मुख्य समाचार :


सामसिङलाई मौरी र मह उत्पादनको मोडल भिलेज बनाइने


कालेेबुङ, 15 जनवरी।
28 नम्बर समष्टि अन्तर्गत पर्ने समासिङलाई कालेबुङ कृषक कल्याण सङ्गठनले मौरी र मह उत्पादनको मोडल भिलेज बनाउने भएको छ। सङ्गठनका मूल सचिव विष्णु छेत्रीले बताएअनुसार अति दुर्गम क्षेत्र सामसिङमा सत प्रतिशत नै कृषकहरू छन्‌। यसैले मौरी पालनलाई सङ्गठनले प्राथमिकता दिएको छ। शुरूमा एक कृषकबाट 150 वटा डुँडमा मौरी पालन शुरू हुनेछ अनि त्यसपछि मौरी छुट्टाएर 2 हजार 500 वटा डुँडमा 50 जना महिलाहरूले मौरी पाल शुरू गर्ने छेत्रीले बताए। अहिले एक कृषद्वारा नै सङ्गठनकै खर्जमा 'बी कोलोनी' बनाउने सङ्गठनको योजना छ। योजना पूर्ण गर्न लगभग 60 लाख रूपिँयाको प्रोजेक्ट तयार गर्नुपर्ने पनि तिनले बताए। सामसिङ गैरीगाउँ कृषक सङ्घको उद्घाटनअवधी छेत्रीले सामसिङलाई मौरी अनि मौरी पालन मोडल भिलेज बनाउने सङ्गठनते तय गरेको बताए। सामसिङ गैरीगाउँ कृषक सङ्घको उद्घाटन कार्यक्रममा क्षेत्रीय ग्रामिण व्याङ्‌क प्रवन्धक केबी सरकार अनि सामसिङ ग्राम पञ्चायत सचिव विनोद भूजेलको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रमलाई आशाकुमार राईले सभापतित्व गरेका थिए। कार्यक्रममा कृषक सङ्घको कार्यपद्धति, कृषकहरूलाई भारत सरकारद्वारा दिइने सहुलियत अनि योजनाबारे विस्तृत जानकारी गराइयो भने सोही कार्यक्रमबीच कृषकहरूलाई टमाटरको बिजनपनि वितरण गरियो। आगामी दिनमा समासिङका कृषकहरूलाई लिएर सुन्तला अनि अलैंची खेतीमाथि प्रशिक्षण प्रदान पनि गरिने सङ्गठनले तय गरेको छ।

0 comments: on "सामसिङलाई मौरी र मह उत्पादनको मोडल भिलेज बनाइने"