मुख्य समाचार :


जीटीए र छुट्टै राज्यबीचको द्वन्द्वको अन्त 18 मा

कालेबुङ, 15 दिसम्बर।
अब जीटीए होइन तराई र डुवर्सका सम्पूर्ण भूभागहरू सम्मिलित भएको जीएटीएको गठन हुनुपर्छ भन्ने माग मोर्चाको छ। हाइपावर कमिटीले जीटीएको सीमाङ्‌कनको कार्य विस्तारै गरिरहेको छ। जीटीए गठन हुनुपर्ने मियाद सकियो। जीटीए ढिलो गठन गरेकोमा युवा मोर्चाले जीटीएको विरोध नगरी छुट्टै राज्यको आन्दोलनको सुरसार गरिरहेको छ। सीमाङ्‌कनको कार्य पुरा नभइ जीटीए गठन हुँदैन। तराई र डुवर्समा आविपले जीएटीए गठन गर्नुपर्ने मागमा जनसभाहरू शुरू गरिसकेको छ। यसै सबैसित नै क्षेत्रीय अनि राष्ट्रियस्तरमा जीटीएको विरोध भइरहेको छ। सबैले भनिरहेको छ कि जीटीए मुद्दा थन्काउने सरकारी चाल हो, जसलाई मोर्चाले सहयोग गरिरहेको छ। तर मोर्चा भनिरहेको छ, क्षेत्रीयस्तरमा बहस गरेर, राष्ट्रियस्तरबाट सहमति लिएर, अन्य छुट्टै राज्यपन्थीहरूबाट पनि सुझाव लिएर अनि छुट्टै राज्यको सम्पूर्ण इतिहास पल्टाएपछि मोर्चाले छुट्टै राज्यसम्म पुग्ने एउटै सिँडी देखेको छ त्यो हो, जीटीए। आज मोर्चाको केन्द्रिय नेता डा. आरबी भूजेलले यसै भनेका छन्‌। तिनको भनाइ अनुसार मोर्चासित मात्र होइन छुट्टै राज्यको माग गर्ने अरु कुनै पनि दल होस्‌, उसित कुनै पनि उपाय छैन। किन भने मोर्चाले धेरै अनुसन्धान गरेर नै जीटीएको बाटो रोजेको हो। तिनी केन्द्रिय नेता हुन्‌, यसकारण तिनको करामा कुनै पनि दुइमत छैन तर मोर्चा जीटीएमा नै बलियोसित रहेको कुरा प्रमाणित गरेर तिनले युवा मोर्चाको छुट्टै राज्यको आन्दोलनको नै खिल्ली उडाइरहेका थिए। मोर्चालाई लागेको छ कि जीटीएको सिँडी नचडी छुट्टै राज्य पुग्नै सकिन्न, यसो हो भने युवा मोर्चाको आन्दोलन के को निम्ति? तिनले यस्तो प्रश्न उठाएका छन्‌। हाइपावर कमिटीले जुन गतिमा सीमाङ्‌कनको काम गरिरहेको छ, यसलाई हेर्दा लाग्दैन कि जीटीएमा मोर्चाले दाबी गरेको 199 र 196 मौजा अन्तरर्भुक्त हुन्छ। यसै पनि अब दुइ महिना हाइपावर कमिटीलाई जनसंख्याको रिपोर्ट पढ्‌नुमा नै लाग्ने छ। यो दुइ महिनाभित्रमा पहाडमा धेरै राजनैतिक परिवर्तन हुनसक्ने सम्भावना छ। मोर्चाभित्र नै पनि अन्तरविरोधी कार्यक्रम र राजनैतिक कसरतहरूले जालो बन्ने स्पष्ट छ। मोर्चा अध्यक्ष विमल गुरूङलाई युवा मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्डको कमान सम्हालिदिनुपर्ने अनुरोध बारम्बार गरिरहेको छ। भनिँदैछ कि विमल गुरूङले जीटीएमा हस्ताक्षर गरेका छैनन्‌ यसकारण तिनले छुट्टै राज्यको आन्दोलन गर्नसक्छन्‌। तर विमल गुरूङले 18 दिसम्बरको दिन युवा मोर्चाको छुट्टै राज्यको आन्दोलनको कमान सम्हाल्ने कतैबाट पनि सम्भवना देखिँदैन। किन भने तिनले जीएटीए गठन गर्नको निम्ति तराई र डुवर्समा आन्दोलन शुरु गरिसकेका छन्‌ अनि तिनी चहान्छन्‌ शीघ्र नै जीटीए गठन होस्‌। तराई र डुवर्सको अन्तरभुक्तिको परिस्थिति अहिले छैन किन भने आविपले मोर्चालाई समर्थन गरिसकेको छ अनि जीटीए गठनपछि जीटीए सभाले जीटीएको नाम परिवर्तन गरेर जीएटीए बनाउने कुरामा जोन बारलालाई सहमत गराइसकेको छ।
यी जम्मै भइसकेर पनि जीटीए गठनमा हुन सक्ने ढिलाइको कारण अघिबाट नै सरकारलाई चापमा राख्न युवा मोर्चाको आन्दोलन पनि तयार छ। तर विपक्ष अनि गोर्खाल्याण्ड टास्क फोर्सले मोर्चाको वास्तविकता एकएक गर्दै खोल्न खालेपछि निश्चय नै अब 18 तारिकको जनसभाबाट कुनै महत्वपूर्ण कुरा अघि ल्याउने छ। मुद्दा र आन्दोलनबारे देखिएका अन्योलताबीच अब 18 मा कस्तो घोषणा अघि आउने हो सबैले पर्खेर बसेका छन्‌। कि त मोर्चा अध्यक्ष विमल गुरूङले छुट्टै राज्यको निम्ति जीटीए खारेज गर्ने घोषणा गर्ने छन्‌ कि त युवा मोर्चाको आन्दोलन फिर्ता लिनेछन्‌, मोर्चासित बॉंचेको विकल्प भनेको यही मात्र रहेको विश्लेषकहरूको अनुमान रहेको छ।
 


0 comments: on "जीटीए र छुट्टै राज्यबीचको द्वन्द्वको अन्त 18 मा"