मुख्य समाचार :


जीटीए छुट्टै राज्यको मार्गमा बाधा हो-गोटाफो


कालेबुङ,१० जनवरी|
मार्चमा जीटीए गठन हुने मोर्चाले बताइरहेको बेलामा जीटीएको विरोध गर्दै आइरहेको गोर्खाल्याण्ड टास्क फोर्सले जीटीएको गठन हुनु हुँदैन नभनी केवल जीटीए वर्तमान स्थितिमा भारतभरिका गोर्खाहरूको आकांक्षा रहेको छुट्टै राज्य गोर्खाल्याण्डको मार्गमा बाधा नै रहेको बताएको छ| गोटाफोका अध्यक्ष डा, एनोस दास प्रधानसित यसबारे बुज्न चहॉंदा तिनले भने, जब गोटाफो दिल्लीमा केन्द्रिय नेताहरूसित भेटघाट गर्नेक्रममा  जीटीएलाई  क्षेत्रीय होइन राष्ट्रिय समाधानकोरुपमा व्याख्या गरिएको पायौं|  जीटीए दार्जीलिङको क्षेत्रीय समस्याको समाधान रहेको भए हाम्रो भन्नु केही थिएन तर जीटीएलाई भारतभरिका गोर्खाहरूले दाबी गरिरहेको छुट्टै राज्य गोर्खाल्याण्डको समाधानको रुपमा बुझिएको कारण जीटीए देशभरिका गोर्खाहरूको चहाना रहेको छुट्टै राज्यको समाधान होइन भन्ने विषयमा हामीले विभिन्न कार्यक्रम नै गर्न पर्‍यो| जीटीएलाई देशभरिका गोर्खाहरूको समस्याको समाधान बताइन्छ भने यो त छुट्टै राज्यको मार्गमा बाधा बन्यो, त्यसकारण जीटीएको विरोध गोटापोले गरिरहेको छ| गोटाफोको यो दाबीबाट के थाहा पाइन्छ भने मोर्चा, राज्य अनि केन्द्र सरकारले दार्जीलिङको विकासको निम्ति भनेर होइन, उठिरहेको छुट्टै राज्य गोर्खाल्याण्डको समस्याको समाधान गर्नको निम्ति नै जीटीए मोडलको निर्माण गरिएको हो| तेलङ्गनाका आन्दोलनकारीहरूलाई केन्द्रले दार्जीलिङ मोडल देखाएको कुरा पनि राष्ट्रिय मिडियामा आइसकेको छ| तेलङ्गनाको निम्ति श्रूकृष्ण कमिशनले निकालेको ६ वटा मोडलहरूलाई दुत्कारेर छुट्टै राज्यको निम्ति नै आन्दोलन गरिरहेको तेलङ्गनाका आदोलनकारीहरूलाई केन्द्रले दार्जीलिङको मोडल देखाउनुले पनि मोर्चाले थापिरहेको जीटीए छुट्टै राज्य गोर्खाल्याण्डको समस्याको समाधानकोरुपमा बनाइएको मोडलकोरुपमा व्याख्या गर्न सकिन्छ| तेलङ्गना आन्दोलनकारीहरूले राष्ट्रिय मिडियामा राखेको कुरा अनि गोटाफोले दिल्ली भ्रमण अवधी जीटीएबाट नै गोर्खाहरूको समस्याको समाधान गरिएको भनी केन्द्रिय नेताहरूबाट पाइएको टिप्पणीले पनि छुट्टै राज्यको मार्गमा जीटीए अवरोध बनिसकेको कुरालाई नै इङ्गित गरिरहेको छ| प्रधानले भने,यद्धपि जीटीए हाम्रो मुद्दा होइन| गोटापोले केवल छुट्टै राज्यको आन्दोलन गर्छ| यो आन्दोलनमा जुन कुनै पनि बाधाको विरोध त हुन्छ नै| तिनले सोझै जीटीए गठन भए गोटाफोले त्यसको जमेर विरोध गर्ने कुरा नगरेपनि गोर्खाल्याण्डको आन्दोलनको मार्गमा आएका वाधाहरूको विरोध भने गर्ने बताएका छन्| तिनले भने, जीटीए छुट्टै राज्यको मार्गमा ठूलो बाधा हो| हरेक बाधाको सामना गर्दै गोटाफोले छुट्टै राज्यको आन्दोलन निरन्तर गर्ने छ| 
 


0 comments: on "जीटीए छुट्टै राज्यको मार्गमा बाधा हो-गोटाफो"