मुख्य समाचार :


जीना प्रधान हत्याकाण्ड प्रकरण विधायकले गरे पुलिसको क्षमतामाथि शंका


कालेबुङ,१० जनवरी|
जीना हत्याकाण्डलाई किन पुलिसले सुल्झाउन सकेको छैन, यसबारे कालेबुङका विधायक डा. हर्कबहादुर छेत्री अचम्ममा परेका छन्| के यस्तो सानो हत्याकाण्डको  मामिला सुल्झाउनको निम्ति मैले सीआईडीलाई भन्नुपर्ने?- तिनले यस्तो प्रश्‍न कालेबुङ पुलिसको क्षमतामाथि औंली उठाउँदै गरेका हुन्| तिनले भने, यस्ता साना मामिलाहरू त पुलिसले सुल्झाउनुपर्ने हो| यति सानो मामिला सुल्झाउन सक्दैन भने ठूलाठूला योजित हत्याका मामिलाहरू कसरी सुल्झाउने? यतिसानो हत्यामामिला सुल्झाउनु पनि सीआईडी र सीबीआईलाई भन्नुपर्छ र? पुलिसको यस्तै असंवेदनशीलताको कारण पुलिसबाट जनताको विश्‍वास हराइसकेको छ| के भनेर पुलिसमा विश्‍वास गर्नु? तिनले आफूले जीनाकी आमालाई न्याय दिलाउने बचन दिइसकेको बताउँदै बङ्गालका चीफ सेक्रेटेरीसित आफूले कुरा राखिसकेको अनि राज्यको गृहमन्त्रीलाई यसबारे ज्ञापन दिइसकेको बताउदै छेत्रीले भने, आवश्यक परेको खण्डमा यो कुरा म मुख्यमन्त्रीसित पनि राख्ने छु| विधायक छेत्रीले के आश्‍वस्त गराएका छन् भने कुनै पनि परिस्थितिमा जीनाका हत्याराहरूलाई पक्राउ गरिने नै छ|
 


0 comments: on "जीना प्रधान हत्याकाण्ड प्रकरण विधायकले गरे पुलिसको क्षमतामाथि शंका"