मुख्य समाचार :


मोर्चाले गोर्खाल्याण्डसम्म पुग्ने बाटो जीटीए मात्र देख्छ-डा.भूजेल


कालेबुङ, 16 दिसम्बर।
गोर्खा जनमुक्ति मोर्चा स्टडी फोरमका सदस्य डा. आरबी भूजेलले मोर्चाले देखेको र बुझेको अनुसार जीटीएबाट मात्र गोर्खाल्याण्डसम्म पुग्न सकिने बताएका छन्‌। जीटीएको निम्ति मोर्चाले गर्नसम्मको कसरत गरेको बताउँदै डा. भूजेलले भने, जीटीएको कुरा त्यसै एउटा चिया टेबलमा बसेर भएको कुरा होइन। जीटीए भनेको मोर्चाले वर्षौं लगाएर तयार पारेको कुरा हो। जम्मै बुद्धिजीविहरूलाई लिएर, इतिहासरको पाना पल्टाएर,  भारतभरिका अन्य राजनैतिक दलका नेताहरूसँग पनि विचार विमर्ष गरेर तयार पारेको चिज हो।
 जीटीएको माध्यमबाट नै गोर्खाल्याण्डसम्म पुग्न सकिने भएकोले नै मोर्चाले जीटीएको बाटो अप्नाएको हो। सोझै गोर्खाल्याण्ड भन्ने टाक्स फोर्सलाई केन्द्र गर्दै भूजेलले भने, सोझै गोर्खाल्याण्ड भन्नेहरूले तराई-डुवर्सलाई छोडेर कुरा गर्दैछन्‌। तराई-डुवर्सको अन्तरभुक्तिकै निम्ति हामी यतिका समयसम्म कसरत गरिरहेका छौं। टाक्स फोर्सकाहरूले टाउकोमा चिसो पानी राखेर एकपल्ट सोचुन्‌। तातै खाउ जल्दी मरौं भनेर घरमै बसेर बयानबाजी गर्नुनहुने अन्य पार्टीहरूलाई पनि डा. भूजेलले सुझाउ दिए। मोर्चाले डुवर्समा आन्दोलन गर्दा आमारा बङ्गाली, जनजारण मञ्च, बङ्गला औ बङ्गला भाषा बचाउ कमिटी आदि लगाएर मोर्चाको आन्दोलनलाई बाधा दिने काम भएको भएपनि अहिले ति शक्तिहरू मौन देखिपनि फेरि पहाडकै दलहरूलाई लिएर मोर्चालाई वाधा पुर्‍याउने कार्य  भइरहेको तिनले बताए। आदिवासी विकास परिषदलाई फकाइ फुस्लाई गरेर मोर्चासँग मिलेको समयमा कुतत्वहरूले फेरि भॉंजो हाल्ने काम गरिरहेको पनि डा. भूजेलले आरोप लगाए। युवा मोर्चाको आन्दोलनमाथि टिप्पणी गर्नेहरूमाथि प्रहार गर्दै भूजेलले भने, युवा मोर्चाले आफ्नो पक्षबाट आन्दोलन अघि बढाउने निर्णय लिएको छ। यसको रङ्गरूप भविष्यले बताउँछ अहिले नै केही भन्न मिल्दैन। युवा मोर्चाको आन्दोलनमाथि शंका गरेर आलोचना गर्नेहरूले जनतालाई मन बुझाउने, जनताको सहभागिता भएको, चित्तपर्दो कार्यक्रम दिउन्‌। तर टीभी च्यानल हेर्ने अनि पत्र-पत्रिका पढ्‌ने मानिसहरूलाई दिग्भ्रमित पार्ने वयानबाजी मात्र नदिउन्‌। 18 दिसम्बर मङ्‌पुमा हुने जनसभामा विमल गुरूङले सहभागिता जनाउने अनि त्यसै दिन कार्यक्रम हेरर केही घोषणा गर्ने तिनले बताए। हाइपावर कमिटीको   लोपावर काम सम्बन्धि डा.भूजेलले भने, तराई डुवर्स ज-जसले जीटीएमा पस्न असमर्थता जनाएका थिए, उनीहरूलाई पनि एकपल्ट प्रतिश्रुति दिइन्छ र नै निर्णयमा पुग्न सकिन्छ। जब तराई-डुवर्स जीटीएमा गाभिन्छ त्यसबेला कुनै अड्‌चन आउन नदिन नै अहिले हाइपावर कमिटीले काम गरिरहेको डा. भूजेलले बताए।   
 


0 comments: on "मोर्चाले गोर्खाल्याण्डसम्म पुग्ने बाटो जीटीए मात्र देख्छ-डा.भूजेल"