मुख्य समाचार :


सन्दर्भ माओवादीः विमललाई केरकार गर-खाती

कालेबुङ, 7 फरवरी।
कालेबुङमा माओवादीहरूले ट्रेनिङ लिइरहेको विमल गरुङले बताएपछि आज अखिल भारतीय गोर्खा लीगले उल्टै विमल गुरुङमाथि तीब्र प्रहार गरेको छ।

‘कालेबुङमा माओवादीहरूले ट्रेनिङ लिइरहेको कुरा विमल गरूङले कसरी थाहा पाए। इन्टलिजेन्स, ‘र’, डीआइबी, एसआइबी, आर्मी इन्टेलिजन्सभन्दा पनि माथि विमल गरुङ? कालेबुङमा माओवादीले ट्रेनिङ गर्नु हाम्रो निम्ति गम्भिर मुद्दा हो। यसको निम्ति अब इन्टलिजेन्सले विमल गुरुङमाथि कढा रूपमा केरकार गर्नुपर्छ।’-गोर्खालीग केन्द्रिय महासचिव प्रताप खातीले आज यसो भने।

विमल गरुङले भनेको कुरा अब आफैलाई महङ्गो परिरिरहेको छ। कालेबुङमा मओवादीहरूले ट्रेनिङ गरिरहेको कुराको गुरुङले प्रमाण दिनुपर्ने खातीले बताएका छन्‌। 15 दिनभित्रमा गुरूङले आफ्नो वयान फिर्ता नलिए उच्च न्यायलयमा मुद्दा दर्ता गर्नेसम्म तिनले चेतावनी दिए। विमल गरुङ कालेबुङमा आएर कालेबुङलाई नै गाली गरेपछि आज गोर्खालीगले गुरुङकोे खोइरो खन्यो। ‘कालेबुङमा आएर विमल गरुङले कालेबुङलाई नै गर्नसम्मको गाली गरे। कालेबुङका जनताले मज्जाले थप्पडी मारे। दार्जीलिङमा जस्तै कालेबुङमा च्यानलहरू बन्द गरिदिने घम्की दिए। पत्रकारहरूलाई गाली गरे। राजनैतिक दलहरूलाई भन्नसम्म भने। के विमल गुरुङ दार्जीलिङका राजा हुन्‌? कालेबुङमा आएर कालेबुङबासीलाई नै गाली गर्नु र जनता एकशब्द नबोल्नु बढो दुर्भाग्यपूर्ण कुरा हो। यस्ता तानाशाहीहरूको विरूद्धमा जनता अघि आउनुपर्छ।’- खातीले भने। विमल गुरुङले राजा जस्तो व्यवहार नगरोस्‌ भन्दै खातीले अझ भने, नेपालमा राजा मासियो।

अरू देशहरूमा पनि राजा मासिँदैछ। अब चारवटा मात्र राजा रहन्छ-चुडियाको, ईटाको, भोटेको अनि पानाको। अल्पशिक्षाको कारणले नै विमल गरुङले मनपरी वक्तव्य दिने गरेको पनि सुन्दासले आरोप लगाए। पाद्री एनोसदास प्रधान उत्तर बङ्गालको मोडरेटरसम्म रहिसकेको कुरा दोहोर्‍याउँदै टाक्स फोर्सले अन्डरग्राण्ड ट्रेनिङ गर्छ की जीएलपीहरूलाई ट्रेनिङ गराएर, क्याम्प हालेर राख्नेले गराउँछ जनताले बुझ्नुपर्ने खातीले थपे। यति मात्र होइन जीएलपीहरू अनि उनीलाई लाग्ने खर्चको पनि सरकारले छानबीन गर्नुपर्ने गोर्खालीगले माग गरेको छ। कालेबुङलाई होच्याएर, मनपरी वक्तव्य दिएर, जनतालाई उक्साएर विमल गरुङले जनतामा आतङ्‌क सृजना गर्न खोजिरहेको पनि खातीले आरोप लगाए। जीटीएको लागी टेबलमा आएर तर्क गर्ने विमल गरुङको सुझाउमाथि खातीलेे भने, जीटीए बङ्गालभित्रको व्यवस्था हो।

त्यसको निम्ति के तर्क गर्नु? छुट्टै राज्य मात्र हाम्रो मूल सामाधा हो। वर्तमान दार्जीलिङ पहाडको अवस्थाको दायी पश्चिम बङ्गाल सरकार रहेको पनि खातीले बताए। मदन तामाङ हत्याकाण्डका गवाहीहरूलाई अहिले मोर्चाले पैसामा किन्न खोजिरहेको र दार्जीलिङमा भएको यस्तो कुराको गोर्खालीगले सीबीआईसम्मलाई जानकारी दिइसकेको बताए। सीबीआईले विमल गरुङ अनि रोशन गिरीलाई केरकार नगरिरहेकोमा आपत्ति जनाउँदै यी दुइलाई यथाशीघ्र पक्राउ गर्नुपर्ने पनि तिनले बताए।

0 comments: on "सन्दर्भ माओवादीः विमललाई केरकार गर-खाती"