कालेबुङ,22 मई। गोर्खा प्रथमिक शिक्षक सङ्गठनले 11 सुत्रीय मागमा 23 अनि 24 मईको दिन पहाड़को सम्पूर्ण शैक्षिक संस्थानहरू बन्द राख्ने अघिबाटै घोषणा गरेको थियो।

तर आज दार्जीलिङमा बसेको सभाबाट उक्त निर्णयलाई केही फेरवदल गरी भोलि एकदिन मात्र शैक्षिक संस्थानहरू बन्द राख्ने निर्णय लिएकोे छ।
भोलि हुने बन्दमा पहाड़को सम्पूण शैक्षिक संस्थानहरू बन्द रहने भएपनि कतिपय कलेजहरूमा भइरहेको बोड परिक्षालाई भने यस बन्दबाट छुट दिएको जीपीटीओ महकुमा समिति अध्यक्ष स्वराज गुरूङले जानकारी गराएका छन्।
यस बन्दमा जीपीटीओ अनि विद्यार्थी मोर्चाले पनि समर्थन जनाएको छ भने भोलिको बन्दपछि पनि सम्बन्धित विभाग मौन रहे जीपीटीओकालेे आन्दोलन यथावत राख्ने भएको छ।
0 comments: on "जीपीटीओले एक दिन मात्र शैक्षिक संस्थानहरू बन्द राख्ने"
Post a Comment