मुख्य समाचार :


ग्रामपञ्चायत कर्मीहरूलाई कुटपिटको आरोपमा १७ जना गाउँलेहरूविरुद्ध वारन्ट जारीः कार्यलय बन्द फिर्ता


कालेबुङ,१६ जनवरी|
प्रशासनको अनुरोधमा आजदेखि जनमुक्ति कर्मचारी सङ्गठनले अनिश्‍चितकालीन खण्ड विकास अन्य पञ्चायत कार्यालय बन्द फिर्ता लियो| पिथामचिनबासी अनि ग्रामपञ्चायत कर्मीमाझ भुइँचालो सहुलियतको विषयमा भएको  झडपलाई  केन्द्र गर्दै जनमुक्ति कर्मचारी सङ्गठनले कर्मचारीहरूमाथि कार्यअवधी नै विनाकरण हमला गरिएको बताउँदै आरोपीहरूलाई यथाशीघ्र पक्राउ गर्नुपर्ने मागमा अनिश्‍चितकालीन महकुमाभरिकोे  ३ वटा  खण्ड विकास अनि १४१ वाट पञ्चायत कार्यलयहरूमा ताला झुण्डाइदिएको थियो| फलस्वरूप आज प्रशासनले नै महकुमा अधिकारी कार्यलयमा अपराह्न बैठक डाकेको थियो जसमा थाना प्रभारी प्रसाद प्रधान, महकुमा अधिकारी एलएन शेर्पा अनि जकस अध्यक्ष खडक विक्रम सुब्बाको टोली उपस्थित थियो|  बैठकपछि जकस अध्यक्ष खडकविक्रम सुब्बाले भने, बैठक सकारात्मक भयो| कर्मचारीहरूमाथि आक्रमण गर्ने १७ जना आरोपीहरूविरुद्ध पुलिस प्रशासनले पक्राउ गर्न वारन्ट जारी गरेको छ| आशा छ आरोपीहरूलाई पुलिस प्रशासनले चॉंडै पक्राउ गर्नेछ| प्रशासनले हामीलाई आरोपीहरूलाई चॉंडै पक्राउ गर्ने बताउँदै केही समय मागेकोले हामीले अस्थायी रूपमा कार्यालय बन्दलाई फिर्ता लिएका हौं| कर्मचारीहरूले न्याय पाउनुपर्छ|  कर्मचारीहरूको पक्षमा जकसले प्रशासनलाई दिएको समयअवधीभरि आरोपीहरूलाई पक्राउ गर्नुपर्ने पनि सुब्बाले बताएका छ|

0 comments: on "ग्रामपञ्चायत कर्मीहरूलाई कुटपिटको आरोपमा १७ जना गाउँलेहरूविरुद्ध वारन्ट जारीः कार्यलय बन्द फिर्ता"