कालेबुङ, 21 मई।
देशको दिवंगत कांग्रेस नेता एवं पूर्व प्रधानमन्त्रीको 21 औं पुण्यतिथि आज एक कार्यक्रमवीच युवा कांग्रेस कालेबुङले पनि पालन गर्यो। आजको दिनलाई युवा कांग्रेसले आतङ्गवाद विरोधी दिवसको रूपमा पालन गरेको छ।

कार्यक्रममा राजिव गान्धीको दिवंगत आत्मा शान्तीको निम्ति कार्यकर्ताहरूले मौन धारण पनि गरे। कार्यक्रमलालाई सम्बोधन गर्दै दिलिप प्रधानले राजीव गान्धीले देशको निम्ति दिएको योगदानबारे अवगत गराउँदै युवाहरूले मतदान गर्नपर्ने अधिकार पनि तिनकै देन रहेको जनाए।
गान्धीले 2021 भित्रमा एक विकसित भारतको परिकल्पना गरेका थिए अनि यो पूरा गर्ने जिम्मेवारी वर्तमान युवाहरूको नै रहेको जनाए।
0 comments: on "राजिव गान्धीको 21 औं पुण्यतिथि पालन"
Post a Comment