मुख्य समाचार :


जकस कर्मचारीको पक्षमाः कृषक महासङ्घ गाउँलेको पक्षमा


कालेबुङ,१६ जनवरी|
भुइँचालो सहुलियतकोे निम्ति पिथामचिनबासी अनि पञ्चायत कर्मीमाझ भएको झडपमा जनमुक्ति कर्मचारी सङ्गठन कर्मचारीहरूको पक्षमा छ भने कालेबुङ कृषक कल्याण सङ्गठन कृषकहरूको पक्षमा रहेको छ| जनमुक्ति कर्मचारी सङ्गठनले कर्मचारीहरू वकालती गर्दै आन्दोलन नै शुरू गरेको छ भने कालेबुङ कृषक कल्याण सङ्गठन पनि गाउँलेहरूको  निम्ति पटक्क चुप लाग्ने पक्षमा छैन| गाउँलेहरूको पक्षमा वकालती गर्दै आज कालेबुङ कृषक कल्याण सङ्गठनका मूल सचिव विष्णु छेत्रीले महकुमा अधिकारीसँग पनि भेट गरे| लिङ्गसे ग्राम पञ्चायत अन्तर्गत भुइँचालो पीडित कृषकहरूमाथि भएको अन्यायमाथि सङ्गठनले न्यायिक जॉंच हुनपर्ने माग गर्दै आज महकुमा अधिकारीलाई ज्ञापन बुझाएको छ|  जनमुक्ति कर्मचारी सङ्गठनले पनि  गाउँले आरोपीहरूलाई पक्राउ गर्न ३१ जनवरीसम्मको समय दिएको छ| जकस अनि प्रशासनले गाउँलेहरूले कानून हातमा लिएको कुरा गरेको  छ भने सङ्गठनले कानून हातमा लिने परिस्थित बनाउने को हो? भन्ने प्रश्‍न तेर्साएको छ| सङ्गठनका मूल सचिव विष्णु छेत्रीले भने, ्भुइँचालोले ग्रामिण स्तरका कृषकहरू धेरै पीडित छन्| उनीहरूको घरबार, जमिन, अन्नबाली जम्मै नष्ट भएको छ| यी सब कुराहरू हामीले बङ्गालको राज्यपाल अनि मुख्यमन्त्रीसम्म राखिसकेका छौं| अनि त्यसबेला हामी मुख्यमन्त्री, राज्यपाल लगायत सम्बन्धित अधिकारीहरूलाई पीडितहरूको सूची प्रत्येक ग्राम पञ्चायत, खण्ड विकास, महकुमा अधिकारी अनि जिल्लापाल कार्यालयअघि टॉंस्नुपर्नेसम्म बताएका थियौं| तर यस्तो भएन| सूचीमा पीडितहरूको नाम धेरै छुटेको छ| यदि त्यसबेला नै पीडितहरूको सूची कार्यालयहरूअघि टॉंस्ने काम भएको भए आज यस्तो झमेला उत्पन्न हुने थिएन|  तिनले अझ भने, घटनाको प्रशासनिक जॉंच हुनपर्छ| एकतर्फी  न्यायले हामी सन्तुष्ट छैनौं|  गाउँमा सोझा खेताबाली गर्ने कृषकहरूले त्यसै कानून हातमा लिँदैनन्, सहुलियतमा भेदभावको नीतिले नै आजको यो झमेला उपार्जन भएको हो| यदि यो झगडालाई केन्द्र गरेर कृषकहरूमाथि शोषण हुन्छ भने हामी सडकमा उत्रन बाध्य हुन्छौं|  घटनाको उचित जॉंचपछि नै प्रशासन निष्कर्षमा आउनुपर्छ| यस घटनाको निम्ति आवश्यक परे मुख्यमन्त्रीसमक्ष पनि सङ्गठनले भेट गर्ने छेत्रीले बताए| लिङ्गसेे घटना असन्तुष्टी र भ्रष्टचारको शुरूवात रहेको बताउँदै  यदि फेरि पीडितहरूको सही सूची  नबनाए जिल्लाभरि नै यस्तो समस्याहरू देखा पर्ने कुरा पनि तिनले महकुमा अधिकारीसँग राखेको बताएका छन्| तिनीअनुसार लिङ्गसेको मात्र होइन जिल्लाभरिकै भुइँचालो पीडितहरूको निरिक्षण गरेर नयॉं सूची बनिनुपर्छ, पीडितहरू छोडिनु हुँदैन| यसरी जकस कर्मचारीहरूको पक्षमा अनि कृषक कल्याण सङ्गठन कृषकहरूको पक्षमा रहेकोले पिथामचिन प्रकरण साम्य हुनुको साटो अझ गम्भीर बन्दै गइरहेको छ| यसैबीच प्रशासनले बन्द रहेको कार्यालयहरू खउलाउने पहल गरेपनि घटनामा संलग्नहरू दोषीहरू विरुद्ध थानामा मुद्दा दर्ता गर्ने भएपछि आ-आफ्नो पक्षमा उभिएको जकस र सङ्गठनको सख्ति प्रदर्शनले कसलाई न्याय दिने हो केही निश्‍चित छैन|

0 comments: on "जकस कर्मचारीको पक्षमाः कृषक महासङ्घ गाउँलेको पक्षमा"