मुख्य समाचार :


पहिलो पुस्ताको ज्ञान दोस्रो पुस्तालाई


प्रज्ज्वल छेत्री
कालेबुङ,१० जनवरी|
हामी कतिञ्जेल बॉंच्छौं र? हाम्रो लिपि भाषा र संस्कृति बिलुप्तिएर जाउँदैछ| हामी रहनौंैं भने पनि हाम्रो भाषा संस्कृति बॉंच्न जरूरी छ| जे जती हामीले सिकेका छौं ति जम्मै विषयहरूलाई हामी हार्मो सन्तानलाई छोडिराक्न चाहन्छौं| नानीहरूलाई पठापाठन गराइरहेको संस्था याकथुङ सोङ चोङ्खपोका उपाध्यक्ष अवसकाशप्राप्त सैनिक केबी. सोङपाङ्गपे ले यसो भने| याकथुङ सोङ चोङ्खपोका चार प्रतिनिधिहरू अध्यक्ष नोर्धोज लिम्बु, उपाध्यक्ष केबी. साङ्पाङपे, तीर्थ बहादुर लिम्बु अनि प्रवोध प्रिय लिम्बुले अहिले स्थानीय ढुंग्रा बस्तीमा ४४ जना नानीहरूलाई लिम्बु भाषा, लिपि अनि संकृतीको ज्ञान पहिलो पुस्ताबाट दोस्रो पुस्तालाई प्रदान गर्ने काम गरिरहेका छन्| क्षेत्रभरिका नानीहरूलाई बटुलेर विद्यार्थीहरूको शितकालीन विदाअवधी १० बजेदखि १ बजेसम्म दैनिक तीन घण्टा लिम्बु लिपि पठनपाठन गराइन्दैछ भने  त्यपछि पनि नानीलाई लिब्बुहरूको साजबाजसहित सांकृतिक नृत्य च्याब्रुङ अनि धान नॉंचहरू सिकाइने कार्य भइरहेको छ| उपाध्यक्ष केबी. साङ्पाङपेअनुसार सिक्किमका लाल जोन्दाङले पहिलोपल्ट कालेबुङको रौसेमा २६ जुलाई १९२५ सालमा चुमलुङ गठन गरेर लिब्बु लिपि पठनपाठन शुरू गरेका थिए| जोनाङबाट नै उनीहरूले तेस्रो कक्षासम्म लिम्बु लिपि पठनपाठन गरेका थिए| त्यसताक गाउँबाट राशी संग्रह गरेर शिक्षकलाई मासिक ५ रूपिँया दिने गरेको साङपाङपे बताउँछन्| सिक्किमका लाल जोनाङले छोडीराखेको स्कक्रिपप्टलाई आजम्म आफूहरूले संगालेर राखेर त्यसै आधारमा अहिले नानीहरूलाई लिम्बु लिपिहरू सिकाइने कार्य भइरहेको तिनी बताउँछन्| अहिले उल्टो सिक्किमले नै आफूहरूबाट त्यही लिपि लगेर सिक्किममा बीएसम्म पठनपाठन भइरहेको पनि साङ्पाङपे बताउँछन्| याकथुङ सोङ चोङ्खपोका अध्यक्ष नर्धोज लिम्बुले भने, हाम्रो च्याब्राङ नृत्य मात्र पनि २८ प्रकारको छ| हाम्रो आफ्नै लिपि, भाषा र संस्कृति छ जो दिनोदिन लुप्त बन्दैछ| च्याब्राङ, धाननॉंच, नेग्रा, धण्टी, नारीहरूले बजाउने विनायो र मचुङ्गा हाम्रा प्रमुख साजबाजहरू हुन्, जसको संरक्षण हुन अनिवार्य छ| हाम्रो लिपि भाषा र संकृतिको संरक्षण अनि सम्बरद्धन गर्न जरुरी छ| हाम्रो संस्कृति यति धनी हुँदाहुँदै पनि हामीमाझ अशिश्रितहरू धेर रहेकोले आजसम्म हाम्रो भाषा अनि संस्कृति फष्टाउन सकेको छैन|  हामी बितेपछि हाम्रो संकृतिमा विलुप्त भएर जाने हामीमा डर छ| त्यसैले लिम्बुहरूको संस्कृति बचाइराख्न स्थानीय नानीहरूलाई पठनपठा गराउन हामीले शुरू गरेका हौं| बमबस्ती, देवराली, अप्पर-लोवर ढुंग्रा, १० माइल, विरालकोठी आदिका ४४ जना विद्यार्थीहरूले खुबै उक्तुसकापूर्ण अहिले ढुग्रास्थित सङ्गठनको नीजी कार्यलयमा लिम्बु भाषा अनि संकृतिहरू अग्रजहरूबाट आजको २१ औं शताब्दीमा पनि लिने मौका पाइरहेका छ, जुनद्वारा लिम्बु बूढाहरूले आफ्नो जातीय अस्तिव भविष्यमा पनि कायम रहने सपना सजाइराखेका छन्| लिम्बुहरूको गढ मानिने ढुंग्रा बस्तीमा हाल सङ्गठनले कुनै सरकारी सहयोगबिना गाउँबाट उठाएर अनि मृत्ुपर्यतन गर्ने दानहरूबाट पॉंच डेसिमल जमिनमा तीनतल्ले भवन निर्माण गरिरहेको छ| जसमा मुनिल्लो तलामा सांसकृतिक कार्यक्रमहरूको निम्ति रहने दोस्रो तलामा बाहिरबार आएका विद्यार्थीलाई बस्न दिइने, लाब्रेरी, र म्यूजियम बनाउने अनि माथिल्लो तलामा युमाको पूजा गरिने सङ्गठनले योजना बनाएको छ|
 


0 comments: on "पहिलो पुस्ताको ज्ञान दोस्रो पुस्तालाई"