कालेबुङ, 21 मई। चुनाव परिणामपछि भइरहेको दलहरूबीचको सङ्घर्ष पहाड़को सिन्कोना बगानहरूमा पनि देखापरिरहेको छ।

गोजमुमो समर्थक रविन राईको मृत्युपछि मन्सोङ अन्तर्गत पर्ने साङसेरमा पनि कुटपिटको घटनाहरू प्रकाशमा आएको थियो।
यसर्थ मन्सोङ, साङसेर आदितिर मात्र होइन तर चारवटा कुलैन बगानका चौंधवटै विभागहरूका जनतालाई संयम राखेर शान्ति श्रृंखला बनाइराख्ने दार्जीलिङ तराई-डुवर्स प्लान्टेशन लेवर युनियनका अध्यक्ष गोपाल रूचालले अपील गरेका छन्।
शान्ति श्रृंखलाको अपीलसँगै तिनले कुलैन बगानतिर रहेका विपक्ष दलका कार्यककर्ताहरूलाई मुद्दाको निम्ति एउटै मञ्चमा आउने आह्वान पनि गरेका छन्।
0 comments: on "कुलैन बगानहरूमा शान्ति श्रृंखला बनाइराख्ने दातडुपालेयुको अपील"
Post a Comment