मुख्य समाचार :


अच्छा राई रसिक-को औंठी कथाकी नायिका बुद्धिमायाको बिहे


मनोज वोगटी
10 मई, कालेबुङ।


अच्छा राई रसिक-को औंठी कथाको बुद्धिमाया हिजो लगनगॉंठोमा बॉंधिइन्‌। अच्छा राई रसिकको औंठी-कथालाई बिक्रम पराजुलीले चलचित्रमा उतारेका थिए, जसको मूल नायिका बुद्धिमाया बनेकी थिइन्‌ चर्चित चलचित्र अनि नाटककर्मी ललित गोलेकी छोरी लक्षणा गोले। तिनै बुद्धिमाया उर्फ लक्षणा हिजोदेखि गोलेबाट गुरूङ भइन्‌। आफैले छानेको केटोसित लक्षणाको बिहे भयो। नेपाली चलचित्र जगत्‌मा सुपरडुपर बनेको चलचित्र दर्पण छॉंयामा निरूता सिंहको सहेली थिइन्‌ लक्षणा। चलचित्र जगतमा पाइला हालिसकेकी लक्षणाले कालेबुङकै अशोक गुरूङलाई बेहुला छानिन्‌। क्षेत्रीय चलचित्रको क्षेत्रमा लक्षणाको प्रतीभाले धेरै नै बाववाही कमाइसकेको छ। होटल ट्रेसमा सोमबार बेहुली लक्षणालाई सबैभन्दा खुशी देखिएको थियो। तिनको पिता नाटककार ललित गोले पाहुनाहरूको स्वागतमा व्यस्त थिए। बिहेमा क्षेत्रीय चलचित्र, नाटक कर्मीहरू मात्र होइन नेता, पत्रकार, सबैवर्गका कलाकार अनि समाजका विशिष्ट व्यक्तिहरूदेखि साधरण व्यक्तिहरूसम्मको जमघट ठूलै थियो। गायक थुप्देन भोटियादेखि नायक विक्रम पराजुलीसम्म, नाटककार महेन्द्र बागदास, मदन भुजेलदेखि उपमा पब्लिकेशनका उमेशसम्म बिहेमा रमेका थिए। कलाकारै कलाकारको जमघट भएछ-अभिभाव च्यानलको निर्देशक सुरेन लोहोरोङले यसो भन्दा हिलच्यानलका निर्देशक जिलास गहतराजले हो मा हैसे दिइरहेका थिए। लक्षणालाई अब चलचित्रको क्षेत्रलाई छोड़ेर गहस्थ नै बन्ने भनेर प्रश्न गर्दा भनिन्‌, गहस्थ भुमिका त निभाउनै पर्छ तरै पनि पाइए अनुसारको भुमिका चलचित्रहरूमा पनि निभाउने नै छु, यसको निम्ति परिवारले साथ दिनेछन्‌ मलाई।

0 comments: on "अच्छा राई रसिक-को औंठी कथाकी नायिका बुद्धिमायाको बिहे"