मुख्य समाचार :


के छ विकल्प?- नगराध्यक्ष

कालेबुङ,21 मार्च।
दसवर्ष नगरपालिका चलाएर खग्गु बनेका क्रामाकपा नेता जेबी राईले नगरपालिकाका कार्यावाहक प्रशासन एलएन शेर्पालाई मुखैमा जवाब दिँदै भनेका थिए, नगरपालिकाले भालूखोपमा डम्पिङको निम्ति किनेको जमीनमा कुनै पनि हालतमा डम्पिङ बनिँदैन।

यो पैह्रेनी क्षेत्र हो। यो जमीन बनभिभागसित साटेर मल्ली-लाबरबोटेमा सडकमाथिको चार ऐकर जमीनसित साट्‌न सकिन्छ। त्यहीँ स्थायी डम्पिङ बनिन सकिन्छ।’ महकुमा प्रशासक अक्क न बक्क बने। कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीले राईको सुझावमा दम देखे। ‘यसै गर्नुपर्छ ’भन्ने मिनटमा लेखियो तर नगरपालिकाले मैला भने टिस्टामा नै फ्यॉंक्यो। किन भने प्रशासकलाई कालेबुङका विभिन्न संस्थाहरूले टिस्टामा नै मैला फ्यॉंक्दै गर्ने कुरा सुझाएका थिए। सुझाव थियो वैकल्पिक डम्पिङको बन्दोबन्त नभइञ्जेलसम्म मात्र टिस्टामा मैला फ्यॉंक्ने। नगरपालिकाले यसरी टिस्टामा मैला फ्यॉंक्दा एलएन शेर्पाले टिस्टामा मैला फ्यॉंक्नु बन्द गर्नुपर्छ भन्नेहरूलाई सोझै भन्थे-‘कहॉं फ्यॉंक्नु, देखाउनुस्‌ न। नफ्यॉंक भनेर हुँदैन फ्यॉंक्ने ठाउँ पनि देखाउनुपर्छ।’ तिनले पटकपटक राईको त्यो सुझावलाई बिर्सिएर र सोध्नेहरूलाई ‘कहॉं फ्यॉंक्नु, देखाउनुस्‌ न’ भन्दाभन्दै गोजमुमोको नयॉं बोर्ड आइपुग्यो। यो वोर्डले पनि नगरको मैला भने टिस्टामा नै फ्यॉंकिरहेको छ। अहिले यसको विरोध शुरु भइरहेको छ। कालेबुङ नगरपालिका अध्यक्ष एलबी परियारलाई आज पनि पत्रकारहरूले सोधे, टिस्टामा मला फ्यॉंक्नु गैरकानूनी हो, किन मैला व्यवस्थापन गर्दैन? यसको जवाबमा ठीक महकुमा अधिकारी एलएन शेर्पाकै वाक्य तिनले दोहोर्‍याए। तिनले भने- ‘कहॉं फ्यॉंक्नु? समस्या देखाएर मात्र हुँदैन, समाधान पनि देखाउनुस्‌।’ तिनको विचारमा विकल्प नै छैन। तिनीले सोझो आरोप लगाए-‘ जसले पनि समस्या मात्र देखाउँछ, समाधान देखाउँदैन। समाधान देखाओस्‌। हामी काम गर्ने छौं।’ पत्रकारहरूले नगरपालिकालाई अहिलेसम्म मोठ पॉंचपल्ट एउटै सुझाव दिँदै आइरहेका पूर्व नगरपालिका अध्यक्ष जेबी राईसित प्रश्न गर्दा तिनले भने, नगरपालिकासित अनेकौं विकल्प छन्‌। तर इच्छाशक्ति हुनुपर्छ। गोर्खाल्याण्डको दाबी गर्नेहरूले नगरको मैला फ्यॉंक्न बन विभागको चार ऐकर जमीन पनि पाउँदैन? पाउँछ तर नगरपालिकाले पहल गर्नुपर्छ। कालेबुङका विधायकले गर्नुपर्छ। यस्ता मान्छेहरू छन्‌, जो सरकारसित नजिकमा छन्‌। उनीहरूले भने जे पनि हुनुसक्छ। बन विभागको चार ऐकर जमीन पाउन सकिँदैन? लाबरबोटेमा बाटोमाथि चार ऐकर जमीन नगरपालिकाले भालूखोपमा किनेको जमीनसित साट्‌न सकिन्छ। नगरपालिकाले टिस्टामा नै मैला फ्यॉंकेर कानून विरोधी काम गर्नुपर्दैन। नगरपालिका अध्यक्ष एलबी परियारले भने, अघिल्लो प्रशासकले बनाएको डम्पिङ काम लागेन। हामीले नयॉं ठाउँमा जमीन हेरेका छौं। माटो जॉंच भइसकेको छ। एमइडीले यसको रिपोर्ट बनाउँदैछ। यो रिपोर्ट सरकारमा राखिनेछ। कोष मागिने छ र मात्र काम हुने छ। तर नगरको मैला फ्यॉंक्ने अन्यत्र कुनै विकल्प भने छैन। तिनले एउटै प्रश्न पॉंच पल्ट गरे-कसैसित छ विकल्प? छ भने सुझाओस्‌। हामी काम गर्छौं। तिनको यो प्रश्नको उत्तर भने ‘टिस्टामा नै मैला फ्याक्ँछौं’रहेको छ।

0 comments: on "के छ विकल्प?- नगराध्यक्ष"