मुख्य समाचार :


विदेशी लाञ्छना लाउँदै इस्लामपुरमा पोष्टरिङ विदेसी भन्नेहरू नै खॉंटी विदेशी-मोर्चा

कालेबुङ २१ मार्च।
गोर्खाहरूलाई दार्जीलिङ पहाड छोड्‌ भन्दै  ईस्लामपुर चोपडाको महकुमा कार्यलयमा आज पोष्टर टॉंसिएको छ। सूत्र अनुसार गोर्खाहरु भारतीय नागरिक नभाएर अनुप्रवेशकारीहरु हुन् भन्ने कुरा पोष्टरमा लेखिएको छ।

पोष्टर कसले टॉंस्यो यसको पुष्ट समाचार छैन। किन भने पोष्टर टास्नेहरूले कुनै सङ्गठनको नाम उल्लेख गरेको छैन। तर पोष्टरमा गोर्खाहरु अनुप्रवेशकारी रहेको दाबी गरिएको छ। सुत्र अनुसार यस प्रकारका पोष्टरहरु अङ्ग्रेजी, हिन्दी अनि बङगला भाषामा लेखिएको छ भने पोष्टर महकुमा कार्यलयलको बिभिन्न भित्ताहरुदेखि लिएर बजारको कतिपय ठाउँहरुमा समेत लागाइएको छ। जसले गर्दा क्षेत्रमा बसोबासो गर्ने नेपाली भाषी गोर्खाहरुमा असुरक्षाको स्थिति उत्पन्न भएको छ।
पोष्टरद्वारा गोर्खाहरूलाई दार्जीलिङ छोड भनेर टॉंसेको पोष्टर सन्दर्भमा क्रामाकपाले घोर बिरोध जनाएको छ। क्रामाकपाले यस्ता पोष्टर टाँस्नेहरुले शान्ति शृङ्खला गरेर गोर्खाहरुलाई संवैधानिक अधिकारबाट बञ्चित राख्ने षडयन्त्र गरेको आरोप लगाएको छ। क्रामाकपा उपाध्यक्ष जे बी राईले  यस्ता पोष्टर टाँस्नेहरुलाई सरकारले यथाशीघ्र पक्राउ गरेर कानुनी कार्वाही गर्नुपर्ने माग गरेका छन्‌। तिनले  भने, गोर्खाहरुलाई बिदेशीको लाञ्छना लगाउँनुको साथै दार्जीलिङ समेत छोड्नु भनि धम्कि दिनु संविधान बिरोधी र राष्ट्र बिरोधी काम हो। यस्ता राष्ट्र बिरोधी मानिसहरुलाई प्रशासनले कार्वाही गरेर क्षेत्रको शान्ति शृंखला कयाम राख्नुपर्छ।  यहॉं बसोबासो गर्ने अल्पसंख्यक भारतीय नेपालीहरूको सुरक्षाको प्रत्याभुति हुनुपर्छ। गोर्खाहरुलाई बिदेशीको लाञ्छना लगाउँन अघि गोर्खाहरुको ईतिहास पढ्नपर्ने सुझाव  पनि तिनले दिएका छन्‌। गोर्खाहरुलाई बिदेशी भन्नेहरुलाई गोर्खाहरुको  इतिहास नै थाहा ननभएको तिनले दाबी गरे। गोर्खाहरुलाई घरी घरी बिदेशीको आरोप लगाउँनुमा सरकारको षडयन्त्र समेत हुन सक्ने शंका गर्दै यसमा कतिपय निजी स्वार्थ हेर्ने नेताहरुको मनोभावको कराण पनि गोर्खाहरु यसरी लाञ्छित बन्न परिरहेको राईले जनाए। भारतमा गोर्खाहरुले संबैधानिक अधिकारको कुरा गर्दा किन यस्ता बिरोधी शक्तिहरु सक्रिय हुन्छन् भन्ने प्रश्न गर्दै यस्तो परिस्थितिमा सम्पूर्ण भारतभरी छरिएर बसेका गोर्खाहरु एक भएर राजनैतिक हक र अधिकारको निम्ति मैदानमा उत्रनुपर्ने तिनले जनाए। वर्तमान समयमा राष्ट्रिय राजनैतिक सुराक्षाको निम्ति गोर्खाल्याण्डको आवाज बुलन्द भइरहॅंदा सरकारले षडयनत्र रच्ने कार्य गरिरहेको छ त्यस्तो समयमा गोर्खहरु छुटेर होइन जुटेर अघि बढ्नुपर्ने पनि तिनले जनाए।
 गोजमुमोले उक्त पोष्टरिङ सन्दर्भमा खासै प्रतिक्रया व्यक्त गर्न चाहेन।  यद्धपि गोजमुमो प्रवक्ता डा. हर्कबहादुर छेत्रीले यस्ता पोष्टरहरुमा ध्यान केन्द्रित गरेर आफ्नो शक्ति व्यर्थैमा खर्च गर्न नहुने बताए। वास्तवमा पोष्टर टाँस्नेहरुको कुनै अस्तित्व नै नरहेको दाबि गर्दै गोर्खाहरुलाई बिदेशीको लाञ्छना लगाउँनेहरु नै खाँटी बिदेशी हुन् भनि तिनले दाबी गरे। बिगतका ऐतिहासिक द्सतावेजहरुको आधारमा हेर्दा नै गोर्खाहरु यँहाका खाँटी बासिन्दाहरु हुन् भन्ने कुरा प्रमाणित हुने बताउँदै जसले बिदेशी भन्दैछन् तिनीहरु नै बङ्लादेशीअनुप्रवेशकारीहरु हुन् भनि छेत्रीले दाबी गरे। गोर्खाहरुलाई दार्जीलिङ छोड भन्नेहरुले पहिला गोर्खाहरुको इतिहास र भुगोल बुझ्न आवश्यक रहेको बताउँदै कुनै कुरा नजान्नेहरुले बोल्दा र बिरोध गर्दा फरक नपर्ने तिनले दाबी गरे। आफुहरुले भारतका प्रधामन्त्री, गृहमन्त्री तथा राष्ट्रपति आदलाई गोर्खाहरुको इतिहासबारे अवगत गराईसकेको दाबी गर्दै अस्तित्वमा नभएका मानिसहरुको बिरोधले कुनै प्रभाव नपर्ने तिनले दाबी गरे। नेपाली भाषा मान्यता आन्दोलनको समयमा भारतका तत्कालिन प्रधानमन्त्री मोरराजजी देशाईले यसरी नै गोर्खाहरुलाई बिदेशीका लाञ्छना लगाएका थिए। केही महिना अघि मात्र आदिवासी बिकास परिषदका राज्य अध्यक्ष बिर्सा तिर्कीले गोर्खाहरुलाई बिदेशीको आरोप लगाएर हाई पावर कमेटिलाई पत्रचार गरेका थिए भने पुन: मंगलबार सोही प्रकारको घट्ना दोहोरिएको छ।

0 comments: on "विदेशी लाञ्छना लाउँदै इस्लामपुरमा पोष्टरिङ विदेसी भन्नेहरू नै खॉंटी विदेशी-मोर्चा"