मुख्य समाचार :


जोन बारला र टोप्पो आविप बाहिर

 

कोलकाता, 17 दिसम्बर।
अन्तमा सङ्गठनको आचार संहिता विरुद्धमा कार्य गरेकोमा आदिवासी विकास परिषद राज्य समितिले तराई डुवर्स क्षेत्रीय समितिका अध्यक्ष जोन बारला अनि राज्य समितिका सचिव तेजकुमार टोप्पोलाई सङ्गठनबाट बाहिर निकालियो। कोलकातामा भएको आविपको राज्य समितिको बैठकमा राज्य समिति अध्यक्ष बिरसा तिर्कीले जोन बारला अनि तेजकुमार टोप्पोलाई सङ्गठनबाट निकालिएको घोषणा गरेका छन्‌। तेजकुमार टोप्पो अनि जोन बारलाले गोर्खा जनमुक्ति मोर्चासित जीएटीएको जुन सम्झौता गरेका थिए, त्यही कारणले उनीहरूलाई सङ्गठन बाहिर गरिएको छ। आविप एक अराजनैतिक सङ्गठन रहेकोले राजनैतिक मामिलामा कुनै पनि सम्झौताहरू हुन नसक्ने अनि तराई र डुवर्सको निम्ति कुनै पनि असंवैधानिक व्यवस्थाको वकालत आविपले नगर्ने आचार संहिता रहेको भए पनि बारला र टोप्पोले त्यसको उलङ्घन गरेको राज्य समितिको स्पष्टिकरण रहेको छ।

0 comments: on "जोन बारला र टोप्पो आविप बाहिर"