मुख्य समाचार :


साहित्यकार सलोन कार्थकलाई सम्वर्द्धना

प्रज्जवल वोगटी
कालेबुङ, 21 मई।
डा. पारसमणि पुरस्कार 2011 द्वारा सम्मानित साहित्यकार सलोन कार्थकलाई नेपाली ईसाई पत्रिका ‘भेटघाट’ परिवार अनि बम स्वपालक मण्डलीले आज एक समारोहवीच सम्बर्द्धना जनायो।बम स्वपालक मण्डली भवन, बम बस्तीमा आयोजित समारोहमा मुख्य अतिथि डा. एनोसदास प्रधानको वाहुलीबाट साहित्यकार सलोन कार्थकलाई दोसल्ला ओढ़ाई सम्बर्द्धमा जनाइयो। ‘स्पर्श’ पत्रिकाका सम्पादक दिपक मोक्तानले कार्थकको संक्षिप्त परिचय राखेका थिए।

डा.अन्जना राईद्वारा पठन गरिएको प्रशस्ती पत्र मुख्य अतिथिकै वाहुलीबाट कार्थकलाई प्रदान गरियो। तिनले समाजमा पुर्‍याएको योगदानको कदर गर्दै विभिन्न व्यक्ति, परिवार अनि सङ्घ-संस्थाबाट तिनलाई खदार्पण पनि गरियो। सोही अवसरमा साहित्यकार सलोन कार्थकले यसरी सम्बर्द्धना जनाएकोमा सबैप्रति आभार व्यक्त गर्दै यसले आफूलाई अझ सजृनशील कार्य गर्नमा प्रोत्साहित गराउने जनाए।

आजको कार्यक्रम रेभ. डी. के. खालिङको सभापतित्वमा सम्पन्न भएको थियो। बम मिसाही झुण्डद्वारा स्वागत गीत प्रस्तुत गरिएपछि शुरू भएको समारोहमा स्थानीय बम बस्तीका साहित्यकारहरूले पुर्‍याएको संक्षिप्त इतिहास भेटघाट परिवारका सम्पादक राजु राईले राखेका थिए।
सोही अवसरमा वम स्वपालक मण्डलीको चौथो कोशेली ‘उत्तरहरू’-को अडियो सीडी पनि लोकार्पण गरियो।

0 comments: on "साहित्यकार सलोन कार्थकलाई सम्वर्द्धना"