कालेबुङ,22 मई। कालेबुङको शान्तिनगर भेटनरी कम्पाउण्डबाट लाबरबोटे मलामी गए फर्किरहेको मलामी गाड़ी लाबरबोटे नजिकै दुर्घटनाग्रस्त हुँदा 16 जना घाइते बनेका छन्।

वाहन संख्या डब्ल्यू. वी. 73 ए-6786 माजदा गाड़ीमा लगभग तीसजना जति मलामीहरू सवार थिए। घाइतेहरूलाई प्रायः टाउको अनि खुट्टामा चोट लागेको छ। सबै घाइतेहरूलाई उपचारको निम्ति यहॉंको महकुमा अस्पताल ल्याइएको छ।
उक्त गाड़ीका चालक रमेश राई रहेका थिए भने घाइतेहरू प्रायः सबै शान्तिनगरकै निवासीहरू हुन्। यस दुर्घटनामा कसैको ज्यानमालको क्षति नभए पनि धेरैजना चोटग्रस्त बनेको छ।
0 comments: on "मलामी गाड़ी दुर्घटनाग्रस्त हुँदा 16 जना घाइते"
Post a Comment