मुख्य समाचार :


सात करोड भ्रष्टचारको अफवाह.............दार्जीलिङको विम्बमा विमल

सात करोड भ्रष्टचारको अफवाह
नयॉं वोर्डले अप्नाउने नयॉं कार्यशैली
मनोज वोगटी
कालेबुङ, ४ जनवरी|
कालेबुङ नगरलाई दिनभरि एउटा अफवाहले ततायो| चर्चाको माहौल एकाएक गर्मियो जब पुरानो नगरपालिकामा सात करोडको भ्रष्टचार भएको अफवाह फैलियो| त्यो अफवाह प्रत्येक व्यक्तिमा त पुगेकै थियो नगरपालिकाभित्र नै पनि अफवाह पसेको थियो| अफवाह कस्तो थियो भने नगरपालिकामा सात करोडको हिनामिना भएको छ|  यो हिनामिना पुरानो बोर्डबाट भएको हो| जबसम्म यो  हिनिमिनाको कुरा साम्य हुँदैन तबसम्म नयॉं वोर्डले कुनै कार्य अघि बढाउने छैन| नयॉं वोर्डले भ्रष्टाचारलाई कॉंध हाल्नु पर्छ भने नगराध्यक्षले राजिनामा दिनुपर्ने स्थिति आउने छ| अन्तमा गएर यो केवल अफवाह मात्र रहेको नगरपालिका सूत्रले स्पष्ट पारेका छन्| पुरानो वोर्डलाई बद्नाम राउनको निम्ति यस्तो अफवाह फैलाएको हुसक्ने अनुमान गरिएको छ| दिनभरि कस्तो हल्ला पनि चल्यो भने भ्रष्टचार सहितको वोर्ड नसम्हाल्ने निर्णय गरेर मोर्चाको नयॉं वोर्डले भने सहीरुपले कार्य गर्ने सम्भावना शुरुवाट नै देखायो| तर आधकारिकरुपले जान्न चहॉंदा चलेका हल्ला उडन्ते रहेको ठहर भएको छ| सूत्रले बताए अनुसार नगरपालिकाको नयॉं कार्यप्रणालीबारे हिजो निक्कै लामो समयसम्म पर्षदका सदस्यहरूबीच बैठक चलेको थियो| बोर्डको ढॉंचा अनि पार्षदहरूलाई दिइने विभाग दार्जीलिङ नगरपालिकाको मोडलमा रहेको अनि त्यो मोडल कालेबुङको संरचनासित मेल नखाने भएकोले कालेबुङमा काम गर्न सकिने किसिमको प्रणाली स्थापित गर्नेबारे पार्षदहरूबीच विमर्ष भएको थियो| नगरमा भने उडन्ते खबरले पनि नयॉं बोर्डको कार्यशैलीको नयॉंरुपको अनुमान गर्न थालिएको थियो| नगरमा सात करोड रुपियॉंमा भ्रष्टचार भएकोले जबसम्म त्यो भ्रष्टचारको कुरा साम्य हुँदैन तबसम्म नयॉं वोर्डले भ्रष्टचारलाई कॉंध नहाल्ने हल्ला चलेको थियो| यसबाट के अनुमान गर्न थालिएको थियो भने मोर्चाको नयॉं वोर्डले भ्रष्टचारलाई जरैसित उखेल्न पुरानो भ्रष्टचारलाई सित संलग्न नहुने कतिबद्धता  देखाउन शुरू गर्‍यो| किन भने मोर्चाले घोषणा नै गरेको छ कि नगरपालिकाबाट भ्रष्टचारको जरा उखेलिने छ|जानकारी पाइए अनुसार सात करोड नगरपालिकाको वार्षिक बजेट पनि रहँदैन, यसमा भ्रष्टचारको सवाल नै उठ्दैन| नयॉं वोर्डले आफ्नो कार्यशैलीलाई तर अन्य वोर्डभन्दा फरक धारमा विकास गर्ने भने धेरै छनक दिएको छ| नगर पार्षद एलबी परियारले बताए अनुसार नयॉं वोर्डले नयॉं तरिकाले कार्यगर्ने बताएका छन्| कालेबुङ नगरपालिकाको सबैभन्दा जटिल समस्या रहेको डम्पिङको निम्ति नयॉं बोर्डले वैकल्पिक डम्पिङ साइटको खोजी शुरू गरेको  परियारले जनाएका छन्| भालूखोपबासीले भालूखोपमा डम्पिङ गर्न बन्देज गरिदिएपछि नगरपालिकाले नगरको मैला टिस्टा नदीमा फ्यॉंक्दै आइरहेको थियो| पुरानो वोर्डले भालूखोप कै पैह्रेनी क्षेत्रमा वैकल्पिक डम्पिङ निर्माण कार्य गरेपनि पैह्रोको कारण यो पुरा हुन सकिरहेको छैन| यसै कारण नै नयॉं वोर्डले वैकल्पिक डम्पिङ साइटको खोजी शुरू गरेको  छ| तिनले स्थायी क्षेत्रको खोजीमा वोर्ड जुटेको बताएका छन्| तिनले नगरपालिका सञ्चालनको निम्ति बलियो राजस्व आर्जनको मार्ग अप्नाइने बताएका छन्| नगरवासीबाट संग्रह गरिएको राजस्वबाट नै नगरपालिका व्यवस्थापन गर्ने पक्षमा रहेको बताउँदै तिनले राजस्वको बाटोको पनि खोजी गर्ने अनि सुन्दर नगरपालिकाको विकास गर्ने बताएका छन्| अर्कोतिर कालेबुङ नगरपालिकाको पुराना वोर्डहरूले जताभावी भवन निर्माण गर्ने अनुमति दिएकोले धेरैवटा असुविधाहरू उपार्जन गरिरहेको छ| यस कुरामाथि पनि नयॉं वोर्डले ध्यान दिइरहेको परियारले बताएका छन्| तिनले भने, भवनहरूको वैद्धता र अवैद्धता जॉंच गरिनेछ अनि अवैद्धताको कारण उपार्जन भएको समस्याहरुको समाधान विस्तारै गरिने छ| नोभेल्टी सिनेमा हल छेउमा बनाइने भनिएको मल्टिकम्प्लेक्स अनि मल्टिस्ट्याण्डबारेका ब्लुप्रिन्टको पनि शीघ्र अध्ययन गरिने अनि समय सापेक्ष कार्यपहल गर्ने तिनले जनाएका छन्| यस बाहेक पनि प्रत्येक वार्डमा केही ससाना विकास कार्य शीघ्र नै होस् भन्ने पक्षमा आफू रहेको पनि परियारले बताएका छन्|



नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलमा
दार्जीलिङको विम्बमा विमल
कालेबुङ, ४ जनवरी|
दागोपापको सबैभन्दा अन्तिम समष्टी २८ नम्बरको सुरुकमा जन्मेका युवा गायक विमल गुरूङ नेपालको पोखरामा दार्जीलिङको 'विम्ब'कोरुपमा चम्किएका छन्| गाउँमा हुँदा स्कूलको डेस्क ठटाएर साथीहरूलाई गीत सुनाइबस्ने विमलले अहिले नेपाल मात्र होइन विश्‍वभरि कै नेपाली भाषीलाई आफ्नो स्वर सुनाइरहेका छन्| पहिलो गीति एल्बम फिलिङ्ग्स-बाट दार्जीलिङ्गे सुगन्ध छर्दै संगीतसंसारमा छिरेका विमल गुरूङले आफ्नो दोस्रो गीति एल्बम 'विम्ब' सार्वजनिक गरेका छन्| तिनले यो विम्बको विमोचन नेपाल कै सबैभन्दा लामो झोलुङ्गे पुलमा गरेका हुन्| पर्वत जिल्लाको  कुश्मा र म्याग्दीलाई जोड्ने नेपाल कै सभैभन्दा लामो झोलुङ्गे पुलमा पहिलो जनवरीको दिन विमल हातमा विम्ब बोकेर नयॉं वर्षलाई स्वागत गर्न पुगेका थिए| सुगम संगीतका युवा गायककोरुपमा रहेका विमल गुरूङले आफ्नो दोस्रो गीति एल्बमको विमोचन गर्न पोखराका चर्चित साहित्यकारहरूसित साङ्गीतिक क्षेत्रका सहोदरहरूलाई एकै ठाउँ जुराएका थिए| चारैतिर नयॉंवर्षको हषोर्र्ल्लास चलिरहेको बेला विमल भने नयॉंवर्षलाई आफ्नो सिर्जना भेट गरिरहेका थिए| परिरहेको सिमसिम झरिलाई त विमलले वास्ता गरेका थिएनन्, कठांग्रिने चिसोलाई पनि पचाइरहेका थिए| विमलले भेला गरेका पत्रकार, साहित्यकार, सङ्गीत सर्जक लगायत तिनका शुभचिन्तक अनि श्रोताहरू झोलुङ्गे पुल नै पुगेका थिए| साहित्यकार भुवन छेत्रीले यस अवसरमा विमोचन कार्यक्रमलाई सामुहिक अध्यक्षता गर्ने अपील गरेपछि विमोचनको वातावरण बनिएको थियो| कार्यक्रमलाई प्रमुख आतिथ्य दिन वरिष्ट साहित्यकार शान्तिनारायण श्रेष्ठ अनि इन्द्रकुमार विकल्पलाई दोसल्ला ओढाएपछि अघि बढेको कार्यक्रममा प्रमुख अतिथिद्वयले नयॉंवर्षको उपहार जस्तो विम्बलाई बेह्रेर बसेको टल्टिने पानी कागजलाई च्यातिदिए| 'यसरी भयो मेरो विम्बको विमोचन' विमलले अनलाईन विज्ञप्तिमा यसो भने| 'कुनै बन्द कोठाभित्र हुने औपचारिक कार्यक्रमभन्दा यसरी नै प्रकृतिको काखमा अनौपचारिकरुपले विमोचन गर्नु मलाई मन परेको हो'-थपे तिनले| तिनले खुलाए' मेरो पहिलोे एल्बम फिलिङ्ग्स-को विमोचन पनि फेवातालको ढुङ्गामाथि  भएको थियो|' एक दशकदेखि विमलले साङ्गीतिक यात्रा गरिरहेका छन्| साहित्यकार विकल्पले विम्बले नेपाली सङ्गीत पारखीहरूलाई नौलो प्रतिविम्ब दिने भरोसा दिलाएकोले पुरुङ्ग परेको बताउँदै विमल गुरूङले यस्तो खाले विमोचनको अर्को लक्ष्य पर्यटकहरूलाई आकर्षित गर्नु रहेको पनि बताएका छन्| यता मुख्य अतिथि श्रेष्ठले विमलले युवा जोशलाई सिर्जनात्मक बनाएको कुरा गरिरहेको बेला विम्बका गीतको छायाङ्कन टोली व्यस्त रहेको कुरा गर्दै विमलले दार्जीलिङका आफ्ना श्रोताहरूलाई पनि शीघ्र नै भिडियो सहितका गीत नयॉं वर्षको उपहार दिने बताएका छन्| विमलले बताए अनुसार शिव चौलागाईँ 'कालू'-को एकल शब्दमा विम्ब एल्बम रहेको छ| दार्जीलिङ कै चर्चित सङ्गीतकार सचिन सिंह लगायत राम सिटौला, अनुज पोखरेल, श्यामसुङ तामङ अनि विमल आफैको सङ्गीत एल्बममामा रहेको छ| आठवटा गीतहरू नै प्रणय प्रसङ्गका रहेको पनि तिनले बताएका छन्|
 


0 comments: on "सात करोड भ्रष्टचारको अफवाह.............दार्जीलिङको विम्बमा विमल"