मुख्य समाचार :


भुइँचालो सकियो झगडा शुरूः पञ्चायतकर्मी र पिथामचिनका मानिसहरुबीच झडप





मनोज वोगटी
कालेबुङ,11 जनवरी।
भुइँचालो त सकियो तर अब झगडा भने शुरू भएको

छ। लिङ्‌से ग्रामपञ्चायत क्षेत्रलाई भुइँचालोले व्यापक क्षति पुराए पनि क्षतिपूर्ति भने कसैले पाएन। भुइँचालो पीडितहरूले क्षतिपूर्तिको भने आशा गर्न छाडेका छैनन्‌। पीडितहरू आफ्नो क्षतिपीर्तिको निम्ति आएकोराशिबारे पञ्चायत कार्यालयमा सोधखोज गर्न जॉंदा जानकारी पाउनको साटो झगडा पर्नु पर्‍यो। पैसा सोध्न गएकाहरू कार्यालय पुग्ने वित्तिकै कार्यालयरणभऊमिमापरिणतभएको थियो जसमा 5 जना मानिसहरु गम्भिररुपले घाइते बने। पीडितत घा

इते बने नै पञ्च्यात कर्मी पनि झडपमा घाइते बने। लिङ्‌सेकालेबुङदेखि सबैभन्दा टाडाको दुर्गम क्षेत्र रहेको छ। लगभग 58 किलो मिटर टाडामा रहेको लिङ्‌सेका भुइँचालो पीडितहरूको निम्ति पैसाआएको थियो,यसैबारे मङ्गलबार पीडितहरू पैसाबारे बुझ्न पञ्चायत कार्यालय पुगेका थिए। धेरै पीडितहरू रहेकोले कसलाई कति राशि उपलब्ध गराउनु पर्ने विषयमा सभा राखिएको थियो। तर सभा नै रणङभूमिमा परिणत भयो। झगडा गर्नेहरू पिथामचिनका मानिसहरू रहेको अनि उनीहरूले वास्तविकता नबुझी सोझै कर्मीहरूलाई आक्रमणगरेको पञ्चायतकर्मी रोहित छेत्रीले प्रेसलाई बताएका छन्‌। कर्मी अनि पीडितहरूबीच भएको झडपमा धेरै घाइते बनेका छन्‌ उनीहरूमा पञ्चायत सहकर्मी सोनाम टॉंसी भोटिया, मनबहादुर सुब्बा, भीमलाल सुब्बा, पासङ तेम्बा शेर्पा अनि मुक्तिनाथ शर्मा रहेका छन। उक्त घाइतेहरु मध्ये सोनाम टॉंसी भोटिया अनि मनबहादुर सुब्बालाई सिलगडी रेफर गरिएको छ भने अन्य घाइतेहरु यहॉंको महकुमा अस्पतालमा उपचाराधीन छन्‌। महकुमा अस्पतालमा उपचाराधीन गाइतेहरूले अकारण नै पिथामचिनका सय भन्दा अधिकसंख्यामा आएका मानिसहरूले आक्रमण गरेको बताएका छन्‌। कमीर्र् रोहित छेत्रीलेजनाए अनुसारपिथामचिनका मानिसहरूले भुइँचालो पीडितहरूको निम्ति आएको राशि बारबर हुनुपर्ने दाबी गरेको थियो। तर सरकारबाट पूर्ण क्षतिग्रस्त बनेका घरहरुको निम्ति 35 हजार अनि आंशिक क्षतिग्रस्त घरहरुको निम्ति 5 हजार आएको पिथामचिनका मानिसहरूलाई बताउँदा यसैको विरोधमा झगडा भएको थियो। छेत्रीलेे गाउँलेहरुलाई यदि कसैको नाम भुईँचालो पीडितहरूको सूचीमा छुटे लिखितरुपमा जनाउ गर्नु पर्ने बताइएको थियो तर मानिसहरूले त्यसको जवाबमा लात घुस्सी कर्मीहरूलाई दिए। यता गोजमुमो लाभा लिङ्‌सेेका महकुमा समिति सदस्य सीपी दहालले पनि पिथामचिनका मानिसहरूकै दोष रहेको बताएका छन्‌। आफु घटना स्थलमा रहेको अनि कर्मीहरूले सरकारबाट आएको पैसाबारे उनीहरूलाई जानकारी दिएको भए पनि पैसासबैलाई बराबरी हुनुपर्ने जबरजस्ती मानिसहरूलेगरेको मात्र होइन कर्मीहरूलाई आक्रम पनि गरेको तिनले बताएका छन्‌।तिनले दोषीहरूलाई शीघ्र नै पक्राउ गर्नु पर्ने माग पनि गरेका छन्‌। तिनले आरोप लगाएअनुसारपिथामचिनका मानिसहरूले पिथामचिन एम एस के बिद्यालयको भान्साघर भत्काएको पनि आरोप लगाएका छन।




कर्मीहरूले हिनामिना गरेको गाउँहरूको आरोप
कालेबुङ,11 जनवरी।
कर्मीहरूले पञ्चायत कर्मीहरूलाई त्यसै हातपातनगरेको पुष्टिगरेका छन्‌।उनीहरूले जनाए अनुसार कर्मीहरूले भुइँचालो पीडितहरूको निम्ति आएको राशिमा व्यापक हिनामिना गरेका छन्‌। सरकारबाट पूर्णक्षतिको निम्ति आएको 35 हजारबाट कर्मीहरुले 5 हजार अनि आंशिक क्षति भएकाहरुको निम्ति आएको 5 हजारबाट 5 सय रुपियॉं कर्मीहरूले काट्ने गरेको आरोप पीडितहरूको छ। गोजमुमोकै पिथामचिन शाकाअध्यक्षले पनि योकुरालाई पुष्टि गर्दै पीडितहरुको निम्ति आएको पैसामा ब्यापक हिना मिना भएकैले मानिसहरु आक्रोशित भएको बताएका छन्‌। आफू घाइते भएको सम्बन्धमा बताउँदै तिनले आफुहरुले कसैलाई आक्रमण नगरेको तर गाउँलेहरुको आक्रोस देखेर भाग्दा लडेर घाइते भएको जनाएका छन्‌। तिनले भने, पञ्चायत कार्यालयमा व्यापक भ्रष्टचार छ। यही भ्रष्टचारको सीमा नाघेकोले मानिसहरू आर्कोशित बनेको तिनको भनाइ छ। तिनले भने, कर्मीहरुले गरीबहरुको निम्ति आएको पैसा बिनाकाण काट्ने गरेकोले नै यस्तो घटना भयो। तिनले के पनि भनेका छन्‌ भने भ्रष्टचारगर्ने कर्मीहरूसित व्याङ्‌कका कर्मचारीहरू पनि मिलेको छ। तिनलेजनाए अनुसार कर्मीहरुले व्याङ्‌कबाट विड्रल फारम भर्न लगाएर पासबुक समेत आफैहरुले राख्ने गरेका थिए। तिनले भने, यस्तो शोषण अब जनताले कुनै पनि हालतमा सहन गर्ने छैन। तिनले भ्रष्टचारबारे खण्डविकास अधिकारीलाई समेत जानकारी दिइसकेको पनि तिनले जनाएका छन्‌।



जकसले गर्‍यो अनिश्चितकालीन खण्डबिकास कार्यलय र ग्राम पंचायात कार्यलय बन्द
कालेबुङ,11 जनवरी।
जनमुक्ति कर्मचारी संगठनले लिङसेमा भएको झडपबारे भर्त्सना जनाएकोे छ। पञ्चायतका सहकर्मीहरूमाथि यस्तो खाले आक्रमणहुनुले कर्मीहरू असुरक्षित रहेको स्पष्ट रहेको बताउँदै जकसले भर्त्सना हो। जकसका अध्यक्ष खडकबिक्रम सुब्बले आक्रमणकारीहरूलाई यथाशीघ्र पक्राउ गर्नु पर्ने माग गरेका छन। तिनले पञ्चायत कर्मीहरू माथि भएको हमला निन्दनीय रहेको जनाउँदै यसको विरोधमा भोलिदेखि कालेबुङ महकुमा भित्र रहेका तीनवटा खण्ड बिकास कार्यलय अनि 41 वटा ग्राम पञ्चायत कार्यलयहरु अनिश्चितकालीन बन्द गर्ने घोषणा गरका छन्‌। तिनी अनुसारपीडितहरूले क्षतिपूर्ति पाउनुपर्छ तर क्षति नै नभएकाहरूले पैसा माग्नु ठीक होइन। दोषीहरूलाई पक्राउ नगरिञ्जेलसम्म बन्द यथावत रहने बताउँदै तिनले भने, तर पनि दोषीहरू पक्राउ नगरिए पहाडभरिका खम्ड अनि पञ्चायतकार्यालयहरू अनिश्चितकालीनबन्द हुनेछ।

0 comments: on "भुइँचालो सकियो झगडा शुरूः पञ्चायतकर्मी र पिथामचिनका मानिसहरुबीच झडप"