मुख्य समाचार :


अकादमी पुरस्कारमा लबी संस्कारको विरोधको खॉंचो

 

कालेबुङ, २७ दिसम्बर|
अकादमी पुरस्कारबारे चलिरहेको विवादको कारण अकादमीको नेपाली भाषा परामर्श समिति अनि दुइजना जुरीमाथि आक्रोश पोख्ने, एकपक्षीय विचार प्रकट गर्ने अनि विषयलाई नकेलाई बठ्याईं लडाउने कार्य साहित्यकारहरूले गरिरहेका छन्| दुइ जुरीले आखिर किन कुनै पनि पुस्तकलाई पुरस्कार योग्य नरहेको कुरा गरिरहेका छन्, यसमाथि बहस गर्ने अनि निचोड निकाल्ने मानसिकताको अभाव त देखिएकै छ, विवाद शुरू भएर पनि अझ पनि परामर्श समितिको नजिक पुग्ने लालसा र कुत्सित मानसिकता बोक्नेहरूले टाउको ठाडो पार्ने राम्रो सुयोग पनि पाएका छन्| अकादमीको नियम अनुसार पुरस्कार सर्वोत्कृष्ट पुस्तकलाई दिइन्छ| दुइ जुरीले परामर्श समितिले आफ्नो मनोपोलीद्वारा पठाइएका आठ कृतिहरूमा कुनै पनि एकलाई सर्वोत्कृष्ट मान्न सकेनन्| किन भने पुरस्कार परामर्श समितिले पठाएको आठवटामा एउटालाई दिने होइन अकादमीले तोकेको समयसीमामा प्रकाशित सबैभन्दा उत्कृष्ट पुस्तकलाई दिइनुपर्ने नियम अकादमीको छ| दुइ जुरीले अकादमीको निमयलाई अक्षरस् पालन गर्दै सोझै कुनै पनि पुस्तकमा एउटालाई सर्वोत्कृष्ट नरहेको घोषणा गरेर परामर्श समितिलाई गतिलो झापट दिएका छन्| पुस्तकको चयन गर्दा परामर्श समितिका सदस्यहरूको, समितिका सदस्यलाई मन परेको लेखकको कृति छानेर पठाउनु हुँदैन, पुस्तक चयनमा इमान्दार हुनुपर्छ अनि सही पुस्तकहरूलाई सूचीमा राखेर चयन गर्नुपर्छ भन्ने शिक्षा मात्र दुइ जुरीले दिएका छैनन्, परामर्श समितिले गरिरहेको मनोपोलीको पनि खुलासा गरिदिएका छन्| अधिकांश सचेत साहित्यकारहरूले किन दुइ जुरीको कुरालाई सही मानिरहेका छन् अनि किन परामर्श समितिको पक्षमा ती साहित्यकारहरू बोलिरहेका छन्, जो अकादमी मान्यता प्राप्त संस्थाका पुराना खम्बाहरू छन्, यो पनि स्पष्ट भइरहेको छ| दुइ जुरीको सदस्यता खारेज गर्ने माग उसले गरिरहेको छ, जो परामर्श समितिमा सदस्य रहेका संस्थाहरूमा जडित छन्| अकादमीद्वारा मान्यता प्राप्त संस्थाहरू जसको स्तर अहिलेका साहित्यकारहरूलाई राम्रै गरी थाहा छ| कतिपय साहित्यकारहरूले लबी परम्पराको विरोध गर्नको साटो लबी परम्परा स्थापित गर्ने परामर्श समितिकै पक्षमा बोलेर लबी परम्परा नै सही हो भन्ने कुरामा मोहर ठोकिरहेको देखिएको छ| पुस्तक सर्वोत्कृष्ट हुनुपर्ने भएकोले सही जुरीले परामर्श समितिका सदस्यहरूले मनपराएको कृतिलाई सर्वोत्कृष्ट को लेबल लगाउन सक्दैनन्| अघिल्ला साहित्य एकादमी प्राप्त पुस्तकहरूलाई अघि राखेर सोझै भन्न सकिन्छ कि ती पुस्तकहरू सर्वोत्कृष्ट थिएनन्| यसै कारण अब पुस्तक छान्ने कार्य परामर्श समितिले नै गर्नुपर्ने कुरामा परिवर्तन ल्याइनुपर्ने देखिएको छ| एकातिर जुरीले गरेको निर्णयलाई भूल बताउनेले पुरस्कारको निम्ति चलिरहेको लबीबारे भने मुख खोलेका छैनन्| वास्तवमा विवाद भनेको यही लबीको कारण भएको छनक पाइएको छ| लबी रोक्न अनि सर्वोत्कृष्ट कृतिले साहित्यअकादमी पुरस्कार पाउनुपर्छ भन्ने जुरीको सोंचलाई नकारत्मक लिनु भन्दा पनि धेर लबीको संस्कारस्थापित गर्नेहरूको विरुद्धमा साहित्यकारहरू बोल्नुपर्ने देखिएको छ|


0 comments: on "अकादमी पुरस्कारमा लबी संस्कारको विरोधको खॉंचो"