मुख्य समाचार :


मेन रोडमा नै गणतन्त्र दिवसको निम्ति प्रशासनिक तयारी शुरू

 
कालेबुङ,5 जनवरी।
कालेबुङमा पहिलेदेखि नै गणतन्त्र दिवस धुमधामसँग स्थानीय मेलाटारमा हुने गरेको भए पनि यसपल्ट मेलाटारमा होइन मेनरोडमा नै कार्यक्रम गरिने भएको छ। गणतन्त्र दिवस कार्यक्रमको निम्ति अहिलेदेखि नै विभागीय तयारी शुरू भइसकेको छ। गणतन्त्र दिवसको पूर्वयोजना तयार पार्न आज महकुमा अधिकारी कार्यालयमा संघ-संस्था, शैक्षिक संस्थान लगायत अन्य प्रतिनिधिहरूलाई लिएर डिपुटी मेजिस्ट्रेट डिकी भोटियाले बैठक गरिन्‌। बैठक अवधि मोर्चा महकुमा समितिका सचिव शुभ प्रधान पनि उपस्थित थिए। सेभ द हिल्स, हेण्डस्‌, होप फ्यामेली ट्रस्ट, नेपाली साहित्य अध्ययन समिति, चालक महासंघ, हिमालयन फार्मर्स फ्रण्ट, स्वास्थ्य विभाग आदिसँग बसेको विभागीय बैठक अवधि गणतन्त्र दिवसमा हुने विविध कार्यक्रमहरूसहित कुन संस्थाको के कार्यक्रम दिने सन्दर्भमा चर्चा-परिचर्चा गरियो। आज बसेको पहिलो बैठकमा कार्यक्रमको रूपरेखा तयारी गर्ने काम भएको भए पनि कार्यक्रमको अन्तिम निर्णय 15 जनवरीको अघिल्लो बैठकमा नै निस्कने मेजिस्ट्रेट डिकी भोटियाले जनाइन्‌। यद्यपि, विभागीय योजना अनुसार मेनरोडमा हुने कार्यक्रमको पहिलो रूपरेखा भने तयार भइसकेको छ। नगरमा स्थानीय शैक्षिक संस्थानसँगै आर्मीे ब्याण्डले नगरमा मार्च-पास्ट गर्नेछ भने विभिन्न संघ-संस्थाहरूले छुट्टा-छुट्टै प्रदर्शनीहरूको आयोजना गर्नेछन्‌। सोही सेभ द हिल्सले गर्ने डिजास्टर मेनेजमेण्टमाथिको फोटो प्रदर्शनी जनचेतनामूलक रहनेछ भने नगरमा विभिन्न झॉंकीहरू निकालेर कार्यक्रममलाई अझ रोचक बनाउनेे आयोजक पक्षले योजना बनाएको छ। यसरी नै संघ-संस्थाहरूमा कुनैले  नगरमा सेचतनामूलक कार्यक्रमहरू गर्नेछ त कुनैले सडक नाटक, स्वास्थ्य जॉंच शिविर, कतिले फोटो प्रदर्शनी पनि गर्नेछ। सोही दिन सिटिजन अफ्‌ द डे को उपाधिले रेभ. एसडी सुब्बालाई सम्मानित पनि गरिने भएको छ। यसबाहेक पनि अन्य विविध कार्यक्रमहरूको अन्तिम सूची 15 जनवरीको दोस्रो बैठकमा नै तय हुनेछ। यसरी सधैं मेलाटरमा हुने गणतन्त्र दिवस यसचोटि मेनरोडमा गर्नु कालेबुङवासीको  निम्ति नितान्त नौलो अनुभव हुने आयोजक पक्षले सोँचेको छ।

0 comments: on "मेन रोडमा नै गणतन्त्र दिवसको निम्ति प्रशासनिक तयारी शुरू"