मुख्य समाचार :


मङ्‌पूमा मोर्चाको बैठक चुनाउपक्षमा नै मोर्चा जानसक्ने डा. छेत्रीको संकेत

कालेबुङ, 17 मार्च।
गोर्खा जनमुक्ति मोर्चा कोलकाताबाट रित्तो हात फर्किएपछि अप्रान्त के गर्नु पर्ने हो भन्ने बारेमा भोलि मङ्‌पूमा बैठक गर्ने भएको छ।धेरै आशा बोकेर गएको तर केही नपाएर फर्किएका कालेबुङका विधायक डा. हर्कबहादुर छेत्री आज कालेबुङ आइपुगे।
पेदोङमा एक कार्यक्रम गर्न आइपुगेका विधायक छेत्रीले पहिलोपल्ट राष्ट्रपतिको सहीछाप भएकोले कानून जीटीएको चुनाउ अहिलेलाई दागोपापमा क्षेत्रमा नै गर्नुपर्ने कुरालाई स्वीकार गरे। अन्तमा डा. छेत्री आफ्नो खास लाइनमा आउँदै सम्झौता र कानून अनुसार नै जीटीएको चुनाउ हुने बताए। तर जीटीएको गठन तराई डुवर्स बिना अपुरो हुने दाबी पनि तिनले गरे। तिनले भने, राष्ट्रपतिको अनुमोदनपछि कानून बनिएको जीटीएमा हाइपावर कमिटी कानून अन्तरर्गत नै परेको हो। यसकारण यो कमिटीको कुरा सरकारले मान्नै पर्छ।
राज्य सभा सांसदको निम्ति ढोका खुल्लै छ-मोर्चा
कालेबुङ, 17 मार्च।
यसपल्ट कोही नेपाली प्रतिनिधि राज्यसभा सांसद हुन नसक्ने ममता व्यानर्जीले स्पष्ट पारिसकेको भए पनि मोर्चालाई भने अझ पनि आसा लागेको छ। मोर्चा प्रवक्ता डा. हर्कहादुर छेत्रीले राज्यसभा सांसदको निम्ति अन्य राजनैतक दलहरुसित सम्झौतामा आएर पनि यस पदको निम्ति मोर्चाले पार्थी खडा गर्न सक्छ भन्ने संकेत दिएका छन्‌। मोर्चाको पक्षबाट सरकारलाई राज्यसभा सांसदको निम्ति प्रस्ताव पठाउन मोर्चाले ढिलो गरेको कारण नै तृणमुल सरकारले आफ्नो प्रार्थी तय गरिसकेको तिनले जनाए। तिनले यस कुरालाई लिए गोजमुमो पार्टीले यस अघि कुनै पत्रचार समेत नगरेको कारण नै मोर्चा पक्षबाट तक्निकी गल्ति भएको तिनले जनाए। यद्यपि अन्य बाटो भने खुल्ला रहेको डा छेत्रीले जनाए। अहिले तृणमूलको ढोका मात्र बन्द भएको जनाउँदै अन्य राजनैतिक दलहरुको ढोका खुल्ला रहेको कारण यसबारे पनि भोलि नै केन्द्रिय समितिको बैठकमा निर्णय लिने तिनले जनाए।
हाइपावर कमिटीले मोर्चाले दाबी गरेको सबै मौजा जीटीएमा हाल्नुपर्ने कमिटीको रिपोर्टले बताएमा सरकारले कानूनगत्‌ हाइपावर कमिटीको कुरा मान्नुपर्छ। तर हाइपावर कमिटीको रिपोर्ट कस्तो हुन्छ मोर्चालाई थाहा छैन। तर मोर्चाले हाइपावर कमिटीमाथि विस्वास गरेको छ। डा. छेत्रीले भने, हाइपावर कमिटीले मोर्चाले दाबी गरेको सबै मौजा जीटीएमा पर्ने रिपोर्ट बुझाउनुपर्छ। तिनले अझ भने, चुनाउ र सीमाङ्‌नको काम समान्न्तर हुनु भनेको जीटीएमा तराई र डुवर्स पर्दैन भन्नु होइन। हाई पावर कमिटीले पनि काम गर्दैगर्छ दागोपाप क्षेत्रमा चुनाउ पनि हुँदै गर्छ-डा छेत्रीले मुख्यमन्त्रीले यसो भनेको बताए। ममताले मोर्चाले मुख्यमन्त्रीप्रति विश्वास गर्नु भनेकोले मोर्चाले विश्वास गर्ने पनि छेत्रीले बताए। छेत्रीले भने, मुख्यमन्त्रीले अहिले दागोपापको चुनाउ भएपनि पछि तराई र डुवर्सको अन्तरभुक्तिपछि पनि फेरि चुनाउ हुने बताएका छन्‌। एकातिर ममता व्यानर्जीमाथि मोर्चाको विश्वास रहेको पनि बताउने डा. छेत्रीले अर्कोतिर मोर्चा आफ्नो अडानमा अडिग रहेको पनि बताए। तिनी अनुसार तर मोर्चाले भोेलि चुनाउपक्षमा जाने निर्णय गर्न सक्ने संकेत पनि दिएका छन्‌। तिनले भने, मङ्‌पूमा सबैपक्षमा विमर्ष र छलफल गरेपछि मात्र मोर्चाले के गर्छ भन्ने कुरा अघि आउन सक्छ।

0 comments: on "मङ्‌पूमा मोर्चाको बैठक चुनाउपक्षमा नै मोर्चा जानसक्ने डा. छेत्रीको संकेत"