मुख्य समाचार :


शिक्षा मन्त्रीसँग आज कोलकातामा बैठक.........माकपाले उठायो विधायकहरूप्रति प्रश्‍न चिह्न

शिक्षा मन्त्रीसँग आज कोलकातामा बैठक
भोलेनटियर अनि एडहक शिक्षक स्थायीकरणमाथि जोड दिइने
प्रज्ज्वल छेत्री
कालेबुङ, ४ जनवरी|
पहाडको सरकारी विद्यालयहरूमा अघिबाटै भोलेटियर अनि एडहक शिक्षकहरू कार्यरत हुँदाहुँदै पनि पीएससी पास गरेकाहरूलाई नियुक्ति पत्र दिइएको छ| जसको कारणले धेरै वर्षअघिदेखि सरकारी विद्यालयहरूमा कार्यरत शिक्षक-शिक्षिकाहरूमाथि अन्याय भएको  बताएर पीएससी गरेकाहरूलाई जेएसटीओ अनि अस्थायी शिक्षकहरूले स्कूलमा नियुक्ति गर्न दिएका छैनन्| फलस्वरूप पीएससी पास गरेर नियुक्ति पत्रसम्म हास पारिसकेका अनि एडहक र भोलिनेटियर शिक्षक-शिक्षीकाको समस्यालाई समाधान गर्न शिक्षा मन्त्रीले आज कलकत्तामा बैठक बोलाएको छ| बैठकमा  जेएसटीओ, पहाडका तीन विधायक, एसससी चियरमेन, भोलेन्टियर अनि एडहक शिक्षक प्रतिनिधिहरू अनि पिएससी पास गरेकाहरूको पनि बैठकमा सहभागिता रहेने भएको छ| आज हुने बैठकमा मोर्चाले सबैभन्दा धेर नै भोलेन्टियर अनि एडहक शिक्षकहरूको स्थायीकरणमाथि जोड दिने भएको छ| मोर्चा विधायक एव. कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीले बताएअनुसार पहिले दार्जीलिङ पहाडको जम्मै सरकारी विद्यालयहरूमा कयौं वर्षदेखि कार्यरत भोलेन्टियर शिक्षकहरूको स्थायिकरणमाथि जोड दिइनेछ अनि त्यसपछि मात्र एसएससीको कुरा आउनेछ| २००९ मा पनि बङ्गाल सरकारले ५६ हजार प्रथमिक शिक्षकहरू नियुक्ति गर्दा दार्जीलिङ पहाड छोडिएको थियो भने यसपल्ट पनि शिक्षक नियुक्तिमा सिलगढीसम्मको निम्ति सिट आरक्षण हुँदा दार्जीलिङलाई पत्तो गरिएको छैन| यस सन्दर्भमा डा. छेत्रीले भने, यस विषयमा पनि शिक्षा मन्त्रीसँगको बैठकमा उनीको भन्ने तक्निकीय ठाउँ हुन्छ| यसमा बङ्गाल सरकारको मात्र दोष छैन किनभने दागोपापले आफ्नै एसएससी एथवा संस्थान खोलेर शिक्षक नियुुक्ति गर्ने चलाउँछौ भनेपनि लचाएन| त्यसबेला दागोपापले एसएससीको माध्यमबाट शिक्षक नियुक्ति प्रक्रिया शुरू गरेको भए आज यो भोेलेन्टियर अनि एडहकको समस्या आइपर्ने थिएन, योग्यको शिक्षकहरूले आज पढाइरहेका हुनेथिए| तर आज एडहक अनि भोलेन्टियर शिक्षकहरूले पनि १०-१५ वर्षसम्म पढाइसकेको अनि उनीहरू नभइदिएको भने हाल धेरै स्कूलहरू बन्द भइसक्ने थियो| यसैले डा. छेत्रीअनुसार बङ्गालले सरकारले दिएको व्यवस्थालाई सही ढङ्गमा दागोपापले सञ्चालन नगर्दा नै आजको समस्या उत्पन्न भएको हो| भोलिन्टिर अनि एडहक शिक्षकहरूलाई एकपल्टको निम्ति भनेर एकैचोटि समाधान गर्न गर्न सकिने पनि डा. छेत्रीले बताए| २००९ मा र अहिले बङ्गालले शिक्षक नियुक्ति गर्दा दार्जीलिङ पहाड छोडिएकोले यी दुइपल्टको अनुपातमा पनि दार्जीलिङले भोलेन्टियर र एडहक शिक्षकहरूको संस्याभन्दा धेर नियुक्ति पाउन सकिने पनि तिनले् जनाए| बाग्राकोट स्कूललाई मात्र पनि उदाहरणको रूपमा लिँदा त्यहॉं ३३ वटा अझ रिक्त रहेको अनि यस स्कूललाई हेर्दा पनि पहाडको सरकारी स्कूलहरूमा कति रिक्त पद रहेको छ अनुमान गर्न सकिने पनि छेत्रीले बताए|


नियुक्तिमा सरकारी असंवेदनशीलता
माकपाले उठायो विधायकहरूप्रति प्रश्‍न चिह्न
कालेबुङ, ४ जनवरी|
पश्‍चिम बङ्गालमा सरकारले २८ दिसम्बरमा निकालेको सरकारी अधिसूचना अन्तर्गत राज्यमा फेरि नयॉं शिक्षकहरूको नियुक्ति प्रक्रिया शुरू भइसकेको छ| जसअन्तर्गत उच्चतर माध्यमिक विद्यालयको निम्ति ३९ हजार ५ सय १० जनालाई नयॉं नियुक्ति दिइने भएको छ भने  प्राथमिक पाठशालामा ५ हजार ४ सय ४५ जना नयॉं शिक्षकहलाई प्राथमिक पाठशालामा नियुक्ति दिइनेछ| एसएससीको माध्यमबाट गरिने यस नियुक्ति प्रक्रियाको निम्ति हाल फारम पनि वितरण गर्ने कार्य भइरहेको छ| तर सिलगढीसम्मलाई ८५१ वटा आरक्षित पद दिँदा  दार्जीलिङ पहाडलाई भने अत्तोपत्तो दिएको छैन जसको माकपा नेता तारा सुन्दासले घोर विरोध जनाएका छन्| यसपल्ट पनि शिक्षक नियुक्तिमा दार्जीलिङ पहाड छुटेकोमा माकपाको घोर विरोध रहेको बताउँदै तिनले भने,  ३० अगस्त २००९ मा पश्‍चिम बङ्गालभरि ५६ हजार प्राथमिक शिक्षक नियुक्ति गर्दा पनि दार्जीलिङ पहाडलाई छुट्टाइयो| अहिले फेरि बङ्गालको १३ वटा जिल्लाहरूमा एसएससीद्वारा शिक्षक नियुक्ति गरिने भएको छ| यसमा पनि पहाडको नाम आएन जबकी दार्जीलिङकै एक महकुमा सिलगढीको नाम पसेको छ| यसपल्ट पनि दार्जीलिङ पहाड छुट्टिएको छ| आज हुने कोलकाताको बैठकमा पनि पहाडका प्रतिनिधिहरूले यस सम्बन्धी कुरा उठान गर्नुपर्ने पनि तिनले बताए| दागोपापमा उच्चतर माध्यमिक विद्यालयको निम्ति पनि शुन्य अनि प्राथमिक पाठशालाको निम्ति पनि पद शुन्य रहेकोले पहाडमा विपक्षीमा हुनेहरूले सोध्नपर्ने किन पक्षमा हुनेहरूले सरकारलाई सोध्नपर्ने भन्ने पनि सुन्दासले प्रश्‍न तेर्साए| विधानसभाको ट्रेजरी वेन्चमा बसेर भएपनि पहाडका विधायकहरूले यस विषमा कुरा उठाउन सक्नुपर्ने बताउँदै कति दिन ममता व्यानर्जीको केवल गाथा मात्र गाइरहने भन्ने पनि तिनले टिप्पणी गरे| दार्जीलिङलाई केवल खाली राख्नुको उदेश्य के हो भन्ने पनि तिनले प्रश्‍न तेर्साए| तिनले भने,  अहिले प्राथमिक शिक्षक नियुक्तिको निम्ति माध्यमिक अनि उच्च माध्यमिक परिक्षामा ५० प्रतिशत अङ्क ल्याएको हुनपर्ने बताइरहेको छ| तर १०-१५ वर्ष अघि बीटी गरेर बस्नेहरूको भविष्य भने के हुन्छ? कालेबुङमा पुस्तकालय प्रशिक्षण केन्द्र सिलगढी सार्ने कुरा हुँदा जम्मैले विरोध गर्दा सिलगढीमा सर्न नसकेको तर कालेबुङ मै पनि सुचारू नहुँदासमेत मौन रहनु उचित नरहेको बताए| अर्कोतिर सरकारले जारी गरेको अधिसुचनामा नियक्ति निम्ति १० वटा पद विशेष नियुक्ति भनेर आरक्षित गरिएको बताइएकोमाथि पनि सुन्दासले आपत्ति जनाएका छन्| विशेष पद भनेर कुन वर्गले नियुक्ति पाउने कुरा उल्लेख गरिएको हो स्पष्ट छैन| पहाडमा विभिन्न घटनामा पर्नेहरूको निम्ति यो पद् आरक्षित गरिएको हो कि विधायक र नेताहरूको मान्छे हुल्न पद आरक्षित गरिएको हो?-तिनले प्रश्‍न उठाएका छन्| अहिलेसम्म यस्ता आरक्षित पद्हरूमा नेताका मान्छे हुल्ने 'सिस्टम' रहेको बताउँदै सुन्दासले आरक्षित पद्मा भुइँचालो, विजनबारीको घटनाहरूमा परेका योग्य उम्मेद्वारहरूको निम्ति नियुक्ति हुनुपर्ने पनि तिनले जनाएका छन्|

0 comments: on "शिक्षा मन्त्रीसँग आज कोलकातामा बैठक.........माकपाले उठायो विधायकहरूप्रति प्रश्‍न चिह्न"