मुख्य समाचार :


आँगनमा आएको अर्निकोको मूल्याङ्कन गर्न सिक्नुपर्छ-डा. छेत्री


कालेबुङ,१० जनवरी|
हिमाचल प्रदेशका रवि गुरङले आजदेखि कालेबुङमा छ दिनव्यापी एब्सट्राक्ट सक्रप्चर प्रदर्शनी शुरू गरे| हिमाचल प्रदेशबाट प्रदर्शनीमा १६ आर्कषकिय अमूर्त मुर्तीहरू तिनले प्रदर्शनीमा राखेका छन्| आज कालेबुङमा विधायक डा. हर्कबहादुर छेत्रीद्वारा प्रदर्शनीको विधिवत उद्घाटन गरियो| प्रदर्शनीमा मोर्चा स्डडी फोरमा सदस्य डा. आरबी भूजेल, कालेबुङ प्रथमिक शिक्षक प्रशिक्षण केन्द्रका पूर्व प्रचार्य बीआर छेत्री अनि कालेबुङ नागरीक अधिकार मञ्चका अध्यक्ष एनपी दिक्षित विशेष रूपमा उपस्थित थिए| फाइन आट्समा डिप्लोमा गरिसकेका रविले अत्यन्त संरचनात्मक कलाकारीता मूर्तिहरूमा दर्शाएको देख्दा अतिथिहरूले गुरङको प्रशंशा गर्न चुकेनन्| मुख्य विधायक डा. छेत्रीले त झनै तिनलाई महान कलाकार अर्निकोसँग नै तुलना गरे| हिमालच प्रदेशबाट कालेबुङमा आएर उच्चकोटिको कलाकारीता दर्शाउने गरुङ घर आँगनमा आएको अर्निको  रहेको बताउँदै छेत्रीले तिनको कलाकारीताको पहाडबासीले मूल्याङ्कन गर्नसक्नुपर्ने बताए| तिनले भने, गरुङको कलाकारीता वास्तवमा कस्तो हो भन्ने कुनै कलाकारको आखँाले पढ्न सक्छ तर हामी साधरण मानिसले सहजै पढ्न अनि देख्न सक्तेैनौं| यदि रवि गरुङको ठाउँमा कुनै कुर्ता पाइजामा लाउनेले यो प्रदर्शनी राखिदिएको भए घेरै पक्षबाट धेरै मुल्याङ्कन गरेर त्यस कलाकारी उच्च कोटिको भन्ने हामी नै हुन्थ्यौं| गरुङको यस प्रदर्शनी ऐतिहासिक रहेको बताउँदै तिनको प्रचार प्रसार गर्न जरुरी रहेको पनि छेत्रीले बताए| गरुङको कलाकारीतो उच्च स्तरसम्म पुगुन् भन्ने शुभकामनाहरू पनि छेत्रीले प्रकट गरे| कवि र लेखकले शब्दको व्यपार गर्ने भएकोले कुनै कविता र लेखको विषयमा घण्टौंसम्म पनि शब्दमा शब्द जोडेर व्याख्या गर्न सकिने भएपनि अमूर्त मूर्तिहरूलाई जति समय लगाएर हेर्न सकिन्छ त्यतिनै कलाकारको भाव बुझ्न सकिने पनि छेत्रीले बताए| नागरिक अझिकार मञ्चका अध्यक्ष एनपी दिक्षित भने, अपूर्व प्रतिभा, अपूर्व कल्पना| गरुङको कलाकारीता हामी समस्त गोर्खेको निम्ति गौरवको विषय हो| यस्ता मूर्तिहरू चाइना अनि जापनहरूमा मात्र देखिन्थ्यो भारतमा पनि विरलै थियो जसको भर्खरै विस्तारण हुँदैछ| त्यसैमाथि पनि एक गोर्खेले यस्तो कलाकारीता दर्शाएको  देख्दा सॉंच्चै समस्त गोर्खेहरूको निम्ति रवि गरुङ गौरवको विषय हुन्| बीआर छेत्रीले भने, यो प्रदर्शनी कालेबुङमा नयॉं इतिहास हो| यतिका कम उमेरमा नै फाइन आट्समा डिप्लोमा सिद्याएर गुरङले मूर्ति प्रदर्शनीको निम्ति पनि कालेबुङलाई रोजे| कला भनेको कतिको लुप्त गतिमा हुन्छ भने कतिमा सुप्त गतिमा हुन्छ| गरुङको कलाकारीता सुप्त गतिको कलाकारीता हो, उनले अन्तराष्टिय स्तरसम्म नै ख्याती कमाएको हामी हेर्न पाउँ| मूर्तिकार रवि गरुङले भने, यसभन्दा अधि २००८ मा मैले कालेबुङमा अमूर्त चित्रकलाको प्रदर्शनी गरेको थिएँ| त्ससमय धेरैले कालेबुङमा एब्सट्राक्ट स्क्रप्चर गर्ने गरेका थिए, मैले डिप्लोमा पनि त्यसै विषयमा नै लिएकोले कालेबुङमा नै प्रदर्शनी गर्ने जमर्को गरें| यी जम्मै फाइबरले बनिएका अमूर्त मूर्तीहरूले धेरै कुराहरू बोकेका छन्| शव्दले व्याख्या गर्न सकिन्दैन, जति समय दिन सक्छौं त्यतिनै मूर्तीले दर्शाएको कलाकरीलाई बुझ्न सकिन्छ| मूर्तिकारको निम्ति मूर्ति बनाउन होइन तर मूर्ति पूर्व संरचाको कार्य मुख्य रहन्छ|
 


0 comments: on "आँगनमा आएको अर्निकोको मूल्याङ्कन गर्न सिक्नुपर्छ-डा. छेत्री"