मुख्य समाचार :


कैदीहरूलाई परिवर्तन गर्न सरकारको नयॉं नीति बनिने

कैदीहरूको समस्या सर्वेक्षण दार्जीलिङबाट शुरू

मनोज वोगटी
कालेबुङ, २० मई।

भारत सरकारलाई अपराधीहरूलाई कसरी दण्ड दिनुपर्ने भन्ने कुरामा होइन अपराधीहरूलाई अपराध गर्न बाध्य तुल्याउने कुन कारकहरू प्रमुख छन्‌?भन्ने कुराको पनि चिन्ता छ। अपराध गरेर संशोधनागृहमा आएका महिला अनि बालबालिकाहरूमाथि लिङ्गीय भेद छकि छैन भन्ने कुराको पनि सुर्ता छ। अपराध गर्नेहरूलाई दण्ड दिन होइन, उनीहरूलाई अपराधको संसारबाट कसरी परिवर्तन गर्न सकिन्छ भन्ने कुरामा पनि चिन्ता छ। यसैकारण यसप्रकारको पहल गर्न सरकारले नयॉं नीति नै निर्माण गरेको छ, जसलाई कार्यान्वयनमा ल्याउँदै पश्चिम बङ्गाल सरकारको डाइरोक्टोरेट अप करेक्सनल एडमिनिष्ट्रेशनको पक्षमा श्रीरूपा मित्र चौधरी दार्जीलिङ आइपुगेकी छन्‌

डेड़वर्षको हुँदा नै आमाले छोड्यो। सातवर्षसम्म पुग्दा न पढ्नुको ठेगान थियो, बस्नुको। बुद्धि आएदेखि गाड़ी पुछ्‌ने काम शुरू भयो। त्यसपछि खलासी बन्यो। त्यसबेलादेखि नै उसमा गाड़ीका पूर्जा चोर्ने अनि महिलाहरूलाई जिस्काउने बानी बस्यो। लगभग पन्ध्र वर्षे केटो अहिले त्यही बानीको कारण संशोधानागृमा छन्‌। चोरीको आरोपमा। तिनी भन्छन्‌, तपाईं जस्तै होला मेरो आमा। आमा भेट्‌न पाए म सबै काम छोडिदिन्छु। हेर्नुहोस्‌ न यता पक्रा परेर उता हुलिदिन्छन्‌, उता पक्रेर यता हुलिदिन्छन्‌। मेरो जीवनको अर्थ के हो? कालेबुङ थानामा डाकिएको पत्रकार सम्मेलनमा पश्चिम बङ्गाल जेनरल जस्टिस्‌का चेयर पर्सन श्रीरूपा मित्र चौधरीले कालेबुङ संशोधानागृहमा अपराधको दण्ड भोगिरहेका अपराधीहरूसित गरिएको अन्तरक्रियामा एउटा अपराधी केटोले तिनलाई दिएको बयान सुनाइरहेकी थिइन्‌।

तिनले भनिन्‌, वास्तवमा उ अपराध गर्न चहॉंदैन। यदि उसले आफ्नो आमा भेटे उसको नयॉं जीवन शुरू हुने रहेछ। आखिर महिला अनि बाल-बालिकाहरू किन अपराध संसारमा आउँछन्‌? म यही कुरा खोज्न आएकी हुँ। उनी राष्ट्रिय महिला कंग्रेसका अध्यक्ष अनि केन्द्रिय सामाजिक कल्याण पर्षदका सदस्य पनि हुन्‌। पश्चिम बङ्गालभरिका मोठ 55 वटा संशोधानागृहका कैदीहरूमा तिनले मोठ सय वार्ता राख्नुपर्ने छ।

यसकारण तिनले आफ्नो अभियानलाई दार्जीलिङबाट शुरू गरेकी छन्‌। तिनले भनिन्‌, दार्जीलिङबाट यो पहल शुरू गरियो किन भने दार्जीलिङमा पनि लिङभेद्, आवश्यकता र द्वन्द्वात्मक परिस्थिति छ। यहॉं समस्या छ, यसकारण अपराधका सम्भावनाहरू छन्‌। यहॉंका महिला अनि बाल कैदीहरूको मनोभाव यस्तोे स्थितिमा कस्तो छ, भन्ने कुरा बुझिनुपर्छ।

तीन दिनदेखि नै आफू दार्जीलिङ जिल्लामा रहेको बताउने चौधरीले दुइ दिन अघि खरसाङ र दार्जीलिङ अनि आज कालेबुङको संशोधानागृहका कैदीहरूसित अन्तरक्रिया गरेको बताइन्‌। तिनले भनिन्‌, सरकार चहान्छ, उनीहरूले दण्डकोरूपमा फेरि अपराध गर्ने प्रेरणा नपाओस्‌। उनीहरूको वास्तविक मनोदशा र उनीहरूलाई अपराध गर्न प्रेरित गर्ने तत्वहरूबारे अध्ययन हुनुपर्छ। जसको निचोड़ले उनीहरूलाई परिवर्तन गर्ने सुत्र निकालोस्‌। यसको निम्ति पहल शुरू भइसकेको छ। वर्षको अन्तमा बङ्गालभरिका संशोधनागृह आवासीहरूको अन्तरक्रियाद्वारा पाइएको निचोड़हरूको आधारमा एउटा निर्देशिका सरकारले तयार गर्ने छ। जसलाई हेरेर उनीहरूप्रति गरिनुपर्ने सरकारी दायित्व पूर्ण हुन सकोस्‌।

दार्जीलिङ संशोधनागृहमा पुरूषको निम्ति चारवटा शौचालय हुनु अनि महिलाको निम्ति केवल एउटा हुनुले यहॉंको लिङ्गीय विभेद स्पष्ट पारेको छ। कैदीहरूलाई राख्ने, उनीहरूलाई दिने वातावरण, उनीहरूले पाउनुपर्ने सुविधा सबैमा पनि परिवर्तन ल्याउने निर्देशिका बनाइनुपर्ने देखिएको छ। तिनले महिला अनि बालक-बालिकाहरू अपराध गर्न नचाहने भए पनि यसदिशामा उनीहरूलाई धकेल्ने अनेक कारण हुन सक्ने बताउँदै ती कारणहरूलाई अध्ययन गरेर नै उनीहरूलाई परिवर्तन गर्न सकिने कुरामा नै सरकारी नीति केन्द्रित रहेको बताइन्‌

राज्यभरिका 55 वटा संशोधनागृहका कैदीहरूमाथि सर्वेक्षण गरिने अनि यसको रिपोर्टले कैदीहरूको निम्ति उपयुक्त समाधानको मार्ग बनिने कुरामा आफ्नो विश्वास रहेको पनि तनले बताइन्‌। तिनले भनिन्‌, धेरै बालक-बालिकाहरूसित अन्तरक्रिया भयो, जहॉं उनीहरूको निरपराध मानसिकता अघि आएको छ। यसले बताउँछ, उनीहरूलाई परिवर्तन गर्ने दिशा यो नीतिले प्राप्त गर्ने छ।

0 comments: on "कैदीहरूलाई परिवर्तन गर्न सरकारको नयॉं नीति बनिने"