मुख्य समाचार :


निर्माणाधीन डम्पिङको भविष्य संकटमा

मनोज वोगटी
कालेबुङ,5 जनवरी।
2 करोड 29 लाख पश्चिम बङ्गाल पोल्युसन कन्ट्रोल बोर्डले कालेबुङमा डम्पिङ बनाउन अनुमोदन गरेको कुरा चलेको भएपनि यो पैसा अनुमोदन नगरेको नगरपालिकाका पूर्व प्रशासक तथा महकुमा अधिकारीले बताइसकेका छन्‌। पोल्युसन कन्ट्रेल बोर्डले राशि आवन्टन नगरेको बताउँदै विभिन्न योजनाहरूबाट पैसा चुँडेर भालूखोपको दलमान गाउँमा निर्माणाधीन रहेको डम्पिङको कुनै योजना नयॉं वोर्डले फेला नपारेको कुरा खुलिएको छ। नयॉंवोर्डको सोझो प्रश्न छ, यो निर्माणाधीन डम्पिङको योजना खै? यसलाई पूरा गर्न लगभग दस करोड लाग्छ, यत्रो राशि कसले दिन्छ? यो कुरा त्यति बेला खुलियो जतिबेला नगरपालिकामा सात करोडको भ्रष्टचार भएको अफवाह फैलियो। अफवाहबारे नयॉं वोर्डका नगराध्यक्ष एलबी परियारसित सोधखोज गर्दा भ्रष्टचारको कुरा अफवाह रहेको तर डम्पिङ निर्माणलाई लिएर समस्या खडा भएको तिनले स्पष्ट पारेका छन्‌।

भालूखोपको पुरानो डम्पिङमा मैला फ्यॉंक्नमा रोक लगाएपछि नगरपालिका लाचार छ। अहिले टिस्टा नदीमा मैला फ्यॉंक्ने कार्य भइरहेको सुनिएको छ। नगरको मैला फ्यॉंक्ने ठाउँ कहीं नरहेपछि नगरपालिकाको पुरानो प्रशासक तथा वर्तमान महकुमा अधिकारी एलएन शेर्पाले आफ्नो कोशिषमा दलमान गाउँमा लगभग दस करोडको लागतमा वैकल्पिक डम्पिङ बनाइरहेका थिए। यसमा  यसमा अहिलेसम्म लगभग दुइ करोड रुपियॉं खर्च भइरहेको छ। एलएन शेर्पाले यसको निर्माण गर्न नगरपालिकाको विभिन्न योजनाहरूबाट पैसा तानतुन गरिएको पनि खुलाएका थिए। एलबी परियार अनुसार डम्पिङको निम्ति भनेर कुनै छुट्टै योजना पनि छैन, राशि पनि छैन। तिनले बताए अनुसार दस करोडभन्दा धेर पैसा डम्पिङको निर्माणमा लाग्ने छ।

 तर नगरपालिकासित पैसा छैन। यसको निम्ति अहिलेसम्म सरकारबाट कुनै योजना पनि बनाइएको छैन अनि राशि पनि आवन्टन गरिएको छैन। तिनले भने, डम्पिङमा पुग्ने बाटो बनाउन नै अझ एक करोड लाग्न सक्छ। कहॉंबाट आउँछ यत्रो राशि? न त योजना छ न त पैसा। कसरी बनिन्छ डम्पिङ? अघिल्लो प्रशासकले विना योजना डम्पिङ बनाउन शुरु गरेको त खुलिएको छ नै यसको निम्ति निम्ति राशिको पनि पत्तो नरहेको स्पष्ट भएको छ। परियारको भनाइ अनुसार हो भने अब निर्माणाधीन डम्पिङको भविष्य संकटमा छ। योजना र राशिबिहिन डम्पिङको अवस्था के हुने हो, केही निश्चित छैन। डम्पिङ पुरा गर्न नगरपालिकासित पैसा छैन। पैसा नभएकोले यो डम्पिङ बनिने सम्भावना कम्ति बनेको छ। निर्माणाधीन डम्पिङ नबनिने हो भने उसो भए नगरको मैला कहॉं फ्यॉंक्ने? पुरानै डम्पिङमा? अब यस्तो प्रश्न उठ्‌न सक्ने देखिएको छ।

0 comments: on "निर्माणाधीन डम्पिङको भविष्य संकटमा"