मुख्य समाचार :


वार्ड कमिटीसँग नगरपालिकाको बैठक स्वेरेज समस्या समाधानार्थ २१ जनवरीमा बैठक


कालेबुङ,१० जनवरी|
कालेबुङ नगरको विविध समस्या समाधानार्थ नयॉं नगरपालिका वोर्डले निक्कै चासो देखाउन शुरू गरेको छ| आज नगरपालिकाको नयॉं वोर्डले नगरको २३ वटै वार्डका प्रतिनिधिहरूसँग बैठक गर्‍यो| जम्मै वार्ड प्रतिनिधिहरूले मञ्चमा आसिन नगराध्यक्ष एलबी परियार, उपाध्यक्ष गंगामाया गुरूङ, अनि आ-आफ्नो नगरपार्षदहरूअघि समस्याको थुप्रो राखिदिए| कसैले झोडा, नालाहरू मरम्मति हुनुपर्ने कुरा राखे त कसैले सडकहरू भत्किसकेकोले चॉंडै मरम्मति हुनुपर्ने गुनासो पोखे| कतिले वार्डको मैलाहरूको कुरा राखे त कतिले  हाटबजार परिसरको पब्लिक पाइखाना पसिनसक्नुको अवस्था रहेको बताए| कतिले सिभरेजको समस्या देखाए त कतिले कालेबुङको रेगुलेटेट मोर्केट दिनोदिन नशाखोरहरूको अड्डा बनिरहेको कुरा सुनाए| रेली रोड 'डेन्जर जोन' बनिसकेको कुराहरूसँगै ट्राफिक समस्याको कुराहरू प्रतनिनिधिहरूले गरे| यस्तै थुप्रै समस्याहरू नगरपालिका वोर्डको चुनौतिको रूपमा वार्ड कमिटीहरूले राखे| आ-आफ्नो वार्डका नगरपार्षसहित नगराध्यक्ष एलबी परियारलाई वार्ड प्रतिनिधिहरूले नगरभित्रको हरेक समस्याहरू देखाइदिए| निवारण गर्नसकिने उपायहरू देखाउँदै नगराध्यक्षले प्रत्येक समस्याहरूलाई डायरीमा नोट गरे| मानौं समस्या विषयमा नै आज स्थानीय रामकृष्ण रङ्गमञ्चमा वार्ड प्रतिनिधिहरू अनि नयॉं नगरपालिका वोर्डबीच अन्तरक्रिया नै भयो| त्यसै अवधी नगराध्यक्ष एलबी परियारले १९३५ सालअघि आफ्नो जन्मअघि नै जडान गरिएको स्वेरेज लाइन काम नलाग्ने भइसकेको अनि नयॉं गरी जडान गर्न आवश्यक रहेको  बताए| यद्यपि अहिले नै जम्मै स्वेरेज लाइनहरू नयॉं जडान गर्न नसकिने भएपनि मरम्मतिको निम्ति भने २१ जनवरीमा दागोपाप प्रशासक सिलगडी म्यूनिसिपल इञ्जिनियरिङ डिपाटर्र्मेन्ट अनि कालेबुङ नगरपालिकाको बैठक रहेको जानकारी गराए| नगरपालिका हाल आय स्रोतको वृद्धि गनेर्र् दिशातर्फ लागेको बताउँदै आगामी बजेट सत्रमा नै स्वेेेरेजको पूर्व नयॉं लाइन जडान गर्ने दिशामा  केही पहलहुनक्ने आशा रहेको बताए| जीटीए अन्तर्गत प्रोेजेक्ट सही ढङ्गमा लागु भए आगामी दुइ वर्षभित्रमा कालेबुङमा तीनवटा मोटर स्ट्याण्डहरू निर्माण पूर्ण हुनसक्ने बताए| एकपल्टमा ५०० भन्दा धेर बाहनहरू अटाउन सकिने मोटर स्ट्याण्डको परिकल्पना नोभेल्टी परिसरमा भइसकेको भएपनि नोभेल्टी टोलका ४५ परिवारलाई स्थान्तरण गरेपछि नै सो सम्भव हुने तिनले बताए| यस नोभेल्टी टोलका ४५ परिवारको स्थान्तरणको दिशामा पनि सबै पक्षबाट भरसक पहल भइरहेको पनि तिनले बताए| रोगुलेटेड मार्केट  दिनोदिन नशाखोरहरूको अड्डा बनिएको सन्दर्भमा तिनले पुलिससँग अहिले आफूहरूको सम्बन्ध राम्रो रहेको बताउँदै पुसिल प्रशासनको माध्यमबाट सो निवारण गर्न सकिने बताए| कालेबुङ रेगुलेटेड मार्केट आफ्नै प्रयासमा बनिएको बताउँदै आफू नोकरीबाट अवकाशग्रहण गरिसकेको यतिका वर्ष वितिसक्दा पनि मार्केटको अवस्था त्यस्तै रहेको बताए| विभागीय पक्षसँग कुरा गरेर मार्केट सुचारू गर्न अथवा विकल्प निकाल्न कुनै न कुनै पहल गर्नुपर्ने नगराध्यक्ष परिायारले बताए| कालेबुङ नगरेको मूल समस्या मैलाको सन्दर्भमा भने, नष्ट गरिन सक्ने मैलालार्ई आ-आफ्नै वार्डमा जलाएर नष्ट गरिनुपर्छ| वार्डको आधा समस्या वार्डमा नै समाधान गर्नुपर्छ| कुहुने नकुहुने मैलाहरू छुट्टाएर रिेसाइक्लिन गर्नसक्नेलाई गरेर कुनै पनि अवस्थामा नगरलाई सुन्दर राख्न नगरपालिकाले पहल गर्ने अनि प्रत्येक जनसाधरणले नगरलाई आफ्नै घर ठानेर स्वच्छ राख्ने जिम्मेवारी बहन गर्नुपर्ने पनि तिनले  बताए|
 


0 comments: on "वार्ड कमिटीसँग नगरपालिकाको बैठक स्वेरेज समस्या समाधानार्थ २१ जनवरीमा बैठक"