मुख्य समाचार :


लोकल च्यानल एसोसिएसन गठित


मिडिया कर्मीहरूको हीतमा कार्य गर्ने
कालेबुङ, 21 दिसम्बर।
कालेबुङका लोकल समाचार च्यानलहरू दैनन्दिनी, हालखबर, केटीभी, एचपीसी, प्रतिदिन लगायत हिल च्यानल, शिखर टिभी, गोर्खा च्यानल, कालेबुङ -1, अभिभाव च्यानल लगायत अन्य च्यानलहरूले आज च्यानल अनि च्यानल कर्मीहरूको सुरक्षा र हकहितको निम्ति  लोकल च्यानल एसोसिएसन गठन गरेको छ। सबैको समाचार देखाउनेहरूको अवस्था नै खराब बन्दै गइरहेको अनि च्यानल र च्यानल कर्मीहरूबीच धेरै सङ्‌कट आउन थालेपछि गठन गरिएको एसोसिएसनको अध्यक्ष जिलास गहतराज, उपाध्यक्ष नरेन्द्र तामङ, सचिव मनोज वोगटी, सहसचिव सुनिल प्रसाद, कोषाध्यक्ष सुरेन राई अनि सहकोषाध्यक्ष खड्‌ग छेत्री रहेका छन्‌। कालेबुङको पत्रकारितालाई अहिलेसम्म नै निष्पक्ष मानिने गरेको भए पनि मीडिया कर्मीहरूको अवस्था भने दयनीय रहेको छ। एसोसिएसनले अप्रान्त मीडियाकर्मीहरूको हकहित, सरक्षा, सम्वर्धन र संरक्षणको निम्ति आवाज उठाउने अध्यक्ष जिलास गहतराजले बताएका छन्‌।


0 comments: on "लोकल च्यानल एसोसिएसन गठित"