मुख्य समाचार :


भागोपले बुझ्यो युवा शक्तिको महत्त्व

 
कालेबुङ,5 जनवरी।
भारतीय गोर्खा परिसङ्घले अहिले आएर युवा शक्तिको महत्त्वलाई राम्ररी बुझेको छ। युवा शक्तिसँग मिलेर नै छुट्टै राज्यको लडाइँलाई टुङ्गो लगाउन सकिने भागोपले ठान्न थालेको छ। फलस्वरूप 8 जनवरीको दिन भारतीय गोर्खा परिसङ्गले सिलगढीमा युवा झुण्डसँग बैठक गर्ने मन बनाएको छ। भारतीय गोर्खा परिसङ्घको यो परिसङ्घको इतिहासमा नितान्त नौलो मानिएको छ। भापोप राष्ट्रिय कार्यकारी अध्यक्ष एनोस दास प्रधानले युवाहरूसँग हुनलागेको बैठकबारे बोल्दै भने, हामी समग्र गोर्खा युवा समूहलाई छुट्टै राज्य प्राप्तिको निम्ति विभिन्न राजनैतिक दलहरूमा विभाजन नभएर एउटै झुण्डमा युवा समूह अथवा युवा शक्ति अघि आउने आह्वान गर्छौं।  तर गोर्खाल्याण्ड म्याराथन भन्ने पट्टक होइन, कप जित्ने होडबाजी होइन।


जसले गोर्खाल्याण्डकै निम्ति केही गर्छ हाम्रो मागमा केही बल पुगेको हामी महसूस गर्छौं। युवाहरू एउटै झुण्डमा आएर युवा शक्ति भएर छुट्टै राज्य प्राप्तिको निम्ति जिम्मेवारीपूर्वक कार्य गर्नुपर्ने पनि  प्रधानले बताए। 8 जनवरीमा सिलगढीमा हुने बैठकमा युवाहरू सहाभागिता जनाउन अहिलेदेखि नै तत्परता देखाइरहेको पनि तिनले बताए। युवा झुण्डलाई लिएर भारतीय गोर्खा परिसङ्घले छुट्टै राज्य प्राप्तिको निम्ति एक अन्तरक्रियात्मक कार्यक्रम गरेर युवाहरूलाई बुझाउने प्रयास गर्ने भएको छ। भारतीय गोर्खा परिसङ्घको बुधाबारदेखि सिलगढीमा तीन दिवसीय केन्द्रिय कार्यकारी परिषद्‌को वार्षिक सभा हुने भएको छ। यस बैठकमा अशंग्रहण गर्न उत्तराञ्चल पूर्वाञ्चाल आदि क्षेत्रकाहरूले पनि तत्परता देखाइरेको प्रधानले बताएका छन्‌।

 तीन दिवसीय सभामा अहिलेसम्म गोर्खाल्याण्डको निम्ति गरेको पहलबारे चर्चा-परिचर्चा गरिनेछ भने गोर्खाल्याण्ड टाक्स फोर्सका प्रतिनिधिहरूको पनि बैठकमा सहभागिता रहने प्रधानले बताए। यसबाहेक राष्ट्रिय स्तरमा गोर्खाहरूले गरेको उपलब्धिमध्येमा एउटै मात्र रहेको नेपाली भाषाले मान्यता पाएको दुइ दशक पुगेको अवसरमा यसलाई नयॉं गरी बुझ्ने, खुशियाली मनाउने अनि जिम्मेवारी पनि बुझ्नुपर्ने कुराको समीक्षा पनि गरिने भएको छ। यसबाहेक भारतीय गोर्खा परिसङ्घ बङ्गालको अधिनियम अन्तर्गत पञ्जीकृत भएकोले बङ्गालदेखि बाहिर कार्य गर्न भइरहेको असुविधालाई हेरेर भागोपलाई केन्द्र (दिल्ली)-बाट नै पञ्जीकृत गर्न पनि बैठकमा चर्चा गरिने भएको छ। यसबाहेक भागोपको सातवटा मूल मुद्दाहरूबारे विशेष बहससँगै अन्य साङ्गठनिक  विषयहरू बैठकमा रहने भएको छ।

0 comments: on "भागोपले बुझ्यो युवा शक्तिको महत्त्व"