कालेबुङ, 22 मई। आज जोरधारा सेवा समितिको स्थानीय सार्वजनिक भवनमा वार्षिक सभा सम्पन्न भयो।

नयॉं समितिमा अध्यक्ष पी. लामा, उपाध्यक्ष डी.बी. राय छेत्री, सचिव दिनेश सुब्बा, सहसचिव प्रमोद सुब्बा, कोषाध्यक्ष भरत छेत्री लगायत 11 जना कार्यकारी सदस्य साथै पॉंच सल्लाहाकारहरू रहेका छन्।समाज सेवाको निम्ति विभिन्न कार्यहरू गर्दै आइरहेको यस संस्थाले यसै अवसरमा सन् 2005 को वी. एड. परीक्षामा पहिलो दर्जामा उत्तीर्ण भएकी श्रीमती मुना छेत्रीलाई पनि सम्बर्द्धना जनायो।
0 comments: on "जोरधारा सेवा समितिको वार्षिक सभा सम्पन्न"
Post a Comment