मुख्य समाचार :


दिनदिनै दागोपाप भ्रष्टचारको मोडल बन्दैछ-कृषक महासङ्घ


कालेबुङ, 15 जनवरी।
दार्जीलिङ गोर्खा पार्वत्य परिषद दिनदिनै भ्रष्टारको मोडल बनिरहेको कालेबुङ कृषक कल्याण सङ्गठनले आरोप लगाएको छ। सङ्गठनका मूल सचिव विष्णु छेत्रीले भने, दागोपापले कृषकहरूप्रति हुनसम्मको हेलचेक्राइँ गरेको छ, जो अहिले प्रमाणित भइसकेको छ। राष्ट्रिय बागवानी मिसन अन्तर्गत सरकारद्वारा दागोपापलाई 1 करोड 85 लाख रूपिँया वागवानी विकासको निम्ति कृषकहरूको सव्सीडीको रूपमा आएको थियो तर अझसम्म कृषकहरूले पाउन सकेका छैनन्‌। छेत्रीले अझ बताए अनुसार सयदिने रोजगार योजना अन्तर्गत सानो अनि किनारीकृत कृषकहरूलाई   इन्ड्यूभिजल फेसिलिटी प्रोजेक्ट अन्तर्गत उद्ययन, निर्माण, सिचाइ अनि जमिनको निम्ति कार्य गर्ने प्रवधान 2008 देखि नै शुरू भएको छ। तर यतिका वर्षसम्म पहाडका कृषकहरू यी जम्मै सुविधादेखि वञ्चित हुनुपरेको छ। यी सुविधाहरूबाट कृषकहरू वञ्चित रहेकोले अब सहूलियतको निम्ति आन्दोलन गर्र्नुपर्ने समयको माग रहेको छेत्रीले बताए। जुन कुरा  जलढकामा आठवटा कृषक सङ्घको उद्घाटनअवधी पनि छेत्रीले बताए।  छेत्रीले अझ भने,  यसरी नै नेशनल वाटरसेड स्कीम अन्तर्गत स्थानीय ढुंग्रा र पुदुङ ग्राम पञ्चायतमा 500 हेक्टर जमिनमा एककृत प्रणालीद्वारा सिँचाइको सुविधा प्रदान गर्न राशी आवन्टन भएको थियो। जम्मा 2 लाख रूपिँया  मात्र वारटसेड कमिटीलाई प्रदान गरियो बॉंकी 34 लाख रूपिँया आजसम्म प्रदान गरिएको छैन।  यसको निम्ति सम्बन्धित विभागसितै दागोपाप अधिकारीसम्मलाई धेरैपल्ट पत्रचार गर्दासमेत कुनै पत्तो दिएको छैन। यसैले उक्त क्षेत्र कृषि विकासदेखि वञ्चित हुनपरेको पनि छेत्रीले बताए।

0 comments: on "दिनदिनै दागोपाप भ्रष्टचारको मोडल बन्दैछ-कृषक महासङ्घ"