मुख्य समाचार :


जसवन्त सिंहले उठाए गोर्खाहरूको कुरा

कालेबुङ,20 मार्च।
गोर्खा जनमुक्ति मोर्चा जीवन मरणको स्थितिमा पुगिसक्दा पनि अनुहार नदेखाएका दार्जीलिङका सांसद जसवन्त सिंहले आज सदनमा राष्ट्रप्रतिको सम्भाषणलाई मोसन अफ थ्याङ्‌कस दिन उभिँदै गोर्खाहरूको कुरा उठाए।
तिनले भने, जीटीएको समस्या समाधान गर्न यदि कुनै कमिटी बसाएको छ भने, यो कमिटीको कार्यलाई सरकारले ध्यान दियोस्‌। जीटीएको निम्ति भनेर तिनले बोलेको कुराको निचोड यति हो।
तर तिनले बोल्न पनि राम्ररी पाएका थिएनन्‌ तृणमूल सांसद सुदिप बन्दोपाध्यले तिनलाई ठाडो जवाब दिँदै स्यामल सेनको नेतृत्वमा कमिटी बसाएको सांसदलाई जानकारी दिए। जसवन्त सिंहले सरकारले त्यो कमिटीको काम हेर्न पर्ने बाहेक अरुथोक जीटीएको निम्ति गर्नै सकेनन्‌। सुदिप बन्दोपाध्यले स्यामल सेनको नेतृत्वमा हाइपावर कमिटी गठन भएको र यसको कार्य गरिरहेको बारे केन्द्रिय गृहमन्त्रीलाई समेत राम्रै गरी अवगत रहेको पनि सांसद सिंहलाई जनाइदिए।
यद्धपि सांसद सिंहले गोर्खाहरूको समस्या गम्भीर रहेको भने बताउन भूलेनन्‌।
तिनले दार्जीलिङलाई चिकननेक क्षेत्र बताउँदै यो क्षेत्र अति नै सम्वेदनशील रहेको पनि बताए। तर तिनले गोर्खाहरूलाई यसैकारण नै छुट्टै राज्य दिनुपर्छ भन्ने कुरा भने गरेनन्‌। तिनले भने, देशको सबैभन्दा संवेदनशील क्षेत्र रहेको भए पनि त्यहॉं विकास भएको छैन।
सरकारले यहॉंको विकासबारेमा सोंच्नुपर्छ। यसै अवधी माकपा सांसद गुरुदास गुप्ताले भने तृणमूल सांसद र भाजपा सांसदलाई बङ्गाल विभाजनमा जुटेको आरोप लगाए। यता जसवन्त सिंहले गोर्खाहरूलाई गोर्खाहरूलाई ट्राइबल स्टाटस दिएर विभाजन गर्नु नहुने कुरा पनि जोरसित नै राखे। तिनले भने, समग्र गोर्खाल्याई नै ट्राइबल घोषित गर्नुपर्छ।

0 comments: on "जसवन्त सिंहले उठाए गोर्खाहरूको कुरा"