मुख्य समाचार :


कालेबुङवासी हेलिकप्टरमा उड्‌न पाउने


कालेबुङ, 22 दिसम्बर।
केवल टाउकोमाथिको आकाशमा मात्र उडिरहेको देखिने हेलिकप्टरमा अब कालेबुङवासीले मज्जले उड्‌न पाउने अनि हेलिकप्टरबाट नै कालेबुङको भ्रमण गर्न सक्ने भएको छ। कालेबुङवासीलाई मात्र नभएर होलिकप्टर चडेर कालेबुङमाथि उड्‌न चहाने सबैलाई यो मौका दिइरहेको छ चिया अनि पर्यटन उत्सवले। यसपल्ट कालेबुङमा पहिलोपल्ट सरकारले आयोजना गरिरहेको चिया अनि पर्यटन उत्सवमा आयोजकपक्षले सिक्किमको परमहंश हेलिकप्टरमा उड्‌न सुयोग दिने भएको छ। आयोजक पक्षका सदस्य समशेर अलीले बताए अनुसार हेलिकप्टरमा उड्‌न चहानेहरूले 2500 रुपियॉंको टिकट काट्‌न पर्ने छ। जसले टिकट काट्‌छन्‌ उसले 10 मिनट कालेबुङको आकाशको चक्कर लगाउन सक्ने छन्‌। होम्सबाट उड्‌ने हेलिकप्टरले पर्यटकहरूलाई मात्र होइन उड्‌न चहाने इच्छकहरूलाई पनि उडाउनेछ। अलिले भने, यसपल्टको उत्सवलाई अविष्मरणीय बनाउनको निम्ति हेलिकप्टर सवारको कार्यक्रम बनाइएको हो। सिमित टिकट भएकोले शीघ्र नै उड्‌न चहानेहरूले सम्पर्क गर्नुपर्ने छ।

0 comments: on "कालेबुङवासी हेलिकप्टरमा उड्‌न पाउने"