कालेबुङ, 22 मई।
कालेबुङ बजारमा बढ्दो ट्राफिक समस्या अनि वाहनहरूको नियन्त्रणको निम्ति ट्राफिक विभाग कैयौं नयॉं समाधान निकाल्न कार्यरत् छ। कालेबुङ बजारमा नै अवस्थित थाना डॉंड़ा, डी. एस. गुरुङ पथ अनि टुनी बोटेमा हाल ट्राफिक बुथ लगाउने कार्य भएरहेको छ।

यी तीनैवटा बुथहरू लगाइएपछि शहरमा अझ दुइवटा बुथ लगाइने पनि कालेबुङ ट्राफिक अघिकारीले जानकारी दिएका छन्। यसरी नै यहॉंको नोभेल्टी हल नजिक रहको नयॉं मोटर स्टयाण्ड पनि चॉंड़ै चालू गरिने भएको छ।
शहरमा प्रवेश गर्ने डुवर्स, सिक्किम, दार्जीलिङ आदिबाट आएको 31 ए. राजमार्गगामी वाहनहरू नोभेल्टी हल नजिक स्ट्याण्डमा राखिने छ।
त्यसपछि ट्राफिक ड्यूटी पनि कड़ा रूपमा हुने अनि कालेबुङमा ट्ाफिक समस्याको धेरै हदसम्म समाधान हुने ट्राफिक अधिकारी अभिजित काजीले थप जानकारी गराएका छन्।
0 comments: on "कालेबुङमा बढ्दो ट्राफिक समस्या समाधान निकाल्न विभाग कार्यरत्"
Post a Comment