मुख्य समाचार :


पर्यावरणवादी कार्लमार्क्स

– साइमन बट्लर

सन् १९३० को दशकको बृहद मन्दी (ग्रेट डिप्रेसन) थताको गहिरो संकटमा विश्व अर्थतन्त्र झर्दै गर्दा, पुस्तक पसलहरूमा कार्लमाक्सका कृतिहरूले बिक्री सुचीमा उच्च स्थान दर्ज गरेका छन्। उहाँको मातृभुमि जर्मनीमा मार्क्सका कृतिहरूको बिक्री तीन गुण भएको छ। रूढीवादी अर्थशास्त्री र इतिहासकारहरूले उहाँका सिद्धान्तहरूलाई अपहेलना गर्ने गरेका छन्। तै पनि पछिल्लो आर्थिक मन्दीको प्रकरणमा मुख्यधारका केही अर्थशास्त्रीहरू कतै मार्क्स सही त हुनु हुन्थेन भनेर सोच्न बाध्य भएका छन्।
मार्क्सको तर्कमा, पूँजीवाद स्वाभावत अस्थिर हुन्छ, विरोधाभासले भरिपूर्ण हुन्छ र गहिरो संकट उन्मुख हुन्छ। शोषण, युद्ध, भोकमरी र गरीवी यस्ता समस्याहरू हुन् जसलाई बजारतन्त्रले हल गर्न सक्दैन। उहाँ भन्नुहुन्थ्यो, बरू तीनीहरू यो व्यवस्थाका छुट्टै नसक्ने परिणामहरू हुन्। यसो किन हुन्छ ने, पँूजीवाद सबैभन्दा धनाढ्य निगमहरूबाट नियन्त्रित हुन्छ र सबै कुरा छोडी मुनाफा आर्जन गर्न पछि लाग्दछ। लोकतान्त्रिक समाजवादी समाजमा संक्रमणले नै, जहाँ सामान्य मानिसहरू अर्थतन्त्र र समाज आफैका बारेमा मुख्य निर्णय लिन स73म हुन्छन्, सच्चा स्वतन्त्रता र मुक्तिको बाटो खोल्न सक्दछ।
पूँजीवादको आलोचना र समाजिक क्रान्तिको वकालत गर्नका लागि प्रसिद्ध, मार्क्स र उहाँका सह―चिन्तक फ्रेडिक एंगेल्स, वातावरण विनास प्रतिको चिन्ता र दीगोपनाको आवश्यकताको मतका लागि एकदमै कम चिनिनुहुन्छ। सँगै लिदा, मानव समाज र वातावरणका बारेमा उहाँहरूले प्रकट गरेको विचारले, उहाँहरूलाई त्यो समयका प्रखर वातावरणवादीहरू बीच सबैभन्दा माथि उभ्याउँदछ। मार्क्सका अनुसार पूँजीवादी यस्तो अर्थव्यवस्था हो, जससँग दिगो पृथ्वीको ठाडो अन्तरविरोध रहेको हुन्छ, जस्तो कि, श्रमजीवी जनताको शोषण।

ब्यापारिक लालचका वातावरणीय समस्याहरूबाट प्राकृतिक विश्वलाई मुक्त गर्नु, समाजवादको एउटा मुख्य उद्देश्य हो। उच्च अर्थ निमार्णको दृष्टिकोणबाट, पृथ्वीमा अमुक व्यक्तिहरूकोे निजी सम्पत्ति त्भततष्लबष् बचतजबजभभल मभपजष्लतजथय वबततष् भगतब ्कबलअजभ पय लष्वष् कब्कउबततष् बचपय पब बिबनष्, मार्क्सले लेख्नु भएको छ। हावा, नदी, समृद्ध र भुमिलाई ब्यापारका लागि “प्रकृतिको सित्तैको उपहार148 ठान्ने पँूजीवादी आर्थिक विचारको उहाँ तिव्र आलोचक हुनुहुन्थ्यो। “एउटा सम्पूर्ण समाजहरू सँगै लिदा पनि पृथ्वीका मालिक होइनन्, तिनीहरू केवल यसका धारणकर्ता हुन् र सुधारिएको अवस्थामा भावी पुस्तालाई हस्तान्तरण गर्नु यिनीहरूको दायित्व हो।” बजारतन्त्रले भावी पुस्ताका निम्ति वातावरण जोगाउन सक्दैन किनभने जनता र पृथ्वीका दीर्घकालिन आवश्यकतालाई ख्याल गर्न सक्दैन। ब्यक्तिगत उद्यम र उद्योगहरूका बीच लगानीको मुनाफा आर्जन गर्न हुने प्रतिस्पर्धाले सही र दिगो योजनालाई नकार्न खोज्दछ।

एंगेल्सले यो ध्यंसात्मक गतिशिलतालाई यसरी प्रष्ट पार्नु भएको छ, “जब ब्यक्तिगत पूँजीवादीहरू तुरून्त नाफा हासिल गर्ने उद्देश्यले उत्पादन र सट्टा लागि पर्दछन्, सबैभन्दा सजिलो र तुरून्त प्रतिफल प्राप्त गर्नु पट्टि नै उनीहरूको पुरा ध्यान हुन्छ।” “जबसम्म एउटा कारखाना मालिक वा व्यापारीले निर्माण वा खरिद गरेको वस्तुलाई चलिआएको र चाहेको मुनाफा सहित बेच्न पाउँदछ, ऊ त्यसैमा सन्तुष्ट हुन्छ र त्यसपछि वस्तु र खरिदकर्तालाई के हुन्छ भन्नेमा मतलब राख्दैन, त्यही कुरा सो कार्यको प्राकृतिक प्रभावमा पनि लागु हुन्छ।”

मार्क्स र एंगेल्सको समयमा पूँजीवादको यो गुण, विशेषतः कृषि र वस्तुपालनमा झल्किन्थ्यो। मार्क्स लेख्नुहुन्छ, “जुन तरिकाले कुनै एउटा बालीको खेती गरिन्छ, त्यो बजारभाऊको उतारचढावमा भरपर्दछ र बजारभाउले खेतीको स्वरूपमा निरन्तर परिवर्तन ल्याउँदछ। पूँजीवादी उत्पादनको सम्पुर्ण आत्मा तुरून्त प्राप्त हुने नाफा तिर झुकेको हुन्छ, र यो कृषिसँग अन्तर विरोधमा उभिएको हुन्छ, जसले मानव पुस्ताका चक्रले आवश्यक पारेका जीवनका सबै स्थाई आवश्यकतासँग सरोकार राख्नु पर्दछ।” पूँजीवादी कृषि दिगो हँुदैन किनभने यसले स्वभाव अनुसार नै भुमिलाई मलबाट वञ्चित गर्दछ। “यो एउटा कला हो मजदुरलाई मात्र होइन भुमिलाई पनि लुट्दछ।” यसभन्दा अगाडि मार्क्स भन्नुहुन्छ, “कुनै एक समयमा जमिनको उर्वराशक्ति बढाउन गरिएको प्रगति त्यो उर्वराशक्तिको दिर्घकालिन स्रोतलाई नष्ट गर्ने प्रगतिमात्र हो।” एउटा देशले, आधुनिक उद्योगको जगमा जति बढी विकासको शुरूवात गर्दछ, उदाहरणका लागि अमेरिका, त्यसको ध्वस्त हुने प्रक्रिया अझ तीव्र हुन्छ।” पूँजीवादी उत्पादनले धनको वास्तविक साधन भुमि र मजदुरलाई चुसेर मात्र प्रविधि विकास गर्दछ।”

मार्क्स र एंगेल्सले पृथ्वीको परिस्थितिकीय प्रणाली (इकोसिस्टम)लाई एक गतिशील र जटिल प्रक्रिय हो भन्ने बुझ्नुहुन्थ्यो। एउटा अन्तरसम्बन्धित अंगहरूको सुच्म र कमजोर रूपले सन्तुलित प्रक्रिया, जहाँ कुनै परिवर्तनले नयाँ र प्राय अनुमान गर्न नसकिने असरहरू ल्याएर प्रतिकृया दिन्छ। हामीले प्राकृतिक परिस्थितिकिय प्रणालीलाई आफैलाई जोखिममा पारेर नाश गर्दैछौं। एंगेल्स हामीलाई सचेत पार्नु हुन्छ, “प्रकृतिमाथि मानव विजयको उमड्डमा हामीले आफुलाई महान नठानौ किनभने हरेक विजयका निम्ती प्रकृतिले हामीसँग आफ्नो बदला लिन्छ। ” उहाँ थप्नु हुन्छ, “यो साँचो हो कि हरेक विजयले शुरूमा हामीले आशा गरेको प्रतिफल दिन्छ तर दास्रो र तस्रोमा केही फरक, नदेखिने असर हुन्छ जसले पहिलो फाइदालाई काट्दछ।

मार्क्सले कयौं पटक मानव समाज र प्राकृतिक संसार बीचको अन्तरसम्बन्धलाई “मेटावोलिज्म”(उपापचय) भनेर ब्याख्या गर्नुभएको छ। पूँजीवादी उत्पादनले “मेटावोलिक दरार”उत्पन्न गर्दछ ― मानवता र पृथ्वीका बीचमा नमिठो विछोड। यो गहिरिदो दरारको वातावरणीय प्रतिफल चरम नकरात्मक सावित भएकोछ। “सामान्यतया सभ्यता र उद्योगको विकासले यो देखाएको छ, वन जंगलको विनाशमा यो यति सक्रिय छ कि संरक्षण र उत्पादनमा गरिएका प्रयास तुलनात्मक रूपले नग48य छन्। ”यसै गरी एंगेल्स थप्नु हुन्छ, “प्रत्येक पाइलामा हामी सम्झाइएका छौं कि कुनै पनि तरिकाले हामीले प्रकृतिलाई एउटा विजयीले विदेशी जनतालाई शासन गरे जस्तो गर्न सक्दैनौ।” अर्कातिर, “हामीसँग सबै प्राणीहरू भन्दा अलग, प्रकृतिका नियमहरूलाई बुझ्ने र युक्तिसंगत ढंगले प्रयोग गर्न सक्ने क्षमता छ।” त्यो के भने हामीले समाजलाई प्रकृतिको सिमीततासँग पाइला मिलाएर व्यवस्थित गर्न सक्दछौं।
मार्क्स र एंगेल्सको मान्यता यो थियो कि, समाजवादको उद्देश्य भनेको वर्ग शोषणको अन्त्य र मानव र पृथ्वी बीच “मेटावोलिज्म” पुनस्थापना गर्नु हो। माव समाजमा उत्पादन निर्धाण गर्दा नाफामुखी ध्येयलाई नहराउँदा सम्म र सहभागितामुलक लोकतन्त्र र तर्क संगत योजना निर्माण नहुँदासम्म यो संभव छैन। एंगेल्सको तर्क अनुसार, “सहकारी उत्पादकको रूपमा संगठित मजदुर वर्गले मात्र सही किसिमले प्रकृतिसँग मानव मेटावोलिज्म नियन्त्रण गर्न सक्दछ। यसका लागि अहिले सम्म अस्तित्वमा रहेका उत्पादनका तोरतरिका बारेमा ज्ञानमात्र भन्दा पनि समूलक्रान्ति हुनुपर्दछ र सँगसँगै हाम्रो विद्यमान सामाजिक तहमा पनि क्रान्ति आवश्यक पर्दछ। ”

आज, जलवायु परिवर्तनले जीवनको अस्तित्व नै संकटमा पारेको बेलामा, पूँजीवादका पर्यावरणीय विरोधाभासहरू चरम सिमामा पुगेका छन्। वातावरणीय समस्याले पक्कै पनि यो ब्यवस्थाको अन्त्यका लागि मार्क्स र एंगेल्सले १५० वर्ष पहिले महशुस गर्नु भएको भन्दा बढी महत्वपूर्ण भूमिका खेल्ने छ।
वातावण विज्ञानमा मार्क्स र एंगेल्सको योगदान सँगसँगै अर्को सत्य के हो भने उहाँहरू केवल राजनीतिक सिद्धान्तकार र दार्शनिक हुनुहन्थेन

― उहाँहरू लगनशील अभियान कर्ता हुनुहुन्थ्यो जसले आफ्ना दिनका क्रान्तिकारी आन्दोलनमा भाग लिनुभएको थियो। उहाँहरू ज्ाोड दिनुहुन्थ्यो, सिद्धान्तलाई ब्यवहारको कसीमा उतारेर र क्रान्तिकारी व्यवहारले समृद्ध विकसित बनाएर मात्र सही महत्व प्राप्त गर्न सकिन्छ।
“दार्शनिकहरूले संस्ाारलाई धेरै तरिकाले ब्याख्या गरेका छन्, मुख्य कुरा यसलाई बदल्नु हो। “मार्क्स यो निर्क्यौलमा सन् १८४५ मै पुग्नु भएको थियो जतिबेला उहाँ अझै युवा हुनुहुन्थ्यो।

0 comments: on "पर्यावरणवादी कार्लमार्क्स"