मुख्य समाचार :


कर्मापा थिन्ले थाई दोर्जीको दार्जीलिङ भ्रमण; अनुनायीहरूलाई दिए आध्यात्मिक शक्तिको वरदान

प्रज्जवल वोगटी
कालेबुङ, 21 मई। बुद्ध जयन्तीको अवसर पारेर कालेबुङ आइपुगेका ग्याल्वा कर्मापा थिन्ले थाई दोर्जी हाल दार्जीलिङको तकदाह पुगेका छन्‌। 21 अनि 22 मईको दुइ दिवसीय यात्रामा तिनले क्षेत्रभरिका विभिन्न विद्यालय अनि गुम्बाहरूको भ्रमण गरे।
उर्गेन तेनपा राप्तेन लिङ्ग गुम्बा, जिगंलाम उदय राजकीय विद्यालय, जिएल सरकारी उच्च विद्यालय, तेगसुन छ्‌योलिङ गुम्बा, बटकेश्वर शिव मन्दिर, ग्रीन शील्ड प्राइभेट एकाडेमी, श्री दिवाकर, सार्वजनिक लामा बौद्ध सङ्घ, तकदाह निम्न उच्च विद्यालय, तकलिङ गोपखाङ छ्‌योइखोरलिङ गुम्बा, सरस्वती उच्च विद्यालय आदिको भ्रमण गर्दै उनी तकदाह पुगे।
कर्मापाको यस भ्रमणमा हजारौं बौद्ध भिक्षु, सन्त अनि विद्यार्थीहरूले तिनीसित भेट गरी आशीर्वाद लिने मौका पाए।
विद्यार्थीहरूलाई सम्बोधन गर्दै तिनले भने- शिक्षा महत्त्वपूर्ण विषय यसद्वारा नै समाजमा शान्ति अनि समृद्धिको स्थापना गर्न सकिन्छ अनि यही नै आत्मिक शान्ती प्राप्त गर्न सकिने पहिलो कदम हो।

आजका विद्यार्थीहरूले राम्रो शिक्षार्जन गर्ने सुअवसर पाइरहेकोमा तिनले खुशी महसुस गरेको बताउँदै सबै विद्यार्थीहरूले भविष्यमा मानव कल्याणको निम्ति कार्य गर्ने कामना पनि गारे


आज मध्यान्न बाह्रबजीतिर तकदाहको खेल मैदानमा भएको आध्यत्मिक कार्यक्रममा कर्मापाले दिव्य शक्तिको वरदान प्रदान गरे जो बोधिसत्वको ज्ञान सम्बन्धी भगवान बुद्धको अहम पहल हो। यस दिव्य अवसरमा कर्मापाबाट आशीर्वाद ग्रहण गर्न क्षेत्रभरिका हजारौं अनुयायीहरू उपस्थित थिए।

0 comments: on "कर्मापा थिन्ले थाई दोर्जीको दार्जीलिङ भ्रमण; अनुनायीहरूलाई दिए आध्यात्मिक शक्तिको वरदान"