मुख्य समाचार :


‘बहिष्कार होइन राजिनामा’

कालेबुङ,21 मार्च।
विपक्षले उहिल्यै भनिसकेको कुरा विमल गुरूङले अहिले बुझिरहेका छन्‌।
तिनले कुरा त बुझे तर ढङ्ग पुर्‍याएर बुझेका छैनन्‌। यसकारण नै तिनको यसपालिको जीटीएको आन्दोलन दङ्‌ग्याउने पाराको छ-पिपल्स फोरमका महासचिव प्रवीण गुरूङले मोर्चाले राज्य सभा चुनाउ बहिष्कार गर्ने घोषणालाई इङ्गित गर्दै भने। तिनले अझ भने, मोर्चा सरकारको पार्टीमा छ। तृणमूलबाट मोर्चाको समर्थन फिर्ता लिनुपर्छ। बहिष्कार गरेर के हुन्छ? यदि मोर्चाले तृणमूल सरकारले धोका दिएको ठान्छ भने तृणमूलमा रहेको मोर्चाको समर्थन फिर्ता गर्नुपर्छ। यसो गरेमा जनताले मोर्चालाई पत्याउँछ। तिनले अझ भने, जब गोर्खाल्याण्डको निम्ति विधायकहरू बोल्न सक्दैनन्‌ र उनीहरू लुकाछिपि मात्र खोलेको लागेको हो भने विमल गुरूङले विधायकहरूलाई राजिनामा गरेर आन्दोलनमा समेट्‌नु पर्ने हो। जे जे गर्नुपर्ने त्यो त्यो नगरेर विमल गुरूङ आफै नाटकको मूल पात्र रहेको प्रमाणित गरिरहेका छन्‌। गुरूङ अनुसार मोर्चाले 18 जुलाईको दिन नै जमीन र मुद्दा राज्य सरकारको नाममा लेखिसकेको छ। अब मोर्चाले जति नै नाई भने पनि कानूनीरुपले मोर्चालाई जेल ठोक्ने छ। तराई र डुवर्स बिना नै मोर्चाले जीटीए थाप्नु भनेको गोर्खाहरूको इतिहासमा मोर्चालाई सरकारले जेल ठोकेको बराबर हो। ‘मोर्चालाई विपक्षले जहिल्यै पनि स्वास्थ्य आलोचना गर्‍यो। राम्रो सुझाव दियो। सतर्क गरायो तर मोर्चालाई चौकी खोस्छ भन्ने डर लाग्यो। विपक्ष चौकीको लोभमा हुनु हो भने विपक्षमा नबसेर मोर्चामा सामेल हुनेथियो’- तिनले भने ‘अब मोर्चासित कुनै उपाय छैन। मोर्चा हिलोमा डुबिसक्यो। जनताले चिन्न मात्र बॉंकी छ, त्यो दिन पनि नजिक छ।’ गुरुङले यसपालीदेखि राज्य सभामा गोर्खा प्रतिनिधिको परम्परा तोडिनुमा पनि मोर्चा नै दायी रहेको बताए। तिनले भने, मोर्चाका बुद्दिजीवीहरूले आवश्यकता भन्दा धेर बुद्दि देखाइसकेकोले नै ममताले उनीहरूलाई ठिङ्‌गुरोेमा उभ्याउन यसपालीदेखि राज्यसभामा गोर्खा प्रतिनिधिहरू राखेनन्‌। जब मिडियाले कुरा झिक्यो तब मात्र मोर्चाले कुरा गरेको देख्दा ममताको ममताबारे अघिबाट नै मोर्चाका बुद्दिजीवीहरू लुटुपुटिएको स्पष्ट छ। मोर्चा जाकियो। तर विपक्ष उन्मुक्त छ। विपक्षले मोर्चाले जस्तो हतार गर्दैन।

0 comments: on "‘बहिष्कार होइन राजिनामा’"