मुख्य समाचार :


पहाडमा कलाकारहरूको भविष्य अन्धकार-रवि

 

कालेबुङ, 15 जनवरी।
स्थानीय पुस्तकालयमा हिमाचल प्रदेशका रवि गुरुङले 6 दिने अमूर्त मूर्तिहरूको प्रदर्शनी राखेका थिए जसको आज सपापन भयो। 10 जनवरीदेखि शूरू भएको प्रदर्शनीको प्रथम दिन मुख्य अतिथि डा. हर्कबहादुर छेत्रीले पहाडमा आएको अर्निकोको कदर गर्न सिक्नुपर्ने बताएका थिए भने आज प्रदर्शनीको अन्तिम दिन  रविले पहाडका कलाकारहरूको भविष्य अन्धकार रहेको बताए। तिनीअनुसार पहाडबासी अझपनि कलाकारहरूको कलालाई बुझ्नसक्ने भइसकेका छैन्‌। तिनले भने, पढेलेखेकाहरू, बुद्दिजिविहरू अनि केही शिक्षकहरूले पनि प्रदर्शनी हेरे। अमूर्त मूर्ति भनेको अन्य समान्य मूर्तिहरूजस्ता हुँदैनन्‌। कलाकालरले भन्न चाहेको  जम्मै कुराहरू एउटै मूर्तिले दर्शाएको हुन्छ। हेर्दा सामान्य देखिने मूर्तिमा कलाकारको भावना जडित हुन्छ। तर पहाडबासीले कलालाई चिन्न सक्तैनन्‌, भनौैं यो अमूर्त प्रदर्शनीमा त झनै उनीहरू अनभिज्ञ रहेछन्‌। यसैले आगामी दिनमा पहाडलाई कला चिनाउन महान कलाकारहरूको झमघट गराएर दार्जीलिङ-कालेबुङतिरै एक कार्यशाला राख्ने पनि गरुङले सोँचेका छन्‌। कालेबुङमा एक प्रमुख प्रदर्शनी केन्द्र नरहेकोले कालेबुङमा जुनै प्रदर्शनी भएपनि मानिसहरूले थाहै नपाउने गुरूङले। कालेबुङ नगरका मानिसहरूले अमूर्त कलालाई नचिनेपछि कालेबुङ विज्ञान केन्द्रका क्यूटेटर डा. बीबी गुरुङले मूर्तिहरूलाई विज्ञान केन्द्रमा पर्यटकहरूको निम्ति राख्ने आग्रहलाई रविले स्वीकारेका छन्‌। जम्मै मूर्तिहरूलाई हिमाचल नलगेर केही समयसम्मको निम्ति अब रविको मूर्तिहरू कालेबुङ विज्ञान केन्द्रमा राखिने भएको छ।

0 comments: on "पहाडमा कलाकारहरूको भविष्य अन्धकार-रवि"