मुख्य समाचार :


जीना हत्याकाण्डः हत्यारा को?

कालेबुङ,5 जनवरी।
पेदोङको तोपखानामा समसॉंझ भएको जीना हत्याकाण्डको रहस्यको पर्दा अझ उठ्‌न सकेको छैन। एउटा प्रश्न चौतर्फी बनेको छ-हत्यारा को? यसै प्रश्नको इतिवृत्त पुलिसी कार्वाही घुमेको आज पचास दिन पुग्यो। तर हत्याराको सुइँको कतैबाट पनि पाइएको छैन। कालेबुङ थाना सूत्रबाट थाहा लागे अनुसार हत्याराको खोजीको निम्ति 90 प्रतिशत जॉंच प्रक्रिया सकिएको छ।
 अब हत्यारासम्म पुग्न 10 प्रतिशत जॉंच प्रक्रिया रहेको छ। यसको निम्ति पारिवारिक पक्ष अनि गाउँलेहरूले भनेजस्तो सहयोग नगरेको कारण मूल हत्यारासम्म पुग्न पुलिसलाई अझ समय लाग्ने छ। हत्यारासम्म पुग्नको निम्ति नै पुलिसले धेरैवटा पक्षलाई गोप्य राखेको छ। यसको जॉंचको निम्ति पुलिसले सबैप्रकारको उपाय अप्नाइसकेको छ। जीना हत्याकाण्डबाट रहस्यको पर्दा शीघ्र नै उठाउनुपर्ने पश्चिम बङ्गालको गृहन्त्रालयको चाप पुलिसमा रहेको पनि सूत्रबाट थाहा लागेको छ। किन भने कालेबङका विधायक डा. हर्कबहादुर छेत्रीले राज्य गृहसचिव समक्ष जीना हत्याकाण्डबारेको कुरा पुर्‍याएका छन्‌।

 अर्कोतिर विभिन्न संघसङ्गठनबाट पनि पुलिसमाथि निक्कै चाप रहेको छ। जीनाको टाउकोमा धारिलो हतियारको चोट रहेको थियो। यसैको कारण तिनको मृत्यु भएको थियो। तिनको हत्या के कारणले गरिएको थियो भन्ने कुरा रहस्यमा नै छ। स्मरणीय कुरा के छ भने तिनको हत्या तिनको घरदेखि केवल चालीस फीट पर भएको थियो। खेतमा तिनको कम्मरमुनीका लुगा खोलिएको थियो तर तिनको बलात्कार भने नभएको स्पष्ट भइसकेको छ। बलात्कारको कारण तिनको हत्या नभएको हो भने अर्को मूल कारण के हुन सक्छ त? एकातिर तिनको परिवारबाट भनेजस्तो सहयोग नभएको पुलिसले बारम्बार बताइरहेको छ। अर्कोतिर जीनामा नियुक्ति हुने सुनिएको थियो। जीना हत्याबारेेमा पुलिसले धेरै जस्तो नै प्रमाणहरू जुटाइसकेको बताइसकेको छ। अब केही दिनभित्रमा नै हत्यारा पुलिसको पञ्जामा पर्न सक्ने बताइएको छ।


0 comments: on "जीना हत्याकाण्डः हत्यारा को?"