरको छानामा राति जोडले ढुङ्गा हानिन्छ। घर अर्थात सुरक्षा र शान्तिको धारणा र भरोसा भ्रान्ति रहेछ कि? लाग्छ उसलाई त्यस क्षण। घरको कुकुर उत्तिकै जोडजोडले भुक्छ। कुकुरले भुक्नु, दुइ मुठी भात खानमा घरको रखवाली गरेको होला सम्झनु पनि सन्देहात्मक लाग्छ। सहमतिमा थप्छौं (थप्छौं र आफ्नै कथा पार्छौं) : प्रेक्षक कतिले भन्छन्, ‘पशुले आहारको निम्ति क्षेत्ररक्षामा तर्जने बानीमात्र हो कुकुरले भुक्नु।’ बाबु पनि आँगनमा निस्केर क्षेत्ररक्षामा भुक्छन् : ‘को हो?’

म पाठकले पढ्दैछ यसरी – कसले किन हाम्रो छानामा ढुङ्गा हानेको? हेत्वाभास(कारण अन्सार काट्नु)का कति तरङ्ग मच्चन्छन्, कोइरालाको ‘शत्रु’ कथा लेखकको लेखनमा, पाठकको पठनमा ध्वनित हुँदै। भनौं ‘शत्रु’ र यो कथा पाठकले सँगसँगै पढ्छन्। ‘अन्तर्पाठ्यता’ (Intertextuality) भनिएको छ यसलाई। यस लेखनपठनकर्मले साहित्यमा र जीवनमा सधैँ मेटिने ‘विगतको वर्तमानता’ (Presence of the past) प्रति सचेत गराउँछ हामीलाई। अन्तर्पाठ्यताको उत्तराधुनिक यो एक उपयोगिता।

पूर्वीय काव्यशास्त्रमा अन्तरपाठ्यतालाई केही भिन्नै हेरिन्छ। राजशेखरको काव्यमिमांसामा एक कविको श्लोकबाट अर्का कविद्वारा शब्दार्थपरण, अर्थहरण, रचनारीतिको विवेचना छ। नागारजुन र भर्तृहरिका कति कारिकामा यस्तै साम्यिक रचन छन्, दिङ्नाग र भर्तृहरिका कारिकामा पनि। भगवतगीताका कति श्लोक केही भेदसँग महाभारतमा छन्, उपनिषदका कति श्लोक नै त्यसरी गीतामा छन्। सुविज्ञ पाठकवर्गले यस रीतिका रचन सविशेष सौन्दर्यानन्दका पाउँथे।

हेत्वाभासको अर्को तरङ्ग उठ्तै हुन्छ (छानामा ढुङ्गा हानिनु आउँदै गरेको चुनाउसित जोडिँदै)। कथा सटक्क मोडिन्छ विचित्र पात्र प्र.को प्रगटनतिर लेखकले प्र.को प्रगटन कति सशक्त र सुन्दर लेखेका छन् :

‘पेटमा अचानक एउटा चल्मल थाहा पाउँछु यतिखेर नै। असीम पीडाको बोधसँगै घोंच्दै वरपर र घचेटिँदै पनि उँभो मुखतिर आइरहेको केही – ‘केही’। केहीक्षणमै एउटा स्वरुप मुख च्यात्दै बाहिर छाद्छु ‘ह्वाल्ल’। झन्डै बेहोशिएको अवस्थामा देखिरहन्छु त्यो स्वरुप अर्थात प्र.लाई, जो मभित्र मेरै रगत पिएर बाँच्छ र मसँगसँगै घटबढ हुँदै गइरहन्छ। अनि यस्तै एकान्तमा मलाई उसको भ्रमको सास्ती दिन बाहिर आउँछ।’

यहाँ लेखकका लेखनलक्ष्य दुइ छन् : (क) प्र.को क्लेषित प्रगटन बनाउने, सामान्य लेखनरुपले हुने र (ख) त्यस क्लेषित प्रगटनको अनुभव अनुभव पनि गराउने, विशेष लेखनरुपले हुनसक्ने। के लेख्ने (विषयगत) र कसरी लेख्ने (रुपगत)को भिन्नता हुन्छ यो। पछिल्लोजस्तो (उच्चतर यस्ता अरि लेखनलक्ष्य हुन्छन्)लाई लेखनको अधिलक्ष्य भन्नसक्छौं। यहाँ यो उच्चतर लक्ष्य सम्पादित छ लेखनको संरचनामा उपयुक्त गतिक बिम्बहरु (Kinetic images)-को प्रवीण प्रयुक्तिले।

‘कसले अह्रायो कथा लेख्न तिमीलाई?’ भित्तामा झुन्डिएको तौलिया उठाएर अनुहारको रगत पुछ्दै सोध्छ (प्र.ले) । म बोल्ने तरान खोजिरहेको हुन्छु।

‘कथा लेखिनँ लाग्छ तिमीलाई? यो के हो?’ कागजको पन्नाहरु उठाउँदै भन्छ उसले। ‘कथा कहिल्यै नपत्याउनूलाई पढेको छौ कतै?’

कथा कता बरालियो लाग्छ पारम्परिक जैव (Organic) संरचनाका कथा पढ्नम अभ्यस्तहरुलाई। कोही पर्खौं, कथा कहाँ पुग्छ वा कथाले के गर्छ।

यस समीक्षकले कठपुतलीको मनमा लेखेको थियो – ‘कथा कहिल्यै नपत्याउनू। कथामा म एउटै सत्य बोल्छु, एउटै र माया सत्य। बहुल सत्य बोल्ने कथाहरु अब लेखिँदै छन् तर पनि मायिक (भ्रमित) सत्यहरु मात्र। कसरी?’

कथा लेखिन्छ वर्णनवे वा विवरणले। वर्णन वा विवरण सधैँ चयनात्मक हुन्छ, कति तथ्यहरु प्रासङ्गिक र महत्वका मानी लिइएका, अरु सबै छाडिएका। साँचो याथार्थिक लेखनमा, वास्तविक यथार्थमा समान, सम्पूर्ण तथ्य लेखिएको, एउटै केहीबाहेक नगरिएको, हुनुपर्थ्यो। त्यस्तो लेखन असम्भव छ। सब लेखन लेखिन्छन् चयनले। चयन गरिन्छ आफूले गर्हण गरेको कुनै एक विचारधारणा (Ideology) वा सङ्कथन (Discourse) बाटको प्रभाविततामा। चयन (चयनित विवरण) ले कथामा यथार्थ विकृत बन्छ, बङ्ग्याइएको, झुट्याइएको बन्छ। र कथा कति पत्याउनु?

फेरि उता पाठकतर्फ हेर्दा, कथाकारले चयनात्मक कथालेखन गरेको माथि पाठकले फेरि चयनात्मक कथापठन गर्छन्। पाठकको आफ्नै पढाइ (बुझाइ)को कथा बन्छ। त्यसलाई कति पत्याउनु? दस पाठक वी समालोचकले उब्जाएका दस कथामा कुनलाई कति पत्याउनु?

‘कथा कहिल्यै नपत्याउनू’को घेरोभित्र जुमेलीको यो कथा पनि पर्छ। पर्दैन? नपत्याउनु हो भने कथा किन लेख्नु? उत्तर केही पछि खोज्नेछौं।

कथाकारले प्र.लाई चिनाएका छन् : ‘यो प्र. काफ्काको उपन्यास ( द क्यासल)को पात्र जोजफ के.भन्दा फरक छैन, जो भ्रमको सञ्जालभित्र आफ्नो अस्तित्वको हास्यात्मक खेलको साक्षी हो।’ प्र.को यो परिचय तथ्य (Factual Truth)को रुपमा प्रदत्त हुँदा कथाकारलाई हाँक दिने ठाउँ रहेन। कथामा प्र.को निर्णयकर तर छोटो भूमिका छ। लामो भूमिका पाएको भए प्र.लाई पाठ (Text) जस्तो भिन्न पठन गर्थ्यौं म, उहाँ, तपाईं भिन्न पाठकले।

प्र.ले अब कथाकारलाई एउटा कुरा अचम्भको सुनाउँछ :

‘एउटा कुरा थाहा छ तिमीलाई?’ निकै भरैतिर सोध्छ उसले।

म उसको रक्तिम अनुहारमा नियाल्छु।

‘भादास, चारद र कधोज तिम्रो अलिखित उपन्यासका पात्रहरु होइनन्?’ अर्को प्रश्न पनि थप्छ प्र.ले।

‘हो’, भनेर ‘किन?’ पनि सोध्छु।

अलिक सानो स्वरमा उसले रहस्य खोल्छ – ‘तिनीहरुलाई तिम्रो पछाडि लगाइएका छन्। बुझ्यौ?’

आश्चर्य र रोमाञ्चले कान ठाडो हुन्छ। अलिक भरै ‘किन र कसले?’ पनि सोध्छु।

‘त्यो त म पनि जान्दिनँ’, भन्दै हुन्छ ऊ, ‘तर ती तीनजनालाई मैले धेरैपल्ट तिम्रो पछिपछि लुक्दै पछ्याइरहेको देखेको छु।’

प्र.को प्रगटन पनि र अलिखित उपन्यासका तीन कल्पित पात्रले कथाकारमाथि जासुसी गर्नु साम्भविक (याथार्थिक) तुल्याई विवरण छ। असाम्भविक (अयाथार्थिक)को स्वैरकल्पना र यथार्थको यस्तो मिश्रणलाई ‘जादुमय यथार्थ’ (Magical Realism) भनिएको छ (यूरोपियहरु विश्वास गर्न गाह्रो यथार्त घटना जुनैलाई पनि ‘म्याजिक’ भनिहाल्छन्)। कथाकारको ‘दुखेसो मेरो घरको छानामा ढुङ्गा हानियो आज राति’, सुनेर प्र. हाँस्छ, हाँसिसकेर भन्छ – ‘आज तिनीहरुलाई यसो गर्न ठीक लाग्दैछ। भोलि त्यसलाई सम्झेर किन गरेछु पनि लाग्नेछ।’ मुखमा उसको कऱ्यापकऱ्याप बझ्छ अक्षर, फेरि भन्छ, ‘त्यसरी नै विभिन्न प्रकार्यहरु नै वाहक हो व्यर्थताको।’

धारणा, विचार, निष्कर्षको अनिस्चितता र अस्थिरता (सदालाई निर्धार्य कुनै सत्य छैन) बोध गराउनमाथि साङ्केतिक ‘तिनीहरु’ सके ती पात्र तीन हुन्, तीनमा कुनै हो छानामा ढुङ्गा हान्ने। यसो भए कथा थालनीदेखि जादुमय यथार्थ छ।

वास्तविक, वैयक्तिक र सामाजिक भ्रान्तिको खेल लेख्ने हामी (कृष्ण धरावासी, रत्नमणि नेपाल, कृष्ण बराल, कुमार भट्टराई, दुर्गा विनय, म……भेर अनुकरणात्मक (Mimetic) लेख्थ्यौं, कृतिको कथनीय (भन्ने कुरा) पात्रहरुका मुखबाट परोक्षतः भनाउँथ्यौं, कार्यबाट दर्शाउँथ्यौं। पारम्परिक लेखनविधि। आख्यानमा पात्रले पात्रको रुपमा, लेखकले लेखकको रुपमा, पाठकले पाठकको रुपमा प्रत्यक्षतः बोल्ने वक्तव्यात्मक (Didactic) लेखन निकै गऱ्यौं।

जुमेलीका कथाहरुमा यो परिलेखन बृहत्तर परिमाणमा र काटिला धारका छन्। विशेषतः साहित्यिक लेखनप्रणालीहरुमा निहित भ्रामकता समातिइनु यस लेखनको लक्ष्य हुन्छ। हो, जादुमय यथार्थको समावेशन लीलाबोधी लेखनमा यहाँ जुमेलीबाटको प्रयोग छ।

कथाकारलाई प्र.ले त्यसै दिन भनेको छ : ‘बाँचिरहेको व्यवहारिकताकै स्मृतिमा प्राप्त छ आवेगक्षेत्र लेखनको। चिमोट्दा दुख्छ, दुखेकोले पिरोलिन्छु – अभ्रान्ति त्यै होला लेखिनलाई अनेकौं भ्रान्ति। घटनाहरु सानाठूला अभ्रान्ति सबै, अनिश्चिततालाई निश्चितता लेख्नु मात्र भ्रान्ति।’

यहाँ अलिकति व्याख्या आवश्यक होला :पृथ्वीमा मानवजाति नभएको बेलामा पनि वस्तुहरु थिए, घटनाहरु भइरहन्थे। ती वस्तु, घटनाका त्यसबेला कुनै नाम, अर्थ, भाव, मूल्य लागेका हुँदैनथे। नाम र विशेषणबिनाका तीहरु केवल आफ्नै नयता वा यायावत्यमा, आफ्नै ‘वस्तुता’मा रहिरहन्थे। आज पनि ती यथार्थमा त्यस्तै छन्, सधैँ त्यस्तै रहनेछन्। मानिसले मात्र आत्मपरकतापूर्वक तीहरुमा नाम, अर्थ, मूल्य, भाव जोडिदिन्छन्। आयामिक धारणाको वस्तुताबाट लीलाबोधमा वस्तुपरक तीहरुलाई ‘तथ्य’ र ‘नाम’, मूल्यादिलाई मानवसापेक्ष ‘सत्य’ भन्यौं। युरोपीय अब प्रचलित लेखनमा हाम्रा तथ्यलाई ‘घटना’ (Event) र सत्यलाई ‘तथ्य’ (Fact) भनेका पायौं। कथाकार भन्छन्, घटना (इवेन्ट)को कुनै निश्चित अर्थादि छैन तर हामी मानिसले त्यसमा कुनै निश्चित अर्थादि टाँस्न खोज्छौं र नै अनेक आत्मपरक भ्रान्ति सृष्ट बन्छन्। यसमा ‘स्मृति’ उत्तिकै सहपराधी छ। अघि कुनै वस्तु वा घटना प्रियप्रिय लागेको भावात्मक स्मृति (एमोसनल मेमरी) स्मृति सधैँ भावात्मक हुन्छ – मानिसको मस्तिष्कमा रहेको सानो बदामगेडी आकारको तन्तु Amygdala मा सङ्गरहित हुन्छ। स्मृति तर प्रायशः नै चयनित, प्रवर्धित पनि हुँदा भ्रान्तिकर हुन्छ।

यसरी कथाको बाटोमा पाइलापाइलामा भेटिने भ्रान्तिका झारहरु उखेल्दै चिनाउँछन् कथाकार।

कथाकारले चिनाउँछन्, कथाभित्रका पात्र। लेखक जुमेलीभन्दा पृथक। दुइ निकै विचारमा मिल्छन् तर कथाकार पात्र छ छुट्टै विशेषणीय। कथामा समायोजित हुने, अटाउनेभन्दा बढ्ता वा विशेष केही लेखिएकामा भेट्छौं लेखक जुमेलीलाई। र नै प्र. पात्रलाई बताउँछ कथाकार पात्रले – ‘मेरो घरको छानामा ढुङ्गा हानियो आज।’

कता छानामा राति ढुङ्गा हानिएको कथ हुँदै थियो, प्र. जन्मेको कथा आयो, फेरि कथा नपत्याउनुको छलफलमा पस्यो कथा, अब आफ्नै तीन पात्रले कथाकारको जासुसी गर्नलागेको कथा जोडियो। यस्तो ‘कथा’ किन लेखिएको, लेख्नुपरेको? पारम्परिक कथा सरलरेखीय रुपको थियो, कथाको विषयलाई एकपट्टिबाट हेरिन्थ्यो, चिनाइन्थ्यो। अब अनेकपट्टिबाट चिनिन्छ, प्रश्न गरिन्छ। जुमेलीको यस कथाको विषय छ खेल, जगतमा जीवन बाँच्ने खेल, यहाँ सत्यताका अनेक खेलरुप, शीर्षक नै छ – ‘खेलिरहन्छु खेल कति’। यही खेल खेलिन्छ कथामा विभिन्न सन्दर्भमा, विभिन्न परिप्रेक्ष्यमा, विभिन्न उपकथामा, कथामा। कथानक जम्माजम्मीमा सरलरेखीय प्रगतिको छ ति विभिन्न प्रकार र तहका जोडाइ भई विभिन्न कोणबाट अध्ययनलाई प्रयोगस्थल छन्। दिशात्मकता (कथा कहाँ पुग्छ) भन्दा (कथाले के गर्छ) को तनाउ (Tension) मुख्य हुन्छ, तेर्सो गतिकता (कथामा बढाइ) भन्दा ठाडो गहिऱ्याइ (बुझाइ) मुख्य। सन्दर्भहरुको सङ्कथन लेखनरुप बन्छ।

हेत्वाभासको एउटै धागोलाई मात्र समातेर सरल कथा लेखिएन यो। त्यससित सम्बद्ध आएका विचारहरु अन्यको समेत समावेशन छ यहाँ, ‘उपकथा’ भनिएका छन्। आधुनिक मानिस जटिलताजीवी छन्। एक लगनी वैचार्कता बाँच्दैनन् तिनी। हेत्वाभास पछ्याउँदै पनि संसर्गित अरु दस विचार आउँछ उनलाई। ती कति चिन्तनलाई कथात्मकताले बाटेको ‘अन्तरवेशन’ (Inclusion) को छ जुमेलीको। ‘Poetry of inclusion’ को समान्तरले।

लेख्छन् : ‘एउटा उपकथा जोडौं’, यस्तो :

एक : भौतिक दुःखवादको सङ्घर्षमा होमिएर आमाबाबुले हामी छोराछोरीलाई शिक्षाको उज्यालोको भ्रमतिर धकेले। जीवनयापनको युक्तिस्वरुप उनीहरुलाई र आफैलाई पनि सघाउन चाकरीको दहमा हामफाल्छौं।

दुइ : सामाजिकता शिक्षितको प्रकार्य हो – सन्देशहरु बुद्धि कोट्याउँथ्यो। अबुद्धिको ऋक्थ बिसाउन सक्रियताको उत्स जगायौं। गाउँ, संस्कृति र राजनीतिको बैशाखीले दुरी केही हिंड्यौं।

तीन : दृश्यका हेत्वाभासहरु कतिपय दुख्दो अनुभूत गर्छौं। लेखनको युक्तिले हल्का बन्न खोजियो।

छोटो टीका १.मा : ‘शिक्षाको उज्यालो’ कति भ्रमपूर्ण छ व्याख्यालाई यहाँ स्थान हुँदैन। ‘जीवनयापनको युक्ति’ सम्बन्धमा Longfellow ले Nature कवितामा भनेको सम्झन्छौं :

So Nature deals with us, and takes away our playthings one by one and by hand leads us to rest.

२.मा : सोक्रेटिजले देखाइदिएका छन् – हाम्रा जम्मै तथाकथित बौद्धिक (Rational) विचारहरु जगमा अबौद्धिक (अतर्कसंगत) हुन्छ। सामाजिक, आर्थिक, राजनीतिक सक्रियता त्यस असंगतता देख्न नचाहेको , भुल्न चाहेको विभ्रम हो?

३.मा : हेत्वाभासबाटको मिथ्या दुःखलाई लेखनले चिन्नुले केही स्वस्थता पाइयो। ‘लेखनको युक्तिले हल्का बन्न खोजियो’, लाग्छ कथाकारलाई। दुई पृष्ठपछि तर लेखक भन्छन् : ‘लेखक नहुनुको कस्तो होला आनन्द? …बाँचेको बोध गर्न।’ लेखकले जीवनलाई लेखकता वा लेखनताबाट चिहाइरहँदा निक्खर जीवन बाँच्दैनन्, प्रेक्षणप्रभावित जीवन बाँच्छन्। कथाकार र लेखकका परस्परविरोधी कुरा देखिन्छन् यी। वास्तवमा भिन्न समय र स्थानमा भिन्न सन्दर्भमा देखिने परिप्रेक्ष्यित सत्यरुपहरु हुन्छन् यी। अबका लेखक परस्परवैरोध्य, अन्तरवैरोध्यसित खेल्छन्।

अब कथाका पाइलाहरु नपछ्याई पठनमा फट्को हान्दै बढौं।

कथाकार प्र.बाटको सतर्कतापछि, रुपान्तरण (मेटामर्फसिस) लक्षित छ, तर कीरा (कर्म पात्र) देखि मानिस (कर्ता पात्र) मा। उसले त्यो खेल अब ‘मेरो खेल’ मान्छ र खेल्छ। उसको स्वतन्त्र कर्तव्य पनि तर भर्म विश्लेषित हुन्छ। बाह्यिक (भौतिक, जागतिक) र आन्तरिक (मानसिक, व्यक्तिक) निर्धारक तत्वहरु (Determinants)लको अन्तरक्रियात्म खेल। आन्तरिक निर्धारकहरुमा पस्चिमीय फ्रायडवाद, पूर्वीय त्रैगुण्य आदि पर्छन्। उसले तीन पात्रलाई चिनिने, तिनीहरुका (चरित्रसित नभनौं) कार्यसित मिल्दा अनुहार दिन्छ मनैमन। साँच्चै एकदिन गान्तोकको एमजी मार्गको घचारोमा उसले ती अनुहारका तीनलाई वा तीनले भेट्छन् तिनलाई। तीनले तिनलाई जासुसी कथाको पारामा अपहरण (किड्न्याप) गरेर पुऱ्याउँछन् सहरबाहिरको जङ्गलमाझको एउटा ‘हरर’ सिनेमाको झैं घरमा। उत्तरआधुनिकतावादी आख्यानमा स्वीकृत पप (पप्युलर) लेखनको समावेशनले अच्च र निम्न साहित्यिक लेखनको श्रेणीभेदलाई हाँक छ। लेखकले खेलिरहेको खेल थाहा गर्नोस् – काल्पनिक कथारुपको सर्जनले विचार, भाव, मूल्यहरुका स्थापन र विस्थापनको शून्यात्मक खेल।

खेल, क्रीडा (Play, sport) का सौन्दर्यपक्ष र आध्यात्मिकतासमेत माथि युरोपीय कति दार्शनिक (कान्ट, सिलर, सोपेनहावर आदि) र कविलेखक (किट्स, रस्किन, वाइल्ड आदिले) र पूर्वीय आध्यात्मिक गुरुहरुले धेरै चिन्तना र व्याख्या गरेका छन्। (‘खेल शब्दको मिस्टिफिकेसन गर्नमा सफल’ भन्छन् लेखक जुमेली)। ती कुनै व्याख्यामा पनि आधृत सफल सुन्दर साहित्यिक रचन गर्न सकिन्छ। पूर्वीय लीलासम्मत ‘खेल’ को सानो खाका फेरि यहाँ दिइन्छ : परमधामवासी ईश्वर (गीता १५/६) ले समयमा पृथ्वीमा अवतार लिन्छन्, यहाँ आवश्यक लौकिक लीला गर्छन्, आभ्यन्तरतः अनाशक्त रही त्यो अवतीर्ण रुपलीला खेलमात्र खेलछन्। हामी मानिसले संसारमा तत्त्वतः वा सत्त्वतः नितान्त नव केही सर्जन गर्न सक्तैनौं। हाम्रा सब सर्जन केवल नवरुपसर्जन हुन्छन्, रुपससर्जनमात्र, प्रतितिहरुको सर्जन, संवृत सत्यहरुको सर्जन। धार्मिक दर्शनले चिनाएको छ : मानिसले बुद्धि पाएको छ, साथै त्यस बुद्धिलाई र त्यसले बुझेकोलाई जाँच्ने ‘साक्षी बुद्धि’ पनि पाएको छ (बौद्ध दर्शनमा प्रज्ञा)। ज्ञान, विज्ञान, सामाजिकता, कला सब मानिसका सर्जन, रुपसर्जनहरु। यहाँ मानिसरुपमा अवतीर्ण छौं सप्रज्ञ। साक्षी बुद्धिले प्राप्त अनासक्तता र खेलमा आसक्त अनासक्त, सहभागिताले, रुपहरुको अनेकविध सर्जन गर्दै, यहाँ खेलौं बाँच्ने खेल। रुपहरुको संसारमा ‘जीवन बाँच्ने खेल’को लार्थकताको निर्माण यहाँ मानिसमात्रको महोद्यम छ। त्रैगुण्य सञ्चालित मानव जीवनको संयुक्तिले निर्माण्य सार्थकता।

साहित्यिक यात्रामा, कुनै नितान्त नवसात्यको अन्वेषणमा, अब निस्किनु छैन, प्राप्तिलाई पुग्नु छैन। सत्य चाहिँदो प्राप्त छँदैछ पूर्वजनहरुले कहिले नै पाइदिइराखेको। प्राप्तिको गन्तव्यमा पुगिसकेका रहेछौं। हाम्रो साहित्यिक यात्रा अब फर्कनमात्र रहेछ प्राप्त ज्ञान र बोध बाँच्न जीवनमा र लेखनमा, जगतमा।

‘खेलौं बाँच्ने खेल’ लेखिएको थियो कठपुतलीको मनमा। यसलाई अझ राम्ररी परिभाषित लेखेका छन् कुमार भट्टराईले उनको अनुपम काव्यिक कृष्णमा: ‘खेलौं जीवन बाँच्ने खेल’।

‘खेलका अनेक रुप हुनसक्छन्, यहाँ त्यहाँ तर कुनै खेलको पछि कुनै मास्टर माइन्ड होला कुनै खेलाडीझैं – विश्वास गरिहाल्न मन मान्दैन।’ आफ्नो अपहरणखेल सम्बन्धमा सोंच्छन् कथाकार र लेखक। अपहरण र मास्टर माइन्डका धारणा अधियथार्थ (हाइपर रिअलिटी) मात्र हुन्छन् जाँ बुद्रियाँले भन्ने थिए सोद्धा, उनी जीवित भए। यस्तै प्रश्न हुन्छन्: जीवनखेलको कुनै सर्वोच्च सूत्रधार होला? यो कथारचन खेलको कुनै सर्वान्तिक सूत्रधार होला? कार्यकारणता (Causality) ले भन्छ: कारण (सूत्रधार) पहिले हुन्छ र पछि कार्य (खेल) हुन्छ, कारण नभई कार्य हुँदैन तर अब नवविज्ञान (कोपेनहेगन व्याख्या) र दर्शन मनोविज्ञान (युङ) मा अकारणता (ननकजालिटी) भेटिइँदै छ। बौद्ध माध्यमक (प्रतित्यसमुत्पाद) ले बताउँछ: कार्य (खेल) र कारण (खेल्ने) सँगै समुत्पन्न हुन्छन्, अघिपछि होइन। नाच्न थालेपछि ऊ नर्तक जन्मन्छ, अघिपछि होइन। नाच्न थालेपछि ऊ नर्तक जन्मन्छ, अघिपछि (ननाचेको बेलामा) फसलाई ‘नर्तक’ भन्नु शाब्दिक भ्रम हुन्छ। घटना (जुन टेकस्ट हुन्छ) लाई जसले पढ्छन् त्यस पठनअनुसारको घटनाको सूत्रधार आफै हुन्छन्, पठित कथाको आदिक वा सर्वान्तिक सूत्रधार पाठक स्वयम् भएको जस्तो। जीवनपाठलाई यसरी पढिन्छ, बुझिन्छ, बाँचिन्छ त्यसका यथार्थ सूत्रधार जीवनसँगै जन्मने र बाँच्ने जीवी स्वयम् हुन्छन्।

बन्दी रहँदा कथाकारलाई सोधिएको एक प्रश्न: ‘किन लेख्छौ, लेकखज्यू?’

कथाकारले परम्परागत (युरोपीय उत्तराधुनिकहरुले मानवतावादिक(ह्युमनिस्टिक) भन्छन्) उत्तर गर्छ: ‘मेरो अलिखित उपन्यासका तीन पात्रहरु जान्न चाहन्छन् मेरै लेखनीको उद्देश्य। लेख्नुको उद्देश्य कति ठूलो हुनसक्छ र? आफूभित्र बाँच्ने एउटा कुनै एउटा त्यस्तो जीवन चीज छ जो रुन्छ, हाँस्छ र नाच्छ पनि कहिलेकाहीं। अनुभूतिको रस कतिपय परिवारमा, साथीभाइमा, शत्रुमा बाँडेर उब्रिएको बसिरहन्छ त्यहाँ। बोझ लाग्छ बोकिरहँदा आफैभित्र त्यो। लेखनीमा फुटेर झर्ने त्यही ‘बोध’को तरलता त होइन?’ आत्मप्रकाशनको यो सकारात्मक चाह तर वास्तविक जीवन र व्यवहारमा त्यसको नकारात्मक अस्तित्वमा आधारित देखिँदा जम्मै आदर्शहरु नकारात्मक यथार्थका उपजमात्र छन्। ‘एउटा सकारात्मक अस्तित्वमानताको आधारनै त्यस नकारात्मक अस्तित्वमानताले जन्माएको सत्य देख्छौं’: कथाकारसँग हाराहारीमा बोल्छन् लोखक। आदर्शहरुको मृत्युको, आदर्शहरुको ‘अनर्थ’मा रुपान्तरणको लेखकको लेखनले ‘आहत छैनौ’? भन्दिन्छ कधोजले र हेपेर नै रहस्य बताइदिन्छ: ‘तर त्यसको लागि एउटा व्यूह रचिएको छ यहाँ।’ स्थित व्यवस्था (शक्ति)ले क्रान्तिकर दल, विचार, लेखनलाई आफूमा मिलाएर समयमा पाल्तु तुल्याउँछ, चक्रचाल यही छ यहाँ चलेको। यो विस्तारमा बुझ्न पाठकले मिचेल फुकोले बताएको शक्ति(Power)ले कसरी काम गर्छ पढ्नपर्नेछ। पाठकले तर सोध्न सक्छन्: आतङ्कवादीजस्तो कधोजले तसरी फुकोको विचार बोलेको? आख्यानमा अब पात्रको(स्थिर) चरित्र हुँदैन, चरित्र विनिर्मित हुन्छ, पात्र आख्यानमा आवश्यक भूमिका(Role) मात्र हुन्छ, रुपान्तरण(Metamorphosing)ले एकभन्दा धेर भूमिकामा क्रियाशील बन्छ। हामी आफैलाई सोधौं: ‘के म एक व्यक्ति(चरित्र) मात्र छु?’

तीन राजनीतिक लेख कथाकारको प्रकाशित भएको पनि बुझाइदिन्छ ती तीनलाई आफ्नो विचार बताउँदै। सार छ: राजनीति वर्तमान तर्कहरुले हिंड्छ तर तर्कहरुले कुनै सत्य साउँदान सधैँलाई। अन्तिम सत्यहरु समाउनेहरुमाझ मुद्दालाई एउटैमात्र दृष्टिले हेर्दा उब्जन्छ, सबै दृष्टिले हेर्दा सहन पलाउँछ।

जुमेलीको एउटै यस कथामा मात्र पनि युरोपीय अनेक लेखक, पात्र, उद्धरण परेका छन्: चेक मिलन कुन्देरा, यहूदी काफ्का (पात्र जोजफ के.), चेक कवि जेन स्केसल, आयरीय बेकेट (पात्र गोदो), डच वानगोफ र अनेक अङग्रेजी शब्दहरु। नेपाली साहित्यमा आइरहेको वैश्वीकरणका पदक्षेप सुनिन्छन्। अघि देशका संसाधनलाई लिई देशकै मानिसले मात्र व्यापारधन्दा गर्थे, साहित्यमा त्यसरी हामी नेपाली कविलेखक र नेपाली कृतिमा रहेका थियौं। वैश्वीकरणका संवाहक बहुराष्ट्रिय(Multinational) कम्पनीहरु चलेपछि जहींका संसाधन जहींकालाई भए। र नेपाली साहित्य नेपाली साहित्यमा सीमित नरहन थाल्छ। पाठक(eमानिस)हरुको पठन फराकिन्छ, इन्टरनेटमा उनेक ज्ञान र सूचना सहज शीघ्र उपलब्ध हुँदा। पूर्वीय आफ्नो थोक दिनमा पनि सचेत र सचेषट रहौं। वैश्विक व्यापारमा संरक्षणवाद(Protectionism) आवश्यक पाइएको छ। संस्कृति र साहित्यक्षेत्रमा झन् आवश्यक हुन्छ।

लेखकले जानेरै कति शब्दको भूल हिज्जे, वाक्यमा भल व्याकरण लेखेरै कति कथा लेखेका छन्। अझ भाषामाथि उत्तरआधुनिक जिज्ञासा राख्छन् – ‘शब्दहरुले आआफ्नै आनुभूतिक प्रक्षेपहरुको चक्रव्यूह बुनिएको भ्रम छ। …..संवेदन वा बोधको अमूर्तता त्याग्दै शब्दहरुले शब्दहरु मिली स्वरुपको संसार एउटा रचिदिन्छ।’ भाषासित हाम्रो जीवन, वैयक्तिक र सामाजिक गाँसिन्छ र यो प्राणप्रिय बन्छ नत्र भाषा कृत्रिम वाचिक सूचनप्रणाली र दक्षता हो, सचेत गराइन्छ।

अपहर्ताहरुले कथाकारलाई अन्त्यमा एउटा परीक्षणमा राखेका छन्:

‘बाहिर जाऔं लेखकज्यू, म केही देखाउँछु,’ भनिरहेको हुन्छ कधोज। (बाहिर निस्कँदा) साँच्चै त्यो घर जङ्गलको बीचमा रहेछ।

‘त्यो डाँडामा एउटा भित्ता देख्दैछौ?’ सोध्छ ऊ।

साँझको धमिलोलाई छेडेर पनि आँखाहरु त्यहीं उभिएको कालो पर्खालमा ठोक्किन पुग्छ। ‘देखें’ भनिदिन्छु।

‘तिम्रो चरमता त्यही पर्खाल हो’, आफ्नो कुटिलतालाई हाँसोमा अनुवाद गर्दै भन्छ कधोज – ‘कुनै लेखकले पनि नाघ्न सकेको छैन त्यसलाई। भोलि विहान तिमीले पनि आफ्नो यात्रा सुरु गर्नेछौ, नाघ्नलाई त्यो पर्खाल।’

‘त्यहाँसम्म पुग्नअघि तिमीले पाँचवटा कविता लेख्नपर्नेछष आफ्नै महाविश्वासको भर्त्सना गर्दै’, थप्छ चारदले, ‘अनि फर्किन सक्नेछौ तिमी तिम्रो घर।’ (अर्थात लीलाबोध छाडेर फर्कन सक्छौ सामान्य बोध र लेखनमा।)

पढ्दा यहाँ रहस्यमयता अनुभव हुन्छ। रहस्यमयता, जासुसी, प्रहेलिका लौकिक लेखन मानिन्छन्। तर ती खाँटी, साँचा, जोड्दार अनुभव हुन्छन्, र अब उच्च साहित्यिक लेखनमा राखिँइदै छन्।

‘‘बढो अनौठो लाग्छ परिस्थिति यो तर डर पटक्कै छैन मनमा। सोध्छु बरु एउटा जिज्ञासा, ‘नाघ्न सकें भनें नि त्यो पर्खाल?’’

‘आफ्नो घर फर्किन सक्ने छैनौ कहिल्यै तिमी।’

म कोठाभित्र पसेर बिहानको प्रतीक्षा गर्न लाग्छु।’

[कथा समाप्त हुन्छ]

ज्ञान, विज्ञान, कला सब पुगेका छन् आज आआफ्नो कालो पर्खालअघि र ता ‘मृत्यु’ घोषित छ मानिसको सब प्राप्ति र प्राप्ति प्रक्रियाको।

एउटै दृष्टान्त लिऔं, सबले भन्दा निश्चित र प्रमाण्य ज्ञान दिने मानिएको भौतिक विज्ञानलाई। प्रमात्रा यान्त्रिकी (Quantum Mechanics)मा हाइजनवर्कको अनिर्धार्यता(Indeterminism) परीक्षणमा परीक्षक र परीक्षणयन्त्रको सहभागिता वा सहप्रभावकता रहन्छ परीक्षणप्रक्रिया(Process)मा र परीक्षण-परिणाममा पनि। परीक्षक यदि परीक्षणप्रक्रियादेखि बागिर रहन सक्ने भए वस्तुपरक ज्ञान असम्भव हुन्छ विज्ञानमै पनि, अरु ज्ञानानुशासनमा कुरै छैन। र ता नवविज्ञानिकहरुले भन्छन्: विज्ञान अब अद्वैत(Monist) भयो, पदार्थ अब पादर्थिक(Material) रहेन। हामी जगत् र जीवनका प्रक्रियाभित्र छौं, अर्थात वर्तमान इतिहासभित्र छौं, बाहिर छैनौं। सम्मिलित(Involved) व्यक्ति कति तटस्थ हुन सक्छ? भ्रान्तिको मूल आधार नै बोधप्रक्रियामा हाम्रा आत्मपरक सम्मिलिति छ। यो काल र स्थिति बितेपछि हामी यसको प्रभावदेखि पनि बाहिर हुन्छौं र भ्रान्ति चिन्नेछौं। अर्को परिप्रेक्ष्य(Perspective) पाएर। वा आउँदो कालकाहरुले हाम्रो युगीन भ्रान्ति (उ. आ. Metanarrative) भन्दा हुन्छ) चिन्नेछन्।

‘कथा कहिल्यौ नपत्याउनू’, निर्देशभित्र जुमेलीय यस कथाको अवस्थिति के होला? लेखकले पहिले यस निम्ति व्यवहारिक कारण दिएका छन्: ‘नपत्याउनुलाई पनि हुनुपऱ्यो वस्तुको रुपमा कथारुप।’ कथानक पत्याइनु कठिन ढङ्गको छ तापनि कठिनता कथाको कथनीय, कथाको भन्ने कुरा, अविश्विसनीय उच्चताको होइन। लेखक दोस्रो व्याख्या दिन्छन्: कथाहरु उहिल्यैदेखि ल्केर बसेको छ- ‘नलेखिनुको कालो भित्ता पछाडि। लेखिनु ता उद्घाटनमात्र। साधारण बोधले छाम्न नसकेको कथाहरु, उत्कृष्टताको उचाइ त लेखकीय बुद्धिवेगको छलमात्र’। साहित्यसैद्धान्तिक विवेचनमा भूमि(Ground) र रुप(Figure)को चर्चा आउँछ। बिहानको घाममा आँगनको भुइँमा कति रुपहरु देख्छौं, बेलुकीको घाममा अरु रुप चिन्छौं। ‘कोरिदिन्छन् अनुहारहरु मुहारहीन पृथ्वीभरि।’ (कठपुतलीको मन)

प्रवाहमान विस्तीर्ण यथार्थबाट कथाको रुप त्यसरी आविष्कार गर्छौं। वास्तवमा बोध, अवगम, पश्चन(पर्सेप्सन)को खेल। कथाको पठनमा पनि पठित कथारुपहरु सर्जन गर्छन् पाठकवर्गले। फेरि कुन पाठलाई पत्याउनु? एकै परिप्रेक्ष्यबाट गरिएका पठनहरुमा केही साम्य हुन्छ तर कुनै पठन सर्वसम हुँदैनन्। लेखकको यस कथाको लीलाकथनमा ऐले काल, ऐले यही साँचो देखिई, प्रतिबद्ध विश्वास गर्छौं। पछिलाई परिवर्तन नै लीला हो। र पत्याउनुसँगै छ नपत्याउनु पनि, प्रस्थानसँगै विस्थापन।

यस कथामा पारम्परिक कथारुपहरु भन्दा अनेक तत्व समाविष्ट छन्। पढ्दा बगैँचा डुलाइएको भन्दा जङ्गल घुमाइएको लाग्छ। अनेक रङका थोप्लाहरु भएको फकुन्डा हल्लाउँदा अर्कै नयाँ रङको देखिन्छ। त्यो दृश्यरङलाई भर्तृहरि चित्ररुप भन्छन्, कृतिमा प्रविधि, कृतिको संरचना कृतिकारले देखेको यथार्थ्यका प्रतिबिम्बक हुन्छन्, रुपक हुन्छन्। यीबाट खुट्टिन्छ कृतिकारको जगददृष्टि। यी सबबाटका तत्त्वहरु परेको यस कथाको चित्ररुप भिन्न बनेको छ। फकुन्डाको प्रत्येक चित्ररुपले अलग नामकरण माग्छ तर समुचित नाम शब्द छैनन्। नीलोजस्तो, बैगनीजस्तो भन्नुपर्छ। यो कथाको विशेष चित्ररुपले अलग विधानाम माग्छ। समुचित शब्द छैन। कथाजस्तो भन्नपर्छ। र अब हामी कथाजस्तो, उपन्यासजस्तो, नाटकजस्तो, कविताजस्तो इत्यादि जस्ता विधाहरुको समयमा पस्दैछौं।

read more...

नेपाली विश्व साहित्यमा हङकङ

देश सुब्बा

हामी नेपालीहरू अहिले दुई विश्वमा उभिरहेका छौँ । एउटा विश्वभरि छरिएका नेपालीले निर्माण गरेको विश्व र अर्को विश्वमा नेपालीको बढ्दो उपस्थितिको विश्व । यी दुई विश्वमा एउटा आफ्नै आँगन, घर, गाउँ र देशको ममतामय अनुभूति अर्को पराइ मुलुकमा दुःख, कष्ट, संघर्ष, भोक, रोग मिश्रित जीवनको अनुभूति । एउटा विश्वभरि छरिएका नेपालीले आविष्कार गरेको विचार र साहित्य, अर्को विश्वभरि जन्मेका विचार र साहित्यले नेपालीलाई पारेको प्रभाव । यस्तै विश्वको जाँतोमा बाँचिरहेको जिन्दगीले सृजना गरेको साहित्य, विचार । यिनै सृजना, आविष्कार, प्रयोगले विश्व नेपाली साहित्यको केन्द्र भएको छ हङकङ । फलस्वरूप हङकङका साहित्यकारहरूको धमाधम शोधपत्र लेखिन्दै छ, अनुसन्धान गरिन्दैछ र नेपालको त्रिभुवन विश्व विद्यालयमा अध्ययन गराइन्दै छ । भरखरै त्रिभुवन विश्व विद्यालयका स्नातकोेत्तरका विद्यार्थी दीपक सुबेदीले ‘नेपाली साहित्यमा हङकङको योगदान’ स्नातकोत्तर दोस्रो वर्षको दर्सौ पत्रको प्रयोजनको लागि शोध तयार पारेका छन् । त्यस्तै प्रा. डा. गोविन्दराज भट्टराईको उत्तर आधुनिक विमर्शबाट ‘हङकङको साहित्यिक पृष्ठभूमि र प्रकाशन’ स्नातक तह तेस्रो वर्षमा अध्यापन हुन थालेको छ । यसरी नेपाली विश्व साहित्यमा कुनै एउटा देशको बारेमा शोधपत्र लेखिएको र अध्यापन हुन थालेको हङकङ नै पहिलो हो ।

यतिखेर यी दुवै विश्वको ध्यान हङकङमा यसकारणले केन्द्रित भएको छ, प्रा. डा. गोविन्दराज भट्टराईले पटक पटक “ईन्द्रबहादुर राईका दर्शनलाई अहिलेका विश्वमा प्रभावित गर्न बुझाउन सके—आई. बी. राई संसारकै १०—२० जना बौद्धिक चिन्तकमा पर्नुहुन्थ्यो ।”१ भन्नु भएको नेपाली साहित्यका सगरमाथा हङकङमा अवतरित भएका छन् । साथै नेपाली विश्व साहित्यमा हङकङबाट अंक कविता, चक्र कविता र गिलासमा रंग कविताजस्ता कविताका प्रयोग भएका छन्, योभन्दा पनि नयाँ आयामबाट केन्द्र भञ्जन गर्दै नयाँ विचार, सृजना दृष्टिकोण आइरहेका छन् । उता नेपालमा हुँदा वि.सं. २०५२ सालबाट केन्द्र भञ्जन गर्दै आदिवासी जनजाति साहित्यको अभाङ्गगार्ड ‘अपमान’ प्रकाशित भएको थियो । सन २००९ सालको डिसेम्बर २६ तारीखमा भयवाद अध्ययन केन्द्र धरानले हङकङबाट नेपाल गएको ‘समुच्च विचार’ को घोषणा कार्यक्रम गरेको थियो । त्यस्तै भयवाद र रेखा कविता पनि यतैबाट विश्वभरि पैmलिरहेको छ । यी धेरैमा मेरो प्रत्यक्ष संलग्नता छ भने कुनैमा अप्रत्यक्ष संलग्नता । तर म आज यी सबैतिर जान चाहान्न । भय र आतङ्कले चारैतिर ‘सुनामी’ उठिरहेको यसबेला धामी, झाँक्री उठाउँदै दशाग्रह शान्ति गर्न भयवाद र रेखा कवितामा उत्रिन चाहान्छु ।

भयवाद सन १९९९ बाट तरङ्गित हुँदै आफ्नै ब्रह्माण्ड निर्माण गर्न अगाडि बढिरहेको जीवनवादी विचारको आकाशगंगा हो । यसमा केही मनोविज्ञानबाट, केही भौतिक दर्शनबाट, केही आध्यात्मिक दर्शनबाट, केही चिकित्सा विज्ञानबाट, केही नृतत्वशास्त्रबाट, केही समाज शास्त्रबाट, केही माक्र्सवादीय विचारबाट, केही विश्व दर्शनबाट आएका छन् । भयवादको प्रारम्भिक घोषणा देश सुब्बाको सम्पादनमा प्रकाशित भएको टापू पत्रिका—२००५ मा प्रकाशित भएको थियो । भयवाद सिद्धान्त प्रयोग भएको उपन्यास आदिवासी—देश सुब्बा, धरानमा भएको राष्ट्रिय सम्मेलनमा भयवाद र आदिवासी उपन्यास सम्बन्धी प्रस्तुत कार्यपत्रहरूको संकलन भयवाद वैचारिक चिन्तन सम्पादन—प्रकाश थाम्सुहाङ, भयवादमा समालोचना गरिएको नाटक हेच्छाकुप्पा—प्रवीण पुमा र विभिन्न पत्रपत्रिकामा प्रकाशित भयवाद र आदिवासी सम्बन्धी लेखहरू र मेरो प्रकाशित अन्तर्वार्ताहरूको संकलन ‘भयवाद चिन्तन र विमर्श—दीपक सुबेदीका पुस्तकहरू प्रकाशन भएका छन् । प्रा. डा. टंकप्रसाद न्यौपानेले भन्दै आउनु भएको ‘भयवाद दर्शन विश्वको लागि नेपाली उपहार’२ भयवाद दर्शन प्रकाशोन्मुख छ । भयवाद दर्शनमा भयको परिभाषा, प्रकार, स्रोत, भय युग, पिरामिड भय, भयको जञ्जीर र वृत्त, भयको परिधि र सापेक्षता, मान्छेको स्वभावबाट उत्पन्न भय, भयको उपयोगिता, असर र मापन, चिकित्सा शास्त्रमा भय, भयको क्षेत्र, क्षेत्रगत भयको पिरामिड, भयको विश्व रूप, ब्रह्माण्ड र शून्य, भय हतियार, भयसँग सम्बन्धित संस्था, विश्व दर्शनमा भय र भयबाट निकास इत्यादि उल्लेख भएको छ ।

भयवाद दर्शनको मूल सार जीवन—चेतना—ज्ञान—भय—संज्ञान हो । मान्छे घडीभन्दा छिटोछिटो ब्राउनीयन सिद्धान्त जस्तो दौडिरहेको देखिन्छ । उसको बुझाइ एक्लो मान्छेले एउटै वस्तुलाई विभिन्न देख्ने शंकराचार्यको जगत् भ्रम, ईन्द्रबहादुर राईको धेरै मान्छेले एउटा कृष्णालाई विभिन्न रूप, रंग र आकारको देख्ने लीलाभ्रम जस्तै बुझ्छ, ऊ अन्धाले हाती छामेको जस्तो वा आँखा खोलेर जीवन टिप्न हिँडेको बटुवाजस्तै दौडिरहेको हुन्छ । ऊ अब्राहम मास्लोको आवश्यकता सिद्धान्तलाई उछिनेर पनि दौडिरहन्छ, माल्थसको सिद्धान्तले व्याख्या गरेको मरुभूमि, समुद्र, वनजंगल, पहाडमा अतिक्रमण गरेर पनि दौडिरहन्छ । किनभने ऊ डार्बिनको सिद्धान्तजस्तो बाँच्नलाई संघर्ष गरिरहन्छ । बाँच्न सकिएन भने यस संसारबाट सदाको लागि लोप भइन्छ भन्ने भय हुन्छ । यी जैविक सिद्धान्तको आडमा भयवाद ‘मान्छेलाई वरिपरि भयले छोपिरहेको हुन्छ । यही छोपाइले ऊ छटपट्टिन्छ र निकास खोज्दछ । यही उसको जीवन हो’ भन्ने परिभाषा गरिरहेछ ।

अर्कोतिर युद्ध र आतङ्कले विश्वलाई निलिरहेको छ । खाँदा, हिँडदा, डुल्दा, बोल्दा, लेख्दा सबैतिर भय हुन्छ । एकछिन अगाडि देखेको, भोगेको जीवन एकैछिनपछि सोचेर, शंका गरेर, ईष्र्या, लोभ इत्यादिले भय गर्ने वस्तुमा परिणत गर्दछ । युद्ध, आतङक आत्महत्या, डिप्रेसन, पलायन, हीनताबोध, अहम् सबै भयको कारणले भइरहेको छ । यसैलाई बुझाउने र निकासा दिने सिद्धान्त हो भयवाद ।

भयवादलाई विकास गर्न वि.सं २०६६ सालमा धरानमा ‘भयवाद र आदिवासी राष्ट्रिय सम्मेलन’ भएपछि ‘भयवाद अध्ययन केन्द्र धरान’को स्थापना भएको छ । यो केन्द्र पूर्वाञ्चल स्तरीय चिन्तक, समालोचक समावेश भएको केन्द्र हो । यसमा हाल भाषाविद्, समालोचक प्रा. डा. टंकप्रसाद न्यौपाने अध्यक्ष, धरान, लेखक समालोचक मुनाराज शेर्मा उपाध्यक्ष, झापा, लेखक, समालोचक दीपक सुवेदी सचिव झापा, कवियत्री, गजलकार ज्योतिजंगल विराटनगर सदस्य रहेका छन् । हाल भारतको दार्जिलिङमा पनि दार्जिलिङ भयवाद केन्द्र खोल्ने कुरा चलिरहेको छ ।

अब रेखा कवितातिर उत्रिन चाहान्छु । रेखा कविता सेप्टेम्बर १२, २०१० का दिन मेरो कविता ‘सीमा समाधिस्थ गर्दछु” फेसबुकमा प्रकाशित भएपछि निरन्तर अगाडि बढिरहेको विचार कविता हो । हाल रेखा कविताको ६ बूदे मान्यतालाई आत्मसात गर्दै विश्वका ५ देशबाट १२ जना कविहरू कविता लेख्दैछन् हङकङबाट देश सुब्बा, टंक सम्बाहाम्फे, बिमल राई, डि. बि. पालुङ्वा, नेपालबाट अतित मुखिया, लोक सिंघक र हिमाल सुब्बा, दार्जिलिङ भारतबाट मनोज बोगटी, बेलायतबाट टंक वनेम, केदार संकेत र खेरेस देवेन्द्र । रेखा कविहरू बीच अघोषित विश्व नेपाली साहित्य संगठन बनिरहेको छ । अरु कविहरू पनि धमाधम थपिन्दै छन् । ती कविहरूको संयुक्त कविता संग्रह प्रकाशोन्मुख छ । अल्प समयमा यति धेरै कविहरूको उपस्थितिले यसको गाम्भीर्यता र महत्व झल्किन्छ । पृथ्वीभरि ईष्र्या, अतिवाद, प्रतिद्वन्द्वी, प्रतिकार, प्रतिवादको द्वन्द्व चलिरहेको बेला रेखा कविताका मान्यताहरू सबै अतिवाद, युद्ध, आतङक विरुद्ध उभेका छन् र सह—अस्तित्व, समानता, प्रेम, सद्भाव र शान्तिको आग्रह गरिरहेका छन् ।

कालको सापेक्षतामा हाललाई रेखा कविताका ६ मान्यताहरू छन्

१. समानता

२. क्षेत्रता

३. सामयिकता

४. सहनशीलता

५. अलङ्कारिता

६. रेखीय प्रस्तुती

यही रेखाबाट हामी जीवन र जगत् हेर्न खोजिरहेका छौँ । यो लेखाइको पहिचान हो, जीवन र जगत् हेर्ने अर्को दृष्टिकोण । रेखाको व्याख्या युकिलिड हुँदै आइन्सटाइनसम्म आएको छ । यसबीच रेखाहरूको चित्र बनाउँदा यो दृष्टिकोण भौतिकवादी देखिन जान्छ । तर यसभित्र सुकरातदेखि रेने डेकात्र्तसम्मको अर्को आध्यात्मिक प्रत्यय पनि छ । लियोनार्दोदा भिन्ची, पिकासो हुँदै लैनसिंह बाङ्देलसम्मका रेखा चित्र आएको छ । बिन्दू, रेखा, कोण सबैले दृश्य जगत्को व्याख्या गर्न सक्दछ । ब्रह्माण्डको व्याख्या गर्न सक्दछ । यी दृश्य रेखाहरूको भित्र अर्को अदृश्य भावना, मन, आत्मा, मस्तिष्कका प्रत्यय रेखाहरू छन् । यो सम्पूर्णताको काव्यिक रेखा कविता हो । यो दृश्य र अदृश्य, भौतिक र आत्मीक रेखाहरू बीच थुप्रै हत्या, आतङ्क, अपराध, अन्याय, दमन, विरोध र अशान्त काँडाहरू हुन्छन् । ती काँडाहरूलाई सम्याउँदै लाने बाटो हो रेखा कविता ।

अन्त्यमा,

यसरी साहित्यका शिखर ईन्द्रबहादुर राईको उपस्थितिमा नेपाली विश्व साहित्य र दर्शनको केन्द्रबाट केही विचार राख्न पाएकोमा अति नै उच्चतम मानेको छु । संयोकले जुरेको महान अवसरलाई सदुपयोग गर्न सकेकोमा ‘आत्म सन्तोष’ लागेको छ । हङकङले यस उचाइको पिरामिड निरन्तर कायम राख्न सकोस र उज्यालो ज्योति विश्व नेपाली साहित्यमा छर्न सकोस भन्ने कामना गर्दै यहाँबाट बिदा हुन चाहान्छु । धन्यवाद ।

( प्रस्तुत कार्यपत्र डा. इन्द्रबहादुर राईको उपस्थितिमा हङकङ नेपाली महासंघले २०११ साल अप्रिल २२ तारिख आयोजना गरेको ‘हङकङमा नेपाली साहित्य र विचार गोष्ठी’ मा प्रस्तुत भएको कार्यपत्र हो । )

सन्दर्भः

१. स्रष्टा सम्पादक प्रधान सम्पादक केदार गुरुङ्ग,सिक्किम वर्ष २८, अंक ५६

२. भयवादः वैचारिक चिन्तन सम्पादक प्रकाश थाम्सुहाङ प्रकाशक नेपाली साहित्य प्रतिष्ठान हङकङ २०६६

३. प्रकाशोन्मुख भयवाद दर्शन

read more...

आखिर अलग होने की क्या जरूरत है?


देवेन्द्र प्रताप
अंग्रेजों से आजादी मिलने के साथ ही हिंदुस्तान के दो टुकड़े कर दिए गए। महात्मा गांधी तक उसे नहीं रोक पाए। यानी भारत राष्ट्र की नींव में अलगाव का पत्थर इस्तेमाल किया गया, न कि एकता का। यही अलगाव था कि हमारे ऊपर अंग्रेजों ने 200 सालों तक राज किया। यह अलगाव क्या था? क्या वह अलगाव आज दूर हो गया है? जी हां यहां मैं इसारा कर रहा हूं, जाति-पांति का, हिंदू-मुसलमान का। अलगाव दूर होने के बजाय वह और मुकम्मल बनाया जा रहा है। ऐसे लोगों के द्वारा जिन्होंने आजादी की जंग में कोई योगदान नहीं किया उनके द्वारा। कौन हैं ये लोग इन्हें चिन्हित किया जाना आज बेहद जरूरी है। बहरहाल इस मुद्दे पर फिर कभी चर्चा की जाएगी। इस बार हम देश के विभाजन का एक और किस्सा सुना रहे हैं। सबसे पहले हम आपको इसके बारे में सूचना देंगे, बाद में फिर इस सूचना के सहारे समस्या में और गहरे उतरा जाएगा। मैं बात कर रहा हूं, अलग राज्यों के आंदोलनों के बारे में। इस समय देश में 25 से ज्यादा अलग राज्यों के आंदोलन चल रहे हैं। ये राज्य क्यों अलग होना चाहते हैं, प्रस्तुत आलेख में आपको इसकी हल्की फुलकी जानकारी मिल जाएगी। शेष फिर। हां यह देश से अलग नहीं होने जा रहे हैं, बल्कि किसी खास राज्य से अलग होकर अपना अलग राज्य बनाना चाहते हैं। बहुत जल्दी में ये सूचनाएं इकठ्ठा किया था, अखबार के लिए। उन्हें तो सिर्फ इन्फार्मेशन चाहिए थी सो उनका काम हो गया। अब यहां देने का एक मकसद यह है कि इसमें कुछ घटाना बढ़ाना हो तो आप बता दीजिए, ताकि जल्दी से हम इस मुद्दे पर अपना ध्यान लगाएं कि आखिर इस अलगाव की जड़ कहां है। पहले ही साफ कर दूं कि मेरे पास कोई हल नहीं है। हां मैं तो इस बात में यकीन करता हूं कि अगर सौ मूर्ख अपना दिमाग लगाएंगे तो कुछ बेहतर नतीजा जरूर आएगा .
हरित प्रदेश
पश्चिमी उत्तर प्रदेश के बंटवारे की जब से शुरुआत हुई तब से अभी तक उसे कई नाम मिले। गन्ना प्रदेश, किसान प्रदेश, जाटिस्तान, ब्रज प्रदेश, पश्चिमांचल और फिर हरित प्रदेश जैसे नाम इसके इतिहास को बयां करते हैं। इनमें से सबसे नया नाम हरित प्रदेश है। हरित प्रदेश की मांग को राष्ट्रीय लोकदल ने राष्ट्रीय मुद्दा बनाया। उन्होंने इसके लिए लम्बी लड़ाई भी लड़ी, लेकिन आज भी यह मुद्दा अधर में लटका हुआ है। छ: करोड़ की जनसंख्या वाले प्रस्तावित हरित प्रदेश में उत्तर प्रदेश के छ: मंडलों (मेरठ, सहारनपुर, मुरादाबाद, बरेली, आगरा और अलीगढ़) के 22 जिले (आगरा, बरेली, मैनपुरी, फिरोजाबाद, अलीगढ़, बरेली, बदायूं, बुलंदशहर, एटा, मथुरा, मेरठ, गाजियाबाद, रामपुर, सहारनपुर, मुजफ्फरनगर, बिजनौर, हरिद्वार, शाहजहांपुर, महामाया नगर, बागपत, गौतमबुद्ध नगर और ज्योतिबाफुले नगर) शामिल हैं। मायावती ने करीब 12 साल पहले मथुरा में एक मीटिंग के दौरान इस मांग का समर्थन किया था। 2009 में उन्होंने उत्तर प्रदेश को दो हिस्सों में विभाजित करने के लिए प्रधानमंत्री मनमोहन सिंह को एक पत्र भी लिखा। इसी तरह का एक पत्र वे 2007 में भी लिख चुकी हैं। 1955 में भीमराव अंबेडकर ने भी उत्तर प्रदेश को तीन हिस्सों (पूर्वी, मध्य और पश्चिमी प्रदेश) में विभाजित करने का सुझाव दिया था। आज अगर उनके सुझाव पर गौर किया गया होता तो इलाहाबाद, कानपुर और मेरठ क्रमश: उत्तर प्रदेश के प्रस्तावित पूर्वी प्रदेश, मध्य प्रदेश और पश्चिमी प्रदेश की राजधानी होते।

पश्चिमी उत्तर प्रदेश को उत्तर प्रदेश के पंजाब का दर्जा हासिल है। उत्तर प्रदेश के ज्यादातर उद्योग प्रस्तावित हरित प्रदेश की सीमा में ही आते हैं। इसके बावजूद सरकारी उपेक्षा के चलते इस क्षेत्र के कई लघु उद्योग और सहकारी चीनी मिलें आज बंद हो चुकी हैं। चीनी मिलों की बंदी ने दसियों हजार लोगों का रोजगार छीन लिया। नाइंसाफी यह कि सरकार को इस क्षेत्र से राज्य की कुल आय का 72 प्रतिशत हिस्सा प्राप्त होता है, लेकिन वह इस आय का मात्र 18 प्रतिशत हिस्सा ही इस इलाके के विकास के ऊपर खर्च करती है। तरक्की में कीर्तिमान स्थापित करने के बावजूद यह क्षेत्र शिक्षा के मामले में राज्य के दूसरे इलाकों से पिछड़ा हुआ है, वहीं दूसरी ओर यहां अपराध का स्तर बहुत ऊंचा है। स्थिति यह है कि आज मेरठ और मुजफ्फर नगर जैसे शहरों को क्राइम सिटी कहा जाने लगा है।
हरित प्रदेश की लड़ाई के पीछे की एक बड़ी वजह यहां हाईकोर्ट की बेंच का न होना भी है। पश्चिमी उत्तर प्रदेश के लिए अलग से हाईकोर्ट की कोई बेंच नहीं है। इसके लिए यहां के लोगों को इलाहाबाद जाना होता है। इलाहाबाद से मेरठ 637 किमी, मुजफ्फरनगर 693 किमी, सहारनपुर 752 किमी, बागपत 700 किमी, गाजियाबाद 662 किमी, बिजनौर 692 किमी, गौतमबुद्ध नगर 650 किमी, अलीगढ़ और मथुरा 501 किमी, आगरा 464 किमी, एटा 497 किमी, और मैनपुरी 462 किमी की दूरी पर है। मेरठ से इलाहाबाद हाईकोर्ट जाने के लिए सिर्फ दो ट्रेनों की सुविधा है। ऐसे में यहां के लोगों को इलाहाबाद जाने में बेहद परेशानी उठानी होती है। मुकद्मे के लिए यहां से इलाहाबाद जाने वाला व्यक्ति आमतौर पर प्रति सुनवाई 3000-4000 खर्च करता है। यह राशि उससे अलग है, जो मुवक्किल अपने वकील को देता है। एक मोटे अनुमान के मुताबिक इस इलाके के लोग साल भर में तकरीबन 100 करोड़ रुपये इलाहाबाद हाईकोर्ट में मुकद्मेबाजी पर ही खर्च कर देते हैं। जाहिरा तौर पर ऐसे में इलाहाबाद के वकील कभी नहीं चाहेंगे कि यहां हाईकोर्ट के बेंच खोली जाए। हरित प्रदेश की लड़ाई लड़ने वाली शक्तियों का मानना है कि अलग राज्य बनने से ही इस मसले का समाधान हो सकता है।

पूर्वांचल
प्रस्तावित पूर्वांचल राज्य का कुल क्षेत्रफल उत्तर प्रदेश का एक तिहाई और उत्तरांचल के डेढ़ गुने से ज्यादा है। इसमें उत्तर प्रदेश के आठ मण्डलों (इलाहाबाद, वाराणसी, मिर्जापुर, गोरखपुर, आजमगढ, बस्ती, फैजाबाद व देवीपाटन) के 27 जिले (इलाहाबाद, गोरखपुर, वाराणसी, चन्दौली, गाजीपुर, बलिया, देवरिया, कुशीनगर, महराजगंज संतकबीरनगर, सिद्धार्थनगर, बस्ती, बलरामपुर, गोंडा, कौशाम्बी, बहराइच, श्रावस्ती, फैजाबाद, अंबेडकरनगर, आजमगढ़, मऊ, सुलतानपुर, प्रतापगढ़, भदोही, मिजार्पुर व सोनभद्र) शामिल हैं। 18 करोड़ की आबादी वाले उत्तर प्रदेश की आधी आबादी (9 करोड़) पूर्वी उत्तर में रहती है। वर्तमान में पूर्वांचल के अंतर्गत उत्तर प्रदेश विधानसभा की 147 और लोकसभा की 28 सीटे हैं। यहां से 147 विधायक और 28 सांसद चुने जाते हैं, लेकिन विकास के मामले में पूरा इलाका पिछड़ा हुआ है।
इस समय पूर्वांचल की 26 चीनी मिलों में से ज्यादातर बंद हो चुकी हैं। गोरखपुर फर्टिलाइजर कारखाना देश के पांच प्रधानमंत्रियों के आश्वासन (नरसिम्हा राव, एचडी देवगौडा, आई के गुजराल, अटल बिहारी वाजपेयी और मनमोहन सिंह) के बावजूद आज तक नहीं खुल सका। इस क्षेत्र के करीब डेढ़ करोड़ युवा आज बेरोजगार हैं, जबकि पांच करोड़ लोग गरीबी रेखा से नीचे जीवन जीते हैं। रोजगार के अवसर की कमी और बढ़ती बेरोजगारी यहां एक स्थाई समस्या बन चुकी है। यहां से पलायन के पीछे की यह एक बड़ी वजह है। पूर्वांचल में 12 हजार मेगावाट बिजली पैदा होती है, बावजूद इसके यहां के लोग बिजली के लिए तरसते हैं। विजली की कमी के चलते इस क्षेत्र के लघु उद्योग दम तोड़ रहे हैं। हथकरघा के लिए प्रसिद्ध मऊ, साड़ी के लिए बनारस, पीतल के बर्तन के लिए मिर्जापुर, कालीन के लिए भदोही और मिट्टी के बर्तनों के लिए चुनार, आज अपनी किस्मत पर आंसू बहा रहे हैं। बनारस के बुनकर आज अपना ही खून बेचकर पेट पालने के लिए मजबूर हैं। पूर्वांचल राज्य के गठन पर 50 के दशक की पटेल आयोग की रिपोर्ट योजना आयोग की फाइलों में आज भी दबी है। इसी को आधार बनाकर ‘पूर्वांचल बनाओ मंच’, ‘पूर्वांचल स्थापना समिति’ और ‘अखिल भारतीय लोकमंच’ अलग पूर्वांचल राज्य बनाने के लिए आंदोलन कर रहे हैं।
तेलंगाना
बेराजगारी, विकास कार्यों की उपेक्षा, सिंचाई के साधनों की कमी, राज्य में असमान विकास व सामाजिक-आर्थिक पिछड़ापन और अतीत के जन आंदोलनों (1949 का तेलंगाना आंदोलन, 1969 का प्रसिद्ध छात्र आंदोलन आदि) के दमन ने धीरे-धीरे तेलंगाना की जनता के मन में अलग राज्य का बीज बोया। किसानों की आत्महत्याओं ने भी पृथक तेलंगाना राज्य आंदोलन की जमीन तैयार करने का काम किया। 2000 तक आते-आते तेलंगाना क्षेत्र में पृथकतावादी ताकतों का उदय हो चुका था। 2001 में तेलंगाना राष्ट्र समिति (टीआरएस) क्षेत्र की पृथकतावादी ताकतों का एक साझा मंच बना। टीआरएस द्वारा प्रस्तावित तेलंगाना राज्य में आंध्र प्रदेश के कुल 23 जिलों में से 10 जिले शामिल हैं। प्रस्तावित राज्य में आंध्र प्रदेश की 294 में से 119 विधानसभा सीटें शामिल हैं। 2004 तक टीआरएस ने क्षेत्र की जनता के बीच अपनी अच्छी खासी पैठ बना ली। इस वर्ष उसने कांग्रेस के साथ मिलकर विधानसभा का चुनाव लड़ा। इस चुनाव में टीआरएस को आंध्र प्रदेश की 26 सीटों पर जीत हासिल हुई। इसी साल लोकसभा चुनाव में भी उसे आंध्र प्रदेश की कुल 16 सीटों में से पांच सीटों पर विजय मिली। दिसम्बर 2009 में पृथक तेलंगाना राज्य का आन्दोलन अपने चरम पर पहुंच गया। इसे शांत करने के लिए केंद्र सरकार को काफी मशक्कत करनी पड़ी। ऐसा माना जाता है कि सरकार ने यदि 1969-70 के छात्र आंदोलन के दौरान, ‘तेलंगाना क्षेत्रीय समिति के मुद्दे’ पर हुए समझौते को लागू किया होता, तो आज यह नौबत नहीं आती। फिलहाल तेलंगाना शांत है, लेकिन अगर केंद्र सरकार ने ज्यादा लापरवाही बरती, तो उसे फिर से परेशान होना पड़ सकता है।
विदर्भ
97,321 वर्ग किलोमीटर में फैले विदर्भ क्षेत्र में महाराष्ट्र के 11 जिले शामिल हैं। वरहाठी (मराठी की उपभाषा) भाषा बहुल, तीन करोड़ की आबादी वाले विदर्भ क्षेत्र में विधानसभा की कुल 62 और लोकसभा की 10 सीटें हैं। यहां की कुल आबादी में 76.90 प्रतिशत हिंदू, 13.07 फीसद बौद्ध, 8.3 फीसद मुस्लिम और 2.6 फीसद अन्य धार्मिक समुदाय हैं। कपास, संतरा, अंगूर, गन्ना और सोयाबीन यहां की मुख्य फसलें हैं, जबकि ज्वार, बाजरा और चावल पारंपरिक फसलें हैं। विदर्भ का क्षेत्र अपने खनिज भंडार के लिए खास अहमियत रखता है। यहां कोयला, मैगनीज, लौह अयस्क का भंडार है।
महाराष्ट्र राज्य का गठन और विदर्भ का अलग राज्य बनाये जाने का मुद्दा कमोवेश एक ही समय की घटनाएं हैं। केंद्र सरकार ने ‘अलग राज्य मान्यता कानून 1956’ के तहत विदर्भ को महाराष्ट्र में शामिल किया। पश्चिमी महाराष्ट्र के राजनेताओं के दबाव के कारण 1 मई 1960 को महाराष्ट्र राज्य अस्तित्व में आया। इसके कुछ समय बाद ही राज्य पुनर्गठन आयोग ने विदर्भ को राज्य बनाने और नागपुर को उसकी राजधानी बनाये जाने की बात कही। तब से ही विदर्भ को अलग राज्य बनाए जाने की बात हो रही है। एक समय देश के सबसे उपजाऊ भू भाग रहे विदर्भ में पिछले एक दशकों में करीब 32 हजार किसान आत्महत्या कर चुके हैं। यह समूचे महाराष्ट्र में किसानों की आत्महत्याओं का 75 प्रतिशत है। समस्या से अपरिचित किसी व्यक्ति के लिए यह आश्चर्य का विषय हो सकता है कि कपास, गन्ना, अंगूर और सोयाबीन जैसी नकदी फसलों का उत्पादन करने वाला विदर्भ का किसान, आखिर आत्महत्या क्यों करता है? इस क्षेत्र की सबसे कीमती व नकदी फसल कपास आज किसानों को मौत की नींद सुलाने में लगी है। कपास उत्पादन के लिए यहां का किसान मोनसेंटो और कारगिल जैसी अमेरिकी कंपनियों के बीज, खाद और कीटनाशकों पर निर्भर है। सूदखोरों, विदेशी कंपनियों और बैंकों की तिगड़ी ने इस इलाके में ऐसा चक्रव्यूह रचा है कि किसान उनसे छुटकारा पाने के लिए आत्महत्या का रास्ता अख्तियार करते हैं। केंद्र सरकार ने पिछले तीन साल में इस इलाके के किसानों के लिए 3750 करोड़ रुपए का राहत पैकेज तथा कर्ज माफी के लिए 712 करोड़ रुपए दिए। राज्य सरकार ने भी यहां के विकास के लिए 1200 करोड़ रुपए की विशेष सहायता दी हांलाकि इसका करीब 80 प्रतिशत हिस्सा भ्रष्टाचार की भेंट चढ़ गया। यही वजह है कि विदर्भ को अलग राज्य बनाने की मांग, किसानों की आत्महत्याओं के बढ़ने के साथ ही जोर पकड़ती गयी है। इस आन्दोलन को गति देने में सूखे ने भी खास भूमिका निभाई है। पिछले कुछ सालों से इस इलाके में बारिस नहीं हुई, जिसके चलते यहां का किसान दाने-दाने को मोहताज है। यह अलग बात है कि विदर्भ की मुखालफत करने वाले पश्चिमी महाराष्ट्र के रसूखदार नेताओं की तुलना में विदर्भ आंदोलन का अपना कोई सर्वमान्य नेता नहीं है। यही इसकी सबसे बड़ी कमजोरी है।
सेंट्रल त्रावणकोर
सेंट्रल त्रावणकोर केरल में है। प्रस्तावित सेंट्रल त्रावणकोर राज्य में अलप्पुजा, पथनमथित्ता के साथ ही कोट्टयम, इडुकी और कोलम जिलों के कुछ हिस्से शामिल हैं। पूर्व राष्ट्रपति के आर नारायणन भी कोट्टयम के ही हैं। लोकसभा में केरल कांग्रेस के जोश के. मनी कोट्टयम के ही हैं। सेंट्रल ट्रावणकोर को अगर राज्य का दर्जा हासिल होता है तो अलप्पुजा, कोट्टयम या फिर तिरुवल्ला को राज्य की राजधानी बनाया जाएगा। सेंट्रल ट्रावणकोर का इलाका भारत के सबसे समृद्धतम इलाकों में से एक है। यहां की जनता इसलिए अलग राज्य चाहती है क्योंकि केरल के दूसरे पिछड़े इलाकों की कीमत उन्हें चुकानी पड़ती है। यहां के लोगों की मांग है कि या तो सरकार उनके लिए ‘विशेष प्रशासनिक क्षेत्र’ बनाए या फिर ‘सेंट्रल त्रावणकोर’ को अलग राज्य का दर्जा दे। यह इलाका एक ‘स्मार्ट सिटी’ की दृष्टि से बहुत ही बढ़िया जगह है। आई टी, बीपीओ, बायोटेक, फूड प्रोसेसिंग, ट्यूरिज्म, मेडिकल, बैंक और बीमा जैसे क्षेत्रों में निवेश की दृष्टि से यह इलाका बहुत ही बढ़िया है। जानकारों का मानना है कि अगर सेंट्रल ट्रावणकोर राज्य बनता है तो इसे तरक्की की सीढ़ियां चढ़ने में ज्यादा वक्त नहीं लगेगा।
बुंदेलखंड
बुंदेलखंड आजादी के पहले एक स्वतंत्र राज्य था। इस इलाके को कवियों ने ‘इत चम्बल उत ताप्ती’ कहा है। 1948 में बुन्देलखण्ड और बघेलखण्ड के 35 राजाओं ने भारत सरकार के साथ एक संधि पर हस्ताक्षर कर अपनी-अपनी रियासतों को भारत में मिला दिया। प्रस्तावित बुंदेलखंड राज्य में उत्तर प्रदेश के सात (झांसी, जालान, ललितपुर, हमीरपुर, महोबा, बांदा और चित्रकूट) और मध्यप्रदेश के छ: (दतिया, टीकमगढ़, छतरपुर, पन्ना, दमोह और सागर) जिले शामिल हैं। भौगोलिक तौर पर यह इलाका भारत के मध्य में है। इस इलाके की बोली बुंदेलखंडी है। 60 हजार वर्ग किलोमीटर में फैले प्रस्तावित बुंदेलखंड राज्य की आबादी पांच करोड़ है। अगर यह राज्य बनता है तो झांसी इसकी राजधानी बनेगी। खनिज संपदा से भरपूर बुंदेलखंड की जनता करीब 50 सालों अलग राज्य के लिए आंदोलन कर रही है। इस मुद्दे पर 1955 में राज्य पुनर्गठन आयोग की सहमति के बावजूद आज भी बुंदेलखंड को अलग राज्य का दर्जा नहीं मिल पाया है।यह देश का ऐसा इलाका है जहां पानी के लिए डाका पड़ता है। यहां पानी के लिए गोलियां चलती हैं और न जाने कितनी जिंदगियां हर साल पानी की भेंट चढ़ जाती हैं। केन ,बेतवा, सोन, मंदाकिनी, धसान, सुनार, कोपरा, और व्यारमा जैसे कई छोटी बड़ी नदियां और हर साल मध्यप्रदेश में होने वाली करीब 1100 मिमी वर्षा के बावजूद, आज भी यह एक यक्ष प्रश्न है कि आखिर यह धरती इतनी प्यासी क्यों है? अभी तक अलग राज्य के लिए बुन्देलखण्ड मुक्ति मोर्चा के अध्यक्ष राजा बुन्देला, कर्वी (चित्रकूट) से खजुराहो (मध्यप्रदेश) तक 300 किलोमीटर से भी ज्यादा की पदयात्रा कर चुके हैं। बुंदेलखंड एकीकृत पार्टी और बुंदेलखंड मुक्ति मोर्चा जैसे कुछ स्थानीय संगठन और पार्टियां ही इस आंदोलन की रीढ़ हैं। राष्ट्रीय पार्टियों ने अभी तक इस बुंदेलखंड आंदोलन से खुद को दूर ही रखा है।
कोदगू
कोदगू दक्षिणी भारत का एक प्रसिद्ध हिल स्टेशन है। इसे दक्षिणी भारत का कश्मीर और भारत का स्विटजरलैंड कहा जाता है। आजादी के पहले कोदगू एक स्वतंत्र रियासत थी। भौगोलिक और सांस्कृतिक रुप में कर्नाटक से विल्कुल अलग पहचान रखने के बावजूद 1956 में इसे कर्नाटक के साथ मिला लिया गया। कानून के मुताबिक अंडमान और निकोबार द्वीप में बाहर का कोई व्यक्ति जमीन नहीं खरीद सकता। इसी को आधार बनाकर कोदगू राज्य आंदोलन से जुड़ी शक्तियां कोदगू से बाहरी लोगों को भगाने की मांग कर रहे हैं। कोदगू कावेरी नदी के किनारे बसा है। नदी के किनारे बसे दसियों लाख दक्षिण भारतीयों की पालनहार है कावेरी। कोडगू लोगों के लिए यह मां की तरह है। इसलिए कोडगू क्षेत्र के लोगों का कावेरी से बहुत गहरा नाता है। बाहर जो लोग यहां आये उन्होंने अपने लाभ के लिए कावेरी के किनारे बड़े-बड़े उद्योग लगाए। आज कावेरी गंगा की तरह ही प्रदूषित हो गयी है। इसलिए कोदगूवासियों की मांग है कि न सिर्फ बाहरी लोगों को यहां से भगाया जाए वरन कावेरी के पारिस्थितिक तंत्र को भी बचाया जाए। कोदगू के पर्यावरण को बचाने के लिए स्वयं सेवी संगठनों ने भी कमर कस ली है, इसने कोदगू राज्य आंदोलन को नई गति देने का काम किया है।
गोरखालैंड
1907 में गोरखा क्षेत्र के लिए एक अलग प्रशासनिक इकाई गठित करने की बात उठी। 1986 में सुभाष घिसिंग के नेतृत्व में गोरखा नेशनल लिबरेशन फोर्स (जीएनएलएफ; गठन 1980) ने ‘स्वतंत्र प्रशासनिक इकाई’ की जगह बंगाल से अलग एक स्वतंत्र ‘गोरखा राज्य’ के लिए बहुत ही जबर्दस्त आंदोलन किया। सरकार ने इस आंदोलन का दमन किया, जिसमें सैकड़ों लोग मारे गये और हजारों घायल हुए। 1988 में तत्कालीन गृह मंत्री बूटा सिंह और बंगाल के मुख्यमंत्री ज्योति बसु ने जीएनएलएफ के साथ ‘दार्जिलिंग गोरखा हिल कौंसिल’ एग्रीमेंट पर हस्ताक्षर किया। इस तरह स्वतंत्र गोरखा राज्य की मांग टल गयी। 2004 में सुभाष घिसिंग के साथ मतभेद के चलते उनके सहयोगी विमल गुरुंग उनसे अलग हो गये। 7 अक्टूबर 2007 को रोशन गिरी और विमल गुरुंग ने गोरखा जनमुक्ति मोर्चा (जीजेएम) का गठन किया। 2008 में जीजेएम ने गोरखा राज्य के लिए बहुत बड़ा आंदोलन किया। आंदोलन के हिंसक स्वरुप ग्रहण करते ही सरकार ने सुलह का रास्ता अख्तियार किया। जीजेएम के बढ़ते दबाव के चलते 8 सितंबर 2008 को बंगाल के मुख्यमंत्री, केंद्र सरकार और गोरखा क्षेत्र की पाटियों के बीच राज्य गठन के मुद्दे पर वार्ता हुई, हालांकि यह वार्ता बहुत कारगर नहीं रही। 21 मई 2010 को जीजेएम कार्यकर्ताओं द्वारा अखिल भारतीय गोरखा लीग के नेता मदन तमांग की हत्या के बाद जीजेएम की वर्षों की बनी बनाई मेहनत पर पानी फिरता नजर आया। फिलहाल गोरखालैंड का मसला जीजेएम, बंगाल सरकार और केंद्र सरकार और गोरखालैंड की दूसरी राजनीतिक शक्तियों के बीच दांच पेंच में फंसा हुआ है। घिसिंग द्वारा प्रस्तावित गोरखालैंड में बंगाल के बनरहट, भक्तिनगर, बीरपारा, चालसा, दार्जिलिंग, जयगांव, कालचीनी, कालीमपोंग, कुमारग्राम, कर्स्यांग, मदारीहट, मालबजार, मिरिक और नागरकट्टा शामिल हैं। यह क्षेत्र तीन देशों (नेपाल, भूटान और बांग्लादेश) और भारत के चार राज्यों (बिहार, बंगाल, असम और सिक्किम) के बीच स्थित है। इस समय गोरखालैंड के प्रभावी नेता गोरखा जन मुक्ति मोर्चा के विमल गुरुंग हैं। दार्जिलिंग, कर्स्यांग और कलिमपोंग का क्षेत्रफल 1600 वर्ग किलोमीटर और जनसंख्या 800000 है। इसमें लेप्चा और भोटिया लोगों की आबादी 700000 है। इस इलाके में इनकी जनसंख्या सबसे ज्यादा है। सिलीगुड़ी के मैदानी इलाके की कुल जनसंख्या 800,000 है। इसमें करीब 80 प्रतिशत बंगाली हैं। इसका क्षेत्रफल (नक्सलबाड़ी को छोड़कर) 900 वर्ग किलोमीटर है। इस इलाके में बाकी 20 प्रतिशत में बिहारी, मारवाड़ी, गोरखा और दूसरी जातियां हैं। संकोश नदी के पश्चिम में 4000 वर्ग किलोमीटर में फैले मालबाजार और नगरकट्टा आदि जिलों की कुल आबादी 10,00000 है, इसमें गोरखा सिर्फ 30 प्रतिशत हैं। यदि प्रस्तावित गोरखा क्षेत्र में 6500 वर्ग किलोमीटर इलाके की 26 लाख आबादी और जुड़ जाए तो गोरखामंडल के गोरखा अल्पसंख्यक बन जाएंगे। असेम्बली में भी उनका प्रतिशत कम हो जाएगा या फिर उन्हें इसके लिए आरक्षण का सहारा लेना होगा। गोररखालैंड के विरोधियों ने विमल गुरुंग को एक सुझाव यह भी दिया है कि गोरखा लोगों को सिक्किम में शामिल हो जाना चाहिए, जहां गोरखाओं की अच्छी तादात के साथ ही नेपाली, भोटिया, लेप्चा और कुछ दूसरी मंगोल जातियां भी हैं।उनके इस कदम से बेवजह के राज्य बंटवारे का झंझट भी नहीं होगा और उनकी मांग भी पूरी हो जाएगी। वैसे भी एक समय दार्जिलिंग सिक्किम का ही हिस्सा था।
बोडोलैंड
बोडो जनजाति ब्रह्मपुत्र नदी के कछारी इलाके में रहती है। इसीलिए इस क्षेत्र को बोडो कछारी कहा जाता है। बोडोलैंड में बोडो जनजाति के साथ नेपाली, संथाल, कोच, हिंदू असमी, बंगाली हिंदू और मुस्लिमों के अलावा कई ऐसी जनजातीय समूह भी हैं जो चाय के बागानों में काम करने के लिए यहां आये और यहीं बस गये। बोडो जनजाति का बड़ा हिस्सा अशिक्षित है। जो पढ़ना चाहते हैं उन्हें गोहाटी, डिब्रूगढ़ और शिलांग के कालेजों में प्रवेश नहीं मिलता। यहां के सिर्फ आठ प्रतिशत लोगों के पास ही नौकरी है और दो प्रतिशत लोगों के पास छोटा-मोटा स्थानीय व्यवसाय है। यहां संयुक्त परिवारों का चलन है। आमतौर पर एक परिवार में एक व्यक्ति के ऊपर करीब सात लोग निर्भर हैं। असम की ब्रम्हपुत्र घाटी में बोडो सबसे बड़े भाषायी और जातीय समुदाय हैं। यह भारत की आठवीं सबसे बड़ी अनुसूचित जनजाति है। असम की कुल आबादी 26,655,528 है, जबकि बोडो जाति समूह की कुल आबादी करीब 15 लाख है। इसके बावजूद असम के उत्तरी इलाकों में रहने वाली बोडो जाति आज भी उपेक्षा की शिकार है। बोडो की कुल आबादी का करीब 80 प्रतिशत गरीबी में जीवन बिताता है। शिशु मृत्यु दर के मामले में यह दुनिया में पहले स्थान पर है। यहां प्रति हजार नवजात शिशुओं में से औसतन 75 बच्चे जन्म के बाद ही मर जाते हैं।
यहां ज्यादातर लोगों के पास ठीक-ठाक घर तक नहीं हैं। इलाज कराने के लिए अस्पताल नहीं। यहां के लोगों के लिए मलेरिया और डायरिया भी लाइलाज बीमारियां हैं। 2003 में जारी असम की मानव विकास रिपोर्ट के अनुसार इस इलाके में गरीबों की संख्या उत्तरपूर्व के सात राज्यों में से सबसे ज्यादा है। करीब 90 प्रतिशत आबादी की जीविका का साधन कृषि है, जबकि इनमें से करीब 60 प्रतिशत लोगों के पास इतनी जमीन नहीं है कि उससे गुजारा चल सके। राज्य की ओर से मिलने वाली मदद का 80 प्रतिशत भ्रष्टाचार की भेंट चढ़ जाता है। अभी तक अलग बोडो राज्य के लिए 1987 से 1993 के बीच करीब सात बार हिंसात्मक संघर्ष हो चुके हैं। सरकार ने इन प्रदर्शनों से बचने के लिए बीच का रास्ता निकाला। 2003 में गठित बोडोलैंड टेरीटोरियल कौंसिल (बीटीसी) इसी का परिणाम थी। नेशनल डेमोक्रेटिक फ्रंट आॅफ बोडोलैंड (एनडीएफबी) ने लंबे समय तक भारत सरकार के साथ इस समस्या का समाधान करने की कोशिश की लेकिन उसका कोई खास नतीजा नहीं निकला। एनडीएफबी का बोडोलैंड के मुद्दे पर बहुत ही बुनियादी मतभेद है। इसीलिए पिछले दिनों एनडीएफबी ने उल्फा से साफ तौर पर कह दिया कि, ‘उल्फा बोडो जनजातियों के मामले में अपनी टांग न अड़ाये। यह मामला भारत सरकार और हमारे बीच का है। आज हर बोडो स्वतंत्र बोडो राज्य के गठन के लिए अपनी कुर्बानी देने के लिए तैयार है।’
सोनांचल
सरकारी उपेक्षा के चलते आज समूचा सोनांचल माओवादियों आंदोलन के प्रभाव में है। 2005 में हरीराम चेरो के नेतृत्व में सोनांचल संघर्ष समिति ने मिर्जापुर, सोनभद्र और चंदौली जिलों को मिलाकर सोनांचल राज्य के गठन करने की मांग उठाई। 2007 में सोनांचल राज्य के गठन के लिए हजारों आदिवासियों ने लखनऊ में विधान सभा के सामने प्रदर्शन भी किया, लेकिन उनकी बात नहीं सुनी गयी। सोनांचल के मसले से असहमत लोगों का तर्क है कि क्षेत्रफल की दृष्टि से यह इलाका बहुत छोटा है। इस मसले पर सोनांचल की पक्षधर शक्तियों का तर्क है कि प्रस्तावित सोनांचल राज्य क्षेत्रफल की दृष्टि से मिजोरम, मेघालय, त्रिपुरा, सिक्किम और अरुणांचल से बहुत बड़ा है। इसके गठन में एक पेंच यह भी है कि पूर्वांचल राज्य की मांग करने वाले संगठनों ने सोनांचल के तीनों जिलों को पूर्वांचल के मानचित्र में दिखाया है। पूर्वांचल आंदोलन के नेता सोनांचल के नेताओं की तुलना में ज्यादा रसूख वाले हैं। इसलिए फिलहाल तो सोनांचल के रास्ते में पूर्वांचल एक बड़ी बाधा बना हुआ है। प्राकृतिक सम्पदा से भरपूर विंध्य के पहाड़ी आदिवासी भयंकर गरीबी में जीवन जीते हैं। बड़ी आबादी मुख्यधारा से कटी हुई है। यहां की प्राकृतिक सम्पदा न सिर्फ दूसरे राज्यों के काम आ रही है, बल्कि यहां पत्थर की खदानों में काम करने वाले ज्यादातर आदिवासियों के लिए ये खदानें मौत का कुंआ बन चुकी हैं। एक मोटे अनुमान के मुताबिक सोनांचल में प्रतिदिन एक आदमी इन खदानों की भेंट चढ़ जाता है। मरने वालों में से ज्यादातर अनुसूचित जाति/अनुसूचित जनजाति के होते हैं। इसी तरह की सैकड़ों समस्याओं ने यहां के लोगों को पृथक सोनांचल राज्य का आंदोलन छेड़ने के लिए विवश किया।
read more...

पर्यावरणवादी कार्लमार्क्स

– साइमन बट्लर

सन् १९३० को दशकको बृहद मन्दी (ग्रेट डिप्रेसन) थताको गहिरो संकटमा विश्व अर्थतन्त्र झर्दै गर्दा, पुस्तक पसलहरूमा कार्लमाक्सका कृतिहरूले बिक्री सुचीमा उच्च स्थान दर्ज गरेका छन्। उहाँको मातृभुमि जर्मनीमा मार्क्सका कृतिहरूको बिक्री तीन गुण भएको छ। रूढीवादी अर्थशास्त्री र इतिहासकारहरूले उहाँका सिद्धान्तहरूलाई अपहेलना गर्ने गरेका छन्। तै पनि पछिल्लो आर्थिक मन्दीको प्रकरणमा मुख्यधारका केही अर्थशास्त्रीहरू कतै मार्क्स सही त हुनु हुन्थेन भनेर सोच्न बाध्य भएका छन्।
मार्क्सको तर्कमा, पूँजीवाद स्वाभावत अस्थिर हुन्छ, विरोधाभासले भरिपूर्ण हुन्छ र गहिरो संकट उन्मुख हुन्छ। शोषण, युद्ध, भोकमरी र गरीवी यस्ता समस्याहरू हुन् जसलाई बजारतन्त्रले हल गर्न सक्दैन। उहाँ भन्नुहुन्थ्यो, बरू तीनीहरू यो व्यवस्थाका छुट्टै नसक्ने परिणामहरू हुन्। यसो किन हुन्छ ने, पँूजीवाद सबैभन्दा धनाढ्य निगमहरूबाट नियन्त्रित हुन्छ र सबै कुरा छोडी मुनाफा आर्जन गर्न पछि लाग्दछ। लोकतान्त्रिक समाजवादी समाजमा संक्रमणले नै, जहाँ सामान्य मानिसहरू अर्थतन्त्र र समाज आफैका बारेमा मुख्य निर्णय लिन स73म हुन्छन्, सच्चा स्वतन्त्रता र मुक्तिको बाटो खोल्न सक्दछ।
पूँजीवादको आलोचना र समाजिक क्रान्तिको वकालत गर्नका लागि प्रसिद्ध, मार्क्स र उहाँका सह―चिन्तक फ्रेडिक एंगेल्स, वातावरण विनास प्रतिको चिन्ता र दीगोपनाको आवश्यकताको मतका लागि एकदमै कम चिनिनुहुन्छ। सँगै लिदा, मानव समाज र वातावरणका बारेमा उहाँहरूले प्रकट गरेको विचारले, उहाँहरूलाई त्यो समयका प्रखर वातावरणवादीहरू बीच सबैभन्दा माथि उभ्याउँदछ। मार्क्सका अनुसार पूँजीवादी यस्तो अर्थव्यवस्था हो, जससँग दिगो पृथ्वीको ठाडो अन्तरविरोध रहेको हुन्छ, जस्तो कि, श्रमजीवी जनताको शोषण।

ब्यापारिक लालचका वातावरणीय समस्याहरूबाट प्राकृतिक विश्वलाई मुक्त गर्नु, समाजवादको एउटा मुख्य उद्देश्य हो। उच्च अर्थ निमार्णको दृष्टिकोणबाट, पृथ्वीमा अमुक व्यक्तिहरूकोे निजी सम्पत्ति त्भततष्लबष् बचतजबजभभल मभपजष्लतजथय वबततष् भगतब ्कबलअजभ पय लष्वष् कब्कउबततष् बचपय पब बिबनष्, मार्क्सले लेख्नु भएको छ। हावा, नदी, समृद्ध र भुमिलाई ब्यापारका लागि “प्रकृतिको सित्तैको उपहार148 ठान्ने पँूजीवादी आर्थिक विचारको उहाँ तिव्र आलोचक हुनुहुन्थ्यो। “एउटा सम्पूर्ण समाजहरू सँगै लिदा पनि पृथ्वीका मालिक होइनन्, तिनीहरू केवल यसका धारणकर्ता हुन् र सुधारिएको अवस्थामा भावी पुस्तालाई हस्तान्तरण गर्नु यिनीहरूको दायित्व हो।” बजारतन्त्रले भावी पुस्ताका निम्ति वातावरण जोगाउन सक्दैन किनभने जनता र पृथ्वीका दीर्घकालिन आवश्यकतालाई ख्याल गर्न सक्दैन। ब्यक्तिगत उद्यम र उद्योगहरूका बीच लगानीको मुनाफा आर्जन गर्न हुने प्रतिस्पर्धाले सही र दिगो योजनालाई नकार्न खोज्दछ।

एंगेल्सले यो ध्यंसात्मक गतिशिलतालाई यसरी प्रष्ट पार्नु भएको छ, “जब ब्यक्तिगत पूँजीवादीहरू तुरून्त नाफा हासिल गर्ने उद्देश्यले उत्पादन र सट्टा लागि पर्दछन्, सबैभन्दा सजिलो र तुरून्त प्रतिफल प्राप्त गर्नु पट्टि नै उनीहरूको पुरा ध्यान हुन्छ।” “जबसम्म एउटा कारखाना मालिक वा व्यापारीले निर्माण वा खरिद गरेको वस्तुलाई चलिआएको र चाहेको मुनाफा सहित बेच्न पाउँदछ, ऊ त्यसैमा सन्तुष्ट हुन्छ र त्यसपछि वस्तु र खरिदकर्तालाई के हुन्छ भन्नेमा मतलब राख्दैन, त्यही कुरा सो कार्यको प्राकृतिक प्रभावमा पनि लागु हुन्छ।”

मार्क्स र एंगेल्सको समयमा पूँजीवादको यो गुण, विशेषतः कृषि र वस्तुपालनमा झल्किन्थ्यो। मार्क्स लेख्नुहुन्छ, “जुन तरिकाले कुनै एउटा बालीको खेती गरिन्छ, त्यो बजारभाऊको उतारचढावमा भरपर्दछ र बजारभाउले खेतीको स्वरूपमा निरन्तर परिवर्तन ल्याउँदछ। पूँजीवादी उत्पादनको सम्पुर्ण आत्मा तुरून्त प्राप्त हुने नाफा तिर झुकेको हुन्छ, र यो कृषिसँग अन्तर विरोधमा उभिएको हुन्छ, जसले मानव पुस्ताका चक्रले आवश्यक पारेका जीवनका सबै स्थाई आवश्यकतासँग सरोकार राख्नु पर्दछ।” पूँजीवादी कृषि दिगो हँुदैन किनभने यसले स्वभाव अनुसार नै भुमिलाई मलबाट वञ्चित गर्दछ। “यो एउटा कला हो मजदुरलाई मात्र होइन भुमिलाई पनि लुट्दछ।” यसभन्दा अगाडि मार्क्स भन्नुहुन्छ, “कुनै एक समयमा जमिनको उर्वराशक्ति बढाउन गरिएको प्रगति त्यो उर्वराशक्तिको दिर्घकालिन स्रोतलाई नष्ट गर्ने प्रगतिमात्र हो।” एउटा देशले, आधुनिक उद्योगको जगमा जति बढी विकासको शुरूवात गर्दछ, उदाहरणका लागि अमेरिका, त्यसको ध्वस्त हुने प्रक्रिया अझ तीव्र हुन्छ।” पूँजीवादी उत्पादनले धनको वास्तविक साधन भुमि र मजदुरलाई चुसेर मात्र प्रविधि विकास गर्दछ।”

मार्क्स र एंगेल्सले पृथ्वीको परिस्थितिकीय प्रणाली (इकोसिस्टम)लाई एक गतिशील र जटिल प्रक्रिय हो भन्ने बुझ्नुहुन्थ्यो। एउटा अन्तरसम्बन्धित अंगहरूको सुच्म र कमजोर रूपले सन्तुलित प्रक्रिया, जहाँ कुनै परिवर्तनले नयाँ र प्राय अनुमान गर्न नसकिने असरहरू ल्याएर प्रतिकृया दिन्छ। हामीले प्राकृतिक परिस्थितिकिय प्रणालीलाई आफैलाई जोखिममा पारेर नाश गर्दैछौं। एंगेल्स हामीलाई सचेत पार्नु हुन्छ, “प्रकृतिमाथि मानव विजयको उमड्डमा हामीले आफुलाई महान नठानौ किनभने हरेक विजयका निम्ती प्रकृतिले हामीसँग आफ्नो बदला लिन्छ। ” उहाँ थप्नु हुन्छ, “यो साँचो हो कि हरेक विजयले शुरूमा हामीले आशा गरेको प्रतिफल दिन्छ तर दास्रो र तस्रोमा केही फरक, नदेखिने असर हुन्छ जसले पहिलो फाइदालाई काट्दछ।

मार्क्सले कयौं पटक मानव समाज र प्राकृतिक संसार बीचको अन्तरसम्बन्धलाई “मेटावोलिज्म”(उपापचय) भनेर ब्याख्या गर्नुभएको छ। पूँजीवादी उत्पादनले “मेटावोलिक दरार”उत्पन्न गर्दछ ― मानवता र पृथ्वीका बीचमा नमिठो विछोड। यो गहिरिदो दरारको वातावरणीय प्रतिफल चरम नकरात्मक सावित भएकोछ। “सामान्यतया सभ्यता र उद्योगको विकासले यो देखाएको छ, वन जंगलको विनाशमा यो यति सक्रिय छ कि संरक्षण र उत्पादनमा गरिएका प्रयास तुलनात्मक रूपले नग48य छन्। ”यसै गरी एंगेल्स थप्नु हुन्छ, “प्रत्येक पाइलामा हामी सम्झाइएका छौं कि कुनै पनि तरिकाले हामीले प्रकृतिलाई एउटा विजयीले विदेशी जनतालाई शासन गरे जस्तो गर्न सक्दैनौ।” अर्कातिर, “हामीसँग सबै प्राणीहरू भन्दा अलग, प्रकृतिका नियमहरूलाई बुझ्ने र युक्तिसंगत ढंगले प्रयोग गर्न सक्ने क्षमता छ।” त्यो के भने हामीले समाजलाई प्रकृतिको सिमीततासँग पाइला मिलाएर व्यवस्थित गर्न सक्दछौं।
मार्क्स र एंगेल्सको मान्यता यो थियो कि, समाजवादको उद्देश्य भनेको वर्ग शोषणको अन्त्य र मानव र पृथ्वी बीच “मेटावोलिज्म” पुनस्थापना गर्नु हो। माव समाजमा उत्पादन निर्धाण गर्दा नाफामुखी ध्येयलाई नहराउँदा सम्म र सहभागितामुलक लोकतन्त्र र तर्क संगत योजना निर्माण नहुँदासम्म यो संभव छैन। एंगेल्सको तर्क अनुसार, “सहकारी उत्पादकको रूपमा संगठित मजदुर वर्गले मात्र सही किसिमले प्रकृतिसँग मानव मेटावोलिज्म नियन्त्रण गर्न सक्दछ। यसका लागि अहिले सम्म अस्तित्वमा रहेका उत्पादनका तोरतरिका बारेमा ज्ञानमात्र भन्दा पनि समूलक्रान्ति हुनुपर्दछ र सँगसँगै हाम्रो विद्यमान सामाजिक तहमा पनि क्रान्ति आवश्यक पर्दछ। ”

आज, जलवायु परिवर्तनले जीवनको अस्तित्व नै संकटमा पारेको बेलामा, पूँजीवादका पर्यावरणीय विरोधाभासहरू चरम सिमामा पुगेका छन्। वातावरणीय समस्याले पक्कै पनि यो ब्यवस्थाको अन्त्यका लागि मार्क्स र एंगेल्सले १५० वर्ष पहिले महशुस गर्नु भएको भन्दा बढी महत्वपूर्ण भूमिका खेल्ने छ।
वातावण विज्ञानमा मार्क्स र एंगेल्सको योगदान सँगसँगै अर्को सत्य के हो भने उहाँहरू केवल राजनीतिक सिद्धान्तकार र दार्शनिक हुनुहन्थेन

― उहाँहरू लगनशील अभियान कर्ता हुनुहुन्थ्यो जसले आफ्ना दिनका क्रान्तिकारी आन्दोलनमा भाग लिनुभएको थियो। उहाँहरू ज्ाोड दिनुहुन्थ्यो, सिद्धान्तलाई ब्यवहारको कसीमा उतारेर र क्रान्तिकारी व्यवहारले समृद्ध विकसित बनाएर मात्र सही महत्व प्राप्त गर्न सकिन्छ।
“दार्शनिकहरूले संस्ाारलाई धेरै तरिकाले ब्याख्या गरेका छन्, मुख्य कुरा यसलाई बदल्नु हो। “मार्क्स यो निर्क्यौलमा सन् १८४५ मै पुग्नु भएको थियो जतिबेला उहाँ अझै युवा हुनुहुन्थ्यो।
read more...

स्टालिनका शब्दमा ऐतिहासिक भौतिकवाद

– चन्द्र सापकोटा

द्वन्द्वात्मक भौतिकवादका सिद्धान्तहरूलाई समाज वा इतिहासको क्षेत्रमा प्रयोग गरिनु नै ऐतिहासिक भौतिकवाद हो। मानिसलाई जीवन निर्वाहका लागि साधनहरूको आवश्यकता पर्छ। ती चीजहरू प्रकृतिमा पाइन्छन्। मानिसले प्रकृतिमा जीवननिर्वाहका लागि संघर्ष गर्दछ। प्रकृतिसँग संघर्ष गरेर मानिसले उत्पादनमा भाग लिन्छ। उत्पादन गर्ने मानिस र उसको कार्य कुशलतालाई उत्पादन शक्ति भनिन्छ। उत्पादनका दौरानमा मानिसहरूका बीचमा सम्बन्ध कायम हुन्छ। त्यसलाई हामी उत्पादनसम्बन्ध भन्दछौं। उत्पादन शक्ति र उत्पादन सम्बन्ध दुवै मिलेर उत्पादन प्रणाली बन्छ।
उत्पादनका लागि जमिन, कारखाना वा उत्पादनका औजारहरूको पनि आवश्यकता पर्दछ। तिनीहरूलाई उत्पादनका साधन वा बस्तुहरू भनिन्छ। जसमाथि परिश्रम वा उत्पादन गरिन्छ।

उत्पादन प्रणालीमा सधै परिवर्तन हुन्छ। उत्पादन प्रणालीको आधारमा समाज, सामाजिक विचार, दृष्टिकोण वा राजनैतिक व्यवस्था आदिको निर्माण हुन्छ। अर्को शब्दमा उत्पादन प्रणाली वा मानिसको जीवन निर्वाहको तरिका जस्तो हुन्छ त्यही अनुसार सामाजिक संरचनाको पनि विकास हुन्छ। यसरी उत्पादन प्रणालीमा सामाजिक संरचना वा राजनैतिक दृष्टिकोण अडेको हुन्छ। उत्पादन प्रणाली जग हो भने राजनैतिक दृष्टिकोण वा संस्था उपरी संरचना हो। उत्पादन प्रणालीमा परिवर्तन भएपछि उपरी संरचनामा पनि परिवर्तन हुन्छ। तर उत्पादन प्रणाली र त्यसको उपरी संरचनामा हुने परिवर्तन सरल, सिधा र सामान्य प्रकारले हुँदैन। कतिपय समस्या, द्वन्द्व र अन्तरविरोध वा जटिलताको बीचबाट गुज्रेर मात्र उत्पादन प्रणाली र उपरी संरचनामा परिवर्तन हुने गर्छ। उत्पादन प्रणालीमा परिवर्तन वा विकास हुँदा पहिले उत्पादन शक्तिमा परिवर्तन हुन्छ र पछाडि मात्र उत्पादन सम्बन्धमा परिवर्तन हुने गर्छ।

उत्पादन शक्तिमा परिवर्तन वा विकास भएपछि उत्पादन सम्बन्धमा पनि त्यही अनुसार परिवर्तन वा विकास भएमा समाजको गति अगाडि बढ्छ। तर उत्पादन शक्तिमा परिवर्तन हुने र उत्पादन सम्बन्धमा तुरून्तै परिवर्तन नहुँदा समाजमा गत्यावरोध सिर्जना हुन्छ।
समाजवादी समाजमा सामाजिक उत्पादन र सामाजिक वितरण हुने हुँदा समाजको विकास तीब्र हुन्छ। तर पूंजीवादी समाजमा उत्पादन सामाजिक र उत्पादनका साधन वा बस्तुहरू पूंजीपतिको स्वामित्वमा हुने हुँदा उत्पादक शक्तिको तुलनामा उत्पादन सम्बन्धको परिवर्तन वा विकास पछाडि पर्दछ। उत्पादन शक्ति र उत्पादन सम्बन्धको बीचमा अन्तरविरोध सिर्जना भएर सामाजिक संरचनामा गत्यावरोध पैदा हुन्छ।

मानिसहरू कुनै नयाँ उत्पादनशक्ति वा उत्पादन सम्बन्ध छान्न स्वतन्त्र हुँदैनन्। त्यस्को विपरीत उत्पादन शक्ति वा उत्पादन सम्बन्धमा हुने परिवर्तन अनुसार नै उनीहरू नयाँ व्यवस्थालाई स्वीकार गर्न बाध्य हुन्छन्। नयाँ प्रकारको उत्पादक शक्तिहरूको विकास भएपछि पुरानो प्रकारको उत्पादन सम्बन्धमाथि टिकेको पुरानो सामाजिक उपरी ढाँचाले नयाँ उत्पादक शक्तिहरू वा तिनीहरूमाथि टिकेका नयाँ विचार वा शक्तिहरूको विकासलाई रोक्ने प्रयत्न गर्दछ।

त्यो अवस्थामा नयाँ र पुराना शक्तिहरूको बीचमा संघर्षको स्थिति पैदा हुन्छ। अन्तमा नयाँ उत्पादक शक्तिहरूसित मेल नखाने पुरानो समाज व्यवस्थाको पराजय हुन्छ र त्यसका ठाउँमा नयाँ उत्पादक शक्तिहरू अनुसार बनेको नयाँ सामाजिक उपरी ढाँचाको निर्माण हुन्छ।
पूंजीवादी समाजमा उत्पादक शक्तिहरूको सामाजिक स्वरूप र उत्पादनका साधनहरू माथिको व्यक्तिगत स्वामित्वको बीचको अन्तरविरोध नै आधारभूत अन्तरविरोध हो।यो अन्तरविरोधको समाधान पूंजीवादी व्यवस्थाभित्र हुन सक्दैन र समाजवादी क्रान्तिद्वारा नै त्यो अन्तरविरोधको समाधान हुन्छ। तर पुरानो प्रकारको उत्पादन सम्बन्धमाथि टिकेको पुरानो प्रकारको सामाजिक संरचनालाई समाप्त पारेर नयाँ माजव्यवस्थाको निर्माण गर्ने काम शान्तिपूर्ण किसिमले हुन सक्दैन।

कतिपय अवथामा ती दुवै पक्षका बीचको संघर्ष सामान्य वा शान्तिपूर्ण तरिकाले पनि हुन्छ। त्यसरी मात्रात्मक परिवर्तन मात्र हुन्छ। तर त्यो मात्रात्मक परिवर्तन कुनै खास विन्दुमा पुगेपछि क्रान्तिकारी विस्फोटमा बदलिन्छ र विद्यमान व्यवस्थामा गुणात्मक परिवर्तन हुन्छ। त्यसपछि नयाँ उत्पादक शक्तिहरूको स्वरूपअनुसार नयाँ सामाजिक व्यवस्थाको निर्माण हुन्छ।
सामाजिक जीवनमा समाजको इतिहासमा प्रयोग गरिएको मार्क्सवादी भौतिकवाद यही हो, द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादका मुख्य स्वरूपहरू यिनै हुन्।
read more...

ऐतिहासिक भौतिकवाद

– नवराज ढुंगाना

सामान्य अर्थमा समाज विकासको ऐतिहासिक पृष्ठभूमिमा उत्पादनका व्यवस्थाहरूको अध्ययन गर्ने विधिलाई ऐतिहासिक भौतिकवाद भनिन्छ। यसलाई विभिन्न समाजशास्त्री तथा मानवशास्त्रीहरूले परिभाषित गरेका हुन्। त्यस सम्बन्धमा ऐतिहासिक भौतिकवाद के हो? भन्नुपूर्व हामी सबैले मार्क्सवादको Concept को सामान्य अर्थ बु137नु जरूरी छ। मार्क्सवाद मानवजातिको वैचारिक विकासको उच्च चरण हो। विकासको खास चरणमा उत्पन्न अभावको पूर्व स्वरूप यसको उदय भयो। Karl Heinrich Marx (1818-1883) सामाजिक जीवनका जन्मदाता हुन्। उनी जर्मनमा जन्मेता पनि लन्डनमा उनको धेरै समय बित्यो। मार्क्सवाद एउटा सिद्धान्त र विज्ञानको विकसित रूप हो। मार्क्सले द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसंघर्ष र अतिरिक्त मूल्यको सिद्धान्तजस्ता महत्वपूर्ण सिद्धान्तहरू प्रतिपादन गरे। त्यसकारण यो समग्र सिद्धान्त र विज्ञानको रूप नै मार्क्सवाद हो।
ऐतिहासिक भौतिकवाद मार्क्सको समाज र इतिहास सम्बन्धी सिद्धान्त हो। यस सिद्धान्तमा मार्क्सले हेगेलको इतिहासको आदर्शात्मक व्याख्याका स्थानमा आफ्नो भौतिकवादी व्याख्याको स्थापना गरेका छन्।

हेगेलको सिद्धान्तमा क्मभब (विचार) लाई प्रमुख मानिएको छ। विचार, आत्मा र विश्वात्मालाई प्रमुख मानिएको छ। तर मार्क्सले यो जगत आत्माको आधारबाट चलेको छैन। पदार्थ पहिलो हो। बाह्य जगत सत्य हो। मार्क्सले The Capital िमा भनेका छन्– हेगेलको विचार (मस्तिष्क, आत्मा) ले उभिएको पाए। उहाँले त्यसलाई खुट्टाको सहायताले उभ्याइदिए। त्यसैले ऐतिहासिक भौतिकवादले सामाजिक अस्तित्वलाई प्रथम र चेतनालाई द्वितीय मान्दछ।


प्रत्येक सामाजिक व्यवस्थाको सम्बन्ध उत्पादन प्रणालीसंग हुन्छ। त्यसैले हामीले कुनै पनि सामाजिक व्यवस्थालाई हेर्ने दार्शनिक आधार उत्पादन प्रणाली हो। मानिसहरू अस्तित्वमा आएपछि उनीहरूको आहार–विहार, सामाजिक सम्बन्ध, त्यसले ल्याएको परिवर्तन, परिवर्तित समाजमा स्थापना भएका मूल्य, मान्यता र आवश्यकताहरूको यो नै ऐतिहासिक भौतिकवाद हो। मानिसहरू एकातिर उत्पादन प्रणालीको निम्ति मिलेर बस्छन् भने अर्कातिर त्यसबाट सिर्जना भएको राजनैतिक, आर्थिक, नैतिक, धार्मिक आदि संरचनाहरूभित्र एकआपसमा सम्बन्धित हुन्छन्। वास्तवमा यही सम्बन्ध नै समाज हो। समाज विकासको आधार भनेको नै उत्पादनप्रणाली हो। उत्पादन प्रणालीमा उत्पादन सम्बन्ध र उत्पादन शक्ति (Labour Force) प्रमुख हुन्छन्। मानिसहरू यो उत्पादन प्रणालीलाई आफ्नो अनुकूल प्रयोग गर्न खोज्दछन्। यसले गर्दा समग्र उत्पादनप्रणाली नै परिवर्तन हुन खोज्दछ। यसरी उत्पादन प्रणालीमा परिवर्तन आउँदा समाजमा ठूला–ठूला परिवर्तनहरू भैरहन्छन्।

यस सन्दर्भमा मार्क्सले लेख्नु भएको छ– “उत्पादनको काम गर्दा मानिसले प्रकृतिसँग मात्र होइन, एकअर्कासँग पनि सम्बन्ध राख्दछन्। एक न एक रूपमा आपसी सहयोग गरेर परस्परमा आफ्ना काम कारबाही आदानप्रदान गरेर नै उनीहरू एक न एक प्रकारको निश्चित सम्बन्ध र नाता राख्छन्। यिनै सामाजिक सम्बन्ध र नाताभित्र रहेर नै उनीहरू प्रकृतिसँग सम्बन्ध राख्दछन्।” उत्पादनका साधन र त्यसमा लाग्ने श्रमलाई उत्पादक शक्ति भनिन्छ। औजारको माध्यमबाट वस्तुमा श्रम लगाएर तयार पारेको चीज नै उत्पादनको वस्तु हो। जग्गा, खानी, कच्चा पदार्थ, यिनहरू उत्पादनका वस्तु हुन्। उत्पादनको सम्बन्ध स्वामित्वको आधारमा निर्धारण हुन्छ। जस्तै सामाजिक स्वामित्व र निजी स्वामित्व।

सामाजिक स्वामित्व कामअनुसार वितरण हुन्छ र आवश्यकताअनुसार वितरण हुन्छ। तर निजी स्वामित्व असमान रूपमा वितरण हुन्छ। कुनै पनि सामाजिक व्याख्यामा सबै उत्पादन शक्तिको विकासको लागि ठाउँ रहेसम्म त्यो कहिल्यै पनि बिलाउँदैन। र पुरानो समाजको गर्भभित्र आफ्ना अस्तित्वका भौतिक अवस्थाहरू परिपक्व हुनु भन्दा अघि नयाँ उच्च सम्बन्धहरू कहिल्यै देखा पर्दैनन्। त्यसैले इतिहासको विकास, विचार, आत्मा, आदर्शमा आधारित छैनन्।

यसको वास्तविक आधार त समाजको आर्थिक जीवन, उत्पादन शक्ति र उत्पादनको सम्बन्ध नै हो। यसैले भौतिक मूल्यहरूको उत्पादनको कार्य सबैभन्दा आधारभूत प्रथम आवश्यक र अधिक समस्या ऐतिहासिक घटना हो। यसकारण इतिहास निर्माणमा वास्तवमा श्रमिक मानिसहरूको हात हुन्छ।


मार्क्सको ऐतिहासिक भौतिकवादले सम्पूर्ण मानव समाजलाई ५ भागमा बाँडेर अध्ययन गरेको छ।
१. आदिम साम्यवादी समाज Primitive Communism :
यो मानव समाजको इतिहासको प्रथम चरण हेा। यस चरणमा उत्पादनका साधनहरूमा समुदायको पूर्ण नियन्त्रण थियो। किनकि यसबेला संयुक्त श्रम हुन्थ्यो। व्यक्तिगत सम्पत्तिको अवधारणा नै थिएन। समाज शोषणविहीन र वर्गविहीन थियो। फलफुल, कन्दमुल र सिकारको खेाजी गर्नु आदिम साम्यवादी समाजको उत्पादन कार्य थियो। सामाजिक सम्बन्धका दृष्टिकोणले यो समाज मातृसत्तात्मक समाज थियो। यौन सम्बन्धका दृष्टिकोणले यो समाज यौन स्वच्छन्दता समाज थियो। उत्पदनका नयाँ सम्भावना बढेपछि, उत्पादन शक्तिको विकास हँुदै गएपछि र मानिसमा नैतिक चेतनाको विकास भएपछि नयँँ प्रकारको यौन सम्बन्ध सुरू हुन थाल्यो। यसरी परिवारको नयाँ स्वरूप बन्न थाल्यो। यो व्यवस्था दशौं हजार वर्षसम्म अस्तित्वमा रह्यो।

यस लामो अवधिमा मानिसले लाठी, ढुंगाजस्ता हतियार, औजारबाट सिकार गर्ने, कन्दमुल बटुल्ने काम गर्दथे। सुरूमा ढुंगा, काठ, जीवजन्तुका सिङ र हड्डीबाट हतियारहरू बनाउन थाले। पछि त्यही औजारहरू धनुषबाण, ढुंगा ठेला जस्ता नयाँ–नयँँ औजार र श्रमका साधनहरू पनि आविस्कार भए। मानिसहरू समय विकास सँगै जंगली कन्दमूल र सिकारले नपुगेर ती कन्दमूलहरूलाई उमार्ने, जगेडा गर्ने र पशुहरूलाई पाल्ने काम गर्न थाले। श्रम गर्दै जाँदा श्रमका साधनहरू पनि परिस्कृत हुँदै गए। त्यसपछि श्रमविभाजन देखा पर्न थाल्यो। स्त्रीहरूले केटाकेटीको पालनपोषण गर्ने, घरधन्दाको जिम्मेवारी लिने काम गर्न थाले। पुरूषहरूमा भने सिकार गर्ने, सरसामान खोज्ने काम गर्न थाले। यसैसमयदेखि नै समाजमा वंशको स्थापना भएको पाइन्छ। मानिसको वथानमा वंशको स्थापना भयो। वंश व्यवस्थामा नारीको स्थान प्रमुख नै मानिन्थ्यो। एंगेल्सले यसबेलाको समयलाई समूह विवाह भनेर परिभाषित गरेका छन्। एउटा मानिसहरूको समूह वा बधानमा भएका सबै पुरूषहरू श्रीमान र सबै महिलाहरू श्रीमतीको रूपमा हुन्थे।

प्राग मानवीय युगको मध्यकालमा सुरू भएको श्रम विभाजन पछि गएर विभिन्न समुदाय बीच विशेषीकरणको रूपमा विकसित भयो। सुरूमा पशुपालन र कृषि उत्पादनबीच एक प्रकारको श्रम विभाजन देखियो। पछाडि यसबाट पनि सीप व्यवसायहरू विकसित हुँदै गए। उत्पादन शक्तिमा भएको विकासले उत्पादन प्रक्रियामा नै गतिशिलता आयो। उत्पादन बृद्धिकरण हुन गएको कारणले गर्दा मानिसका आवश्यकताहरू विनियमको प्रथाबाट मात्रै सम्भव हुने भयो। विनियम प्रथाले स्थान लिए पछि संचय अतिरिक्त प्रविधिको विकास साथसाथै यस समयदेखि प्रविधि विकास भयो। यसैबाट सम्पत्तिको विकास भयो र वर्गहरू उत्पत्ति भयो र क्रमशः विकास हुँदै गयो।

२. दासमूलक समाज Slavery Society :
यो यस्तो सामाजिक, आर्थिक व्यवस्था हो, जुन आदिम साम्यवादको अन्त्यपछि सुरू भएको थियो। दास र मालिकवर्गहरूको अभ्युदय यही समयमा भयो। त्यसैले यो वर्गीय समाज सुरू भएको पहिलो अवस्था हो। इतिहासमा सबैभन्दा पहिलो वर्गसंघर्ष यहीबाट सुरू भएको हो। सामूहिक स्वामित्वको ठाउँमा व्यक्तिगत स्वामित्वको उदय भयो। उत्पादनका साधनहरू वा उत्पादन गर्ने मानिसहरूमाथि दास मालिकहरूको अधिनता रह्यो।
यस समाजमा युद्धमा हारेका समुदायहरू दासको रूपमा बाँच्न पाउने भए। यौन सम्बन्धमा पहिले जुन स्त्रीको स्वच्छन्दता थियो, त्यसलाई कम गर्नका लागि समूह मैथुनबाट एक विवाह प्रथाको आरम्भ भयो। तर एक निष्ठ विवाहको नियम खाली स्त्रीहरूमाथि नै कडाईका साथ लागू गरिएको थियो। युरोपका धेरै जातिहरूमा रख्यौली, बेष्या आदि राख्न उनीहरूलाई छुट थियो। एसियामा सुरूबाट नै बहुपत्नीप्रथा देखिन्छ।

उत्पादनका दृष्टिकोणले खेती, पशुपालन, घरवरिपरि बगैचा, सागसब्जी लगाउने वस्ती र सहरहरूको विकास भयो। जग्गाको सिचाई गर्ने कुलो, बाँध पोखरी इत्यादि बनाएर सिचाई हुन थाल्यो। अन्न पिन्नका लागि घट्टहरू, खानी र उद्योग धन्दाको विकास पनि हुन थाल्यो। धातुको धाउ, घन, तिनलाई धुलो पार्ने ओखल, त्यसलाई गालेर धातु निकाल्न घट्टी आदि सरल श्रम साधनको प्रयोग हुन थाल्यो। यसको अन्तिम कालमा दास र दासमालिकका बीचमा ठूला ठूला विद्रोहहरू भए। परिणामतः सामन्तवादी युगको जन्म हुन पुग्यो।

३. सामन्तवादी युग Feudal Society
दास प्रथाको निषेध स्वरूप भूमिमा आधारित व्यवस्थालाई सामन्ती व्यवस्था भनिन्छ। यो समाज दास र दासमालिककाबीच वर्गसंघर्षको परिणामस्वरूप उत्पन्न भएको हो। यस समाजमा दास भूदासमा, मालिक सामन्तमा परिणत भयो। सम्पूर्ण उत्पादनका साधनहरूमा सामन्तको नियन्त्रण कायम भयो। कृषि दासहरू सामन्तको अधिनमा रहे। जमीनदार र सामन्तले आफ्नै सेनाहरू राख्न थाले। परिणामस्वरूप भूदास र अर्धदासहरूले ज्यूनको निम्ति भूमि पाउथे। हिजोका दासहरू यो सामन्ती व्यवस्थामा केही खुला र उत्पादनको निम्ति थोरै मात्रामा आफूसँग केही जमिन राख्नसम्म पाउन थाले। तर भूमिमा उत्पादन गरे वापत ती किसानहरूले राज्यको सुरक्षा, राजा, क्षेत्रपति र मठमन्दिरहरूको सुरक्षा गर्नु पर्दथ्यो।
सामन्ती व्यवस्थामा उत्पादक शक्तिहरूको उत्तरोत्तर विकास चालु नै रह्यो। यसै युगमा मानिसहरूले आफ्नो शारीरिक शक्तिका साथसाथै पानी र हावाको शक्तिको रूपलाई पनि व्यापक रूपमा प्रयोग गर्न थाले। पाल भएको डुड्डा घट्टहरू, फलाम निकाल्ने तरिका सिक्दै गए। कागज, बारूद, र मुद्रण साथै अन्य कुराहरूको आविस्कार गर्दै गए। जस्तैः कपासलाई चर्खाको माध्यमबाट धागो निकाल्ने विकास गरे। जसले गर्दा व्यापारको बृद्धि हुँदै गयो। थुप्रै मानिसहरू व्यापार उद्योगधन्दातर्फ लागे। उत्पादनको प्रमुख श्रोत भूमि भएकाले सिचाईलाई व्यवस्थित गर्न थालियो।


खनजोत गर्न, नयाँ बिउबिजन र मलको प्रयोग गरेर उत्पादनलाई बढाउन थालियो। तर सम्पूर्ण उत्पादन चाहि सामन्तले लिने गर्दथे। काम गरे वापत थोरै मात्रामा उसलाई जमीन उपलब्ध गराइन्थ्यो। सामन्तवादको उत्पादन सम्बन्ध पनि प्रभूत्व र पराधिनताको नै रह्यो। तर यस समाजमा सामन्तका लागि अनिवार्य रूपमा गर्नु पर्ने काम गरिसकेपछि उनीहरू आफ्नो निजी काममा लाग्न भने पाउँथे। व्यवस्थित रूपमा राज्ययन्त्र र सेनाहरूको निर्माण हुँदै गयो। समाजमा बौद्धिक जीवनमा धर्मको प्रमुख भूमिका रहन थाल्यो। व्यक्तिगत स्वामित्वको विश्वासिलो सेवक बनेको धर्मलाई शोषकवर्गले श्रमिकको औचित्य सावित गर्न थाले। सामन्ती संस्कृतिमा व्यक्तिगत अधिकारहरू राज्यमा स्थापित गरिएको थियो। राज्यका अधिकारहरू राज्यका सामन्ती महाराजाहरूमा केन्द्रित हुन्थ्यो। चाकरीवाद, स्तुतिगान र ज्यूहजुरीको विकास भयो। त्यसकारण यो अत्याधिक निरंकुश भयो। महिलाहरूलाई उपभोग्य वस्तुको रूपमा सामन्तहरूले राखेका हुन्थे। उनीहरूलाई गुडिया झै बनाएर मन लागेका बेला उपभोग गर्दथे। र यस समाजमा श्रमलाई नराम्रो दृष्टिकोणबाट हेरियो।
सामन्ती उत्पादन व्यवस्था चौथो शताब्दीबाट सुरू भएर युरोपमा सोह्रौ सताब्धीसम्म कायम रह्यो। एशिया, अफ्रिका, ल्याटिन अमेरिका जस्ता धेरै राष्ट्रहरूमा बीसौं सताब्दीसम्म पनि रह्यो। हाम्रो देशमा त अझसम्म पनि सामन्ती उत्पादनप्रणाली कायमै छ। सत्रौं सताब्दीबाट विश्व पूंजीवादी समाजमा प्रवेश गर्‍यो।

४. पूंजीवादी समाज Capitalist Society :
भूदास र सामन्तवीच वर्गसंघर्ष भएर विकसित भएको समाज नै पूंजीवादी समाज हो। समाज विकासको यस चरणमा उत्पादन व्यवस्था पूर्ण उद्योगधन्दामाथि निर्भर रहन्छ। ठूला–ठूला उद्योगधन्दा र कलकारखाना यन्त्र उपकरणको व्यापक प्रयोग हुन्छ। तर उत्पादनका साधनहरूमाथि पूंजीपतिहरूको स्वामित्व रहन्छ भने उत्पादनको सम्पूर्ण कार्य ज्याला मजदुरको हुन्छ। सामन्ती समाजको तुलनामा यस समाजका श्रमिकहरू बढी स्वतन्त्र र उनीहरूसँग सामान्य जीवन निर्वाह गर्नको लागि चल पूंजी हुन्छ। युरोपमा पूंजीवादी व्यवस्था १४ औं सताव्दीमै देखापर्न थाल्यो भने १६औं सताब्दीमा पूर्ण रूपमा पूंजीवादी समाजमा परिणत भएको थियो। यो व्यवस्था वैज्ञानिक समाजवाद विजय नभएसम्म कायमै रहन्छ। यस व्यवस्थामा पूंजीपति र सर्वहारा दुई प्रष्ट वर्गहरू हुन्छन्। यसको प्रारम्भिक चरणमा उत्पादक शक्तिको क्रमिक विकास र प्राविधिक उन्नति हुन्छ। विनयम मूल्यको कुराले निश्चित गर्दछ कि कुनै चीजमा कति श्रम लागेको छ? या कति श्रमकाल त्यसको उत्पादनमा खर्च भएको छ? कुनै सामानको विनिमय मूल्य सामाजिक दृष्टिकोणले आवश्यक औसत श्रमकालको आधारमा निर्धारण गरिन्छ। जीवन निर्वाहका लागि आवश्यक पर्ने सबै चीजहरू तयार पार्न श्रमकालको आवश्यकता हुन्छ। यसैबाट मजदुरको श्रमशक्तिको विनिमय निश्चित हुन्छ।

जसलाई उसले ज्यालामा पूंजीपतिलाई बिक्री गर्दछ। मजदुरको जीवन निर्वाहका लागि उसलाई जत्ति ज्याला मिल्छ त्यसभन्दा बढी उसले जत्ति मूल्य पैदा गर्छ। त्यो सबै पूंजीपतिलाई मुनाफा हुन्छ। आर्थिक दृष्टिबाट सम्पत्ति त्यहीबाट पूंजीपति बन्छ जब त्यसको उपभोग मजदुरवर्गलाई नोकर राख्नको लागि गरिन्छ। अनि त्यसले उत्पादन समयमा अतिरिक्त मूल्य पैदा गर्छ। यस सम्बन्धमा मार्क्सले भन्नुभएको छ– यदि मजदुरहरूले माटो खाएर बाँच्ने भए पूंजीपतिले उनीहरूका निम्ति कत्ति पनि पारिश्रमिक छुट्याउन्नथे। विशाल यान्त्रिक उत्पादन नै पूंजीवादी व्यवस्थाको प्रमुख विशेषता हो। यस तरिकाबाट पूंजीपतिहरूले श्रमिकहरूमाथि शोषण गरेको मुनाफा अर्को ठाउँमा लगानी गर्छ। र अरू उत्पादन बढाउँछ। यसले गर्दा पूंजीपति दिनदिनै झन बढी झन सम्पत्ति आर्जन गर्दै जान्छ भने श्रमिकवर्ग दैनिक जीवन धान्न नै मुस्किल पर्दै जान्छ। यसरी पूंजीपतिद्वारा हुने उत्पीडनलाई मजदुरहरूले बु137दै जान्छन्, संगठित हुन थाल्दछन् र अन्तिममा प्रतिरोध गर्न थाल्दछन्।

यसले गर्दा मजदुर र पूंजीपतिकावीच वर्गसंघर्ष देखा पर्छ। लाखौं लाख श्रमिकहरूले ठूला–ठूला उद्योगधन्दामा उत्पादनमा भाग लिइरहेका हुन्छन्। तर यसको सम्पूर्ण स्वामित्व चाहि एक दुई मालिकको हातमा पर्दछ। यसले निम्त्याउने अन्तरद्वन्द्व नै आधारभूत अन्तरद्वन्द्व हो।
पूंजीवादीकोे अन्तिम चरणमा यसले उत्पादनका साधनहरूमा एकाधिकार जमाउन पुग्दछ। यसलाई नै साम्राज्यवाद भन्दछन्। यो अधिपत्य नै साम्राज्यवादकेा प्रमुख ल73य हो। एकाधिकार भनेको पूंजीवादीहरूको विशाल समूह Network हो, जसले उत्पादनको खपत र हिस्सा अत्याधिक मात्रामा आफ्नो हातमा केन्द्रित गरेको हुन्छ। यो व्यवस्थालाई बचाउनको निम्ति पूंजीवादीहरूद्वारा दोस्रो विश्वयुद्ध पछाडि North Atlantic Treaty Organization (Nato) जस्तो सामरिक र सैन्यशक्तिको निर्माण गरेर एकाधिकारवाद वा साम्राज्यवादलाई झन मजबुत बनायो। विश्व वैंक अन्तरर्गत राष्ट्रिय मुद्राकोषको स्थापना गरियो।

साना औद्योगिकरण राष्ट्र जस्ता अन्तरराष्ट्रिय पूंजीवादी संस्थाहरूको गठन गर्न थालियो। साम्राज्यवादी संस्थाहरूको उपनिवेश खडा गर्दै पुरानो राजनीतिलाई त्यागेर विकासोन्मुख राष्ट्रहरूलाई आफ्ना पहुँचमा राख्न दुई पक्षीय वा बहुपक्षीय ऋण लगानी गर्न विश्व बैंक, एशियाली विकास बैंक जस्ता संस्थाहरूको स्थापना गरियो। आफ्ना बजारलाई सुदृढ गर्नका निम्ति आर्थिक उदारीकरण, निजीकरण, विश्वव्यापीकरण वा भूमन्डलीकरण जस्ता कार्यनीति अवलम्बन गर्न थालियो। पूंजीवादी व्यवस्थाले अंगिकार गरेको खुला बजार अर्थनीति, अहस्तक्षेपको नीति, १९३१ को आर्थिक मन्दीको कारणले असफल देखियो। यसलाई संकटबाट मोचन गराउन १९६० को दशकमा राष्ट्रियकरणको नीतिलाई अवलम्बन गर्न थालियो। साम्राज्यवादले १८७६ मा अफ्रिकाको ११ प्रतिशत बजार कब्जा लियो भने १९०० सम्ममा ९० प्रतिशत बजार कब्जामा लियो।

देश–देशमा महाजनी साहूहरूको गिरोहका हातमा धनसम्पत्ति समेट्नुको नतिजा ठूला–ठूला शक्तिहरूका बीच ठूलो परिमाणमा युद्ध छेड्नु हुन्छ। सतही रूपबाट हेर्दा उत्पादन र पूंजीको केन्द्रीकरण हुन्छ। तर यसको परिणाम एक भयानक सामाजिक विपत्ति अर्थात युद्ध नै हुन्छ। साम्राज्यवाद र उपनिवेशवादका विरूद्ध सर्वहारा वर्गको संघर्षले सुनामी रूप लिन थाल्छ। जसको परिणाम सर्वहारावर्गको हातमा राज्यसत्ता कब्जा हुन्छ। र यसको प्रत्यक्ष नेतृत्व कम्युनिष्ट पार्टीले गरेको हुन्छ। जस्तै १९१७ मा मजदुरहरूको पार्टीको नेतृत्वमा रूसमा बोल्सेभिक पार्टीले सर्वहारावर्गको प्रथम पटक राज्य स्थापना गर्‍यो। १९४९ मा चीनमा माओको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो। र विश्वभरी एउटा लहर नै फैलियो।

५. समाजवाद वा साम्यवादी समाज Communist Society :
साम्यवादी सामाजिक व्यवस्था समाजवाद र साम्यवाद गरी २ चरणमा विकसित हुन्छ। यो यस्तो सामाजिक आर्थिक व्यवस्था हो, जुन सर्वहारा अधिनायकत्व Proletarit Dicturship अन्तर्गत चल्दछ। मार्क्सवाद, लेनिनवाद र माओ–त्सेतुङ विचारधारा वा ऐतिहासिक भौतिकवादलाई ठोस विश्लेषण गरेर लागू हुन्छ। शोषणमा आधारित व्यवस्थालाई सधैका लागि उन्मुलन गर्ने प्रयत्न स्वरूप समाजवाद सर्वहारा अधिनायकवादको साकार रूप हो। समाजवादी समाजमा राज्य भनेको कम्युनिष्ट पार्टीको नेतृत्वमा मजदुर वर्गको नेतृत्वदायी भूमिका अन्तर्गत निर्मित समस्त जनताको राजनीतिक संगठन हो। सामूहिक नेतृत्वको सिद्धान्त विशेष महत्वपूर्ण हुन्छ। तर यस समाजमा अन्तरराष्ट्रिय साम्राज्यवादी बुर्जुवावर्ग र निम्न बुर्जुवा विचारधारा विरूद्ध संघर्ष भने चालु नै रहेको हुन्छ। तर उत्पादनका साधनहरूको स्वामित्व समाज वा जनतामा रहन्छ। जसले गर्दा समाजवादी उत्पादन प्रणालीभित्र शोषकको अन्त्य हुन्छ। योग्यता अनुसारको काम र आवश्यकताअनुसारको दामलाई कायम गरिएको हुन्छ। कम्युनहरूको स्थापना हुन्छ। यसको प्रमुख आधार भनेको औद्योगिकरण नै हो। त्यसपछि विस्तारै विस्तारै वर्ग भन्ने समाप्त हुन्छ। वर्गको अस्तित्व समाप्त भएपछि क्रमशः राज्यहरू पनि हराउँदै जान्छ्न्। अड्डा, अदालत, सेना, पुलिसको आवश्यकता रहदैन। पूर्ण रूपमा मानिसहरू बौद्धिक रहन्छन्। र समाज साम्यवादतर्फ फड्को मार्दछ। यो समाज इतिकासको अन्तिम चरण हुनेछ। यो समाज वर्गविहीन, शोषणविहीन, राज्यविहीन हुन्छ। उत्पादनका साधनहरूमाथि पूर्ण रूपमा समाजको अधिनस्थ हुन्छ। हरेक व्यक्ति बुद्धिजिवी बन्छन्। मानिसहरू शारीरिक श्रमबाट भाग्न बन्द गर्छन्। यस सन्दर्भमा मार्क्सले भन्नुभएको छ– श्रमजीवन यापनको साधन मात्र रहँदैन, वरू स्वयं जीवनको प्रथम आवश्यकता बन्दै जान्छ। त्यसैले हरेक मानिस शारीरिक र मानसिक श्रमलाई समान ढंगले उपयोग गर्दछन्। यसबेला मानिसको संघर्ष प्रकृतिमा केन्द्रित हुन्छ। वर्ग संघर्ष समााप्त हुन्छ।

यसरी विभिन्न युग परिवर्तन तथा अन्य युगका सबै परिवर्तन उत्पादन प्रणालीमा हुनु परिवर्तनको परिणाम स्वरूप हुन्छ। यही नै इतिहासको भौतिक व्याख्या वा ऐतिहासिक भौतिकवाद हो।

सन्दर्भ सामग्री :
१. खरेल, दुर्गानाथ (२०६४), मार्क्सवादी सिद्धान्तको परिचय (भाग १)।
२. गौतम, टिकाराम (२०६५), विकासका अवधारणा।
३. दाहाल, ओमप्रकाश, समाजशास्त्रीय र मानवशास्त्रीय सिद्धान्त।
read more...