मुख्य समाचार :


सिलगढीमा क्रामाकपाको गठन तराई संग्रामको तयारी


कालेबुङ,१० जनवरी|
छुट्टै राज्यको मुद्दामा कटिबद्ध रहेको क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीको शाखा सिलगढीमा पनि गठन भएको क्रामाकपा प्रवक्ता गोविन छेत्रीले बताएका छन्| छेत्री अनुसार हिजो नयॉं समितिको बैठक वाङ्दी डुक्पाको अध्यक्षतामा सम्पन्न भयो| सिलगढीको चम्पासरीमा गठित क्रामाकपाको शाखा सङ्गठनका संयोजक कला बम्जन रहेका छन् भने १७ जनाको कार्यकारी समिति गठन भएको छ| बैठकमा छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति तराई र डुवर्सका जनतालाई वास्तविक रणनीति, छुट्टै राज्यको नाममा भइरहेको दलीय स्वार्थ र झुटका राजनीति अनि तराई क्षेत्रमा गैरसम्प्रदायिक तरिकाले अब हुने छुट्टै राज्यको आन्दोलनमाथि अवगत गराइने विशेष कार्यक्रमहररू तयार पारिएको बताइएको छ| गोविन छेत्रीले भने, तराईका मानिसहरूलाई छुट्टै राज्यको औचित्यबारे बुझाइने छ|  पहाड, तराई र डुवर्सको ऐतिहासिक क्षेत्रबारेका तथ्य अनि त्यहॉं अल्पसंख्यकहरूले भोग्न परेका समस्याबारे बुझाउनको निम्ति क्रामाकपाले तराईमुखी कार्यक्रमलाई तीब्र पार्ने छ| तिनले अझ भने, भारत स्वाधिनतापूर्वदेखि बागडोगरामा बस्दै आइरहेका अल्पसंख्यकहरूलाई अझसम्म पनि पर्चापट्टा दिइएको छैन| तराईभरि नै यो सङ्कट व्याप्त छ| अब यसको निम्ति तराई संग्रामको रुपरेखा क्रामाकपाले तयार पारिसकेको छ| तिनले बताए अनुसार उनीहरूलाई पर्चापट्टा दिलाइन क्रामाकपाले प्रयास गर्नेछ| तिनले बताए अनुसार पहाडका रोगीहरूलाई ठग्ने नर्सिङहोम अनि त्यहॉं बढिरहेको भ्रष्टचारहरूबारे प्रशासनिक अधिकारीहरूलाई बुझाउन शीघ्र नै अधिकारीहरूसित बैठक गर्ने पनि तिनले बताएका छन्|
 


0 comments: on "सिलगढीमा क्रामाकपाको गठन तराई संग्रामको तयारी"