मुख्य समाचार :


क्रामाकपाले लगाएको आरोपको जकसद्वारा खण्डन

 

'कर्मचारीहरूले गरिबमारा कार्य गरेको छैन'
कालेबुङ,१७ जनवरी|
पिथामचिनबासी अनि ग्राम पञच्यात कर्मीमाझको झडपलाई केन्द्र गर्दै क्रामाकपाले नोकरशाहरूले जनतालाई अन्ययाय गरेको बताएको थियो, जुन कुराको आज जकसले खण्डन गरेको छ| ग्रामपञ्चायतकर्मीको पक्षमा आन्दोलन नै चक्राउने जनमुक्ति सङ्गठनले आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै  सरकारी कर्मचारीहरूले कहिले पनि गरिबमारा कार्य नगरेको बताएको छ| क्रामाकपाप्रति सोझो प्रहार गर्दै जकस अध्यक्ष खडक विक्रम सुब्बाले भने, जनधार नै नभएको पार्टी क्रामापाले जनतामा भ्रम सृष्टि गर्न, उक्साउन र भड्काउन खोजेर जनताको सहानुभूति पाउने आशमा पार्टीको अस्तिव बचाउँने कार्य गर्दैछ| कुनै घटनाको जमिनी यथार्थ नबुझिकन टिप्पणी गर्नु हुँदैन-  तिनले चेतावनी दिँदै भने| सरकारी कर्मचारीहरूले नियमभित्र कार्य गरेको भएपनि कतिपय जनताले नियम उल्लङ्घन गर्दा कर्मचारीहरू काम गर्न असमर्थ बन्ने अनि त्यसपछि   कर्मचारीहरूमाथि आरोप-प्रत्यारोपहरू आउने गरेको र प्राणघातक हमलासम्म पनि हुने गरेको तिनले बताए| इन्दिरा आवास योजना, दागोपापको घोटला, सयदिने रोजगारमा अनियमितता  आदिको कुरा गरेर क्रामाकपाले जनतालाई भड्काउँदै दुधको साक्षी बन्न खोजिहेको पनि सुब्बाले आरोप लगाए| रेडिडेन्सल सर्टीफिकेट बनाउँदा कर्मचारीहरूले कसरी दग्दी दिँदैछ प्रमाणित गर्नुपर्ने पनि तिनले जनाए| जनसाधरणले कुनै पनि कागज-पत्र बनाउँदा सही ढङ्गमा नियमपूर्व कार्य गरे काम सहजै बन्ने बताउँदै सङ्गठनले केवल कर्मचारको हीतको निम्ति मात्र नभएर जनसाधरणको सेवा पनि पुर्‍याइरहेको तिनले थपे| कुनै-कुनै जनतालाई दुःख दिने किसिमको कर्मचारीहरू होलान्, उनीहरूको लिखित सिकायत गर्न आवश्यक रहेको बताउँदै सबै कर्मचारीलाई एकै दृष्टिकोणले हेर्ननहुने पनि सुव्वाले बताए| कर्मचारीहरूमाथि भएको आक्रमणमा न्यायको मागमा कार्यलयहरू बन्द गर्दा अनुचित कार्य के भयो-तिनले प्रश्‍न तेर्साए|  तिनले भने, के कर्मचारीले डरसरी आतङ्की माह्वौलमा काम गर्नपर्ने? यसमा भ्रष्टाचारको विरूद्धमा उठेको आवाज भन्दै पिथामचिनबासीको पक्षमा क्रामाकपा उभिनुले  गुण्डागर्दीलाई उनीहरूले उक्साउने कार्य गरिरहेको प्रमाणित भएको छ| यस पार्टीले गरीब जनताले बोल्दै नपाउने भनिरहको छ तर आज कुन पार्टीको कारणले जनता निर्धक्क बोल्नपाउने अनि गणतान्त्रिक माह्वोल बनिएको छ भन्ने बन्झपर्छ|  अर्कोतिर जकस महकुमा समिति संयक्त सचिव अनुप लामाले भने कर्मचारी अनि जनताले एकाअर्कामा सहयोगको हात बढाएर नै कार्य गर्नुपर्ने बताए|

0 comments: on "क्रामाकपाले लगाएको आरोपको जकसद्वारा खण्डन"