कालेबुङ, 23 मई।
आइतवार राती लगभग 12.30 बजीतिर यहॉंको स्योकबीर खानी जङ्गल नजिक रोडमा अवैध ढङ्गमा काटिएको काठसितै दुइवटा वाहन अनि काठ तस्करीमा संलग्न तीनजना व्यक्तिलाई कालेबुङ वन विभागले पक्राउ गर्यो।

शंकाको आधारमा गएका वन विभागका कर्मचारीहरूले घटनास्थलबाट नै वाहन लगायत तीन काठ तस्करहरूलाई पक्रन सक्षम बनेको वन विभागका महकुमा अधिकारी एस. गजमेरले जानकारी गराएका हुन्।
काठ लादिएको एउटा पिकअप भेन बाटोमा नै बिग्रिएपछि अर्को सवारीमा हाली सबै काठहरू हाल वन विभाग कार्यालयमा ल्याइएको छ।
आज पक्रा परेका उक्त तीन तस्करहरू छोटा सुरूक निवासी झलक भूजेल, सुजन भूजेल अनि सिञ्जी निवासी मनोज तामाङ रहेका छन्।
विभागीय अधिकारीको भनाइअनुसार यी तस्करहरू विभागको नजरमा अग्र पंक्तिमा रहेका व्यवसायिक काठ तस्करहरू हुन्। पक्रा परेकाहरूमाथि भारतीय वन ऐन 1927- भाग 42, 26(ए), ए-आर अन्तर्गत मुद्दा दर्ता गरिने भएको छ। पक्रा परेका उक्त तीन तस्करहरूसँग अन्य दुइजना 15 वर्षीय किशोरहरू पनि रहेका थिए। ती दुइलाई पनि पुछताछको निम्ति विभाग कार्यालयमा नै राखिएको छ।
यस्ता कलिला उमेरका किशोरहरू पनि यस्तो अवैद्य कार्यमा संग्लन रहेकोमा विभागीय अधिकारी एस. गजमेरले भने, घटनास्थलमा 15 वर्षीय किशोरहरू भेटिनु सबैभन्दा दुःखको कुरा हो।
तिनीहरू गाड़ीमा नै निदाइरहेका थए। कम उमेरका किशोरहरू अहिलेदेखि नै यस्तो कार्यमा संलग्न भए भविष्यमा के हुन्छ? यसको निम्ति अहिले नै अभिवावकहरू सचेत हुन आवश्यक रहेको छ।
तिनले स्योकबीर खानीको जङ्गलमा पक्रा परेका किशोरहरू लगायत गाउँका अन्य किशोरहरूलाई पनि काठ काट्ने तालिम दिइरहेको आरोप लगाएका छ। जफ्त गरिएको लगभग एक सयवटा जति चिरा गरेको टीक अनि सालको काठहरू रहेको छ जसको अन्य काठहरूको तुलनामा बजारमा माग धेर रहेको छ। जफ्त गरिएको काठ अनि दोषीहरूबारे जानकारी गराउँदै विभागीय अधिकारी एस. गजमेरले भने, काठ के-कति पक्रियो यो ठूलो कुरो होइन तर अवैद्य ढङ्गमा काठ काट्ने तस्करहरू पक्रा परेको छन् यो सबैभन्दा ठूलो कुरो हो।
यी तस्करहरूको माध्यमबाट नै जङ्गल फॉंड़ेर छोटो समयमा धेरै पैसा कमाउँछु भन्नेहरूसम्म पुग्न सकिन्छ। यसरी अवैद्य काठ काट्नेहरूले शहरमा बनिँदै गरेको घर-घरमा पुर्याउने ठेका लिएको हुने बताउदै तिनले भने, जब हामी चोरिएको काठ किन्दैनौं तब तिनीहरूले बेच्ने ठाउँ पाउने छैनन्।
बेच्ने ठाउँ नपाएपछि स्वतः काठ काट्न 90 प्रतिशत बन्द हन्छ। हामी जीवनमा एकपल्ट घर बनाउँछौं त्यो पनि चोरिको काठले बनाए के हामी जीवनभरि शान्तिसँग रहन सक्छौं? जनसाधरणको सहयोग पाए यस्तो अवैद्य ढङ्गमा रूख काट्ने काम चाड़ै नै बन्द गर्न सकिने पनि तिनले बताए।
0 comments: on "वाहनमा लादिएको काठसहित तीनजना पक्राउ"
Post a Comment