मुख्य समाचार :


राजपथमा गणतन्त्र

मनोज वोगटी
दिल्ली, २६ जनवरी|
राजपथ
राजपथमा केवल गणतन्त्र मात्र होइन शेन्य शक्ति अनि भारतीय संस्कृतिको धरोहरलाई पूर्णरुपले देखाइएको थियो| देश सम्वर्धन र उन्नतिको मूल स्वरमा ६३ औं गणतन्त्र दिवस मार्फत दिल्लीको राजपथबाट बोलिरहेको थियो| यसपल्टको परेडमा भारतीय सेनाले जुन सैन्य शक्तिको प्रदर्शन गर्‍यो, त्यसले भारत सुरक्षाको मामिलामा सम्पन्न रहेको ठोस संकेत दिएको थियो| योसित नै विभिन्न राज्यहरूले देशको सांस्कृतिक मूल्यको उच्चतम प्रदर्शनी गरेर भारतीय संस्कृतिको सम्पूर्णता नै देखाइदिएको थियो| पश्‍चिम बङ्गालले कलालाई प्राथमिकता दिएको झॉंकी प्रस्तुत गरेको थियो भने सिक्किमले सिक्किमे संस्कृति र लोकसंस्कृतिको उच्चतम गरिमा प्रस्तुत गरेको थियो|

राजपथको सैन्य र सांस्कृतिको उन्यतम प्रस्तुतिबीच राष्ट्रपति प्रतिभा पाटिलले अग्लो लहरमा उभिएर परेडको सलामी लिइन्| तिनले सलामी लिँदा देशका गणन्यमान्य सबै नेताहरूको उठिरहेकै थिए| रामसिंह ठकुरीकृत राष्ट्रिय धून बज्दा सावधानमा नउभिने कोही भारतीय थिएनन्| दार्जीलिङबाट गएका कालेबुङ कृषक कल्याण सङ्गठनका टोली पनि ती लहरमा नै उभिएका थिए| देशको मूलारबाट बाहिर राखिएका तीनै गोर्खाहरूले देश स्वाधिनताको निम्ति दिएको योगदान भुलिएको थिएन| गोर्खे स्वाधिनता सेनानीहरूको राम्रै बखान कार्यक्रममा गरिएको थियो|

राजपथको दुइतर्फ बसेका मानिसहरू जब परेड शुरु भयो, जब उल्लासले भरिएका थिए| सेनाको परेडलाई अगुवाई गरेका थिए जनरल अफिसर कमाण्डिङ (दिल्ली) लेफ्टिनेन्ट जनरल वीके पिल्लै-ले| यस अवसरमा मुख्य अतिथि थाईल्याण्डका प्रधानमन्त्री इङ्गलक चिनावट थिए| भारतका उपराष्ट्रपति हामिद अन्सारी, प्रधानमन्त्री मनमोहन सिंह, रक्षा मन्त्री एके एन्टनी अनि एयर फोर्स मार्शल अरजन सिंह पनि उपस्थित थिए|

परेडमा सबैभन्दा प्रभावशाली रहेको थियो अग्नि मिसाइलको प्रदर्शनी| यसबाहेक पूर्ण रुपले भारतमा बनिएको प्रहार सपोर्ट मिसाइल अनि मानव रहित विमान रुस्तम-१ को पनि प्रदर्शनी गरिएको थियो|
भारतीय सेनाको तर्फबाट टी-७२ ट्याङ्क, स्मिर्च मिसाइल लञ्च राकेट प्रणाली, पिनाका मल्टी बैरल रकेट सिस्टम अनि जैमर स्टेशनलाई पनि परेडमा सामेल गरिएको थियो|
परेडको अन्तमा वायु सेनाका सुपर हर्क्यूलस विमानहरूका प्रदर्शन पनि गरियो, जुन विमानहरू अमेरिकाबाट आयात गरिएको हो

कडा सुरक्षा
तिर्सट्ठी गणतन्त्र दिवस समारोहको लागि नै देशभरि सुरक्षाको कडा प्रवन्ध गरिएको थियो|

नक्सलीहरूले गणतन्त्र दिवसलाई बहिष्कार गरेकोले पनि सुरक्षा एजेन्सीहरूलाई सख्त सहने निर्देश थियो| कार्यक्रमस्थलमा डिजिटल क्यामेरा त के मोबाइल फोनले पनि कुनै दृश्य खिच्न महानी गरिएको थियो| सरोकार-का सम्पादकबाट पनि डिजिटल क्यामेरा दिल्ली पुलिसबाट खोसिए पनि पछिबाट सम्झाइ बुझाइमा फिर्ता गरियो|
केन्द्र सरकारलेे गणतन्त्र दिवसमा प्रदेशहरूलाई अलर्ट गर्दै चंखो बस्ने निर्देश दिएको थियो| प्राप्त समाचार अनुसार पञ्जाब, जम्मू-कश्मीर अनि दिल्लीको लागि यो अलर्ट विशेष प्रकारले जारी गरिएको थियो|
दिल्ली सहित देशभरि नै गणतन्त्र दिवस समारोहलाई मद्देनजर गरेर कडा सुरक्षा व्यवस्था अप्नाइएको थियो|

0 comments: on "राजपथमा गणतन्त्र"