मुख्य समाचार :


खबरदार ठगार


मनोज वोगटी
कालेबुङ, 7 मई।


पसलेहरूले उपभोक्ताहरूलाई ठाग्ने कार्य नयॉं होइन। उपभोक्ताहरूमा रहेको जानकारी र ज्ञानको अभावको फाइदा लिँदै पसलेहरूले ठगेर धन थुपार्ने कार्य अदृश्यरूपमा धेरै भए पनि एउटा पसलेको ठगकार्य अहिले नगरमा चर्चाको विषय बनिरहेको छ। मोटर स्ट्याण्ड नजिकको एउटा पसलेले घर बनाउनको निम्ति प्रयोग गरिने फलामका रटहरूको बिक्रि गर्ने क्रममा एक व्यक्तिलाई ठगेको उपभोक्ताले नै थाहा पाएर पसलेको चलाकी उदाङ्गो पारेपछि बजरमा ठग पसलेहरूको सातो गएको छ। माकपा नेता तारा सुन्दासले यसै घटनालाई केन्द्र गर्दै थानामा प्राथमिकी दर्ता गर्दै ठगारहरूलाई शीघ्र नै पक्राउ गरिनुपर्ने माग गरेका छन्‌।

तिनले यस्तो माग त गरेका छन्‌ तर तिनको आरोप के पनि छ भने यस्ता ठगहरूसित पुलिस प्रशासनको मिलिभगत रहेकैले अघिबाट नै सचेत गराइएपनि कुनै पुलिसी कार्वाही नभएको पनि हुन सक्छ। अहिलेलाई तिनले थानामा फेरि प्राथमिकता दर्ता गरेर प्रशासनलाई पनि सचेत गराएका छन्‌। पसलेले फलामका समाग्री बेच्दा तौल अनि मूल्य दुवैमा उपभोक्तालाई ठगेका छन्‌। उपभोक्ताले पसलेबाट गुमाउनुपरेको हानी बेहोर्नु लगाउँदै अहिलेसम्म भएको कारोबारको हरहिसाब अनुसार एक लाख पच्चिस हजार रुपियॉं पसलेबाट फिर्ता लिएका छन्‌। सुन्दासले ठग पसलेहरूको निम्ति यो घटना एउटा नमूना मात्र रहेको जनाउँदै तौल विभागले पसलेहरूको तौल औजारलाई पूर्ण निरीक्षण गर्नुपर्ने माग गरेका छन्‌। यता यससम्बन्धमा च्याम्बर अफ कमर्सले पनि घटनाको निन्दा गर्दै पसलेलाई अन्तिम चेतावनी दिएको छ।

कमर्सका अध्यक्ष नरेन्द्र सोमानीले ठग पसलेले ठगेको रकम फिर्ता गर्नुपर्ने बताएका छन्‌। प्रकटमा आएकोले मात्र घटनाप्रति सचेत हुने प्रवृति प्रशासन र सम्बन्धित सङ्घसंस्थाहरूसित त छँदैछ उपभोक्ताहरूको हीतमा कार्य गर्ने सङ्घहरूले पनि केवल औपचारिकता पूरा गर्ने गरेकोले कालेबुङमा ठगार पसलेहरूको मनमानी व्यापक नै चलिरहेको छ। सानोतिनो ठगकार्यलाई त्यसै पचाइदिने मानसिकताको कारण पनि कालेबुङमा ठगहरूको रगरगी बढिरहेको छ। यस घटनाले प्रशासन र पसले दुवैलाई सचेत त गराइरहेकै छ अप्रान्त फेरि घटना दोहोरिए सोझै न्यालयमा पुग्ने चेतावनी पनि माकपा नेता सुन्दासले दिएका छन्‌।

0 comments: on "खबरदार ठगार"