मुख्य समाचार :


कालेबुङमा कृषि पर्यटन महोत्सव शुरू तीन महिनामा रेलीको नक्शा परिवर्तन गर्ने बिमलको घोषणा


प्रज्ज्वल छेत्री
कालेबुङ,11 जनवरी।
कालेबुङको रेली पाला(मिलनटार) मा आजदेखि तीन दिवसीय कृषि  पर्यटन महोत्सव शुरू भयो। जिल्ला प्रशासनको आयोजनामा अनि गोजमुमोको सक्रियतामा सम्पन्न महोत्सव आज विधायक डा. छेत्रीको बाहुलीबाट विधिवत उद्घाटन गरियो। यस अवसरमा मोर्चा अध्यक्ष विमल गुरुङ, कालेबुङका नगराध्यक्ष एलबी परियार, दार्जीलिङका विधायक त्रिलोक देवान, दागोपाप प्रशासक अनिल वर्मा, नारी मोर्चा कोर कमिटी सदस्य आशा गुरुङ, दागोपाप पर्यटन विभागका सचिव पीटी शेर्पा, विनय तामाङ आदिको उत्सवमा विशेष सहभागिता रहेको थियो। महोत्सवको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै तीन महिनाभित्रमा रेलीको नक्शा परिवर्तन गर्ने कुरा विमल गुरुङले गरे। तिनले भने, 21 वषर्र्सम्म रेलीमा घोडा मात्र कुद्यो केही उन्नति भने भएन। कालेबुङमा नानीहरूको निम्ति कुनै खेल्ने ठाउँ छैन। रेलीमा चिल्ड्रेन पार्क बनाइनुपर्छ। तिनले आज नै दागोपापसँग बसेर चॉंडै रेलीमा सुदर चिल्ड्रेन पार्क बनाउने घोषणा गरे। यसरी रेली कालेबुङमा एक पर्यटकीय स्थल हुँदाहुँदै पनि यहॉं पर्यटकहरूको सुविधाको निम्ति कुनै पनि व्यवस्था नरहेको पनि आज गुरूङले देखे। यदि पर्यटकलाई भरसक सुविधा प्रदान गर्नसके पहाडमा धेरै पर्यटकहरू भित्रिनै विचार राख्दै यसबाट धेरै हदसम्म बेकारी समस्या समाधान हुनसक्ने बताए। 44 महिनाको लामो आन्दोलनपछि जीटीएमा हस्ताक्षर भएको भएपनि परिश्रम नगरिकन सबै थोक पाइहाल्छ भन्ने आशा नगरे हुने पनि गुरूङले बताए। नुनिया चामल, कालो दालहरू सुन्तला अलैंची आदिको व्यापक उब्जनी हुने कालेबुङमा अहिले यी जम्मै कुराहरू हराउँदै गएकोमा पनि गरुङले निराशा व्यक्त गरे। कालेबुङको कुना काप्चा जम्मै डुलिसकेको बताउँदै गुरूङले आफूहरूले आफ्नै ठाउँमा  परिश्रमद्वारा नै विकास गर्नुपर्ने बताए। विल्डिङ र खरको घरको फरक पैह्रो र भुइँचालोले देखाइसकेकोले कतिपय ठाउँमा पूर्खाको कुराहरूको पनि स्मरण गर्नुपर्ने गुरूङले थपे। कृषकहरूको  आर्थिक उन्नतिको निम्ति कृषि पर्यटन गर्ने आफ्नै योजना रहेको अनि दागोपापसँग कुरा गरेर नै यो सम्भव बनेको बताए। कृषकहरूलाई उब्जनी गर मात्र भनेर पनि नहुने भएकोले सरकारले पनि कृषकहरूलाई त्यति कै सहायता प्रदान गर्नुपर्ने बताए। मधेशबाट ल्याएर सागसव्जीहरूबाट धेरै विरामीहरू फैलिरहेको भएपनि कृषकहरूले आफ्नो जमिनमा उब्जनी गर्न छोडिसकेको पनि तिनले बताए।  यहॉं उब्जनी भएका सागसब्जीहरूसँगै आजको मेलामा देखिएका बढा बढा जुरभएका गोरूहरू प्रायः अन्यत्र नपाउने बताउँदै पहाडको स्रोतहरूको प्रदर्शनी हुन आवश्यक रहेको बताए। यसरी नै दार्जीलिङका विधायक त्रिलोक देवानले पहाडको बागवानी अनि फूल खेती  विस्तारणको निम्ति कम्तीको पनि  एक सय करोडको प्रोजेक्ट तयार पार्नुपर्ने बताए। जीटीए गठनपछि सिम्ला अनि कर्नटकाको वागवानी अनि फूलखेती केन्द्रबाट परामर्ष लिएर नै प्रजोक्ट तयार गर्नुपर्ने तिनले बताए। जीटीएमा वागवानी अनि फूलखेतीको प्रावधान रहेकोले बागवानी फूलखेती केन्द्र कालेबुङमा नै बनिनुपर्ने कुरामा तिनले जोड दिए। कालेबुङमा कृषि सम्पदाको निम्ति दार्जीलिङमा भन्दा अधिक सम्भावनाहरू रहेकोले नै केन्द्र कालेबुङमै नै हुनपर्ने देवानले बताए। दार्जीलिङ चिया अनि पर्यटन उत्सवमा वडी विल्डिङ अनि व्याण्ड डिस्प्लेेमा पनि कालेबुङले नै अत्याधिक जीत हासिल गरेको कुरा झिक्दा अरू कुरामा नभएपनि कालेबुङ कृषि प्रधान क्षेत्र रहेकोले कालेबुङमा प्रायः मानिसहरू दार्जीलिङको तुलनामा सक्षम रहेको बताए। कालेबुङमा धेरै नर्सरीहरू रहेको तर आजसम्म उचित व्यवस्थापन नसकेको पनि तिनले बताए। कृषकहरूलाई  सुझाउ दिँदै तिनले अझ परिश्रम, लगनशिलता र निष्टापूर्वक खेतीमा लागिपर्नुपर्ने बताए। दोगोपाप प्रशासक अनिल वर्माले भने दार्जीलिङ पहाडमा दागोपापपछि नयॉं व्यवस्था लागु भएपनि यस्ता कार्यहरूलाई निरन्तरता दिनुपर्ने सुझाव राखे। प्रकृतिले पहाडलाई वरदान दिएको बताउँदै त्यसको उचित कदर गर्नुपर्ने पनि प्रशासक वर्माले बताए। भारतमा हाल कृषि  उत्पादनमा आइरहेको कमिबारे पनि जानकारी गराउँदै शिक्षित बेरोगारहरूले आधुनिक तक्निकीद्वारा कृषिमा ध्यान दिन आवश्यक रहेको बताए। कृषकहरूलाई खेतीप्रति अधिक जानकारीहरू दिलाउन सक्नुपर्ने पनि  तिनले बताए। यसै अवधी कालेबुङ  नगराध्यक्ष एलबी परियारले कृषि सम्बन्धी कालेबुङको सुनौलो इतिहासको वर्णन गरे। ब्रिटिशकालीन समयमा पनि योभन्दा भव्य रूपमा मेलाटारमा कृषि मेला लाग्नेगरेको  बताउँदै अहिले लहलह धानहरू हुने कालेबुङमा अहिले नुनिया चामल पनि हत्तपत्त नपाउने गरेको बताए। कालेबुङ कृषि प्रधान क्षेत्र हुँदाहुँदै पनि बजार व्यवस्थापन भने सही ढङ्गमा नभएको बताउँदै कालेबुङ रेगुलेटेड मार्केट बन्द रहेको कुराहरू पनि तिनले दोहेर्‍याए। कृषकहरुलाई विभागीय सहायता प्रदान हुनसके कृषिको क्षेत्रमा कालेबुङको धेरै विकास हुनेकुरा पनि तिनले गरे। सुन्तलामा रोग लाग्यो, अलैँची हुन छोडिसकेको कुराहरू गर्दै तिनले यस दिशामा पहल हुन आवश्यक रहेको बताए। उत्सवका मुख्य अतिथि डा. हर्कबहादुर छेत्रीले विमल गरुङले गरेको चिल्ड्रेन पार्क बनाउने कुरालाई कुनै पनि हालतमा सफलीभूत पार्नपर्ने बताए। तिनले भने, हामीले राम्रो पर्यटकीय स्थल बनाउनुपर्छ, पर्यटकहरूलाई धेरै सुविधा हुनुपर्छ। धेरै वर्षपछि मोर्चाको सतप्रयासमा यस्तो समय फर्किएको छ जसबाट पहाडको विकासँगै पर्यटक अनि कृषि क्षेत्रमा पहल गर्न सकिन्छ। कृषि विकासका निम्ति यहॉंका शोधकर्ताहरूले धेरै राम्रा राम्रा प्रोजेक्टहरू तयार पारेका छन्‌ जसलाई कार्यन्वयन गर्ने दिशातर्फ दागोपाप प्रशासकसम्म लाने पनि तिनले बताए। उत्सवको एउटा सन्दोश कृषकहरू फेरि परिश्रमतर्फ फर्केर जानुपर्ने रहेको पनि छेत्रीले बताए। तिनले भने, बङ्गालमा पुरानो सरकार हुँदा दार्जीलिङमा   आलूको अनुसन्धान केन्द्र थियो। तर त्यहॉं आलूको अनुसन्धान होइन आलू पाइने ठाउँ मात्र बनेको थियो। तर त्यो अहिले कहॉं पुग्यो भन्ने पत्तो नभएको पनि छेत्रीले बताए। आजदेखि रेली पाला(मिसनटार)मा शुरू भएको तीनदिने कृषि महोत्वमा खण्ड प्राणी सम्पदा विकास विभाग कालेबुङ खण्ड 1 ले पशु स्वस्थ्य एवं पालन विषय जनचेतना शिविर राखेको छ भने हिमवृत वीर्य पद्धतिद्वारा कृतिम गाई प्रजनन विषय विभागीय प्रशिक्षण पनि राखिएको छ। यस्तै अन्तर्गत हिमवृत पद्धतिबाट उच्च प्रजातिका गाईका बाछाहरू, उच्च प्रजातिका बाख्राहरू, बढा बढा जुरोहरू भएको गोरूहरू पनि प्रदर्शनीमा राखिएको छ जुनबीच आयोजकपक्षले प्रतियोगिता पनि गर्नेछ। यसरी नै यसै विभागले पशु रोगमाथि विविन्न औषधिहरूसँगै तालीम पनि प्रदान गरिने व्यवस्था रहेको छ। उत्तर बङ्गाल कृषि विज्ञान केन्द्रले फूल-सब्जी, मसला जातीय पदार्थहरूको प्रदर्शनी राखेका छन्‌ भने स्पाइसिस वोर्डले राखेको पारम्पारिक अनि आधुनिक भट्टिहरू पनि मेलामा राखिएको छ। यसबाहेक लिङ्गे पिङमा नानीहरू झुमिरहेको मेलामा देख्न पाइन्छ भने विभिन्न विभागले राखेको फूल खेती, सहासिक पर्यटनका चित्र प्रदर्शनी, बन विभागको प्रदर्शनी, उत्तर वङ्ग कृषि विश्वविद्यालयको आधुनिक तक्निकीय सामाग्रीहरूले पनि धेरै सहायता पुर्‍याउने देखिएको छ। 


0 comments: on "कालेबुङमा कृषि पर्यटन महोत्सव शुरू तीन महिनामा रेलीको नक्शा परिवर्तन गर्ने बिमलको घोषणा"